काठमाडौं : सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनले निष्कर्ष निकालेको हो। 'केही स्थानमरुमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि तय गरिएको छ ती स्थानहरुमा एक आपमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,' गठबन्धनले भनेको छ। गठबन्धनका उम्मेदवारलाई विजयी गराउन…
काठमाडौंः यस वर्षको तिहारमा मिठाई पसलहरुमा खासै व्यापार हुन सकेन। पूजाआजाका साथै उपहार दिनका लागि मिठाई प्रयोग हुने गर्छ। तिहारमा ४ दिनसम्म मिठाईको कारोबार अन्य समयभन्दा धेरै हुने गर्छ। त्यसैलाई मध्यनजर गर्दै यसपटक पनि व्यवसायीहरुले तयारी गरेका थिए। यो अवसरमा शुभकामना आदानप्रदानका लागि मिठाई पसलहरुमा कर्पोरेट क्षेत्रबाट अर्डर धेरै आउने गर्छ। लक्ष्मीपूजाको दिनदेखि पसलहरुमा ग्राहकको भीड बढ्ने भए पनि तिहारको एक साता अघिबाट कर्पोरेट…
कावासोतीः पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन्। बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ। गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा…
काठमाडौं : यो साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो। प्रदेश नं १, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। विभागका अनुसार…
अमेरिकी मिडियाहरुको दाबीअनुसार अनेकौ विवाद र आरोपप्रत्यारोपछि इलन मस्कले ट्वीटर किनेका छन्। विश्वकै धनाढ्य मस्कले ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर किन्ने डिल गरेका थिए। न्युयोर्क टाइम्स र सिएनएनले स्थानीय समयअनुसार बिहीवार राति मस्कले ट्वीटर आफ्नो स्वामित्वमा लिएका हुन्। ट्वीटर स्वामित्वमा लिनसाथ मस्कले सिइओ पराग अग्रवालसहित दुई वरिष्ठ मेनेजरलाई बर्खास्त गरेका छन्। यसबारे ट्वीटरले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन। Dear…
कतार विश्वकप नजिकिँदै गर्दा यसको छनोट प्रक्रियालाई 'फलो' नगरेका समर्थकहरु अचम्मित हुन् सक्छन किनभने यसपटक उनीहरुले समर्थन गर्दै आएका टोली विश्वकपमा सायद हुनेछैनन्। अहिलेको युरोकप च्याम्पियन तथा ४ पटकको विश्वकप विजेता इटली कतार विश्वकपमा देखिने छैनन्। इटलीमात्र होइन, अरु पनि केही यस्ता चर्चित टिमहरु छन्, जो वर्ल्डकपमा छनोट हुन असफल रहे। केही दक्षिण अमेरिका, अफ्रिका र युरोपका विश्वकपमा राम्रो छाप…
जलेश्वर : महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म बिहीवार अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको जनाइएको छ। उक्त स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ,र्याली, सभा गर्न…
आज भाइटीका। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यस पर्वलाई धुमधामका साथ मनाएका छन्। नायिका केकी अधिकारीले आफ्नो दाजुभाइसँग टीकापछिको रमाइलो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहेपछिको यो उनको पहिलो भाइटीका हो। नायिका वर्षा राउतले पनि आफ्ना भाइहरु कौशल राउत र सफल राउतसँग भाइटीका लगाएको फोटो इन्स्टामा सेयर गरेकी छिन्। View this post on Instagram …
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन…
बुटवलः रुपन्देही क्षेत्र नम्बर -२ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने भएको छ। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेपछि गठबन्धनले थापालाइ समर्थन गरेको हो। थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन्। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव…
काठमाडौं : नेकपा (एकीकृत समावादी)का समानुपातिक तर्फका ६ जनाको उम्मेदवारी खारेज भएको छ। प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्दसूचीमा रहेका ६ जनाले आयोगले तोकेको जरिवाना नबुझाएका कारण उम्मेदवारी नै रद्द भएको हो। आयोगले स्थानीय तह निर्वाचनमा खर्चको विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो। ओम चरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलू बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरले जरिवाना नबुझाएका कारण…
काठमाडौं : निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक तर्फको बन्द सूचीबाट हटाएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६ हजार ४५७ जनाको नाम दलहरुले समानुपातिकतर्फको बन्द सूचीका लागि बुझाएका थिए। स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै आयोगले गरेको जरिवाना नतिर्ने ३ सय ६९ जनासहित ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको समानुपातिकमा २३…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो। प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रयोगलाई विस्तार गर्न सरकार तयार रहेको बताएका छन्। नेपाल संवत् ११४३ को अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा देउवाले नेपाल संवतको प्रचार र प्रवर्द्धन गर्न सरकारले प्रयास गर्ने बताएका हुन्। आजबाट नेपाल संवत् ११४३ सुरु भएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात…
ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले दुई तिहाई सिट जित्ने दावी गरेका छन्। उनले सत्ता गठबन्धनका पक्षमा जनमत देखिएको दावी गरे। लोकतान्त्रिक–वाम गठवन्धन गोदावरी नगरपालिका ढुकुछाप - ८ कमिटिद्वारा मंगलबार आयोजित कार्यक्रममा कांग्रेस नेता राणाले भने, ‘हाम्रो गठबन्धनको नेतृत्वमा दुई तिहाई सिट आउँछ अनि मिलेर सरकार बन्छ।’ उनले अहिलेको गठबन्धन…
काठमाडौं : काठमाडौंको पर्यटकीय नगरी जहरसिं पौवामा भाईटीकाको दिन सांगीतिक कार्यक्रम हुँदैछ। जहरसिंह पौवा युवा क्लबको आयोजनामा शंखरापुर नगरपालिका वडा ३ स्थित पौवा चोकमा दिउँसो २:०० कार्यक्रम हुन लागेको हो। कार्यक्रममा रचनात्मक र सिर्जनात्मक प्रस्तुति रहने आयोजक क्लबका सल्लाहकार एवं युवा नेता किशोर घ्लान तामाङले जानकारी दिए। कार्यक्रममा चर्चित गायक विश्व दोङ तामाङ, निशा लामा, प्रतीक मोक्तान, रिना थापामगर, सीता…
बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्स तृतीयले मंगलवार पहिलोपटक नयाँ प्रधानमन्त्री नियुक्त गरे। आर्थिक संकटको मुद्दा र कन्जर्भेटिभ पार्टी भित्रको अस्थीरता कारण ५० दिनमा बेलायतले ३ जना प्रधानमन्त्री पायो। त्यसकारण राजा चार्ल्सले गद्दी सम्हालेको केहीसमयमा नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने अवसर पाए। बकिङ्घम दरबारमा राजा चार्ल्ससँगको भेटपछि ऋषि सुनक प्रधानमन्त्रीका रुपमा टेन डाउनिङ स्ट्रिट अफिस पुगे। त्यहाँ उनले प्रधानमन्त्रीका…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्। उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गरेकी छिन्। यस दिनलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे…
काठमाडौं : आजबाट नेपाल संवत् ११४३ सुरु भएको छ। नेवार समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। नेपाल संवत् ११४३ को उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।…
काठमाडौंः आसन्न निर्वाचनमा शीर्ष नेताहरुलाई निर्वाचित नगराउन अपिल गर्र्दै सार्वजनिक भएका फेसबुक पेजहरु बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। ‘नो नट अगेन’का नामबाट सञ्चालित पेजहरुमा शीर्ष नेताहरुलाई योपटक नतिजाउन अपिल गर्ने गरिएको छ। यसअघि पटक निर्वाचित भई कार्यकारी पदमा पुगेका व्यक्तिहरु लक्षित उक्त पेजहरु बन्द गर्न आयोगले निर्देंशन दिएको हो। आयोगले उक्त पेजमा भ्रमपूर्ण अभिव्यक्ति र लाञ्छानापूर्ण अभिव्यक्ति दिएको…