काठमाडौँ : डाक्टर गोविन्द केसीका समर्थक चिकित्सक र विवेकशील नेपाली पार्टीले सोमबार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अगाडि विरोध प्रदर्शन गरेका छन्। साढे ११ बजे देखि साढे १२ बजेसम्म उनीहरुले अख्तियार अगाडि टंगालमा धर्ना दिएका हुन्। आइतबार प्रहरीले धर्ना दिन पुगेकाहरु माथि धरपकड गरेको थियो। प्रदर्शनकारीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउन माग गरेका थिए। 'लोकमानले नै…
काठमाडौं : साउनको दोस्रो सोमबार बिहानैदेखि बादल ढपक्कै थियो। झरी कुनबेला झर्ने ठेगान थिएन। महिलाहरु शिवालयमा धाउने दिन परेकाले मन्दिरहरु भरिभराउ नै थिए। काठमाडौंको सबैभन्दा ठूलो शिवालय पशुपतिमा रुझ्दै/भिज्दै पुग्नेहरु कम थिएनन्। हेर्नुस् साउने सोमबारमा पशुपति पुगेका भक्तहरु
काठमाडौँ : चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले शुक्रबार सेलिब्रिटीहरुलाई मञ्चमा उतारी काठमाडौँमा चमकधमकपूर्ण कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पि ९ नेपालमा लञ्च गरेको छ। ३ जिबी र्याम रहेको र ३ हजार एमएएचको ब्याट्री रहेको यो मोबाइलले प्रोफेसनल शैलिको फोटो खिच्ने कम्पनीको दावी छ। २५६ जिबीको स्टोरेज क्यापासिटी रहेको यो मोबाइलको मूल्य ६० हजार रुपैयाँ तोकिएको छ। हेर्नुस् कार्यक्रमका केही झलक
काठमाडौं : चिकित्सा क्षेत्रको सुधार लगायतका माग राख्दै १३ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीका समर्थकहरुले आज राजधानीमा विशाल र्याली निकालेका छन्। केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले दबाबस्वरुप निकालेको र्यालीमा हजारौं जनाको सहभागिता थियो। माइतीघर मण्डलाबाट सुरु भएको र्यालीमा चिकित्सा क्षेत्रका विद्यार्थी, डाक्टर, राजनीतिकर्मी, कलाकार, लेखक-साहित्यकार तथा विभिन्न पेसा व्यवसायमा आबद्ध समर्थकहरु सहभागी थिए। संविधानसभा…
काठमाडौं : धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना हो- साउन। हरियो महिनाका रुपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरु पूजा आराधनामा व्यस्त हुन्छन्। काठमाडौंको पशुपतिनाथमा हरेक सोमबार ठूलो घुइँचो लाग्ने गर्छ। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर पुग्नेहरु भजनकीर्तनमा रमाएर नाचेको दृश्यले जो कोहीलाई पनि पुलकित बनाउँछ। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ…
आज साउने संक्रान्ति। साउन महिनाभर महिलाहरु हरियो रङका लुगा, चुरा र मेहन्दी लगाएर व्रत बस्ने चलन छ। साउन महिनाको सोमबार काठमाडौँको पशुपतिनाथ लगायत देशका विभिन्न शिव मन्दिरहरुमा बिहानैदेखि घुइँचो लागेको छ। साउनमा व्रत बस्नाले मनले चिताएको पूरा हुने जनविश्वास छ।
काठमाडौँ : शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ। 'स्वतन्त्र युवा-विद्यार्थी अभियान' को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो। यसको सुरुवात शनिबार साउन १ गते भयो। प्रदर्शनमा बालबालिकाले समेत ब्यानर बोकेका थिए। ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै केही वक्ताले त्यहीँ कोणसभा गर्दै भाषण पनि गरेका थिए।
काठमाडौं : प्रविधिले ल्याएको अत्याधुनिक विकाससँगै नयाँ पुस्तामा 'सेल्फी कल्चर' बढ्दै गएको छ। स्मार्ट फोन या क्यामेराबाट आफैं फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्न यो पुस्ता हरदम आतुर छ। एकान्तमा एक्लै होस् या परिवारसँग। कतै घुम्न जाँदा वा क्याफे-रेस्टुराँमा। सेल्फीमा रमाउनेहरु बढ्दै गएका छन्। जोखिम ठाउँमा रहेर सेल्फी लिँदा दुर्घटनामा परी ज्यान गएका समाचार पनि आउने गरेका छन्।…
काठमाडौं : आज शनिबार। बिदाको दिन। मनसुन चलिरहँदा आज पनि झरी पर्यो। कतिले छाताको सहारा लिए त कतिपय भने यसमै रमाए। 'रोमान्टिक मौसम' मानेर यसमा रुझ्दै रमाउनेहरु पनि छन्। आज दिउँसो काठमाडौंमा झरी पर्दा यसमा रमाउनेहरुको दृश्य यस्तो देखियो-
काठमाडौं : मुस्लिम धर्मावलम्बीले आज इदउल्ल फित्र उत्साहका साथ मनाइरहेका छन्। एक महिने रमजानको अवधि पूरा भएको रात चन्द्रमाको अवलोकनपछि भोलिपल्ट यो पर्व मनाउने गरिन्छ। देशका विभिन्न ठाउँमा रहेको मस्जिदमा आज बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरुको भिड लागेको छ। काठमाडौंमा भने घन्टाघर नजिकको जामे मस्जिदमा विशेष भिड देख्न सकिन्छ। पर्वको अवसरमा बिहानै नयाँ कपडा लगाएर मस्जिद वा इदगाहमा पुगेर उनीहरु अल्लाहलाई नमाज अदा…
काठमाडौं : गत वर्षको विनाशकारी भूकम्पले रानीपोखरीको मध्यभागमा रहेको मन्दिर क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास माघ २ गते गरिन्। तर पोखरीका माछा झिक्नमा ढिलाइ भएकाले पुनर्निर्माणले गति लिएको थिएन। अहिले भने यसले गति समाएको छ। धमाधम पुनर्निर्माण कार्य जारी छ। राजधानी सहरको केन्द्रभागमा रहेको रानीपोखरीलाई पुनर्निर्माण गरी दैनिक रुपमा सर्वसाधारणको लागि खुला गर्ने महानगरपालिकाको तयारी छ।…
काठमाडौं : लगातारको झरीले मुलुकका विभिन्न ठाउँमा बाढी र पहिरोको त्रास बढाएको छ। पहिरोले पुरिएर मर्नेहरुको संख्या पनि बढिरहेको छ। लगातारको झरीले राजधानीको दैनिकीमा पनि असर पारेको छ। यातायातमा यसको ठूलो असर देखिन्छ। मोटरसाइकल यात्रुहरु जोखिमपूर्ण रुपमा यात्रा गरिरहेका छन्। हेर्नुस् झरीले रुझेको काठमाडौंका १० दृश्य:
काठमाडौं : आज असार १५। ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। १३ औं राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु भएका छन्। केन्द्रीय स्तरमा भने कृषि विभागले ललितपुरको सिद्धिपुरमा धान दिवस मनायो। विभागले मनाएको यस पटकको दिवसमा कुनै पनि मन्त्रीको उपस्थिति देखिएन। आजै दहीचिउरा खाने दिवस पनि हो। नेपाल कृषिप्रधान…
जिङ्ग भोड्काको प्रमोसन कार्यक्रमका लागि काठमाडौँ आएकी बलिउड स्टार सनी लियोन मंगलबार राति पार्टीमा सहभागी भइन्। यसअघि पनि पटक पटक नेपाल आइसकेकी सनीले यस पटकको पार्टीमा डान्स भने गरिनन्। रातो रङको मयुर गिरोट्राद्वारा डिजाइन गरिएको एम्ब्रोयडर्ड ड्रेसमा सजिएकी सनीले नेपालको बेस्ट प्लेस पाटन र बेस्ट फूड मोमो रहेको बताइन्। हेर्नुस् कार्यक्रमका २५ फोटो
काठमाडौं : भद्रकालीमा लाग्ने १२ वर्षे जात्रा सकिएको छ। जात्रामा सहभागीहरुलाई गएराति भोजन गराएपछि जात्राको विधिवत समापन भएको हो। जात्रामा नाचगान गर्ने देवगणहरुलाई मृत्युभात (सि:जा:) भोजन गराएपछि जात्राले विश्राम लिएको हो। लुमढी भद्रकालीको यो १२ वर्षे जात्रा गएको विजयादशमीदेखि सुरु भएको थियो।
सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १३ नेपालीको सम्झनामा गर्ल्स राइजिङ रुमको आयोजना माइतीघर मण्डलामा बिहीबार मैनबत्ती बालियो। कार्यक्रममा विमान चालक तथा कलाकार विजय लामा पनि सहभागी भए। सोमबारको घटनामा १२ जनाको त्यही दिन बुधबार राति घाइते एक जनाको निधन भएको थियो।
काठमाडौँ : त्यसै पनि उनीहरुमाथि बज्रपात भएको छ। सहन गाह्रो भएको छ। अफगानिस्तानमा उनीहरुका प्रिय आफन्तजनले ज्यान गुमाएका छन्। त्यसमाथि सरकारले कुनै समन्वय नगरिदिँदा उनीहरुको मन झन् कुँडिएको छ। नेपाल सरकारले घाइते र मृतकको शव फर्काउन जुन तदारुकता देखायो, त्यसको प्रशंसा भइरहेको छ। सरकारले नेपाल एयरलाइन्सको विमान चार्टर गरी काबुल पठाएर शव र घाइते अनि स्वदेश फर्कन चाहने नेपालीलाई एयरलिफ्ट गरेको…
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव आज दिउँसो काठमाडौं ल्याइएको छ। दिउँसो २:४० बजे नेपाल वायुसेवा निगमको आरए २४४२ विमानमार्फत त्रिभुवन विमानस्थलमा ती शव ल्याइएको हो। नेपाल वायुसेना निगमको चार्टर्ड विमानमा अफगानिस्तानमा कार्यरत २४ जना नेपाली पनि फर्किएका छन्। विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा, श्रम मन्त्री दीपक बोहोरा…
काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस अवसरमा नेपाल सरकारले आज बिहान दरबारमार्गमा योग शिविरको आयोजना गर्यो। नारायणहिटी संग्रहालयअगाडि मञ्च बनाई सडकमा सहभागीहरुलाई राखिएको थियो। जसका कारण बिहानभर सो सडकखण्डमा सडक अवरुद्धसमेत भयो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत सहितका मन्त्रीहरु, सांसद लगायत उच्च पदस्थ पदाधिकारी र सर्वसाधारण पनि सामेल थिए। योग दिवसमा देखिएका दृश्यहरु फोटोमा…
काठमाडौँ : गणतन्त्र स्थापना भएर संग्रहालयमा परिणत हुनुअघि नेपालको शक्तिकेन्द्रका रुपमा स्थापित नारायणहिटी राजदरबारअगाडिको खुला सडकमा आज एकाबिहानै प्रधानमन्त्री केपी ओली, भारतीय राजदूत रणजित राय, कमल थापा लगायतका उपप्रधानमन्त्रीहरु प्रणाम पोजमा थिए। उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सक्रियतामा विश्वभर मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग गर्दै थिए जसको आयोजना स्वयं नेपाल सरकारले गरेको थियो। नेपालमा यो दिवस मनाउन सरकारले…