PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • ​सिन्दुर जात्राले यसरी रङ्गियो पनौती

    ​सिन्दुर जात्राले यसरी रङ्गियो पनौती

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकोको पनौतीमा सोमबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ। सुरुमा ७ दिनसम्म मनाइने सिन्दुर जात्रा अहिले भने ३ दिन मात्र मनाउने गरिएको छ। देशमा हुने अनिष्ट रोक्न र प्रत्येक नेपालीको सुस्वास्थ्यको कामना गर्दै सिन्दुर जात्रा मनाउने गरेको जात्रा समितिका सदस्य संगम प्रजापतीले जानकारी गराए। जात्रामा महादेव, भद्रकाली र भैरव स्थापित रथ टोलटोलमा तान्ने गरिन्छ। अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो प्रयासमा एसएलसी पार गरेपछि मोहन वैद्यकी श्रीमतीको निधारभरी रातो टीका

    दोस्रो प्रयासमा एसएलसी पार गरेपछि मोहन वैद्यकी श्रीमतीको निधारभरी रातो टीका

    काठमाडौँ : सुष्मा वैद्यको निधारमा अरु बेला पनि रातो टीका हुन्थ्यो। तर श्रीमान् मोहन वैद्यको सफलताका कारण। आइतबार भने उनको निधारमा लागेको रातो टीका उनकै पौरखको नतिजा थियो। पोहोर एसएलसीमा फेल भए पनि दोस्रो पटकको प्रयासमा डी प्लस ल्याउन सफल भएकी हुन् ६१ वर्षकी वैद्य। आइतबार गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयको ग्राउण्डमा उनी लगायत एसएलसी ग्राजुएटहरुका लागि सम्मान कार्यक्रमको आयोजना…

    विस्तृतमा पढ्नुस्

  • अब गुड्ने प्रहरी बिट पनि

    अब गुड्ने प्रहरी बिट पनि

    काठमाडौँ : महानगरीय प्रहरी वृत्त जनसेवाले राजधानीको बसन्तपुरको झोँछेबाट मोबाइल प्रहरी बिटको सुरुवात गरेको छ।  कुनै स्थानमा शान्ति सुरक्षाको कमजोर भएको विश्लेषण भए लगत्तै त्यस स्थानमा लगेर राख्न सक्ने गरी 'मोबाइल प्रहरी बिट'को सुरुवात गरिएको डिएसपी विनोद घिमिरेले बताए।  बिटमा सोलार बत्तीको समेत व्यवस्था गरिएको छ भने भित्र पट्टी बेञ्च राखिएको छ। सानो बाकस आकारको बिटमा पाङ्ग्रा समेत व्यवस्था गरिएको…

    विस्तृतमा पढ्नुस्

  • आहा, सुन्दरीजल! १४ फोटोमा हेर्नुस् सुन्दरीजलको सौन्दर्य

     आहा, सुन्दरीजल! १४ फोटोमा हेर्नुस् सुन्दरीजलको सौन्दर्य

    ​काठमाडौँको भिडभाडमा शनिबार छुट्टीका दिन यसो रमाउने कुनै ठाउँ पाउन निकै गाह्रो छ। घर र भवनहरुले भरिएको राजधानीमा अलि खुला ठाउँ पाउन पनि गाह्रो छ। तर काठमाडौँको बाक्लो बस्तीबाट अलिकति मात्रै टाढा जाने हो भने रमणीय ठाउँ भेट्टाउन त्यति गाह्रो छैन।  सुन्दरीजल त्यस्तै एउटा ठाउँ हो।   काठमाडौँबाट झण्डै नौ किलोमिटरमात्रै उत्तरतर्फ लागेपछि भेटिन्छ झरनासहितको यो रमणीय ठाउँ। यसको उत्तरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भन्छन्- 'नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या छैन'

    प्रधानमन्त्री भन्छन्- 'नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या छैन'

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्। हिरण्यलाल श्रेष्ठको ‘सिक्सटी इयर्स अफ डाइनामिक पार्टनरसिप’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले चीन-नेपाल मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानका आधारमा रहेको तर्क गरे। 'दुवै देशको मित्रता समझदारीका आधारमा रहेको छ। लाभ त, नेपाल अलिक सानो छ। छिमेकी ठूलाठूला छन्। अलि बलिया छन्। अलिक विकास भएको…

    विस्तृतमा पढ्नुस्

  • PHOTO : अस्पतालदेखि आर्यघाटसम्म अम्बर गुरुङको अन्तिम यात्रा

    PHOTO : अस्पतालदेखि आर्यघाटसम्म अम्बर गुरुङको अन्तिम यात्रा

    त्यसो त सोमबारै मृत्युको हल्ला फैलँदा नै धापासीको ग्रान्डी अस्पतालमा धेरै शुभचिन्तकहरु पुगिसकेका थिए। अस्पतालले भने मंगलबार बिहान २ बजेर ३७ मिनेटमा स‍ंगीतज्ञ अम्बर गुरुङ मृत्यु भएको घोषणा गर्‌यो। ​ अस्पताल प्राङ्गणमा केही बेर शव राखियो त्यसपछि बिहान १०:५१ मा त्यहाँबाट हिँडाइयो। ११:२० प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखियो। गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च…

    विस्तृतमा पढ्नुस्

  • PHOTO सँगै बाँच्ने सँगै मर्ने भन्थ्यो, एक्लै छाडेर गयो : अम्बरकी जीवनसंगीनीको बिलौना

    PHOTO सँगै बाँच्ने सँगै मर्ने भन्थ्यो, एक्लै छाडेर गयो : अम्बरकी जीवनसंगीनीको बिलौना

    काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालले मंगलबार बिहान २ बजेर ३७ मिनेटमा स‍ंगीतज्ञ अम्बर गुरुङ मृत्यु भएको घोषणा गर्‌यो। अनि आफूलाई सम्हाल्न सकिनन् उनकी जीवनसंगिनी बीना गुरुङले।    विक्रम स‍ंवत् २०११ सालमा आफू जन्मिएको ठाउँ दार्जिलिङमै अम्बरले भेट्टाएका थिए आफ्नो प्रेम। पछि यो जोडीले लभ म्यारिज गर्‍यो। बीना सि‍ह, अम्बर गुरुङ। त्यो समयमा पनि अन्तरजातीय विवाहको आँट गरेर उनीहरुले जोखिम मोलेका थिए।  प्यारालाइसिसका…

    विस्तृतमा पढ्नुस्

  • वन मिस्टेक, लाइफ फिनिस्ड : राजधानी टु रारा राइड, एउटा अकल्पनीय यात्रा विवरण

    वन मिस्टेक, लाइफ फिनिस्ड : राजधानी टु रारा राइड, एउटा अकल्पनीय यात्रा विवरण

    अधिकांश व्यवसायिक क्षेत्रसँग जोडिएका प्रोफेसनलहरु। बिजनेसमा 'ह्याक्टिक लाइफ' भोगिरहेकाहरुको सौख भने दु:ख पाउने गरी यात्रा गर्ने। प्रोफेसनल करिअरबाहेक सौख बाइकिङको।  एकतर्फी लक्ष्य १ हजार ४० किलोमिटर। फर्किँदा उत्तिकै दुरी। सबैका साथमा महँगो ३५० र ५०० सीसीका रोयल इनफिल्ड। यो हो मिसन काठमाडौं टू मुगु। मोटरले नछोएको भर्जिन रारामा बाइकसँग सेल्फी लिने रहरसँगै सामाजिक सेवाको एउटा यात्रा। आउनुस् सँगै यात्रा गरौं। …

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस् किरात समुदायले उल्लासपूर्वक टुँडिखेलमा नाचेको साकेला

    २० फोटोमा हेर्नुस् किरात समुदायले उल्लासपूर्वक टुँडिखेलमा नाचेको साकेला

    विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराती टुँडिखेलमा शनिबार ‘साकेला नाच’ मा सहभागी भए। राई र सुनुवारहरुले परम्परागत पोशाक लगाएर पर्व मनाएका थिए।   इलिट जोशीले खिचेका फोटोहरु

    विस्तृतमा पढ्नुस्

  • ​२७ फोटोमा हेर्नुस् रारा : सुन्दरताको भण्डार सारा

    ​२७ फोटोमा हेर्नुस् रारा : सुन्दरताको भण्डार सारा

    २०२० सालमा तत्कालीन राजा महेन्द्रले रारा तालको कुनामा बसेर मन्त्रमुग्ध भई लेखे, सुन्दरताको भण्डार सारा के खनाया यसै रारामा। पछि कुन्ति मोक्तानले गाइन्, हुम्ला जुम्ला मोटर चढी कहिले घुम्ने हो, डुङगा चढी रारा ताल कहिले घुम्ने हो। यो गीतले नै मुगुको विकटतालाई उदाङगो पारेको छ। सडक सञ्जालको अभावले निकै कष्टपछि मात्र रारामा पुग्न सकिन्छ। तर जब कसैले आफ्नो आँखाले रारा देख्छ…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् रारामा रोयल इन्फिल्डको र्‍याली

    हेर्नुस् रारामा रोयल इन्फिल्डको र्‍याली

    काठमाडौं : बुद्धजयन्तीका दिन काठमाडौंबाट लुम्बिनी हुँदै रारा पुगेको बुलेट पिस राइडको टोली काठमाडौं फर्किएको छ। काठमाडौंबाट १५ वटा रोयल इनफिल्ड बुलेट बाइकमा नेपाली झन्डासहित लुम्बिनी पुगेको टोलीसँगै पोखराबाट ११ वटा बुलेटमा आएका अन्य सहभागी मिसिएका थिए। २६ वटा रोयल इन्फिल्ड बाइकमा रारा प्रस्थान गरेको ३५ जनाको टोली मंगलबार काठमाडौं आइपुगको हो। रारा पुगेर काठमाडौं-रारासम्म १०४० किलोमिटर दुरी यात्रा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • हत्याकान्डको १५ वर्षपछि राजा वीरेन्द्रका नातिनातिनी नारायणहिटीमा, हेर्नुस् फोटो

    हत्याकान्डको १५ वर्षपछि राजा वीरेन्द्रका नातिनातिनी नारायणहिटीमा, हेर्नुस् फोटो

    ​२०५८ जेठ १९ : त्यो कालो दिन नारायणहिटी दरबारमा एउटा अकल्पनीय घटना भयो। त्यतिबेला सर्वसाधारणलाई यो दरबारको वरपर हिँड्नसमेत निषेध थियो।  २०७३ जेठ १९ : १५ वर्षपछि त्यही नारायणहिटी दरबारको गेटमा त्यतिबेला हत्या गरिएका राजा वीरेन्द्रका नातिपुस्ता पहिलो पटक आइपुगे। तर उनीहरुलाई भित्र जान अनुमति थिएन।  गद्दी खोसिएका राजा ज्ञानेन्द्रका छोरा पारसका छोरा ह्रदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका मात्र हैन,…

    विस्तृतमा पढ्नुस्

  • मुकुन्डोधारीले निकाले नारायणहिटीमा जुलुस, श्रुति र पारसकी छोरीले गाइन् 'श्रीमान् गम्भीर...'

    मुकुन्डोधारीले निकाले नारायणहिटीमा जुलुस, श्रुति र पारसकी छोरीले गाइन् 'श्रीमान् गम्भीर...'

    काठमाडौँ : राजदरबार हत्याकान्डको १५ वर्षपछि राजधानीमा एउटा अनौठो र्‍याली निस्कियो। जेठ १९ गतेको दिन पारेर सि नेपालको आयोजना र हिमानी ट्रस्टसमेतका संस्थाको सहकार्यमा मुकुन्डोधारी मोटरसाइकल र्‍यालि निस्कियो।  दरबार हत्याकान्डमा गोली चलाउने व्यक्ति तत्कालीन युवराज दीपेन्द्र नै रहेको आधिकारिक छानबिन प्रतिवेदन लगायत प्रत्यक्षदर्शीहरुको भनाई छ तर अनेकौँ षड्यन्त्र सिद्धान्तहरुमध्येको एकमा मुकुन्डोधारीले गोली चलाएको हुनसक्ने भन्ने पनि छ।  भृकुटीमण्डपबाट निस्केको र्‍याली…

    विस्तृतमा पढ्नुस्

  • २२ फोटोमा हेर्नुस् होटल अन्नपूर्णको र्‌याम्पमा आशिकी ब्वायका साथ मोडलहरु

    २२ फोटोमा हेर्नुस् होटल अन्नपूर्णको र्‌याम्पमा आशिकी ब्वायका साथ मोडलहरु

    काठमाडौँ : ९० को दशकमा तहल्का मच्चाउन सफल हिन्दी फिल्म आशिकीका हिरो राहुल रोय शुक्रबार होटल अन्नपूर्णमा भएको डिजाइनर कन्टेस्ट 'भोइज अफ क्रियसन–२'को शोज् टपरको रुपमा सहभागी भए। उनीसँगै चर्चित भारतीय बिकिनी मोडल साधना सिङ र फेसन कोरियोग्राफर एंव मोडल लक्की, तस्जिन अली सुरी लगायतका मोडलहरु र्‌याम्पमा हिँडे।  भोइज अफ क्रियसनको यो दोस्रो संस्करण हो। यस अघि २०१४ मा सो कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बुद्ध पूर्णिमाको दिन बुद्ध जन्मस्थल लुम्बिनी

    फोटोमा हेर्नुस् बुद्ध पूर्णिमाको दिन बुद्ध जन्मस्थल लुम्बिनी

    लुम्बिनी : २५६० औँ बुद्ध जयन्तिको दिन बुद्ध जन्मस्थल लुम्बिनीको रौनक बेग्लै थियो। यहाँ हुने भनिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई काठमाडौँमा सारिए पनि बुद्ध जन्मस्थलमा आजको दिन विशेष कार्यक्रमको आयोजना गरियो।  अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरियो। ५० हजारभन्दा बढी स्वदेशी विदेशी पाहुना सहभागी भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् प्रधानमन्त्रीले पाँच तारे होटलमा उद्‍घाटन गरेको गहना प्रदर्शनी

    फोटोमा हेर्नुस् प्रधानमन्त्रीले पाँच तारे होटलमा उद्‍घाटन गरेको गहना प्रदर्शनी

    पाँच तारे होटल 'याक एण्ड यति'मा आजदेखि सुरु भएको गहना महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। शुक्रबारदेखि सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला नौ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्। मेलालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, हस्तकला महासंघले आयोजना गरेको हो। मेलामा ६० वटा स्टलहरु राखिएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • महिलाले गुडाए मच्छिन्द्रनाथको रथ, १० फोटोमा हेर्नुस् उनीहरुको उत्साह

    महिलाले गुडाए मच्छिन्द्रनाथको रथ, १० फोटोमा हेर्नुस् उनीहरुको उत्साह

    काठमाडौँ : रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज महिलाहरुले रथ तानेका छन्। अहिले लगनखेलमा रहेको रथ तान्नका लागि बिहानै ठूलो संख्यामा महिलाहरु पुगेका थिए। हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो। नरिवल समात्नेको छोरो जन्मिने र चिताएको पुग्ने कथन छ। त्यसको भोलिपल्ट 'याकःमिसा भूजया' भनी महिलाहरूले मात्र रथ तान्ने चलन छ। पाटनको महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भई…

    विस्तृतमा पढ्नुस्

  • गर्मी छल्न कार्यकर्ताले ओढाए छाता, यसरी पोखियो नेता-प्रेम

    गर्मी छल्न कार्यकर्ताले ओढाए छाता, यसरी पोखियो नेता-प्रेम

    काठमाडौँ : दुई दिन सिंहदरबार अनि एक दिन बालुवाटार घेराउ गरेको २९ दलीय संघीय गठबन्धनले बुधबार राजधानीमा विरोधसभा गर्‍यो। विरोधसभामा गठबन्धनका शीर्ष नेताहरु उपस्थित थिए। जेठको गर्मीका बीच उनीहरुलाई छाता ओढाइदिने भने कार्यकर्ता थिए। राजधानीको शान्तिवाटिकामा कुर्सीमा बसेका नेतालाई कार्यकर्ताहरुले छाता ओढाएर शीतलता प्रदान गरे। सभाअघि गठबन्धनले र्‍यालीसमेत निकालेको थियो। आजैको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन चर्काउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • छोरो जन्मिने आशमा नरिवल टिप्नेको भिड : पुलिसले वर्षायो लाठी, घाइते भए युवक

    छोरो जन्मिने आशमा नरिवल टिप्नेको भिड : पुलिसले वर्षायो लाठी, घाइते भए युवक

    काठमाडौँ : नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज पालो थियो रथको टुप्पोबाट नरिवल खसाल्ने दिन। खसालेको नरिवल जसले समात्यो, उसको छोरो जन्मिने र चिताएको पुग्ने कथन परम्परादेखि चलिआएको छ।  त्यसैले नरिवल टिप्नका लागि सयौँको भिड जम्मा हुने गर्छ। आज पनि प्रशस्त युवकहरु भेला भएका थिए।  परम्परा अनुसार एक जना वृद्ध रथको टुप्पामा चढे र नरिवल फ्याँके।…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार घेराउका क्रममा माइतीघरमा झडप, प्रदर्शनकारी घाइते

    सिंहदरबार घेराउका क्रममा माइतीघरमा झडप, प्रदर्शनकारी घाइते

    काठमाडौँ :  मधेसकेन्द्रित र जनजातिसहित २७ दल आवद्ध संघीय गठबन्धनले गरिरहेको सिंहदरबार घेराउका क्रममा सोमबार दिउँसो माइतीघरमा केही समय झडप भएको छ। झडपका क्रममा प्रहरीको लाठीचार्जबाट पाँच प्रदर्शनकारीलाई चोटपटक लागेको छ। एक जनाको टाउकोमा चोट परेको छ।  प्रदर्शनकारीतर्फबाट पुलिसलाई ढुंगा हानिएपछि झडप सुरु भएको हो। प्रदर्शनकारीहरुले भने ढुंगा हान्ने व्यक्ति प्रहरी नै भएको आरोप लगाएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell