इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। सोमवार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)मा दायर गरिएको कागजातहरूका अनुसार गत हप्ता कम्पनीको ४४ बिलियन डलर टेकओभरलाई अन्तिम रूप दिएपछि मस्क ट्वीटरको ‘एकल निर्देशक’ बनेका हुन्। टेस्लाका सीईओ समेत रहेका मस्कले सोमवार ट्वीट गर्दै यो ‘अस्थायी’ हुने बताएका छन्। स्पेसफ्लाइट कम्पनी स्पेसएक्स…
भारतको पश्चिमी गुजरात राज्यमा आइतवार पुल भत्किएको घटनामा नौ जना पक्राउ परेका छन्। झोलुङ्गे पुल भत्किँदा १३४ जनाको मृत्यु भएको थियो। पक्राउ परेकाहरू सबै गुजरातको विद्युतीय उपकरण निर्माता ओरेवासँग सम्बन्धित व्यक्तिहरु हुन् जसले हालसालै मोरबी सहरको २३० मिटर लामो उक्त पुलको मर्मत गरेका वरिष्ठ प्रहरी अधिकारी अशोक कुमार यादवले बताए। मर्मतपछि गत साता मात्रै पुल सर्वसाधारणको लागि खोलिएको थियो। नौ…
कञ्चनपुर : कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले)का नरबहादुर धामीबिचमा नै प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबिच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ। गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन्। उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी…
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि जित निकाल्ने दाउमा छन् योपटक। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित उनी निर्वाचन क्षेत्रमा कस्सिएर खटिरहेका छन्। योपटक माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी साथ छ पौडेललाई। अर्कोतिर प्रतिद्वन्द्वी किसानको 'वाकओभर'। यद्यपि एमालेले एकबहादुर राना मगरलाई मैदानमा उतारेको छ। पौडेललाई 'पुराना बागी'…
बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले तिनाउ-दानव नदी छेउमा बन्ने करिडोरबारे स्थानीयस्तरमा भ्रम छरिएको आरोप लगाएका छन्। करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापि नहुने बताए। सोमवार बुटवल ११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले विकासका नाममा कसैले पनि घरबासविहीन हुनु नपर्ने बताए। स्थानीयको उचित व्यवस्थापनपछि मात्रै करिडोरको काम अघि बढ्ने स्पष्ट पारे।…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशले ६९ रनको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। गण्डकीलाई सानदार ओपनिङ दिलाएका अर्जुन कुमालले सर्वाधिक ६३ रन बनाउँदा अर्का…
काठमाडौं : नेकपा माओवादीले स्थिर राजनीतिका लागि शासकीय स्वरुप परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। सोमवार पार्टीको मुख्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र जारी गर्दै उक्त प्रस्ताव अघि सारेका हुन्। माओवादीले घोषणा पत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख गरेको छ। उसले संसद् मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने…
काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश…
काठमाडौं : वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गते बाट सुरु हुने भएको छ। आज आयोजकले पत्रकार सम्मेलन गर्दै १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने जनाएको हो। प्रतियोगितामा पुरुष युगल र एकल, महिला युगल र एकल, पुरुष ३५ वर्षमाथि एकल र युगल, पुरुष ४५ वर्षमाथि एकल र युगल, पुरुष ५५ वर्षमाथि एकल र युगल र पुरुष ६५ वर्षमाथि…
काठमाडौं : एमालेबाट चोइटिएर स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले शान्ति प्रक्रियादेखि विभिन्न विकास आफ्नो नेतृत्वमा भएको दाबी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा लक्षित घोषणापत्र जारी गर्दै एकीकृत समाजवादीले अनमिनलाई बिदाई गर्नेदेखि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने काम आफ्नो पार्टीले गरेको जनाएको छ। सोमवार पार्टीले जारी गरेको प्रतिबद्धतामा १५ विभिन्न विषय आफ्नो नेतृत्वमा भएको उल्लेख गरिएको छ। यी हुन् एकीकृत समाजवादीले…
काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो। प्रदेश १ का लागि ओपनर निरज मुखियाले २९…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी छिन्। आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा रिट दिएकी हुन्। रिट दर्ताको क्रममा रहेको बताइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो। मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत…
बुटवल : रूपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमवार बिहान भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया गाउँपालिका ४ पननीमा स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक श्यामु अर्यालले जानकारी दिए। मृत्यु हुनेमा ओमसतिया ४ पननीकै १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी…
आइतवार टी २० विश्वकप अन्तर्गतको समूह २ को खेलमा भारतले दक्षिण अफ्रिकासँग पराजय ब्यहोर्यो। योसँगै समूह २ को समीकरण थप रोचक बन्दै गएको छ। समूह २ मा ३ चरणका खेल सकिँदा ५ अंकसहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका भारत र बंगलादेश दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा रहँदा हेबिवेट पाकिस्तान…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीका समर्थकले निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको माइतीघरमा तोसिमाका समर्थकले 'युवालाई साथ दिउँ, नयाँ युग पाउँ' प्ले कार्ड बोक्दै प्रदर्शन गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ललितपुर ३ की उम्मेदवार डा. कार्कीको मनोनयन खारेज गरेपछि उनका समर्थक विरोधमा उत्रिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले…
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा लगेको छ। नावालिग किशोरी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दा सोमवार कार्यालयले अदालत पुर्याएको कार्यालय प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिए। सन्दीपको मुद्दामा सोमवारबाटै थुनछेक प्रकृया सुरु हुने बताइएको छ। यो मुद्दामा प्रहरीले तिहारअघि नै अनुसन्धान सकाएको थियो। प्रहरीले कात्तिक ६ गते राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा…
काठमाडौं : मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने उद्घोषका साथ चुनावमा होमिएको छ। तर, सत्ता गठबन्धनबाट प्रधानमन्त्रीका साझा उम्मेदवार तय हुन सकेको छैन। यही सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले गठबन्धनबाट साझा उम्मेदवार तय हुनुपर्ने राय राखेका छन्। आचार्यले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर साझा…
बेल्जियमका स्टार फुटबलर केभिन डी ब्रुइनले अर्को महिनाको विश्वकप उनको अन्तिम हुनसक्ने बताएका छन्। त्यसकारण पनि आफ्ना बच्चाहरूले उनलाई सबैभन्दा ठूलो स्टेजमा प्रदर्शन गरेको देखून् भन्ने आफूले चाहेको उनले बताएका छन्। डी ब्रुइनको परिवार क्यानडा, मोरक्को र क्रोएसियाविरुद्ध बेल्जियमको समूह ‘एफ’का खेलहरु हेर्न कतार जानेछ। ३१ वर्षीय डी ब्रुइनले दुई वटा वर्ल्ड कप खेलिसकेका छन्। चार वर्षअघि रसियामा उनको टिम बेल्जियम…
भारतको पश्चिमी प्रदेश गुजरातमा पुल भत्किँदा कम्तीमा १३० जनाको मृत्यु भएको छ। मोर्बीको माचु नदीमा रहेको करिब १०० वर्ष पुरानो सस्पेन्सन पुल आइतवार साँझ भत्किँदा सयौँ मानिसहरु नदीमा खसेका थिए। आंशिक रूपमा डुबेको पुलमा बाँचेकाहरू झुण्डिएको सामाजिक सञ्जालमा आएका भिडियोहरुमा देखिएको छ। पुलमा त्यतिबेला ४०० जना मानिस रहेको एक रिपोर्टमा जनाइएको छ। ८० जना भन्दा बढीको उद्धार गरिएको प्रदेश मन्त्री…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो। खेलको पाँचौं मिनेटमा गाब्रिएल मार्टिनेल्लीको गोलमा अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको ४९ र ५२ औं मिनेटमा रेइस नेल्सनले गोल थप्दै आर्सनललाई सहज जिततर्फ डोहोर्याए। त्यस्तै थोमस पार्टेले ५७…