PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

  • रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने

    रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने

    काठमाडौं : रामबाबु गुरुङको निर्देशित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी फागुन ५ गते रिलिज हुने पक्का भएको हो। आफूहरुले फागुन ५ गतेदेखि फिल्म ‘फूलबारी’लाई विश्वव्यापी रुपमै प्रदर्शन गर्न लागेको निर्देशक गुरुङले जानकारी दिए। फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना मगरको अभिनय रहनेछ। यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका…

    विस्तृतमा पढ्नुस्

  • सडकका पोलमा झण्डा नराख्न आयोगको निर्देशन, राजनीतिक दललाई दिएको ७ बुँदे निर्देशनमा के छ?

    सडकका पोलमा झण्डा नराख्न आयोगको निर्देशन, राजनीतिक दललाई दिएको ७ बुँदे निर्देशनमा के छ?

    काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दललाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन दिएको छ। सरकारी स्रोत साधनको दुरुपयोग भएको भन्दै आयोगले निर्देशन जारी गरेको हो। सरकारका मन्त्रीले आफ्नो क्षेत्रमा अनुमतिबिना र अरु क्षेत्रमा आयोगको अनुमति लिएर मात्रै प्रचारप्रसार गर्न निर्देशन दिएको छ। ‘आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको गीत सार्वजनिक

    सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको गीत सार्वजनिक

    काठमाडौं : स्वर्गीय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको गीतको भिडियोलाई गोल्डेन क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सत्यमोहन जोशीको लेखेको गीतको यो पहिलो भिडियो हो। यसअघि जोशीले लेखेका गीतहरु रेकर्ड भएतापनि भिडियो भने बनेका थिएनन्। हेमप्रभास अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा सत्यमोहनका साथै सन्तोषलाई नै देख्न…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने १२ दिनदेखि हिरासतमा छन्। आज जिल्ला अदालत काठमाडौंबाट सन्दीपविरुद्ध प्रहरीले म्याद थप गर्न उनलाई उपस्थित गराएको थियो। अदालतले सात दिनको म्याद थप गरेको हो। अनुसन्धान केही बाँकी भएकाले म्याद थप गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। यसअघि प्रहरीले सन्दीपलाई…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा नवौं राष्ट्रिय खेलकुद, ठेलो हान्नेदेखि बुद्धिचालसम्म

    तस्विरमा नवौं राष्ट्रिय खेलकुद, ठेलो हान्नेदेखि बुद्धिचालसम्म

    काठमाडौं : नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जारी छ। प्रतियोगिता भोलि सकिँदैछ।  आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ। नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरि कूल १०८ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ८ सय मिटर महिलामा एपीएफकी रानालाई स्वर्ण, ४ सय मिटर हडल्समा आर्मीका राम च्याम्पियन

    ८ सय मिटर महिलामा एपीएफकी रानालाई स्वर्ण, ४ सय मिटर हडल्समा आर्मीका राम च्याम्पियन

    पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न ८ सय मिटर महिलातर्फको दौडमा फूलमति रानाले स्वर्ण पदक जितेकी छिन्। एपीएफकी रानाले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पार गर्दै स्वर्ण जितेकी हुन्। आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन्। तेस्रो स्थानमा आर्मीकै रेखा लिम्बु रहिन्। उनले २ मिनेट ३०.४८ सेकेन्डमा निर्धारित दुरी पार गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा वाग्मतीकी सान सन्तोषी : ५ हजार मिटर दौडमा जितिन् स्वर्ण

    गण्डकीमा वाग्मतीकी सान सन्तोषी : ५ हजार मिटर दौडमा जितिन् स्वर्ण

    पोखरा : सन्तोषी श्रेष्ठले एथ्लेटिक्सतर्फ ५ हजार मिटरमा स्वर्ण पदक प्राप्त गरेकी छिन्। पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट खेलिरहेकी उनले निर्धारित दुरी १७ मिनेट ५.२९ सेकेन्डमा पार गरेर स्वर्ण जितेकी हुन्।। जारी प्रतियोतामा सन्तोषीको यो दोस्रो स्वर्ण पदक हो। ५ हजार मिटरमा राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जितिन्। यस्तै, आर्मीकी पूर्णलक्ष्मी न्यौपाने…

    विस्तृतमा पढ्नुस्

  • आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

    आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

    काठमाडौं : आज र भोलि बालबालिकालाई 'भिटामिन ए' र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई 'भिटामिन ए'को क्याप्सुल खुवाइनेछ। यस्तै, सोही मितिमा १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने मन्त्रालयले जनाएको छ। औषधी खुवाउन मन्त्रालयले निश्चित स्थान सामुदायिक स्वास्थ्य स्वंयमसेविका खटाएको छ। अभिभावकले आफ्नो छोराछोरीलाई त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्न विराटनगर महानगर दियो यी व्यक्तिलाई अख्तियारी

    जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्न विराटनगर महानगर दियो यी व्यक्तिलाई अख्तियारी

    काठमाडौं : विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ। महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ। उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका लागि अनिता न्यौपाने र…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु

    ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु

    काठमाडौं : ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा, वाग्मतीलाई गण्डकीले उछिन्यो

    नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा, वाग्मतीलाई गण्डकीले उछिन्यो

    काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ। आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ। नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरि कूल १०८…

    विस्तृतमा पढ्नुस्

  • २६ वर्षीया रोमिना बनिन् स्वीडेनकी वातावरण मन्त्री

    २६ वर्षीया रोमिना बनिन् स्वीडेनकी वातावरण मन्त्री

    स्वीडेनमा २६ वर्षीया रोमिना पोरमोकतारी जलवायु तथा वातावरण मन्त्री नियुक्त भएकी छिन्। नवनियुक्त प्रधानमन्त्री उल्फ क्रिस्टरसनले रोमिनाले अक्टोबर १८ देखि पदभार ग्रहण गरेकी हुन्। रोमिना स्वीडिस क्याबिनेटमा प्रतिनिधित्व गर्ने हालसम्मकै कम उमेरकी मन्त्री हुन्। उनी लिबरल पार्टीको 'युथ विङ' की प्रमुख थिइन् र वातावरणलाई आफ्नो राजनीतिक एजेन्डाका रुपमा प्रस्तुत गर्दै आएकी थिइन्।  

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम सामान्यतया सफा रहने

    आजको मौसम सामान्यतया सफा रहने

    काठमाडौं : आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। यस्तै, पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।   आज राती भने पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप अदालतमा हाजिर हुँदै, तेस्रो पटक म्याद थप गर्ने तयारी

    सन्दीप अदालतमा हाजिर हुँदै, तेस्रो पटक म्याद थप गर्ने तयारी

    काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने हाल हिरासतमा छन्। आज जिल्ला अदालत काठमाडौंबाट सन्दीपविरुद्ध प्रहरीले म्याद थप गर्न उनलाई उपस्थित गराउन लागिएको हो। मंगलवार सार्वजनिक विदा भएकाले आज उनलाई अदालतमा हाजिर गराएर म्याद थप गर्न लागिएको हो।अनुसन्धान केही बाँकी भएकाले म्याद थप गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। यसअघि प्रहरीले सन्दीपलाई…

    विस्तृतमा पढ्नुस्

  • फिचर फोटोग्राफी विधामा पुलित्जर प्राइज पाएकी सन्नालाई भारतले देश छाड्न दिएन, अवार्ड लिन जाँदै थिइन् न्यूयोर्क

    फिचर फोटोग्राफी विधामा पुलित्जर प्राइज पाएकी सन्नालाई भारतले देश छाड्न दिएन, अवार्ड लिन जाँदै थिइन् न्यूयोर्क

    सन्ना इरशाद मट्टुलाई भारतका अध्यागमन अधिकारीहरुले देश छाड्न रोकेका छन्। पुलित्जर प्राइज विजेता मततो अमेरिकाको न्यूयोकमा आयोजना हुने अवार्ड वितरण समारोहमा सहभागी हुन जाँदे थिइन्। तर दिल्लीबाट न्यूयोर्क जान विमानस्थल पुगेकी उनलाई विमानमा चढ्न रोक लगाइएको हो।  आफूसँग अमेरिकाको भिसा र विमानको टिकट भए पनि अधिकारीहरुले जान नदिएको उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छिन्। यस अघि पनि उनलाई भारतबाट विदेश…

    विस्तृतमा पढ्नुस्

  • धनगढीका तीन दाजुबहिनीको पोखरा यात्रा : तीन विभागबाट तीन खेलमा प्रतिस्पर्धा, बहिनीले जितिसकिन् स्वर्ण

    धनगढीका तीन दाजुबहिनीको पोखरा यात्रा : तीन विभागबाट तीन खेलमा प्रतिस्पर्धा, बहिनीले जितिसकिन् स्वर्ण

    मुकुन्द घिमिरे / रिना थापा  पोखरा : शुक्रवार पोखराको रंगशालामा नवौं राष्ट्रिय खेलकुद उद्घाटन भयो। रंगशालामा भाषण चल्यो, आतिसवाजी भयो। सांस्कृतिक झाकीँहरु प्रदर्शन भए। प्रतियोगितामा सहभागी सबै ११ टिमले मार्चपास गरे। त्यही मार्चपासमा सहभागी थिए धनगढीका तीन दाजुबहिनी। एउटै परिवारका उनीहरु तीन फरक पोसाकमा थिए। तीनैजना फरक फरक तीन विभागको प्रतिनिधित्व गर्दै स्टेडियममा आएका थिए।  तीनजना दाजुबहिनीको 'तीन' अंक सँगको…

    विस्तृतमा पढ्नुस्

  • डेब्यु प्रतियोगितामै पुलिसको महिला क्रिकेट टोलीलाई स्वर्ण

    डेब्यु प्रतियोगितामै पुलिसको महिला क्रिकेट टोलीलाई स्वर्ण

    पोखरा: नवौं राष्ट्रिय खेलकुदबाट महिला क्रिकेटमा डेब्यु गरेको नेपाल पुलिसले स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लव एपीएफलाई पाँच रनले पराजित गर्दै पुलिस डेब्यु प्रतियोगितामै स्वर्ण पदक जितेको हो। टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९ रन बनाएको थियो। पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन्।…

    विस्तृतमा पढ्नुस्

  • झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु

    झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु

    काठमाडौं झापाको गौरादह नगरपालिका ८ जुरोपानीमा गोली चलेको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ। आफैंले हानेको गोलीबाट विरेन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मंगलबार राति साहले आफैंलाई गोली प्रहार गरेका थिए। सोअघि उनले भतिजा हेमराज साहलाई गोली प्रहार गरेका थिए। हेमराज पनि घाइते भएका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद: साइक्लिङमा उषा र सुरजलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद: साइक्लिङमा उषा र सुरजलाई स्वर्ण

    पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ। पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • मोहन बस्नेतको प्रतिवद्धता : सिन्धुपाल्चोकलाई ‘फ्रि वाइफाइ जोन’, २ वर्षमा मेलम्चीमा ४ वटा पक्की पुल

    मोहन बस्नेतको प्रतिवद्धता : सिन्धुपाल्चोकलाई ‘फ्रि वाइफाइ जोन’, २ वर्षमा मेलम्चीमा ४ वटा पक्की पुल

    काठमाडौं : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकलाई ‘वाइफाइ फ्रि जोन’ बनाउने घोषणा गरेका छन्। मंगलवार सिन्धुपाल्चोकका प्रेस युनियन सम्बद्ध पत्रकारसँग अन्तरक्रिया गर्दै नेता बस्नेतले उक्त प्रतिबद्धता जनाएका हुन्। ‘मैले सञ्चारमन्त्री हुँदा स्वयम्भू, पद्मकन्या क्यापसलगायत क्षेत्रमा वाइफाइ फ्रि जोन घोषणा गर्दा देशविदेशमा चर्चा पाएको थियो,’ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका बस्नेतले भने, ‘सिन्धुपाल्चोकमा पनि म यो योजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell