PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

    भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ। अस्ट्रेलियास्थित पर्थ स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जसमा सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउँदा कप्तान रोहित शर्माले १५ तथा बिराट कोहलीले १२ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो…

    विस्तृतमा पढ्नुस्

  • छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड, पूजामा राष्ट्रपति पनि सरिक

    छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड, पूजामा राष्ट्रपति पनि सरिक

    काठमाडौं: आज छठ पर्वको तेस्रो र मुख्य दिन। तराईमा मात्र केन्द्रित हुँदै आएको यो पर्व पछिल्ला केही वर्यषता उपत्‍यका तथा देशका अन्य भूभागमा पनि धुमधाम मनाइन लागिएको छ। तेस्रो दिन उपत्यकाका विभिन्न जलाशयमा पनि तीर्थालुको भीड लागेको छ। छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको कमलपोखरी र गौरीघाट पुगिन। भण्डारीले कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्। आइतबार बेलुकी…

    विस्तृतमा पढ्नुस्

  • अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

    अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

    छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरूले छठ पर्व मनाएका छन्। छठ पर्व मनाउन जनकपुरधामको तलाउहरूमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरू पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइने छ। जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा…

    विस्तृतमा पढ्नुस्

  • ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु

    ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु

    भारतीय अभिनेता अल्लू अर्जुनको मुख्य भुमिका रहेको फिल्म ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु भएको छ। यो फिल्मको सुटिङको बारेमा पछिल्ला केही महिनामा धेरै अड्कलबाजीहरु भएका थिए। फिल्म ‘पुष्पा द रुल’मा अल्लू अर्जुनको लुक निर्देशक सुकुमारले सार्वजनिक गरेका हुन्। फिल्म ‘पुष्पा द राइज’को सफलता भएदेखि नै यसको सिक्वल ‘पुष्पा द रुल’को चर्चा भइरहेको थियो। फिल्मका संगीतकार देवी…

    विस्तृतमा पढ्नुस्

  • नरहरि आचार्यको दाबी : काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो

    नरहरि आचार्यको दाबी : काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो

    काठमाडौं : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो रहेको बताएका छन्। आइतवार नेपाल लोकतान्त्रिक खेलकुद संघले टोखामा आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्रदीपको टिमले जिते विकास हुने दाबीसमेत पेश गरे। ‘काठमाडौं ५ मा युवाहरुको बलियो टिम छ,’ आचार्यले भने, ‘यो टिमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन्।’…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जीप पल्टियो, ६ जना घाइते

    गुल्मीमा जीप पल्टियो, ६ जना घाइते

    बुटवल : गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप सत्यवती गाउँपालिका ६ स्थित रुद्रवेणी–वामी सडकखण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा बागलुङको बाटाकाचौर गाउँपालिका ३ की ४७ वर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ वर्षीया…

    विस्तृतमा पढ्नुस्

  • सोमालियाको शिक्षा मन्त्रालय नजिकै दुई वटा कारबम बिस्फोट : १०० जनाको मृत्यु

    सोमालियाको शिक्षा मन्त्रालय नजिकै दुई वटा कारबम बिस्फोट : १०० जनाको मृत्यु

    सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय नजिकै दुई वटा कार बम विस्फोट भएको छ। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेको सिएनएनले जनाएको छ। 'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,' उनले भनेका छन्। यद्यपि प्रत्यक्षदर्शीहरूले…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै एपीएफको सुखद सुरुवात

    आर्मीलाई हराउँदै एपीएफको सुखद सुरुवात

    काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ५६ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्समाथि पाकिस्तानको सहज जित

    नेदरल्याण्ड्समाथि पाकिस्तानको सहज जित

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि सहज जित निकालेको छ। अस्ट्रेलियाको पर्थ स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि ६ विकेटको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि कोलिन एकरमेनले सर्वाधिक २७ रन बनाउँदा कप्तान स्कट एडवर्ड्सले १५ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको…

    विस्तृतमा पढ्नुस्

  • ऐरीको सानदार प्रदर्शनमा वाग्मती प्रदेशमाथि पुलिसको फराकिलो जित

    ऐरीको सानदार प्रदर्शनमा वाग्मती प्रदेशमाथि पुलिसको फराकिलो जित

    काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न  खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि फराकिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले वाग्मतीमाथि १ सय ९२ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रनको विशाल लक्ष्य खडा गरेको थियो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय पारि खेल्दै सर्वाधिक १०८ रन…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु देउवा

    सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु देउवा

    जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले सत्ता गठबन्धनले यो निर्वाचनमा ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी छिन्। छठ पर्व दर्शन गर्न जनकपुरधाम आइपुगेकी नेतृ राणाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाँच दलीय सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी हुन्। उनले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिइसकेकाले गठबन्धनले नै जित्ने सुनिश्चित रहेको तर्क गरिन्। सोमवार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली

    अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली

    काठमाडौं : काठमाडौंबाट दिल्ली उड्ने नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ। आइतवार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्ली उडानको तालिका थियो। तर अचानक उडान स्थगित भएको जानकारी आएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए। एयरपोर्ट समयमा नै यात्रुहरु विमानस्थल पुगेर बोर्डिङ पाससमेत लिइसकेका थिए। विमानस्थल स्रोतका अनुसार करिब २ सय यात्रुले बोर्डिङ पास लिएका थिए। अचानक उडान स्थगित भएको सुचना आएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य

    प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले ५० रन बनाए। त्यस्तै भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्रसिंह ऐरीको शतकको सहायतामा पुलिसले वाग्मतीलाई दियो २ सय ९० रनको लक्ष्य

    दीपेन्द्रसिंह ऐरीको शतकको सहायतामा पुलिसले वाग्मतीलाई दियो २ सय ९० रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल पुलिस क्लबलले वाग्मती प्रदेशलाई २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रनको विशाल लक्ष्य खडा गरेको हो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय पारि खेल्दै सर्वाधिक १०८ रन बनाउँदा ओपनर द्वय कुशल भुर्तेल र सुनिल धमलाले…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

    टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

    आईसीसी टी २० पुरुष विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा बंगलादेशले जिम्बावेमाथि रोमाञ्चक जित निकालेको छ। अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नजमुल हुसैन सान्तोले सर्वाधिक ७१ रन बनाउँदा अर्का ओपनर सौम्य सरकार डकआउट भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कुरुवा बसेकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी प्रहरीको नियन्त्रणमा

    कुरुवा बसेकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी प्रहरीको नियन्त्रणमा

    वीरगंज : वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा एक नाबालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ। बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नाबालिकालाई करणी गरेको आरोप लागेको हो। हाडसम्बन्धी समस्याको उपचार गराइरहेका आफन्तको कुरुवा बसेकी नाबालिकालाई असोज २३ गते राति अस्पतालकै कर्मचारी आकाश मण्डलले जबरजस्ती करणी गरेको प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए। प्रहरीका अनुसार मण्डलले अस्पतालकै शौचालयमा…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड

    गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड

    गोरखा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्। 'एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको छ,'उनले भने, 'अब पाँच वर्ष सरकार चल्छ। प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ।'…

    विस्तृतमा पढ्नुस्

  • छठ पूजाका लागि झकिझकाउ पारियो घडीअर्वा पोखरी

    छठ पूजाका लागि झकिझकाउ पारियो घडीअर्वा पोखरी

    वीरगंज : छठ पूजाका लागि वीरगंजको घडीअर्वा पोखरी झकिझकाउ पारिएको छ। छठपूजा व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष हिरालाल साह कानुका अनुसार छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भइसकेको छ। छठघाटको सजावट र व्यवस्थापनमा गरी यसपटक करिब १६ लाख ४२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष कानुले बताए। टेण्टपण्डालमा ७ लाख २५ हजार, परिसर बाहिरको बत्ती सजावटमा १५ हजार, भिडियोग्राफीमा ४१…

    विस्तृतमा पढ्नुस्

  • सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको ९३ हजार रुपैयाँ

    काठमाडौः तिहार सकिएपछि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबारका लागि सुनको बजार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको छ । गत साता तिहारले गर्दा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले  बढेर प्रतितोला  ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

    पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

    बुटवल : पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुने र घाइते भएकाको पहिचान खुलेको छ। पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना मन्दिर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतवार बिहान कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटना भएको हो। ३५ तीर्थयात्री रहेको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell