इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि उत्कृष्ट पुनरागमन जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्र हाफमा पुनरागमन गर्दै ४-२ गोलको जित निकालेको हो। सिटीको जितमा अर्लिङ हल्याण्डले ह्याट्रिक गर्दा बर्नान्डो सिल्भाले एक गोल गरे। खेलको चौथो मिनेटमै जोन स्टोन्सको आत्मघाती गोलमा प्यालेसले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले बर्नेमाउथमाथि फराकिलो जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले बर्नेमाउथमाथि ९-० गोलको फराकिलो जित निकालेको हो। लिभरपुलको जितमा लुइस डियाज र रोबेर्टो फर्मिन्होले दोहोरो गोल गर्दा हार्वे इलियट, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइक र फ्याबियो कार्भालोले समान १ गोल गरे। त्यस्तै बर्नेमाउथका क्रिस मेफमले आत्मघाती गोल गरे। पहिलो हाफमा…
नेकपा एमालेका केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। तीजको अवसरमा ओलीले बानेश्वरस्थित होटल एभरेस्टमा भोज आयोजना गरेका हुन्। सहभागीलाई ओलीले हार्मोनियम र गिटार बजाएर स्वागत गरेका थिए। शुक्रबार र शनिबार बसेको जारी केन्द्रीय कमिटी बैठक सकिएपछि ओलीले केन्द्रीय सदस्यका लागि रात्रिभोज आयोजना गरेका हुन्। निर्वाचनको तयारीका सिलसिलामा एमाले केन्द्रीय कमिटी बसेको थियो। तस्विरहरुः ओलीको सचिवालय
काठमाडौंः पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ। भदौ ८ गतेदेखि ११ गतेसम्मको अवधिमा विमानस्थलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पर्यटक भिसामा जान लागेका उनीहरुको यात्रा अनुमतिका कागजात शंकास्पद देखिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। समातिएका सबैलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यरोमा बुझाइएको छ।
काठमाडौंः मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको कृति अग्निलाई दिने निर्णय गरेको छ। छनोटमा परेका आठमध्ये लम्सालको पुस्तक अग्निलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, गुठीले २०७८ को जगदम्बाश्रीको उपाधिबाट दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि लम्सालको अग्निसँगै दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि संघर्षपूर्ण जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली साउथह्याम्पटनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णयक गोल गरे। उनले खेलको ५५ औं मिनेटमा डिओगो डालोटको पासमा गोल गरेका थिए। सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै लिगमा…
काठमाडौंः नेकपा (एमाले) का केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज आयोजना गरेका छन्। शुक्रबार र शनिबार बसेको जारी केन्द्रीय कमिटी बैठक सकिएपछि ओलीले केन्द्रीय सदस्यका लागि रात्रिभोज आयोजना गरेका हुन्। निर्वाचनको तयारीका सिलसिलामा एमाले केन्द्रीय कमिटी बसेको थियो। ओलीले बानेश्वरस्थित होटल एभरेस्टमा भोज आयोजना गरेका हुन्। सहभागीलाई ओलीले हार्मोनियम र गिटार बजाएर स्वागत गरे। एमालेका पोलिटब्युरो सदस्य सूर्य…
काठमाडौंः निर्वाचन आयोगले भदौ १२ गतेदेखि मतदाता नामावली अद्याविधक गर्ने भएको छ। प्रदेश र प्रतिनिध सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली अद्याविधक गर्न लागेको हो। कार्यक्रम अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा नामावली प्रकाशन हुनेछ। नामावली प्रकाशनपछि त्रुटि भएमा सच्याउन, प्रकाशित विवरणमा विरोधको उजुरी मिल्नेछ। यस्तै एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र…
काठमाडौं: नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको भदौ १० र ११ गतेको बैठकले पार्टीलाई बहुमत ल्याउनेगरि चुनावको तयारी गर्ने र प्रधानमन्त्रीमा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। एमालेले चुनावको तयारीका लागि भन्दै केन्द्रीय कमिटीको बैठक बोलाएका थियो। विभिन्न ११ एजेण्डामाथि छलफल भएको बैठकमा चुनावमा उम्मेदवारको मापदण्ड…
काठमाडौं : नेपालकी सुनमाया बूढा फ्रान्समा भएको १०० किलोमिटर लामो अल्ट्रा रेसमा दोस्रो भएकी छिन्। जुम्लाकी बूढाले सो दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी हुन्। अल्ट्रा ट्रायल डु माउन्ट ब्लांक (युटीएमबी) अन्तर्गत सीसीसीको रेकर्ड ब्रेक गर्दै उनले द्वितीय स्थान हासिल गरेकी हुन्। शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिन रहँदा अमेरिकाकी अबी हल तेस्रो भएकी छिन्। ब्लाडिनले ११ घन्टा…
रसियाको आणविक उर्जा कम्पनी ‘रोसाटोम’ले केही हप्तामा हंगेरीमा दुई नयाँ आणविक भट्टीहरूको निर्माण थाल्ने हंगेरीका विदेशमन्त्रीले बताएका छन्। सन् २०१४ मा भएको रसिया र युरोपेली युनियन (ईयू)मा आबद्ध हंगेरीबिचको यो सम्झौताले विद्यमान ‘पाक आणविक प्लान्ट’लाई विस्तार गर्ने लक्ष्य राखेको छ। युक्रेनमा रसियाको रक्तपातपूर्ण आक्रमणपछि ईयूले लगाएको प्रतिबन्धहरूको अधीनमा रसियाको आणविक उद्योग परेको छैन। ‘पाक आणविक प्लान्ट’बाट हाल हंगेरीको बिजुली आपूर्तिको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि 'बा' भएका नेताहरुलाई स-सम्मान बिदा गर्नुपर्ने बताएका छन्। आज खुल्लामञ्चमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै राजनीतिबाट स-सम्मान बिदा गर्नुपर्ने बताएका हुन्। त्यस्तै, काठमाडौंका मेयर बालेन शाह डोजर लिएर निस्किएको भन्दै उनलाई स्वागत गर्नुपर्ने भएका छन्। उनले बालेनको कदमलाई हिन्दी चलचित्र…
काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को छायाङ्कन अहिले चितवनका भइरहेको छ। यसैबिच, निर्माण टिमले अनमोलको फर्स्ट लुक सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा अनमोलको ग्याङस्टर लुक देख्न सकिन्छ। रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट छ। उनको शरीर भरी ट्याटु खोपिएको छ। अनमोल पोस्टरमा आक्रमक रुपमा देखिएका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै…
काठमाडौं : बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ। बन्दीपुर गाउँपालिकाले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको हो। गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। नमूना शहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरि पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले…
काठमाडौंः लागु औषध कारोबारीको साथबाट नक्कली रुपैयाँ फेला परेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ परेका व्यक्तिको साथमा नक्कली नेपाली रुपैयाँ समेत फेला पारेको हो। ब्युरोको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका १० स्थित लोकतान्त्रिक चोकबाट समातिएका धादिङ घर भएका सुक बहादुर तामाङको साथबाट लागु औषध सहित नक्कली रुपैयाँ समेत बरामद गरेको छ। त्यस्तै बन्यजस्तुको अङ्ग समेत फेला परेकाले बन कार्यालयलाई वन्यजन्तुको…
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको रोलमोडल बन्दै गएको बताएका छन्। विकासका नयाँ मानक स्थापित गर्न रुपन्देही सफल भएको उल्लेख गर्दै उनले यहाँको विकास अरूका लागि हेर्न लायक बनेको बताएका हुन्। शनिवार बुटवल उपमहानगरपालिका १० स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा पौडेलले पछिल्ला वर्षहरुमा रुपन्देहीमा निर्माण सम्पन्न भएका र निर्माणधिन अवस्थामा रहेका योजनाहरुले विकासमा देशकै प्रतिनिधित्व गरेको…
काठमाडौं : बुवाको मुख हेर्न दिनको अवसरमा ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा सुरेन गौतमको स्वर रहेको छ। तुलसी बस्नेतले लेखेको गीत सन्देश श्रेष्ठको संगीतमा तयार भएको हो। गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। गीतको भिडियोमा निर्देशन र कन्सेप्ट गायक गौतमको नै रहेको छ। सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिना सम्पादन गरेका हुन्। गायक गौतमका यसअघि रेशमी…
भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा उदय ललितले सपथ लिएका छन्। आज भारतका राष्ट्रपति द्रौपदी मुर्मूले उनलाई सपथ दिलाएकी हुन्। भारतको ४९ औं प्रधानन्यायाधीश बनेका ललितको कार्यकाल यही वर्षको नोभेम्बर ८ सम्म हुनेछ। अर्थात उनले ७३ दिन भारतको प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्नेछन्। त्यसपछि उमेर हदका कारण उनले अवकाश पाउनेछन्। ललित सन् २०१४ को अगस्त १३ मा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका…
काठमाडौंः अवैध तरिकाबाट ल्याएको सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। बिहिबार फ्लाइ दुबईको उठानबाट दुबई हुँदै काठमाडौं आएकी भक्तपुर घर भएकी ५६ वर्षीय कविता श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले लगाएको सल्याक्सभित्र डाइपरमा सुन ल्याएको खुलेपछि नियन्त्रणमा लिएको हो। डाइपरमा ७७० ग्राम (प्लास्टिक सहित) अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन बरामद गरेको हो। प्रहरीले थप अनुसन्धानको लागि महिला र सुन…
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित मुख्यालयमा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदैछ। हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर आज सुझाव दिइनेछ। समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष,…