पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा सम्पन्न साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैमा नेपाल आर्मीका खेलाडी स्वर्ण जितेका छन्। पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन्। त्यस्तै वाग्मती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका…
पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन्। नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्। यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ…
पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको खेलमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन्। १० हजार मिटर महिला तर्फ श्रेष्ठले नेपाल पुलिसकी राजपुरा पचाइलाई पछि पार्दै स्वर्णपदक जितेकी हुन्। सन्तोषीले ३६ मिनेट १२.३६ मिनेटमा दौड पुरा गर्दै च्याम्पियन बनिन्। त्यस्तै आजै सम्पन्न १०० मिटरतर्फको दौडमा लुम्बिनीकी निशा चौधरीले १२.१३ सेकेन्डमा पुरा गर्दै कीर्तिमान बनाइन्। सटपुट पुरुषतर्फ आर्मीका…
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।
बुटवल : अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रवार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा सारु रुखबाट लडेका थिए। रुखबाट करिब सय मिटर तल खसेर…
उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति फसेका छन्। विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए। जसमध्ये झन्डै आधा कामदार ३०० मिटरभन्दा बढीको गहिराइमा थिए। टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले ११ जना कामदारको उद्धार गरिएको र उनीहरुको उपचार भइरहेको बताएका छन्। आपतकालीन कामदारहरूले फसेकाहरुसम्म पुग्न चट्टान…
युक्रेन युद्धमा रसियाले आणविक बमको प्रयोग गर्न सक्ने आँकलन गर्दै पश्चिमा देशहरु यसको तयारीमा जुटेका छन्। रसियाले युक्रेन वा त्यस नजिकै आणविक बम विस्फोट गराए आफ्ना देशहरूमा आतंकलाई रोक्न पश्चिमा देशका अधिकारीहरुले पर्दा पछाडि ‘विवेकपूर्ण योजना’ बनाउन व्यस्त रहेको द गार्डियनले उल्लेख गरेको छ। आणविक संकटको सम्भावना अत्यन्तै न्यून रहेको मानिएको छ। यद्यपि, अन्तर्राष्ट्रिय रूपमा अधिकारीहरूले आणविक संकटमा आपतकालीन सहयोग…
पोखरा : नवौं राष्ट्रिय खेलकुदको शुक्रवार पोखरामा उद्घाटन भयो। उद्घाटनअघि नै गण्डकी प्रदेशका विभिन्न स्थानमा खेलहरु सुरु भइसकेका थिए। नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म आइपुग्दा आर्मीले मेडल तालिकामा अग्रता बनाएको छ। पाँच स्वर्ण, ६ रजत र ७ कास्य जितेको आर्मी १८ पदक जोड्दै शीर्षस्थानमा रहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तथ्यांक अनुसार आर्मीका राम थापा (फेन्सिङ), नुरबहादुर थापा (फेन्सिङ), इन्दिरा…
चन्द्रप्रसाद अधिकारी- ब्ल्याक सोल्जर फ्लाइ - एक किसिमको झिंगा हो। झिंगाको पनि खेती हुन्छ भनेको सुन्दा र देख्दा हामीलाई अनौठो लाग्न सक्छ। तर, अब अनौठो मान्नु नपर्ने भयो। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका भेटेनरी संकायका विद्यार्थीहरुको समूहले ब्ल्याक सोल्जर फ्लाइमा अनुसन्धान परीक्षण गरेका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय, राष्ट्रिय आविस्कार केन्द्रको सहयोग र प्राङ्गारिक कृषि उत्पादन केन्द्रको व्यवस्थापनमा २०७७ सालबाट…
बुटवल : रुपन्देही प्रहरीले अवैध चाँदी बरामद गरेको छ। सिद्धार्थनगर नगरपालिका २ मेउडिहवाबाट अवैध चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएकोे रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको महाराजगञ्ज थाना कोलही बस्ने २५ वर्षीय शैलेन्द्र बर्मा र सोही ठाउँका २६ वर्षीय सतेन्द्र बर्मा रहेका छन्। विशेष सुराकीको आधारमा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ४ किलो ५२२ ग्राम चाँदी…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रको मस्यौदा पारित गरेको छ। आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक रहेका महामन्त्री विश्वप्रकाश शर्माले मस्यौदा पेस गरेका थिए। बैठकमा प्रारम्भिक मस्यौदा उपसमितिका तर्फबाट डा स्वर्णिम वाग्लेले मस्यौदाको थप व्याख्या गरेका थिए। आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायत अन्य सदस्यहरुले मस्यौदाबारे आआफ्नो धारणा राखेका…
काठमाडौं : कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। वि सं २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आउँदो मंसिर १६ गते तीनजना स्रष्टा र समाजसेवीलाई दिइने भारती खरेल प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको आज बसेको बैठकले वि सं २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती…
काठमाडौं : सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ को प्रदर्शन मिति एक साता पछि सरेको छ। कात्तिक ११ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्म अब कात्तिक १८ प्रदर्शन हुनेछ। कात्तिक ११ मा ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरुको सम्मानमा आफुहरु एक सातापछि हटेको ‘लाखे’ निर्देशक सम्राट बस्नेतले जानकारी दिए। ‘दिग्गज दाइहरुको सम्मान तथा…
काठमाडौं : सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित तीन जनालाई सम्पती शुद्धीकरण मुद्दामा थुनामा नै राखेर अनुसन्धान गर्ने विशेष अदालतले आदेश दिएको छ। अदालतमा हाजिर भएका तीन जनालाई आज थुनामा राख्ने विशेष अदालतले थुन्छेक आदेश दिएको हो। अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सृजना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो। ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका…
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन्। कानुन मन्त्री गोविन्द बन्दी कोइरालाको पदावधी सकिएपछि संचार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्। उनले आज पदभार ग्रहण गरेका हुन्। मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा…
काठमाडौंः एक किशोरको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ बस्ने १८ वर्षीय…
कैलाली : नेकपा एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारहरुलाई कारबाही गरेको छ। पार्टीले आधिकारिक टिकट दिएका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई एमालेले निष्कासन गरेको हो। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहित पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। एमालेका सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार…
काठमाडौं : सरकारले प्रतिबन्ध लगाएका बिलासी सामाग्रीको पैठारीमा लगाइएको बन्देजलाई २०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बिलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो। सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। जसमा ६ वस्तुमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेटाको इन्स्टाग्राममा पनि अकाउन्ट खोलेका छन्। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ओलीले आफ्नो इन्स्टाग्राम प्रोफाइल सेयर गरेका हुन्। ओलीले इनस्टाग्राममा नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै पहिलो तस्विरसमेत सेयर गरेका छन्। प्रधानमन्त्री हुँदा ओलीले टिकटक अकाउन्ट पनि संचालनमा ल्याएका थिए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय नेताहरु सामाजिक संजाल केन्द्रित हुन थालेका…
काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १०८ आरोही समूहका ९०० जना भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन्। यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका…