काठमाडौंः निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लङ्घनमा जरिवाना नबुझाएका ५५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। समानुपातिक बन्दसूचीमा पेश भएका कूल ६ हजार ४५७ उम्मेदवारमध्ये आयोगले ५५० जनाको उम्मेदवारी रद्द गरेको हो। आयोगका अनुसार तोकिएको जरिवाना नबुझाएका ३६९ जना, दाबी विरोधको जाँचबुझबाट १७९ र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट जाँचबुझका क्रममा विभिन्न लाभको पदमा रहेका र कालोसूचीमा…
काठमाडौं : कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो ४:५२ बजे ग्रहनले स्पर्श गरेको थियो। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिएको थियो।
काठमाडौं : प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन्। ७ बुँदे निर्देशान जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले ३ वटा सम्म सम्पर्क कार्यालय खोल्न पाइने जनाएको हो। प्रदेश सभाका उम्मेदवारले भने एकवटा निर्वाचन कार्यालय मात्रै खोल्न पाउने छन्। 'प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा ऋषि सुनकलाई बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै उनको कार्यकालमा लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन र काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्। बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक नयाँ प्रधानमन्त्री…
भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। कन्जरभेटिभ पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए। बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो। उनले सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए। सात वर्षपछि उनी…
नेपालीहरुको महान पर्व तिहार जारी छ। मंगलबार ग्रहण परेकाले सोमबार एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । धनधान्याकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मीपूजा मनाइएको हो। लक्ष्मीको घरमा बसोबास होस् भन्ने कामनासहित विशेष दीपावली गर्ने प्रचलन छ। चार रात्रिमध्ये लक्ष्मीपूजाको दिनलाई सुखरात्रिका रुपमा पनि चिनिन्छ। भक्तपुरमा पनि सर्वसाधरणहरुले उल्लासका साथ लक्ष्मीपूजा मनाएका छन्।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण पार्टी जनताको आदेशमा चल्नुपर्ने बताएका छन्। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले जनता सर्वभौमसम्पन्न रहेकोले उसैको आदेशमा सरकार पनि चल्नुपर्ने बताए। 'सर्वभौमसत्ता जनता भनेको सम्पूर्ण पार्टी हो। उसको आदेशमा, उसको निर्णयमा सम्पूर्ण पार्टी चल्नुपर्छ। सरकार चल्नुपर्छ। त्यसैले चुनाव हुँदैछ,' देउवाले भने। कांग्रेस सभापतिसमेत…
लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ। आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री भएको ४५ दिनमा नै राजीनामा दिँदा सुनकको प्रधानमन्त्री बन्ने बाटो…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेको चुनावी गठबन्धनलाई अपवित्र गठबन्धन भएको आरोप लगाएका छन्। सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो आरोप लगाएका हुन्। संविधान रक्षाका लागि अहिले अग्रगामी पार्टीहरुसँग गठबन्धन आवश्यको भएको उल्लेख गर्दै महतले एमालेले प्रतिगामी गठबन्धनको मोर्चा कसेको तर्क गरे। 'हामी झुटा प्रचार गर्दैनौं। विपक्षीले अनर्गल प्रचार…
काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकप्टर चढेर गठबन्धनका भेलामा गएको विषयमा प्रष्टिकरण माग गरेको छ। आयोगले देउवा सहित गठबन्धन दलका नेताहरु सेनाको हेलिकप्टरबाट गठबन्धनको भेलामा गएको विषयमा उजुरी परेकाले जवाफ मागेको हो। 'प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरि विभिन्न स्थानमा गई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएको…
ललितपुर : आइतवार दिउँसो जावलाखेलको 'पाँडे पाराडाइज'प्राँगणमा बेग्लै माहोल थियो। नजिकै रहेको चिडियाघरबाट चराको चिरबिर सुनिने पाराडाइज भवनको भित्तामा आलु पार्टीको तुल टाँगिएको थियो। गेटभित्र छिर्नसाथ ठुलो कलमले आफ्नो नाम दर्ता गर्न लगाइयो। आयोजकको दाबी थियो– यो संसारकै ठूलो कलम हो। आलु पार्टीमा आउनेहरु कोही एउटा आलु त कोही झोलामै आलु बोकेर आउँदै थिए। दिउँसो साँढे २ नबज्दै सञ्चारकर्मी शिरोमणि…
काठमाडौं : नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफूले परास्त गरेको टिप्पणी गरेका छन्। ओलीलाई पराजित गरेर गठबन्धन निर्माण गरेको प्रचण्डको दाबी छ। सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई पार्टी र संसदीय दलबाट निष्काशन गरेर पाँच दलीय गठबन्धन निर्माणमा लागेको बताएका हुन्। सो कार्यक्रममा उनले ओलीको आलोचना गरे भने प्रधानमन्त्री…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए। देउवाले भने, 'नेपालको संविधान सच्चा मानेमा समावेशी छ। तसर्थ संविधानको रक्षा गर्नु हाम्रो…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन्। संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए। वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई…
काठमाडौं : भक्तपुरको सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन्। प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन्। वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै तीन करोड रुपैयाँ बराबरको माला बिक्री भइसकेको जानकारी दिए।…
काठमाडौं : यस वर्ष 'पप्पी' नेपाल प्रहरीको उत्कृष्ट अनुसन्धान कुकुर बनेको छ। नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा आज कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा पप्पीलाई उत्कृष्ट कुकुर घोषणा गरिएको हो। जर्मन सेफर्ड जातको कुकुर प्रहरीले नेपालमा नै खरिद गरेको थियो। हाल दुई वर्ष पुगेको सो कुकुरले एक वर्षदेखि प्रहरी अनुसन्धानमा खटिएको हो। ट्रयाकर डग पप्पीले काठमाडौंको शंकरापुर नगरपालिकामा हराएका एक जना पुरुषको खोजी गर्न…
काठमाडौंः नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन केहीदिन अघि काठमाडौं आइपुगे। नेपाल आएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए भने प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे। थम्पसन नेपाल आफ्नी श्रीमती र कुकर 'बोगे' सहित आएका थिए। आज थम्पसनले अमेरिकाबाट सँगै आएको 'बोगे' लाई माला लगाएर कुकुर तिहार मनाएका छन्। नेपालमा आएको १० दिनमा आफूहरुलाई निकै रमाइलो लगिरहेको समेत थम्पसनले बताएका छन्। Bogey’s…
बोरिस जोनसन कन्जरभेटिभ पार्टीको टोरी लिडर बन्ने दौडबाट पछि हटेपछि ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। सिनियर टोरीहरुले जोनसनको पुनरागमनले अराजकता निम्त्याउने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री जोनसनले उनीसँग पार्टीको नेतृत्व गर्न पर्याप्त सांसदहरूको समर्थन नभएको स्वीकार गरेका थिए। आधिकारिक रूपमा आफ्नो चुनावी अभियान सुरु नै नगरेका जोनसनले आइतवार राति आफूले २०२४ मा कन्जरभेटिभ पार्टीलाई जिताउन सक्छु भन्ने विश्वास…
वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्रीमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ। असोज २८ गते बाराको परवानीपुर गाउँपालिका-५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको रोबिन सप्लायर्स प्रालि कमलामाईमा लग्नुपर्नेमा तेल नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए। प्रहरीले चालकमाथि उजुरी परेपछि खोजतलासको क्रममा कात्तिक ४ गते चालक…
काठमाडौं : नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमवार विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगनको जानकारी दिएका हुन्। गत शनिवार गर्ने भनिएको कार्यक्रम आइतवार ५ बजेका लागि तय भएको थियो। अन्तिम समयमा सोमवार १०:३० का लागि सारिएको उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको पौडेलले बताए। ‘प्रतिनिधिसभा र…