काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ। देशका विभिन्न भागहरुबाट गत साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको छ भने कोभिड-१९ को संक्रमण बढेको देखिएको छ। दिपावली तथा…
काठमाडौं निर्वाचन आयोगले नेपाली कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने काम गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो। निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको मतदाताको टोलमा आउँदैछौं भन्ने ट्वीटलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो। यस्तै आयोगले नेकपा (एमाले) को सुनसरी ३ को प्रतिनिधि सभा…
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ३ मा माओवादीले उम्मेदवारी फिर्ता नलिए अरु क्षेत्रमा पनि असर पर्ने कांग्रेसले चेतावनी दिएको छ। यस क्षेत्रमा कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन्। सत्ता गठबन्धनबाट चुनावी तालमेल भए पनि यस क्षेत्रमा माओवादी केन्द्रका बद्री बजगाईँ उम्मेदवार छन्। बजगाईँले उम्मेदवारी फिर्ता नलिए क्षेत्र २ बाट उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्तीलाई समेत असर पर्ने चेतावनी कांग्रेसको छ। 'यस क्षेत्र सत्ता…
काठमाडौंः विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन्। यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो। विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३०…
आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह २ को खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जीत दर्ता गरेको छ। खराब सुरुवात गरेको भारतले अन्तिम बलमा रोमाञ्चक जीत हात पारेको हो। विराट कोहलीको नटआउट ८२ रनको योगदानमा भारतले जीत निकालेको हो। अन्तिम ओभरमा १६ रन चाहिएको भारतले ओभरको सुरुवातमै हार्दिक पाण्डेयलाई गुमाएको थियो। तर, मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल र दुई वाइड बल फ्याँकेपछि…
टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि जित निकालेको छ। अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न समूह 'बी' को खेलमा बिराट कोहली प्रेरित भारतले भारतले पाकिस्तानमाथि ४ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। खराब सुरुवात…
काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्दको अनुसन्धान सकिएको छ। प्रहरीले राय सहितको प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। सन्दीप विरुद्द प्रहरीले तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यस्तै आज मात्र अदालतबाट दुई दिन म्याद थपिएको थियो। उनी यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले…
टी २० विश्वकपअन्तर्गत आज जारी समूह 'बी' को खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्नमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको हो। खराब सुरुवात गरेको पाकिस्तानका कप्तान ओपनर बाबर आजम गोल्डन डक आउट भएका थिए। त्यस्तै अर्का ओपनर मोहम्मद रिजवान ४ रनमा पभेलियन फर्कँदा…
फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका कृष्णकुमार तामाङ नेपाली कांग्रेसका युवा नेता हुन्। उनी भर्खरै २९ वर्ष पुगे। यस क्षेत्रबाट प्रदेश सभामा टिकटको दौडमा कृष्णभन्दा अनुभवी र वयस्क नेता नभएका हैनन्। तर, टिकट पाए उनैले। २०७४ को स्थानीय निर्वाचनमा मेलम्ची नगरपालिका वडा ४ को वडा सदस्यमा निर्वाचित कृष्ण कांग्रेसको १४औँ महाधिवेशनमा…
काठमाडौं : तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरमा कुनै पनि मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। मोबाइल बैंकिङलाई थप प्रवर्द्धन गर्नका लागि यो अफर ल्याइएको हो। यो अफर कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागू हुनेछ। चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न प्रोत्साहनका लागि एनसीएचएल तथा बैंक वित्तीय…
काठमाडौंः दुर्घटनाका कारण एक साता अगाडि रोक लगाइएको प्याराग्लाइडिङ खेल पुनः संचालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्था अन्तर्गतको शर्त सहित प्याराग्लाइडिङ खेल पुनः संचालन गर्न स्वीकृति दिएको प्रवक्ता जगन्नाथ निरौलाले बताए।प्राधिकरणले १५ दिनको परीक्षण काल घोषणा गर्दै यो अवधिमा मेडिकलमा फिट रहेका पाइलटलाई मात्र उडान गर्न दिइने उनले बताए। पाइलटले छुट्टै पोशाक लगाउनुपर्नेछ। पोशाकमा कम्पनी र पाइलटको नाम स्पष्ट…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान गर्न अदालतले थप दुई दिनको म्याद दिएको छ। सन्दीपविरुद्ध प्रहरीले यसअघि तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेको थियो। सन्दीप यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनतः कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस हेरेर हिरासतमा राख्नसक्छ। बलात्कारको केसमा प्रहरीले पक्राउ गरेको दिनदेखि २४…
सि चिनफिङ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय कमिटीको महासचिवमा निर्वाचित भएका छन्। आइतवार सम्पन्न केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनले सिलाई महासचिवमा निर्वाचित गरेको हो। २०३ केन्द्रीय सस्य र १६८ वैकल्पिक सदस्यको उपस्थितिमा भएको बैठकले सिलाई महासचिवमा निर्वाचित गरेको हो। त्यस्तै, बैठकले सिलाई सीपीसीको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ। त्यस्तै, बैठकले केन्द्रीय कमिटीको पोलिटब्युरोको स्टान्डिङ कमिटीसमेत गठन गरेको छ।…
वीरगंज : बिनाभिसा भारतबाट गुपचुप रुपमा नेपाल प्रवेश गरी १४ दिन बिताएर पुनः भारत फर्किरहेको अवस्थामा प्रहरीले पोल्याण्डका नागरिकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा मिचल जेर्जी फिगुर्क्सी रहेका छन्। उनलाई वीरगंजबाट रक्सौल नाका हुँदै भारत जाँदै गरेको अवस्थामा शंकराचार्य गेटबाट पक्राउ गरिएको अध्यागमन कार्यालय वीरगंजले जनाएको छ। जाँचका क्रममा फिगुर्क्सी ८ अक्टोबरमा भारतबाट आउट स्ट्याम्प लगाई बिनाभिसा नेपाल प्रवेश गरेको…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नु पर्ने नागरिकको चाहना पूरा गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन्। राजधानीमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्। ‘जतासुकै भ्रष्टाचार व्याप्त छ, कहीँ सुशासन छैन, जहाँ जाउँ अस्तव्यस्त छ। अब यसलाई समाधान गर्न नसके झन विकराल अवस्था आउने भएकाले मुलुक निर्माणको लागि मेरो पहिलो प्राथमिकता भ्रष्टाचार…
बेलायतलाई युरोपेली संघ (ईयू)मा पुनः सामेल गराउन माग गर्दै हजारौं प्रदर्शनकारीले मध्य लण्डनमा जुलुस निकालेका छन्। शनिवारको राष्ट्रिय पुनर्स्थापना मार्चमा पार्क लेनदेखि संसद स्क्वायरसम्म मानिसको ठूलो भीड देखिएको थियो। बेलायत भरका मानिसहरुहरू मार्चमा सहभागी हुन घण्टौँको यात्रापछि लण्डन आइपुगेका थिए। मार्चको अन्तिम विन्दु पार्लियामेन्ट स्क्वायर गार्डनमा समर्थकहरूले ईयूको झण्डा फहराएका थिए। गार्डेनमा प्लेकार्ड बोकेका निलो र पहेंलो कपडा लगाएका मानिसहरुको…
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले युक्रेनमा ‘ठूलो आक्रमण’ गरेको बताएका छन्। रसियाले ऊर्जासम्बन्धी पूर्वाधारहरु पनि आक्रमण गर्दा युक्रेनका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको जेलेन्स्कीले बताए। एक दर्जनभन्दा बढी रसियाली मिसाइलहरूले शनिवार युक्रेनभर रहेका ऊर्जा तथा अन्य पूर्वाधारमा हमला गरेको युक्रेनी वायुसेनाले बताएको छ। हमलाका कारण विभिन्न क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताइएको छ। देशभरका उर्जा पूर्वाधारहरूमा रसियाले हवाई आक्रमण गर्दा युक्रेनका १०…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले सेभियालाई हराएको छ। घरेलु मैदान सान्टिआगो बेर्नबेउमा सम्पन्न खेलमा मड्रिडले सेभियामाथि ३-१ गोलअन्तरको जित निकालेको हो। खेलको पाँचौं मिनेटमै लुका मोड्रिचको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने सेभिया खेलमा फर्कियो। खेलको ५४ औं मिनेटमा सेभियाका एरिक लमेलाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।…
इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि ३-१ गोलको सहज जित निकालेको हो। खेलको २२ औं मिनेटमा अर्लिङ हल्याण्डको गोलमा अग्रता बनाएको सिटीका लागि दोस्रो गोल पनि हल्याण्डले नै ४३ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेका थिए। योसँगै हल्याण्डले प्रिमियर लिगको ११ खेलमै १७ गोल…
काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले प्रधानमन्त्री र सभामुख बिनाको केन्द्रीय कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री ली खछ्याङ तथा पिपल्स कंग्रेसका स्टान्डिङ कमिटी अध्यक्ष ली चान्सु बिनाको २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। उमेर हदका कारण अवकाश दिइएको हो। प्रधानमन्त्री खछ्याङ, पिपल्स कंग्रेसका अध्यक्ष चान्सु, पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ र स्टान्डिङ कमिटिका सदस्य हान झेन यसपटक…