काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत प्रस्तुती दिएको स्वीकार गर्दै माफी मागेका हुन्।
मोरङः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति…
चीनका कम्तीमा १० प्रान्तले तीव्र गर्मीलाई छल्न ‘क्लाउड सिडिङ’ प्रविधिको प्रयोग गरेका छन्। बादललाई पानी पार्ने क्षमता प्रदान गर्नका लागि यो प्रविधि अपनाइएको ग्लोबल टाइम्सले जनाएको छ। पछिल्लो ६ दशक यताकै उच्च तापक्रम भएसँगै यसलाई नियन्त्रणका लागि पानी पार्न कृतिम बादल छरिएको हो। यस प्रविधिले तापक्रम घटाउनुका साथै खडेरी नियन्त्रण गर्दै आएको छ। चीनले यो प्रविधिले पर्यावरणमा कुनै पनि असर…
काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल निर्वाचन परिचालन कमिटीको सचिवलायको सचिवमा चयन भएका छन्। आइतवार पार्टी कार्यालय च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनाव परिचालन कमिटीले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो। उक्त सचिवालयको सचिवमा रिमाल चयन भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। अध्यक्ष ओली नेतृत्वको चुनाव परिचालन कमिटी ४ सय ५१ सदस्यीय छ। शुक्रवार…
काठमाडौं : नेपाल नागरिकता पहिलो संशोधन विधेयकबारे राष्ट्रियसभा विधान व्यवस्थापन समितिमा छलफल हुने भएको छ। राष्ट्रिय सभाको आइतवारको बैठकमा विधेयकलाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत भएको थियो। प्रतिनिधिसभाको बैठकले एक पटक पारित गरेर राष्ट्रपतिलाई पठाएको विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन्। प्रतिनिधिसभाले राष्ट्रिय सभामा विधेयक पठाएको थियो। अब उक्त विधेयकमाथि विधान व्यवस्थापन समितिमा छलफल हुने भएको हो। सत्ता गठबन्धनले संशोधन…
बुटवल : पाल्पामा छोराले बुवाको हत्या गरेका छन्। माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय किशोरले चिर्पट प्रहार गरी ४५ वर्षीय तिलबहादुर दिशाको हत्या गरेका हुन्। घरमा सामान्य झगडा भएपछि शनिवार राति ८ बजे छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घटनाबारे आइतवार बिहान जानकारी पाएपछि प्रहरीको टोली…
काठमाडौं : राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे। त्यसअघि सत्तरीको दशकदेखि एक्काइसौँ शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाए। विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र एवं सरकार प्रमुखहरुसँग टेबलमा बसेर वार्ता गरे।…
काठमाडौं : भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाइएको छ। काठमाडौं महानगरपालिकाको टोलीले आज सबवेमा बनाएको संरचना हटाएको हो। काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्। जसअन्तर्गत केहीदिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं महल, आरबी कम्पलेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटा लगायत क्षेत्रमा अनाधिकृत रुपमा बनाएका संरचना हटाएका हुन्।
काठमाडौं : फिल्म ‘भृकुटी’ बन्ने घोषणा भएको छ। चिनियाँ र नेपाली निर्माताको सहकार्यमा बन्ने फिल्मको निर्माणका लागि सम्झौता भइसकेको छ। चीनमा आयोजित ‘बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२’मा फिल्म बनाउने घोषणा गरिएको निर्देशक सुवर्ण थापाले बताए। नेपालको तर्फबाट केशव बहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबिच फिल्म निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। फिल्म ‘भृकुटी’मा थापाकै निर्देशन रहनेछ।…
काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिकामा एक महिला मृत भेटिएकी छिन्। शंङ्खरापुर नगरपालिका वडा नम्बर १ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत अवस्थामा फेला परेकी छिन्। आज बिहान मृत भेटिएकी महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु…
काठमाडौं : गत साता क्रमिक उकालो लागेको सुनको मूल्य यस साताको पहिलो दिन घटेको छ। शुक्रवारको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बजार मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आइतवार तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय…
काठमाडौं : काठमाडौंका विभिन्न स्थानबाट सङ्कलन गरिएको फोहोर आज बञ्चरेडाँडा लगिएको छ। बिहानैदेखि १ सय भन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। 'अघि नै १ सय ५० वटा ट्रक फोहोर बोकेर आइसकेका छन्', एसपी मैनालीले भने। अहिले स्थानीयले त्यहाँ कुनै पनि विरोध गरेका छैनन्। केही समय अगाडि बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी…
पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित भएको छ। जुन महिनादेखि हालसम्म बाढीका कारण १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्। पछिल्लो समय पाकिस्तानमा बाढी जाने क्रम बढ्दो छ। बाढीले नदी किनारका रहेका ठूलठूला भवन बगाएको छ। पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको जनाएको छ। तर, बाढीको क्षति बढ्दै जाँदा सरकारले…
मलेखुः विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नम्बर को ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ। सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले…
म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ। बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो। थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। बेनी–मालढुङ्गा सडक…
लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूह र सरकारी समूहबीच भिडन्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। दुई पक्षीय गोली हानाहान हुँदा १४० जना मानिसहरु घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। शनिवार राति भएको उक्त घटनाले सहरमा कोलाहल मच्चिएको थियो। ठुलो ठुलो आवाजमा बन्दुक पड्केको आवाज सुनिएको थियो। दुई पक्षीय भिडन्तमा परी केही घरमा क्षति पुग्नुका साथै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले फुलहममाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले फुलहममाथि २-१ गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा फुलहमले अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, ६४ औं मिनेटमा घरेलु टोलीका लागि मार्टिन ओडेगार्डले गोल गर्दै खेल बराबरीमा…
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशै भरी सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 'वाग्मती प्रदेश,…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि जित निकालेको छ। स्टामफोर्डब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले लेस्टर सिटीमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको २८ औं मिनेटमा चेल्सीका कोनोर गल्लाघेर रातो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित चेल्सीलाई खेलको रहिम स्ट्रलिङले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै…