अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ। एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको औपचारिक घोषणा गरिएको थिएन। पेलोसी ताइवानमा अवतरण गर्दा चिनियाँ जनमुक्ति…
काठमाडौंः अवैध रुपमा विदेशबाट सुन तस्करी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो १ बजे थाई स्माइल एयरलाईन्सको उडानमार्फत बैंककबाट काठमाडौं अवतरण गरेका भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरिएको हो। उनले ल्याएका ५ वटा हाफ पाइन्टमा अस्वाभाविक संख्यामा जडान गरिएका टाँक (टिप बटन) भित्र साना-साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइ ल्याएको सूचना पाएपछि विमानस्थल भन्सार कार्यालयले…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजिम सुविधा पाउनेबाहेकका कर्मचारी तथा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्। मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। इन्धनको मूल्यवृद्धिसँगै विदेशी मुद्रामा चाप परिरहेको भन्दै देउवाले कानुनले तोकेबाहेकका कर्मचारीलाई सवारी र इन्धन सुविधा नदिन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा…
काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन्। नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले होटल अरन्या परिसर नक्सालबाट पक्राउ गरेको हो। नेपालको साथबाट २२ लाख ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरेको छ। नागरिक उड्डयन महाशाखामा कार्यरत नेपालले प्याराग्लाइडिङ्ग सञ्चालनको लागि अनुमतिपत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा अख्तियारको…
काठमाडौं : अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलवार राति स्थानीय समयअनुसार १० बजेपछि ताइपेइमा अवतरण हुने तयारी भइरहेको छ। ताइवानको लिबर्टी टाइम्सले पेलोसी १०:२० मा त्यहाँको सङसान विमानस्थलमा अवतरण हुने जनाएको छ। यसैले होला यतिबेला विश्वको ध्यान ताइपेइमा अवतरण हुने विमानतर्फ केन्द्रीत छ। पेलोसीलाई अमेरिकाबाट सिङ्गापुर हुँदै क्वालालम्पुर पुर्याएको कलसाइन एसपीएआर १९ बोइङ सी-४० सी विमान विश्वभरबाट ट्र्याक भइरहेको छ। यो समाचार…
काठमाडौं: यू २० साफ च्याम्पियनसिप अन्तर्गत आजसम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा खेलको ६४ औं मिनेटमा बंगलादेशका नोभाले गोल गर्दै अग्रता दिएका थिए। तर, ६८ औं मिनेटमा निराजन मल्लले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न…
काठमाडौं : भलिबल संघमा सक्रिय रहेक निरोज मास्केले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन्। मंगलवार उम्मेदवारी घोषणा कार्यक्रममा मास्केले पाँच 'प' को प्रतिबद्धतासमेत जनाएकी छिन्। डेढ दशकदेखि भलिबल संघमा आबद्ध उनले दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै भलिबल संघमा प्रवेश गरेकी थिइन्। अध्यक्षमा उम्मद्वारी दिएकी उनले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना गरी पाँच 'प' प्रतिबद्धता जारी गरेकी छिन्। जसमा खेलाडी,…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४१५ जनामा परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ९९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ रहेको छ। अहिलेसम्म संक्रमण…
बुटवल : लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले लुम्बिनी विकास कोषभित्र निजी कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। संसारा वेलनेस कम्पनीले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा…
काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चामा आइरहने गायक हुन् प्रकाश सपुत। पछिल्लोपटक 'पीर' बाट प्रशंसा र आलोचना दुबै बटुलेका सपुत कतिपय गीतमा मोडलका रुपमासमेत छाइसकेका छन्। तिनै प्रकाश अब फिल्ममासमेत देखिँदैछन्। उनले डेब्यू गरेको फिल्म ‘परदेशी - २’ दशैंको अवसरमा रिलिज हुँदैछ। सोमवारमात्र उनी अभिनित फिल्मको गीत एक समारोहकाबीच सार्वजनिक गरियो। कार्यक्रममा आफ्नो फिल्मी करियर सपनाजस्तो लागिरहेको उनले बताएका थिए।…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे। मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए। मन्त्री शर्माले भएको…
काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को अस्ट्रेलियामा विशेष शो गरिएको छ। अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सोमवार गरिएको शोमा दर्शकले फिल्मको तारिफ गरेका छन्। यस फिल्म अन्य शहरमा पनि छिट्टै प्रदर्शन गरिने निर्माता मनोज अधिकारीले जानकारी दिए। नेपालमा व्यावसायिक रूपमा असफल भएपनि यस फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको थियो। अस्ट्रेलियामै जन्मेका दोस्रो पुस्ताका नेपालीहरुले पनि ‘दोख’ले देखाएको द्वन्दकालको कथालाई विशेष चासोका…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रीहरुलाई निर्देशन दिन मन्त्रिपरिषदको बैठक बोलाइएको बताइएको छ। 'मन्त्रीहरुलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीले बोलाउनुभएको हो,' स्रोतले भन्यो। आजको बैठकबाटै चुनावको घोषणा हुने सम्भावना छ। 'आजको बैठकबाट चुनावको घोषणा हुने प्रवल सम्भावना छ,'स्रोतले भन्यो। सरकारले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको नेताहरुले बताएका थिए। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश…
एसियाली देशहरुको भ्रमणमा निस्किएकी अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी क्वालालम्पुर पुगेकी छन्। त्यहाँका सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै उनी क्वालालम्पुर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। क्वालालम्पुर पुगेकी उनी आजै (मंगलवार) नै त्यहाँबाट बाहिरिने छन्। पेलोसी सवार अमेरिकी एयरफोर्सको विमान मलेसियाको एयरफोर्स बेसमा अवतरण गरेको हो। पेलोसीले क्वालालम्पुरमा मलेसियाका प्रधानमन्त्री स्माइल सब्री र सभामुख अजहर हारुनसँग भेट गरेकी छन्। भेटमा सुरक्षा चुनौति,…
काठमाडौं : नेकपा (एमाले)का सांसद डा भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए। उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ…
अलकायदाका नेता आयमन अल जवाहिरी मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा भएको ड्रोन आक्रमणमा उनी मारिएका हुन्। यो हत्या सन् २०११ मा अलकायदाका संस्थापक ओसामाबिन लादेनको हत्यापछिको ठूलो धक्का भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। ७१ वर्षीया जवाहिरी आइतवार बिहान एकदमै सुरक्षित मानिएको काबुलको डाउनटाउन क्षेत्रको घरको बार्दलीमा निस्किएको बेला सिआइएको ड्रोनले 'निन्जा' मिसाइल प्रहार गरेको थियो। यसलाई सिआइएले ६ महिनाअघिदेखि चलाएको…
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले यस्तो बताएका हुन्। उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भएपनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए। उनले नेपाल आयल निगमको सञ्चित नोक्शानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको बताए। सांसद सुवालले…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ। मंगलवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए। उनले यदी सरकारले विप्लव लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरुलाई पक्राउ पुर्जी जारी…
काठमाडौं : फिल्म ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने पक्का भएको छ। नेपालमा प्रदर्शन भएको दुई वर्षपछि यो फिल्म २ सेप्टेम्बर अर्थात १७ भदौबाट भारतमा रिलिज हुँदैछ। आगामी २ सेप्टेम्बरबाट यो फिल्म सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुने फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले जानकारी दिइन्। झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै प्रतिक्षा गरिरहेका भारतमा रहेका…
बुटवल : कपिलवस्तुको कोइली नदीमा आएको बाढीले एक दम्पतीलाई बगाएको छ। बाणगंगा नगरपालिकाका दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई वडा नम्बर ९ मा नदी तर्ने क्रममा मंगलवार बिहान बगाएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहका अनुसार ३३ वर्षीया राममायाको शव एक किलोमिटर टाढा फेला परेको छ भने ३६ वर्षका दिलकुमार हालसम्म बेपत्ता छन्। उनीहरुसँगै नदी तर्न लागेका…