PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • काङ्ग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    काङ्ग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    नयाँदिल्ली : पूर्व उपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधवार बिहान दुई देशका नेताबिच भेट भएको निधिको सचिवालयले जनायो। एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावको मिति घोषणाबारे छलफल हुने

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावको मिति घोषणाबारे छलफल हुने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेका लागि बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। 'बैठक बालुवाटारमा बस्ने भनेर खबर आएको छ,' पौडेलले भनिन्।  चुनावको मिति घोषणका गर्ने बारेमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गर्न देउवाले बैठक बोलाएका हुन्। मंसिर ४ गते चुनाव गर्न निर्वाचन आयोगले असार २२ गते नै प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • आमिरको फिल्म 'लाल सिंह चड्ढा'लाई नेपाल भित्र्याउन किन तिरियो २ करोड?

    आमिरको फिल्म 'लाल सिंह चड्ढा'लाई नेपाल भित्र्याउन किन तिरियो २ करोड?

    बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ ११ अगस्ट अर्थात् साउन २६ गतेदेखि विश्वभर प्रदर्शन हुँदैछ। यसैबिच, नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ। आमिर खान स्टार ‘लाल सिंह चड्डा’ लाई अहिलेसम्मकै महँगो रकममा नेपाल भित्र्याएको वितरक मनोज राठीले दाबी गरे। ब्यांकटेस इन्टरटेनमेन्टमार्फत दुई करोड रुपैयाँमा फिल्मको प्रदर्शन अधिकार लिएको बताउँछन् राठी। भन्छन्,‘यस…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

    मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

    बुटवल : मोटरसाइकल रुखमा ठोक्किँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ। बुधवार बिहान वाणगंगा नगरपालिका-२ पिपराको गोवडीहवामा तीव्र गतिमा गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक वाणगंगा २ कप्टैयाका २५ वर्षीय रमेश विक र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २७ वर्षीय गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपक…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले गर्‍यो विरोध प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले गर्‍यो विरोध प्रदर्शन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो। अनेरास्ववियुले विरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्र समेत बुझाएको छ। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले संसद्बाट पारित भई आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कोशीको बाढी बस्तीमा : कस्तो छ पछिल्लो अवस्था?

    कोशीको बाढी बस्तीमा : कस्तो छ पछिल्लो अवस्था?

    काठमाडौं : बुधवार बिहानबाट कोशी नदीको भँगालो उदरयपुरको बेलका नगरपालिकाका विभिन्न बस्तीमा पसेसँगै यहाँ सतर्कता अपनाइएको छ। बेलका नगरपालिकाका मेयर आशोक कार्कीका अनुसार अहिले वडा १, २, ३, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा सर्दैछन्। बाढीले सप्तरीका तीनवटा नगरपालिकासमेत प्रभावित भएको कार्कीले बताए। 'बेलका विपदको ठुलो संकेत हो। कोशीको मुलधार नै पसेको छ। वडा नम्बर ९ वडा ८ वडा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबिच शिष्टाचार भेट

    राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबिच शिष्टाचार भेट

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनबिच शिष्टाचार भेट भएको छ। राष्ट्रपति भण्डारीसँग र राजदूत एन्टिनेनले शिष्टाचार बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सो अवसरमा नेपाल र फिनल्याण्डबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • सकियो फिल्म ‘वर एण्ड बधु’ को पहिलो चरणको छायाङ्कन

    सकियो फिल्म ‘वर एण्ड बधु’ को पहिलो चरणको छायाङ्कन

    काठमाडौं : मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो सेड्युलको छायाङ्कन सकिएको छ। पहिलो सेड्युल अन्तर्गतको रोमानियाको सुटिङ २४ दिनमा सकिएको निर्देशक चाम्सले फेसबुकमार्फत जानकारी दिए। एक महिनाअघि फिल्म ‘वर एण्ड बधु’ टिम सुटिङको लागि रोमानिया गएको थियो। फिल्मको बाँकी छायाङ्कन नेपाललगायत अन्य ठाउँमा गरिने बताइएको छ। साथै, चाम्सले फिल्मको छायाङ्कनको तस्विरहरू समेत सेयर गरेका छन्। फोटोमा फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रकाश' ले माग्यो भिडियो कविता, पहिलो हुनेलाई एक लाख पुरस्कार

    ‘प्रकाश' ले माग्यो भिडियो कविता, पहिलो हुनेलाई एक लाख पुरस्कार

    काठमाडौं : फिल्म ‘प्रकाश’ ले शिक्षकको विशेषता र महत्त्वबारे कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुनको लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनुपर्नेछ। कक्षा १२ सम्मको विद्यार्थीहरुले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन्। प्रतियोगितामा प्रथम हुने विजेताले एकलाख पुरस्कार पाउने छन् भने दोस्रो हुनेले ५० हजार पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • राखेपको बोर्ड बैठक ओखलढुंगाको एउटा क्लबको जतिको पनि थिएन : वाग्ले

    राखेपको बोर्ड बैठक ओखलढुंगाको एउटा क्लबको जतिको पनि थिएन : वाग्ले

    काठमाडौं : प्रदेश १ का खेलकुद बोर्डका सदस्य-सचिव हंसराज वाग्लेले राखेपको बोर्ड बैठक ओखलढुंगाको एउटा क्लबको जत्तिको पनि नभएको आरोप लगाएका छन्। नेपाली भलिबल संघको नेतृत्वमा उम्मेद्वारी घोषणा कार्यक्रममा पुगेका सदस्य-सचिव वाग्लेले राखेपको बोर्ड बैठक एउटा क्लब स्तरको पनि नभएको आरोप लगाएका हुन्। 'राष्ट्रिय खेलकुद परिषदको बैठक ओखलढुंगाको एउटा युवा क्लबको जतिको पनि थिएन। सचिवले सदस्य सचिवलाई गाली गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी

    साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी

    जनकपुरधाम : मधेश सरकारले आगामी साउन २९ गतेदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ। बुधवार मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २२ गते नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौँ दिनदेखि सडक आन्दोलन थाल्ने बताएका हुन्। २२ गते मधेश प्रदेशको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य,…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोसीमा बाढी : पीडितको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको सेनालाई निर्देशन

    सप्तकोसीमा बाढी : पीडितको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको सेनालाई निर्देशन

    काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोसीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • कोशी नदीको भँगालो बस्तीमा पस्यो, बेलका नगरपालिकाका वडाहरु डुबानमा

    कोशी नदीको भँगालो बस्तीमा पस्यो, बेलका नगरपालिकाका वडाहरु डुबानमा

    काठमाडौं : कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्ती पसेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। आज बिहान करिब ४ बजे नदीको बाँध फुटेर भँगालो बस्ती पसेको जनाइएको छ। भँगालो बस्तीमा पसेपछि नगरपालिकाका केही वडाहरु डुबानमा परेका छन्। बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ प्रभावित भएका छन्। बेलकासँगै रहेका अन्य नगरपालिकामा पनि डुबान भएको बताइएको छ। जसकारण सयौं…

    विस्तृतमा पढ्नुस्

  • ताइवानले पेलोसीलाई सर्वोच्च नागरिक सम्मानबाट विभूषित गर्‍यो, न्यान्सीले भनिन् : अमेरिकाले ताइवानलाई एक्लै छाड्ने छैन

    ताइवानले पेलोसीलाई सर्वोच्च नागरिक सम्मानबाट विभूषित गर्‍यो, न्यान्सीले भनिन् : अमेरिकाले ताइवानलाई एक्लै छाड्ने छैन

    अमेरिकी सभामुख न्यान्सी पेलोसी र ताइवानी राष्ट्रपति साइ इङ वेन बिच भेटवार्ता भएको छ। चीनको चेतावनी बाबजुद मंगलवार राति ताइवान पुगेकी पेलोसीले आज बिहान ताइवानको संसदमा सम्बोधन गरेपछि वेनसँग छलफल गरेकी हुन्। त्यसक्रममा पेलोसीले चीनतर्फ लक्षित गर्दै विश्व लोकतन्त्र र निरंकुशताबिच लडिरहेको बताइन्।   पेलोसीले ताइवानलाई एक्लै नछाड्ने भन्दै भनिन्, ‘आज विश्वले लोकतन्त्र र निरंकुशता बीचको छनौटको सामना गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर सामान्यदेखि पूर्ण बदली, यस्तो छ मौसम पूर्वानुमान

    आज देशभर सामान्यदेखि पूर्ण बदली, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमति मौसम बुटेलिनमार्फत महाशाखाले अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरूमा मेघ गर्जन र…

    विस्तृतमा पढ्नुस्

  • १७ दिनमा थपिए ३७०५ जना सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ७० प्रतिशत 'एक्टिभ केस'

    १७ दिनमा थपिए ३७०५ जना सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ७० प्रतिशत 'एक्टिभ केस'

    काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। मंगलवारमात्र ८१४ जना संक्रमित थपिएका छन्। यससँगै देरभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार साउन महिनाको १७ दिनमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ। साउन १ गते देशभर सक्रिय कोरोना…

    विस्तृतमा पढ्नुस्

  • जामबियामा चितुवाको शिकार गर्न पुगेका थिए अमेरिकी दम्पती, श्रीमतीको हत्या गरेर श्रीमानले लिए इन्सुरेन्सको रकम

    जामबियामा चितुवाको शिकार गर्न पुगेका थिए अमेरिकी दम्पती, श्रीमतीको हत्या गरेर श्रीमानले लिए इन्सुरेन्सको रकम

    अमेरिकी डेन्टिस्ट र बिग गेम हन्टर लरेन्स रुडल्फले आफ्नी श्रीमती बियान्स रुडल्फ को हत्या गरेको ठहर अदालतले गरेको छ। सन् २०१६ मा अफ्रिकी देश जामबियामा सफारी गएको बेला लरेन्सले गोली हानेर श्रीमतीको हत्या गरेका थिए। लरेन्सले सो घटनाका बारेमा अन्जानमा गोली चलेको स्पष्टीकरण दिँदै आएका थिए। ‘मैले मेरो श्रीमतीलाई मारेको होइन। म मेरो श्रीमतीलाई मार्न सक्दिन,’ गत हप्ता भएको सुनुवाइका…

    विस्तृतमा पढ्नुस्

  • चितवनको मौरी खोला पुल नजिकै पहिरो, भारतीय ट्रकमा सवार सबैको सकुशल उद्धार

    चितवनको मौरी खोला पुल नजिकै पहिरो, भारतीय ट्रकमा सवार सबैको सकुशल उद्धार

    काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ नारायणगढ मुग्लिन सडकको केराबारी भन्ने स्थानमा पहिरो गएको छ। आज बिहान मौरी खोला पुल नजिकै वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेकफ हो। पहिरोका कारण सडक अवरुद्ध भएकफो छ। पहिरोका कारण सो सडकखण्ड अवरोध हुँदा यातायातका सवारीसाधन संचालन हुन सकेको छैन। सोही स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मिनी ट्रक माथीबाट झरेको लेदोमा फसेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ताइवानको संसदमा पुगिन् न्यान्सी, चीनले अमेरिकी राजदूतलाई बोलाएर भन्यो : खराब नियतबाट भएको भ्रमणको परिणाम गम्भीर हुनेछ  

    ताइवानको संसदमा पुगिन् न्यान्सी, चीनले अमेरिकी राजदूतलाई बोलाएर भन्यो : खराब नियतबाट भएको भ्रमणको परिणाम गम्भीर हुनेछ  

    अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानको संसदमा पुगेकी छिन्। चीनको चेतावनी बाबजुद उनी मंगलवार राति संसदीय टोलीसहित राजधानी ताइपेइ पुगेकी हुन्। आज बिहानै उनले संसदमा पुगेर सम्बोधन गरिन्। त्यसक्रममा  न्यान्सीले ताइवान विश्वकै स्वतन्त्र समाज मध्ये एक रहेको बताइन्। सम्बोधनका क्रममा न्यान्सीले ताइवान र अमेरिकाबिच संसदीय आदानप्रदानमा जोड दिइन्। साथै, ताइवानसँग विज्ञान प्रविधिको विकासमा साझेदारी बढाउन अमेरिकाले लगानी बढाउने बताइन्। न्यान्सी ताइवान पुगेकोमा चीनले कडा विरोध जनाएको छ। चीनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell