पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्। ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४००…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्। उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। जीवनभर कांग्रेसप्रति गरेको त्याग, सङ्घर्ष र मेहनतका…
बुटवल : रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमबार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जना मध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक - एक जना छन्।…
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर - ७ मा उम्मेदवार छिन् मानुषी यमी भट्टराई। नेपाल समाजवादी पार्टी (नेसपा)की उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह हसिँया हतौडा लिएर चुनावी मैदानमा छिन्। अरु उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको साथ त छ नै, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीको छोरी हुनुको फाइदा पनि। एमालेको गढ मानिने यस क्षेत्रमा एमालेबाटै बागी उम्मेदवारी…
काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जोशीनको निधनमा शोक मनाउन देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार बिदा दिने उल्लेख छ। मंगलबार नै राष्ट्रिय झण्डा झुकाउने निर्णय सरकारले गरेको छ। पर्यटन मन्त्रालयले बिदा दिन आइतबार प्रस्ताव गरेको थियो। पर्यटनमन्त्री जीवनराम श्रेष्ठको प्रस्तावलाई…
काठमाडौं : नेपाल प्रहरीले ६७ औँ दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो। कार्यक्रममा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको छ। नेपाल प्रहरीको कार्यदक्षता मुल्याङकनमा आन्तरिक व्यवस्थापन तर्फ सम्पादित काम कारबाहीहरूमा महाजगंज वृत्त उत्कृष्ट भएको छ। आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले उत्कृष्ट वृत्त प्रहरी कार्यालयको प्रशंसा…
फिल्म ‘मारुनी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौँ एभरेस्ट नेपाली फिल्म अवार्ड’मा पुनम गौतम निर्मित यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको हो। अवार्डको लागि पुनम अमेरिका पुगेकी थिइन्। फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्मले दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो। पुनमले अवार्ड जितेसँगै भनिन्–‘मलाई यो…
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह चुनावी प्रचार प्रसारमा लागेका छन्। सिंहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनावी प्रचारको नारा समेत सार्वजनिक गरेका थिए। 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नारा सहित जनताको घरमा भोट माग्न जाने उनले बताए। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर १ वाट विजयी भएर सिंह सांसद बनेका थिए। लगातार उनी…
पोखरा: गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते। उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको खेलमा थापाले १२–१० मा…
काठमाडौं : आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डुले ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको छ। रचनाकार हर्क साउदको शब्द रहेको ‘धागो-सम्बन्धको’ गीतमा एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको छ। गीतमा सुशान्त गौतमको म्युजिक रहेको छ। नविन चौहानको निर्देशन र कन्सेप्टमा तयार भएको गीतको भिडियोमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री,…
युक्रेनको राजधानी कीभमा सोमवार बिहान कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ। हवाई आक्रमणका साइरन बजेलगत्तै ति विस्फोटहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ। मेयर भिटाली क्लिट्स्कोले केन्द्रीय शेभचेन्किभ्स्की क्षेत्रका आवासीय भवनहरू क्षतिग्रस्त भएको बताए। उद्धारकर्ताहरू घटनास्थलमा रहेको र स्थानीय बासिन्दाहरूलाई हवाई आक्रमणको आश्रयस्थलमा बस्न भनिएको जानकारी दिए। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कथित ‘कामिकाजे ड्रोन’बाट भएको बताएका…
पोखरा : भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले कर्णाली प्रदेशबाट सहभागिता जनाएको भन्दै चार टोलीले ‘प्रोटेस्ट’ गरेका छन्। नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन पुरुष स्टिबल चेज विधामा कर्णाली प्रदेशबाट सहभागी दुर्गाबहादुर बुढाको सहभागितालाई लिएर तीन विभागीय र गण्डकी प्रदेश गरी चार टोलीले प्राविधिक उपसमितिको संयोजक समक्ष निवेदन दिएका हुन्। ‘प्रोटेस्ट’मा भारतबाट खेल्दै आएका बुढाले १३औँ सागमा सहभागिता नजाएकोसमेत उल्लेख छ। ‘मित्र…
स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिड बार्सिलोनामाथि ३-१ गोलअन्तरको जित निकालेको हो। खेलको १२ औं मिनेटमा करिम बेन्जेमाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दा पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा अन्तिम समयतिर बार्सिलोनाले गोल फर्काए पनि खेलमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि जित निकालेको छ। एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले सिटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई हराउन लिभरपुलका मोहम्मद सलाहले ७६ औं मिनेटमा निर्णायक गोल गरे। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडमाथि जित निकाल्यो। विजुलीसँग सम्बन्धित प्रविधिक कारणले ४०…
बुटवलः पाल्पामा पानीमा डुबेर आइतबार दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ७ रक्सा बस्ने थमन रानाको १५ महिनाकी छोरी प्रिज्मा राना र तानसेन ६ टुँडिखेलनजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। आइतबार साँझ ५ बजे आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा…
काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन परिचालनका लागि ११० सदस्यीय कमिटी गठन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा परिचालन कमिटी गठन गरेका हुन्। विभिन्न पेशागत क्षेत्र, शुभेच्छुक संस्थालगायतका प्रतिनिधि समेत राखेर परिचालन कमिटी गठन गरिएको छ। को को छन् कमिटीमा?
काठमाडौं : सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा परेको उम्मेदवारी खारेजीपछि राजु गुरुङले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको छ। आइतवार न्यायाधीश विश्वमभरप्रसाद श्रेष्ठको एकल इजलाशले कात्तिक २ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको हो। यस विषयमा छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई छलफलमा बोलाएको छ। एकीकृत समाजवादीका नेता गुरुङले आफ्नो उम्मेदवारी खारेजीपछि निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गरेको थियो।…
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीलाई नमूना र समृद्ध जिल्लाको रुपमा विकास गरिने दावी गरेका छन्। सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी एमालेको सरकारले काम सुरु गरेपनि सरकार परिवर्तन हुँदा बीचमै ओझेलमा परेको पौडेलको भनाई रह्यो। रुपन्देही २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले निर्वाचनपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गरी विगतका दिनमा अगाडि…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन्। काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन्। निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल…
काठमाडौंः नागरिक उड्डयन प्राधिकरणले देशैभर संचालित प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ। अर्को सूचना जारी नहोउन्जेल यो खेल देशैभर बन्द गराउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई सुरक्षित र थप व्यवस्थपित बनाउनका लागि तत्कालका लागि मुलुकभर संचालित प्याराग्लाइडिङ उद्योग बन्द गराउने निर्णय गरिएको प्रवक्ता निरौलाले जानकारी दिए। पोखरास्थित नवौँ राष्ट्रिय खेलमा प्याराग्लाइइडिङका क्रममा एकजना सहभागीको मृत्यु…