PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

  • सत्यमोहन जोशीको सम्झनामा वसन्तपुरमा स्मृति सभा

    सत्यमोहन जोशीको सम्झनामा वसन्तपुरमा स्मृति सभा

    काठमाडौं : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्मृतिमा आज वसन्तपुरमा 'लुमन्ति मुँज्या' आयोजना गरियो। नेवा: देय् दबुको संयोजनमा भएको कार्यक्रममा विभिन्न खल:, पुच: हरुको सहभागिता थियो। कार्यक्रममा उपस्थित वक्ताहरुले जोशीको योगदानबारे आआफ्नो धारणा राखेका थिए। जोशीको असोज ३० गते ललितपुरस्थित किस्ट अस्पतालमा निधन भएको थियो। १०३ वर्षको उमेरमा निधन भएका जोशीले नेपाली र नेपालभाषामा विभिन्न काव्यहरु लेखेका थिए। पढ्नुस :…

    विस्तृतमा पढ्नुस्

  • फूल र बत्तीले सजियो न्यूरोड, धनतेरसमा गहना पसलमा देखियो यस्तो दृश्य

    फूल र बत्तीले सजियो न्यूरोड, धनतेरसमा गहना पसलमा देखियो यस्तो दृश्य

    काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ। भाँडाकुँडा किन्न बजारमा आज बिहानैदेखि भिड लागेको छ।ऽ  यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ। धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ।…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

    सशस्त्र प्रहरीको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

    काठमाडौं : सशस्त्र प्रहरी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनको संख्या ४ पुगेको छ। शुक्रवार साँझ कपिलवस्तुको बाणगंगा नगरपालिका ३ सिउटीस्थित तौलिहवा–जितपुर सडकखण्डमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना भएको थियो।  सो घटनामा एकजना साइकल यात्रीसहित तीन जना सशस्त्र प्रहरीको मृत्यु भएको हो। मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-३ का साईकल यात्री २६ वर्षीय अमर संग्रामी मगर छन्। यस्तै, सशस्त्र प्रहरीका सहायक हवल्दार रमेश…

    विस्तृतमा पढ्नुस्

  • चर्को आलोचनापछि निर्वाचन आयोगले हटायो चुनाव सम्बन्धी गीत

    चर्को आलोचनापछि निर्वाचन आयोगले हटायो चुनाव सम्बन्धी गीत

    काठमाडौं : निर्वाचन आयोगले चुनाव सम्बन्धी गीतलाई सामाजिक सञ्जालबाट हटाएको छ। गीतको शब्द र गुणस्तर बारेमा प्रश्न उठाउँदै आयोगको चर्को आलोचना भएपछि गीतलाई संसोधन गर्न भन्दै हटाएको आयोगले जानकारी दिएको छ।  'सामाजिक संजाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षा सम्बन्धी भिडियो सामग्री परिमार्जनको लागि हटाएका छौं,' आयोगले भनेको छ।  निर्वाचन शिक्षाका लागि भन्दै आयोगले 'हाम्रो देशमा फेरि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई गठबन्धनका बागीको समर्थन, निष्क्रिय पारे उम्मेदवारी

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई गठबन्धनका बागीको समर्थन, निष्क्रिय पारे उम्मेदवारी

    काठमाडौं : भोजपुरको प्रदेश क मा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तमकुमार चापागाईंले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। यस प्रदेशसभा सिटमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राई उम्मेदवार छन्। प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका राईलाई गठबन्धनले टिकट दिएपछि असन्तुष्ट बनेका चापागाईंले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चापागाईं नेपाल तरुण दलका निवर्तमान उपाध्यक्ष हुन्। गठबन्धनको निर्णय नमान्ने नेतालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघबाट राजनीति थालेका सर्वेन्द्र खनाल ओलीको अन्धभक्त भएको भीमसेनदासको आरोप, 'म जनताको दास'

    नेविसंघबाट राजनीति थालेका सर्वेन्द्र खनाल ओलीको अन्धभक्त भएको भीमसेनदासको आरोप, 'म जनताको दास'

    काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले  पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्धभक्त भएको आरोप लगाएका छन्। प्रधान काठमाडौं ६ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। प्रधानसँग एमालेबाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा उत्रिएका छन्। आज राजधानीको एल्लो प्यागोडामा आफ्नो उम्मेदवारीबारे आयोजित पत्रकार सम्मेलनमा प्रधानले खनाल ओलीको अन्धभक्त भएकोमा आफूलाई आश्चर्य लागेको बताएका छन्। कांग्रेसको भ्रातृ संस्था…

    विस्तृतमा पढ्नुस्

  • एड शीरनको रिलिज नभएका गीत चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय

    एड शीरनको रिलिज नभएका गीत चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय

    बेलायती गायक एड शीरनका दुई रिलिज नभएका गीतहरू चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय सुनाइएको छ। ह्याकर एड्रियन क्वियट्क्वोस्कीले शीरनका गीत र अमेरिकी र्‍यापर लिल उजी भर्टका १२ गीतहरू क्रिप्टोकरेन्सीमा बेचेको बीबीसीले उल्लेख गरेको छ। इङ्ग्याण्डको इप्सविचका २३ वर्षीय क्वियट्क्वोस्कीले कलाकारहरूको डिजिटल अकाउन्ट ह्याक गरेर गीतहरु चोरी गरेको क्राउन प्रोसेक्युसन सर्भिसले जानकारी दिएको छ। क्वियट्क्वोस्कीले प्रतिलिपि अधिकार…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा गाई काटेको आरोपमा ४ जना पक्राउ

    गुल्मीमा गाई काटेको आरोपमा ४ जना पक्राउ

    बुटवल : गुल्मीमा गाई काटेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार राति दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भविश्वर विकसहित घटनास्थलमा पुगको टोलीले ४ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले मालिका गाउँपालिका-२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय उडान विस्तार गर्न वायुसेवा निगमले सुरु गर्‍यो छलफल

    अन्तर्राष्ट्रिय उडान विस्तार गर्न वायुसेवा निगमले सुरु गर्‍यो छलफल

    काठमाडौं : नेपाल वायुसेवा निगमले सेवा विस्तारका लागि छलफल सुरु गरेको छ। निगमले चीनको ग्वान्जाउ, भारतको अहमदाबाद, सिंगापुर हुँदै अस्ट्रेलिया उडानका लागि छलफल गरेको हो। निगमले नेपाल-भारत दुईतर्फी पर्यटन विस्तारका लागि शुक्रवार मुम्बाई र बैंगलोर हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग छलफल गरेको जनाएको छ। निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरुमा उडान गर्दै आएकोमा हाल मुम्बई, दिल्ली र बैंगलोरमा नियमित…

    विस्तृतमा पढ्नुस्

  • बाँध्ने बेला हात्तीको आक्रमण, निकुञ्जका कर्मचारीको मृत्यु

    बाँध्ने बेला हात्तीको आक्रमण, निकुञ्जका कर्मचारीको मृत्यु

    वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी जितपुरसिमरा उप–महानगरपालिका–५ डुमरवाना बस्ने वर्ष ३१ का रमेश महराको मृत्यु भएको प्रहरीले जनायो। हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका महराको अपरान्ह साढे ४ बजे उपचारको क्रममा वीरगंज, गण्डकमा रहेको बयोधा अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराए। महरा हाल पर्सा राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • पाँच हजार घुस लिएका मालपोतका कर्मचारी अख्तियारको फन्दामा, साथबाट ३ लाख १० हजार बरामद

    पाँच हजार घुस लिएका मालपोतका कर्मचारी अख्तियारको फन्दामा, साथबाट ३ लाख १० हजार बरामद

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। शुक्रवार साँझ मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह)का होमनाथ खतिवडालाई अख्तियारले नियन्त्रणमा लिएको हो। मोही लगत कट्टा गर्न सेवाग्राहीसँग पाँच हजार रुपैयाँ लिएको उजुरी परेपछि आयोगको कार्यालय टंगालबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

    राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

    बुटवल : रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो। आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा प्रधानमन्त्री देउवा, 'बुद्धभूमिमा उभिएर भन्छु गठबन्धन बलियो छ, शंका नगर्नुस्'

    बुटवलमा प्रधानमन्त्री देउवा, 'बुद्धभूमिमा उभिएर भन्छु गठबन्धन बलियो छ, शंका नगर्नुस्'

    बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धनमा शंका नगर्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन्। गठबन्धन दलले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका हुन्। अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उनको तर्क थियो। गठबन्धन दलभित्र एक-अर्कालाई विश्वास दिलाउने गरि काम गर्न उनले आग्रह गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ट्रसको बहिर्गमनपछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? फर्किएलान् बोरिस कि सुनकले मार्लान् बाजी

    ट्रसको बहिर्गमनपछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? फर्किएलान् बोरिस कि सुनकले मार्लान् बाजी

    लिज ट्रसले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनको उत्तराधिकारीको खोजी सुरु भएको छ। आफैले लागू गरेको आर्थिक नीति आफूविरुद्ध नै 'ब्याकफायर' भएपछि उनी राजीनामा दिन बाध्य भएकी हुन्। पार्टीभित्र उनीप्रति बढ्दो वितृष्णा र टोरी सांसदहरुको दबाबका कारण प्रधानमन्त्री भएको ४५ दिनमा नै ट्रस राजीनामा दिएकी हुन्। बोरिस जोनसनले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीभित्र निकै लामो निर्वाचन प्रक्रियाबाट चुनिएर 'टोरी लिडर' बनेकी…

    विस्तृतमा पढ्नुस्

  • ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बसेको पौडेलको आरोप

    ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बसेको पौडेलको आरोप

    काठमाडौं : कांग्रेस नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। शुक्रवार काठमाडौं क्षेत्र नं ३ र ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त आरोप लगाएका हुन्। ओली सरकारका पालामा सबैभन्दा बढी न्यायालयमाथि हस्तक्षेप भएको बताउँदै त्यसो हुँदा पनि सरकारमा सामेल भएकाहरुले त्यसको प्रतिरोध गर्न…

    विस्तृतमा पढ्नुस्

  • यही महिना मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी, 'अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन'

    यही महिना मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी, 'अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन'

    काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ। पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने जनाइएको छ। आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै…

    विस्तृतमा पढ्नुस्

  • महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

    महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

    बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकाशिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता, काजु, ओखर, मिस्री, नरिवल, छोकडा, सुपारी, मखना अनिवार्य हुन्छ। यीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए

    श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए

    काठमाडौः आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा गुल्मी मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थिषझ। घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो।  घटनाको थप…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको ल्वाङ गाउँमा देखाइयो ‘२ नम्बरी’

    कास्कीको ल्वाङ गाउँमा देखाइयो ‘२ नम्बरी’

    काठमाडौं : असोज २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ तेस्रो सातामा चलिरहेको छ। फिल्मले राम्रो सफलता हात पारेसँगै ल्वाङ गाउँमा पनि फिल्म देखाइएको छ। यो फिल्मको छायाङ्कन कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, हल नभएका कारण स्थानीय बासिन्दाले यो फिल्म हेर्न पाएका थिएनन्। फिल्म प्रदर्शनीका लागि फिल्मको निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए। ल्वाङ गाउँमा २ सय भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई नेपाली फिल्मसँग भिड्दै हलिउड फिल्म ‘ब्ल्याक एडम’

    फ्राइडे रिलिज : दुई नेपाली फिल्मसँग भिड्दै हलिउड फिल्म ‘ब्ल्याक एडम’

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्महरु प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘के घर के डेरा’, ‘नालापानी’ र हलिउड फिल्म ‘ब्ल्याक एडम’ रिलिज भएका हुन्। कमेडी तथा सोसल जनरामा बनेको फिल्म ‘के घर के डेरा’ ले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई समेटेको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्मको कथा यस फिल्मको कथा सिंगे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell