काठमाडौँ : नेपाल प्रहरीले २५ जनालाई एसएसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले असार ३० गते गरेको निर्णय अनुसार झापास्थित जिल्ला प्रहरी कार्यालयमा दरबन्दी रहेका शैलेश थापा क्षेत्री एक नम्बरमा रहेका छन्। त्यस्तै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका निरजबहादुर शाही दोस्रो र महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका प्रद्युम्न कुमार कार्की तेस्रो नम्बरमा बढुवा भएका छन्। यी हुन् बढुवा भएका एसएसपी…
काठमाडौँ : प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि ११ जना डिआइजीको नाम सिफारिस गरेको छ। वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी सिफारिसमा परेका छैनन्। डिआइजी बमबहादुर भण्डारी एक नम्बरमा परेका छन् भने सरकारले आइजी बनाए पनि सर्वोच्चको आदेशबाट पद निस्क्रिय भएका जयबहादुर चन्द दोस्रो नम्बरमा परेका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले एआइजीको…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रबार बिहान विशेष अदालत पुर्याएको छ। हातमा 'नेपालको संविधान' र एउटा कपि बोकेका शर्मा सेतो सर्ट र कोटमा थिए। आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललसहित शर्माविरुद्ध करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दैछ। शर्मालाई लिएर हिजै अख्तियारको टोली विशेष अदालत…
काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज हेर्दाहेर्दैमा टुङ्गिएको छ। शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। त्यसै अनुसार आज सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले…
काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयास शुक्रबार पनि सफल हुन सकेन। विशेष अदालतका रजिस्ट्रार जगन्नाथ शर्माले फाइल ठूलो भएकोले समय अभावका कारण मिसिल अध्ययन गर्न नभ्याइएको बताए। उनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च अदालतमा उपस्थित गराएर अदालतबाट दिउँसो २:५५ मा मात्र विशेष अदालतमा उपस्थित गराइएकोले मुद्दा दर्तापछि इजलासबाटै आदेश…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ। शर्मालाई लिएर आजै मुद्दा लिएर अख्तियारको टोली विशेष अदालत पुगेको भए पनि समय अभावका कारण दर्ता हुन नपाएको रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। उनलाई अपराह्न सवा…
काठमाडौं : मंगलबार प्रहरी काठमाडौंको रामकोटबाट बरामद गरेको ९ केजी सुन नक्कली भएको पुष्टि भएको छ। विशेष सूचनाको आधारमा बरामद गरिएको सुनको बिस्कुटको माथिपट्टि सुनको जलप भए पनि त्यो नक्कली भएको परीक्षणमा खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रधुम्न कार्कीले जानकारी दिए। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार काभ्रे बेथान गाउँपालिका ५ कासाइमन सोमनामलाई रामकोटबाट ९ किलो सुनसहित…
काठमाडौं : मंगलवार काठमाडौंको सानो भर्याङमा शेरचन ब्रदर्श प्रालिले प्लास्टिकको चामलले बेचिरहेको छ भन्ने खबर हात पार्यो प्रहरीले। प्लास्टिकको चामल? प्रहरी आफैँ कौतुहल भयो। त्यसैले कुनै समय खर्च नै नगरी प्रहरी तत्काल गोदाममा पुग्यो। गोदाममा आरटिसी ब्रान्डको चामलका बोरा सयौं थिए। सूचना पाए जस्तै प्रहरीले चामलको बोरा खोलेर हेर्दा साधारण चामलभन्दा फरक पाएपछि तत्काल शिलबन्दी गरी शेरचन ब्रदर्श प्रालिका…
काठमाडौः प्रतिबन्धित भारु नोटको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले खुशिबु लिङ्क रोडबाट रामेछाप खाँडा देवी गाउँपालिका ८ बस्ने ३७ वर्षीय मान बहादुर लामा र काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ३० वर्षीय अमित डंगोललाई पक्राउ गरेको हो। त्यस्तै यही घटनासँग जोडिएका थप तीन जनालाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो।…
काठमाडौं : १५ वर्ष अगाडि भएको रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई बुधवार जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सजाय सुनाएको छ। न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको रजिष्ट्रार ध्रुव उप्रेतिले जानकारी दिए । काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते खुकुरी प्रहार गरी…
काठमाडौं : दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या अभियोगमा फरार १७ वर्षकी पूजा घर्ती पक्राउ परेकी छिन्। घर्तीलाई दाङ प्रहरीले बाँकेको रुपडिया क्षेत्रबाट पक्रेको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए। घर्तीलाई लुकिरहेको अवस्थामा सोमवार राति पक्राउ गरिएको एसएसपी सिंहले बताए । जेठ २६ गते दाङबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्वर ४ को पाथिभरा लेकस्थित जंगलमा…
काठमाडौं : दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदानस्थल बाहिर फाले लगत्तै सेलिब्रिटी प्रहरी बनेका हवल्दार दुर्गा बहादुर राना केही समयदेखि चर्चामा छन्। सोमवार उनले पुरस्कार पाएको विषयले थप चर्चा चलायो। अहिले भने सामाजिक सञ्जालमा उनलाई गृह मन्त्री जनार्दन शर्माले भेटेको र १ हजार ५ सय रुपैयाँ दिएको भन्दै गृह मन्त्रीको कडा आलोचना भयो। विरोध…
काठमाडौं : दाङका कपडा व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकारलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ। ५३ वर्षीय व्यापारीको अपहरणपछि हत्या गरिएको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले योजनाकार खुमबहादुर केसीलाई बालाजुस्थित उनकै डेराबाट पक्रेको हो। केसीलाई मंगलबार दिउँसो करिब ३ बालाजुको लोकतान्त्रिक चोक नजिकैबाट समातेको हो। केसीलाई प्रहरीले दाङ प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ।…
स्थानः गृह मन्त्रालय। समयः बिहानको ११ बजेर ३० मिनेट। फोनमा छन् गृह मन्त्री। हेलो ! हेलो ! ! हेलो ! ! ! महतजी भन्नुहोस् म गृहमन्त्री बोल्दै छु। उताबाट जवाफ आएको सुनिँदै थियो। गृह मन्त्रीः प्रश्न होइन गुनासो राख्नुहोस्। महतः हाम्रो ठाउँमा सरकारी गाडीको दुरुपयोग एकदमै बढेर गएको छ। गृह मन्त्रीः तपाईँले यी कुरा स्थानीय प्रशासनलाई भन्नुभयो? महतको जवाफ खासै बुझिएन। …
काठमाडौः स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका ७५ हजार म्यादी प्रहरीमध्येका एक थिए १९ वर्षीय पूजन बराल। हजारौँ म्यादी प्रहरीमध्ये उनी आकर्षणको केन्द्र बने। पूर्वआईजीपी, पूर्वसांसद तथा पूर्वराजदूत हजुरबुबा खड्गजित बरालका नाति, डा. रञ्जित बराल र आमा प्रा.डा. ज्योति बरालका छोरा थिए पूजन। पूर्व आइजीका नाति म्यादी प्रहरी! यही पैतृक पहिचानले उनलाई सेलिब्रिटी बनाएको थियो। उनी भने आफ्नो छुट्टै पहिचानको…
काठमाडौं : राष्ट्रपतिका लागि १६ करोड रुपैयाँको गाडी किन्न लागेको खबरले यतिखेर सामाजिक सञ्जाल र सडकदेखि सदन समेत तातेको छ। किन चाहियो राष्ट्रपति विद्यादेवी भण्डारीलाई यतिका मँहगो गाडी? प्रश्न सोध्नेहरु धेरै छन्। 'जनताकी छोरी विद्या भण्डारी' भन्नेहरु पनि 'किन यति महँगो सवारी' भनिरहेका छन् यतिखेर। केही राष्ट्रपतिको बचाउमा पनि उत्तिकै सक्रिय भएर जुटेका छन्। यथार्थ के हो त? किन किनिँदैछ…
काठमाडौँ : सोमबार दिउँसो काठमाडौँबाट आठ जना व्यक्ति विराटनगर विमानस्थलमा उत्रिए। उनीहरु सिधै पुगे आदर्श माध्यमिक विद्यालय जहाँ विराटनगर महानगरपालिकाको मतगणना भइरहेको थियो। निर्वाचन आयोगले निर्वाचन भएको साता दिनभित्र सबै स्थानीय तहको मतपरिणाम आइसक्ने दावी गरे पनि आज आठौँ दिन पनि मतगणना जारी छ। दोस्रो चरणमा निर्वाचन भएको एक मात्र महानगरपालिका विराटनगरमा मतगणना कछुवाको गतिमा छ। त्यसै त मतदान सकिएको…
काठमाडौं : 'तपाईँलाई धेरै धेरै बधाई छ। हाम्रो पार्टीको प्रतीक नै हुनुभयो।' मंगलवार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले फोनबाट बधाई दिएपछि उनी दङ्ग थिए। अध्यक्षले फोनमा भने झै राप्रपामा प्रतीक नै बने यिनी। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा जितेर उनले हिन्दु राष्ट्रको पक्षपोषण गर्दै आएको राप्रपाको साख जोगाएका थिए। झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा हिन्दु राष्ट्रलाई अभियान…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो चरणको स्थानीय तह निर्वाचनको ५ दिन अगाडि नै गृहजिल्ला डडेल्धुरा पुगे। देशकै प्रधानमन्त्री रहेका देउवा यसरी गृह जिल्ला पुग्नुको एक मात्र कारण थियो आफ्नो क्षेत्रका स्थानीय तहकमा कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनु। पाँच दिन गृह जिल्लाको चुनावी प्रचारमा होमिएका सभापति देउवाको जिल्ला बसाइ खासै सार्थक भएन। दुई नगरपालिका र पाँच…
काठमाडौं : 'दुरसंचारको सबै डाटा मसँग सुरक्षित छ। म जतिबेला पनि नेपाल टेलिकममको फोन ह्याक गर्न सक्छु,' आइतवार कार्यालय खुल्ने बित्तिकै भद्रकालीका रहेको नेपाल टेलिकमको मुख्य कार्यलयमा कल आयो। 'सबै टेलिकम नै ह्याक गर्नसक्छु' भनेपछि कार्यालयमा ठूलै भूकम्प गयो। अब के गर्ने होला? को हो यस्तो धम्की दिने? प्रश्नै प्रश्न जन्मिए। टेलिकममा कार्यरत प्राविधिक कर्मचारीले फोन गर्ने ब्यक्तिको नम्बर पत्ता…