काठमाडौं : बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरु अमिलो मन लिएर उभिएका थिए। झरीले राजधानीको मुहार अँध्यारो बनाएको थियो भने मानिसका मन सोमबार अफगानिस्तानको विस्फोटले। नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट १२ जनाको शव नेपाल भित्रिँदै थियो। विस्फोटमा १३ नेपाली मारिएका थिए। अफगानिस्तानबाट आएकालाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्रीदेखि मन्त्रीहरु र आफन्तहरु मलिन मुद्रामा उपस्थित थिए। बुधबारको दृश्य र प्रधानमन्त्रीको उपस्थिति तथा नेपाल वायुसेवा…
काठमाडौँ : त्यसै पनि उनीहरुमाथि बज्रपात भएको छ। सहन गाह्रो भएको छ। अफगानिस्तानमा उनीहरुका प्रिय आफन्तजनले ज्यान गुमाएका छन्। त्यसमाथि सरकारले कुनै समन्वय नगरिदिँदा उनीहरुको मन झन् कुँडिएको छ। नेपाल सरकारले घाइते र मृतकको शव फर्काउन जुन तदारुकता देखायो, त्यसको प्रशंसा भइरहेको छ। सरकारले नेपाल एयरलाइन्सको विमान चार्टर गरी काबुल पठाएर शव र घाइते अनि स्वदेश फर्कन चाहने नेपालीलाई एयरलिफ्ट…
काठमाडौँ : अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा घाइते भएका पाँच जनालाई थप उपचारका लागि आज दिल्ली लगिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार प्रेमबहादुर क्षेत्री, चेतप्रसाद शेरचन, कुमारबहादुर गुरुङ, कृष्णकुमार देउजा र अमृत रोकाया क्षेत्रीलाई काबुलको समय अनुसार बिहान १० बजे साफी एयरलाइन्सबाट दिल्ली लगिएको हो। त्यसैगरी आज बिहान पठाइएको निगमको विमानबाट अफगानिस्तानमा काम गरिरहेका २४ नेपाली स्वदेश फर्कन…
काठमाडौं : बुधबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज ओर्लियो। विमानमा गत सोमबार अफगानिस्थानको काबुलमा आत्माघाती बम आक्रमणमा परी मृत्यु भएका १२ जनाको कफिनमात्र थिएन, त्यही कफिनसँगै टुलुटुलु साथीको मृत्युको क्षण हेर्दै पराजित मानसिकतामा फर्किँदै गरेका २५ युवा पनि थिए। त्यहीभित्र एक पात्र थिए- आइसिङ तामाङ। नुवाकोटका ४० वर्षीय तामाङको हातमा एउटा ब्यागमात्र थियो। तर उनी शरीर…
काठमाडौं : चार महिनाको शिशुलाई लिएर असारे झरीमा रुज्दै त्रिभुवन विमानस्थल पुगेकी थिन्, सञ्जिता लामा थापा। उनको काखमा शिशु त छँदै थियो, उसैलाई पिलाउनका लागि दूधको बोतल पनि बोकिरहेकी थिइन्। आफ्ना मृतक पति जितेन्द्रसिह थापाको शव बुझेर अन्त्येष्टि गर्नुमात्र उनको त्यो पर्खाइ थियो। गत फागुनमा कान्छी श्रीमती बनेर उनी जितेन्द्रको जीवनमा गाँसिन आइपुगेकी थिइन्। जेठी श्रीमती गोमति थापाले धर्म परिवर्तन…
काठमाडौँ : सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस मंगलबार बिहान साढे ३ बजे त्यसतर्फ उड्ने भएको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सीधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिनुपर्छ। भारत र अफगानिस्तानबाट अनुमति पाइसके पनि पाकिस्तानबाट यो समाचार राति ९…
काठमाडौँ : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा परी घाइते भएका दुई जनालाई भारतको दिल्लीमा पुर्याइएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा चितवनका कृष्णबहादुर देउजा र मानबहादुर थापालाई दिल्लीको अपोलो अस्पतालमा उपचार हुँदै गरेको जानकारी दिइयो। सोमबार भएको आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। रेस्क्युका लागि टिम तयार परराष्ट्र प्रवक्ता भरतराज…
चितवनका कृष्णबहादुर ढुङ्गानाको एउटा सपना थियो- पक्की घर बनाउने। गएको वैशाखमा एक महिनाको छुट्टी मिलाएर घर आएका ३५ वर्षका ढुङ्गानाले चितवनमा घर बनाउन नक्सासमेत पास गरिसकेका थिए। अब हाम्रो सानो घर होला, फराकिलो मन होला भन्ने लागेको थियो उनलाई। घरको जगसमेत हाली श्रीमतीलाई नक्सा अनुसार घर बनाउनू भन्दै विदा भएका कृष्णले घरले पूर्ण आकार पाएको हेर्न नपाउँदै आत्मघाती आक्रमणको शिकार…
काठमाडौँ : ताहाचल श्रम विभागमा कार्यरत शिवचन्द्र धिताल शुक्रबार साँझ ५ बजे कार्यलयबाट कोटेश्वरतिर लागे। कोटेश्वरको बस काउन्टरमा पुगेर सिराहाको लागि छोरीलाई टिकट लिनु थियो। कोटेश्वरबाट लगनखेल जाने सडक नजिकै बन्दै गरेको पुलमुनि उनका आँखा टक्क अडिए। पुलमुनि एउटा रातो ब्याग थियो। के होला यो? एकमनले भन्यो- बम त होइन कतै ? अर्को मन बोल्यो- बहुमूल्य सामान पनि हुनसक्छ। मोटरसाइकलबाट…
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देशभरबाट ३६ जना नक्कली डाक्टरहरु पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला छन्। अपरेसन क्वाक नाम दिइएको प्रहरीको अनुसन्धान टोलीले झापा, मोरङ, चितवन, पर्सा, धनुषा, दाङ, सुनसरी, कास्की, काठमाडौं र ललितपुर गरी १० जिल्लाबाट नक्कली डाक्टरहरुलाई पक्राउ गरेको हो। सबैभन्दा बढी ८ पुरुष र ५ महिला डाक्टर काठमाडौंबाट पक्राउ परेका…
काठमाडौँ : आइतबार गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयको ग्राउण्डमा खुसीको माहौल बेग्लै थियो। धेरैका गलामा राता माला थिए, निधारमा रातै टीका। खुसी मनाउने त्यही भिडकी एक पात्र थिइन् सुष्मा वैद्य। उनी माओवादी नेता मोहन वैद्यकी श्रीमती हुन्। तर आज उनी त्यो हैसियतमा हैन, एसएलसी पास एक ६१ वर्षीय विद्यार्थीका रुपमा सम्मानित भइरहेकी थिइन्। ‘यति खुसी छु, यति खुसी कि…
काठमाडौं : रोशन शेर्पा (नाम परिवर्तन) हतारहतार कोरियन भाषा 'इपिएस'को परीक्षा दिन तीनकुनेमा रहेको भिएस निकेतन स्कुल पुगे। शनिबार र आइतबार भएको परीक्षा उनलाई जसरी पनि पास गर्नु थियो। यो जटिल परीक्षा पास गरे पनि उनी कोरिया भने जाने थिएनन्। उनी परीक्षा पास गरे उनका दाजु उत्तीर्ण हुने रहेछन्! परीक्षामा सहभागी हुनुअघि नै आफ्ना दाइलाई पास गराएर कोरिया पठाउन नक्कली परीक्षार्थीका…
फुटबल पारखीहरुका लागि हिजोआज युरोकप र कोपा अमेरिकाले थप जागरुक बनाएको छ। जताततै फुटबलकै चर्चा। रातको निद्रा माया मारेर युरो हेर्नेको संख्या कम छैन नेपालमा। यसैमध्येका एक हुन्- डिआइजी प्रकाश अर्याल। बाल्यावस्था तथा विद्यार्थी जीवनमा सक्रिय भएर फुटबल खेलेका अर्यालले युरो छुटाउने कुरै भएन। विद्यार्थी छँदा उनले खुब खेले फुटबल। कुनै बेला पैसा हुँदैनथ्यो, त्यतिखेर डोरीको डल्लो बनाएर पनि…
काठमाडौँ : अभय र सुनीता (नाम परिवर्तन) को झण्डै एक वर्ष अफेयर चल्यो। अभय विदेशमा, सुनीता नेपालमा। फेसबुकमा भएको भर्चुअल भेटले उनीहरुलाई यतिसम्म नजिक्यायो कि केही समयपछि अभय सुनितालाई बिहे गर्न भन्दै स्वदेश फर्कियो। सुनीतालाई पनि सँधै फेसबुकको च्याटमा भेट भइरहेका अभयलाई भेट्न हतार भइसकेको थियो। उनी पनि आफ्नो मायालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै पुगिन्। करिब एक साता उनीहरुले…
काठमाडौँ : सिन्धुपाल्चोकको चण्डेश्वरी माविबाट एसएलसी दिएकी सपना श्रेष्ठ दिउँसो आफ्नी आमालाई लिएर सानो थिमिस्थित परीक्षा नियन्त्रण कार्यालय पुगिन्। एसएलसी रिजल्ट आउने कुराले एकदिन अघि नै मनमा कौतुहल छाएको थियो सपनाको। रिजल्ट हेरे पछि पनि त्यो कायमै रह्यो। उनले एसएलसीमा ३ दशमलव ५८ जिपिए ल्याइन्। यो थाहा पाएपछि उनको अनुहारमा न त खुसी देखियो न त दुःख नै। बरु उनलाई…
काठमाडौँ : विनिता र संगमको भर्चुअल भेट भयो, फेसबुकमार्फत्। वर्षदिनअघि संगमले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि दुईको च्याट सुरु भयो। यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा छन्। यद्यपि दुवैको भेट अहिलेसम्म भएको छैन। विनिता काठमाडौँमा बसेर पढाइ सँगसँगै काम पनि गरिरहेका छन् भने संगमले आफू बेलायतमा रहेको बताएका छन्। केही दिन अघि संगमले…
काठमाडौँ : सानैदेखि सियोको टुप्पोदेखि डराउँथिन् नीता घराइया। तर उनले रक्तदान गरेको १३३ पटक भइसक्यो। वर्षमा अझै पनि चार पटक रक्तदान गर्ने गरेको बताउने उनी विश्वमै धेरै पटक रक्तदान गर्ने महिलाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउने प्रक्रिया अगाडि बढाएको बताउँछिन्। भर्खरै ५० वसन्त पार गरेकी नीताले पहिलो पटक रक्तदान गर्दाको अनुभव यसरी सुनाइन्- ३६ वर्षअगाडिको कुरा हो,…
काठमाडौँ : विनिता र संगमको भर्चुअल भेट भयो, फेसबुकमार्फत्। वर्षदिनअघि संगमले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि दुईको च्याट सुरु भयो। यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा छन्। यद्यपि दुवैको भेट अहिलेसम्म भएको छैन। विनिता काठमाडौँमा बसेर पढाइ सँगसँगै काम पनि गरिरहेका छन् भने संगमले आफू बेलायतमा रहेको बताएका छन्। केही दिन अघि संगमले…
काठमाडौं : हिजो शुक्रबार मध्यरातबाट युरोकप फुटबल सुरु भइसकेको छ। फ्रान्समा जारी युरोको ज्वरो विश्वभर नफैलिने कुरै भएन। फुटबल हेरेर रमाउनेमा हरेक क्षेत्र, पेसा र व्यवसायका उत्तिकै छन्। जो, समय निकालेर युरोकप हेर्दै छन्। नेपालमा पनि फुटबलका पारखीहरु धेरै छन्। यसैमध्येका एक हुन्- नेपाल प्रहरीका डिआइजी केशव अधिकारी। भैरहवा पुर्ख्यौली घर भएका अधिकारी बाल्यकालमा खुब फुटबल खेल्थे। स्कुल…
काठमाडौँ : आइतबार नयाँ शक्ति नेपालले आफ्नो घोषण सभा नयाँ शैलीले गर्न खोज्यो। नयाँ स्वरुप दिन भन्दै पार्टीले कुनै पनि अतिथिलाई स्टेजमा राखेन। शुभकामना दिने क्रममा मात्र सजाइएको स्टेजमा गएर अतिथिहरुले शुभकामना दिए। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासमेत तातो घाममा दर्शक दीर्घामा बसिरहे। झन् संयोजक बाबुराम भट्टराई र उनी श्रीमती हिसिला यमी ५ घण्टाभन्दा बढी तातो घाममा…