राजु आचार्य - हिउँदभर दुलोमा बसेका सर्पहरु अब बिस्तारै निस्कन थालेका छन्l सर्प देखेर नआत्तिने मानिसहरु सायदै होलान्। मोबाइलमा सर्प देख्ने बित्तिकै मोबाइल फाल्ने मानिसहरु पनि छन्। मेरा एक जना मित्र कमल थापा त झन हिडिरहँदा सर्प भन्ने शब्द सुन्ना साथ भागिहाल्छन्। सर्प देखेर डराउने प्रकृयालाई ओफियोफोबिया वा हर्पटेफोबिया भनिन्छ। हरेक ३ जना मानिसमध्ये एक जना सर्पसँग डराउने अनुमान छ।…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान किरण चेमजोङले आफ्नी प्रेमिका कञ्चन निरौलासमक्ष विवाहको प्रस्ताव राखेका छन्। माल्दिभ्समा धिवेही प्रिमियर लिगको फाइनल खेल पश्चात अवार्ड वितरण समारोहपछि किरणले कञ्चनलाई मैदानमा ल्याएर विवाहको प्रस्ताव राखेका हुन्। किरणले घुँडाले टेकेर कञ्चनलाई औंठी लगाइदिएका थिए। किरणले विवाहको प्रस्ताव राख्दै गर्दै उनको टीमले तालि बजाउँदै खुसीमा साथ दिएको थियो। विवाह प्रस्ताव गरेको भिडियो फेसबुकबाट…
अमेरिकाको केन्टकी राज्यमा गएको बाढीपछि सयौं मानिस बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ। राज्यको दक्षिणी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत छन्। राज्यका गभर्नर एन्डी बेशहेरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। बाढीका कारण सयौं घरहरुमा क्षति पुगेको १२ हजारभन्दा बढी घरमा बिजुली सेवा अवरुद्ध भएको छ। यससँगै सडक, पुल र अन्य…
काठमाडौं : केहीदिन देखि गण्डकी प्रदेशको कास्की जिल्लामा अविरल वर्षा भइरहेको छ। जसकारण बस्तीहरु डुबानमा परेका छन् भने पहिरोले सडक अवरुद्ध भएका छन्। सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको रूपा गाउँपालिका वडा नं.१ गैरी पोखरीस्थित पोखरा (बेगनास) बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक भासिएको छ। जसकारण सडक पूर्ण रूपमा अवरुद्ध भएको र यातायातका साधन संचालन हुन सकेको छैन।…
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा जाने तय भएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ताइवानका संचारमाध्यमहरुले पनि पेलोसीको ताइपेइ भ्रमणबारे समाचार प्रकाशन गरेका छन्। तर, अमेरिकी सरकारले भने पेलोसीको ताइवान भ्रमणको तालिका पुष्टि गरेको छैन। हाल पेलोसी एसियाको भ्रमणको क्रममा सिंगापुरमा छिन्। सिंगापुरसँगै उनी मलेसिया, दक्षिण कोरिया र जापान जाने कार्यक्रम सार्वजनिक भएको थियो। सम्भावित ताइवान भ्रमणबारे भने यसअघि पनि चर्चा…
काठमाडौं : आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल भने प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी…
काठमाडौं : साफ च्याम्पियनसीपको पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई नेपालले ३-० ले हरायो। सुरुवाती दुई खेलमा कुल ७ गोल गरेर वाहीवाही बटुलेको नेपालका लागि तेस्रो खेल बिर्सनलायक रह्यो। र, ब्यहोर्यो एउटै खेलमा ८-० को फराकिलो हार। यो हारपछि नेपाली फुटबल वृत्तमा विभिन्न कोणबाट विश्लेषण चलिरहेको छ। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतसँगको खेलमा पराजयको जिम्मेवारी लिँदै बंगलादेशसँगको…
काठमाडौं : नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको हो। महाशाखाले जलसतह बढ्ने क्रम निरन्तर बढिरहेको समेत जनाएको छ। जसकारण चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो समय कास्कीको पोखरा…
अलकाइदाका प्रमुख अमान अल जवाहिरी अमेरिकी सेनाको कारवाहीमा मारिएका छन्। आइतवार अफगानिस्तानको राजधानी काबुलमा सिआइएले गरेको ‘काउन्टर टेरोरिजम अपरेशन’का क्रममा जवाहिरी मारिएको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताए। बाइडेनले जवाहिरी अमेरिकी नागरिकको हत्या र अमेरिकाविरुद्ध हिंसा फैलाउन जिम्मेवार रहेको बताएका छन्। ‘न्याय भयो। आतंकवादी नेता मारिए,’ बाइडेनले भने। अमेरिकाले जवाहिरी बसेको घरमा दुईवटा ड्रोन आक्रमण गरेको थियो। त्यसबेला जवाहिरी घरको बालकोनीमा रहेको…
काठमाडौं : नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टाबारे छानविन गर्न गठित उपसमितीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय खेलकुद परिषद्ले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न व्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेकोमा राष्ट्रिय खेलकुद परिषद्को ९३…
काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिँदैछ। त्यसैले बिहानैदेखि बजारमा नागको तस्विर किन्ने र बेच्नेहरुको भीड लागेको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा…
वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न सक्ने बताएका छन्। वीरगंजमा आयोजित राप्रपाको एक घर एक झन्डा कार्यक्रमको लागि वीरगंज आएका लिङ्देनले मुलुक आर्थिक रुपमा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने बताए। उनले मुलुक सेन्डिकेटमा चलिरहेको आरोप लगाए। लिङ्देनले गठबन्धनका नेताहरु विदेशीको अगाडि लम्पसार हुने गरेको आरोप लगाए। उनले राप्रपाले अहिलेको प्रणालीको पनि…
वीरगंजः नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा. मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा. सुमन प्रसादलाई १२६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। गुप्ताले २०५ मत पाउँदा सुमनले ७९ मत पाए। १० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो। संघको उपाध्यक्षमा आनन्द चौरसिया निर्विरोध निर्वाचित भएका छन्। यस्तै सचिवमा नौसाद हक १५२…
वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो। संघको…
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्। अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकैकारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताए। सोमवार काठमाडौंमा आयोजित डा द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको…
काठमाडौं : वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १ सय ४८ संस्थालाई जरिबाना गराएको छ। राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्व स्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई विभागले ५० हजारका दरले जरिबाना गराएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिबाना गराइएको विभागले जनाएको…
काठमाडौं : निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। प्रस्तावको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य अमृता थापा मगर र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन्।
काठमाडौं : प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा प्रकाशका साथै केकीको अभिनय देख्न सकिन्छ। प्रकाशले यसै फिल्ममार्फत नेपाली सिनेजगतमा पाइला राखेका हुन्। ‘के…
हेटौँडा : अविरल वर्षाका कारण पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पर्ने सडकमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी-भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ९०९ जनामा परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ६४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ। २४ घण्टाको…