PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी

    देवनन्दन देवराज माविमा प्रअ र वडाध्यक्षलाई थुनेर विद्यार्थीले गरे तालाबन्दी

    वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीस्थित देवनन्दन देवराज नमुना माविका विद्यार्थीहरुले आज बिहानैदेखि विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव, वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह र विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पण्डितलाई प्रअकै कार्यकक्षमा थुनेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विद्यार्थीको तुलनामा विषयगत शिक्षक नभएको भन्दै शिक्षकको व्यवस्था मिलाउनु पर्ने माग गर्दै आन्दोलन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा यी पाँच विषयमा मुख खोले राजेन्द्र महतोले, कांग्रेसको सेटिङकै कारण चोलेन्द्रले राजीनामा नदिएको आरोप

    वीरगंजमा यी पाँच विषयमा मुख खोले राजेन्द्र महतोले, कांग्रेसको सेटिङकै कारण चोलेन्द्रले राजीनामा नदिएको आरोप

    वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो वीरगंज आइपुगेका छन्। लामो सयमपछि उनी पर्सामा पार्टी प्रवेश कार्यक्रमको लागि पर्सा आइपुगेका हुन्। सोमवार पर्सा आएका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मंगलवार बिहान नगर सभागृहमा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा महतो र पत्रकारबीच चर्काचर्की नै भयो। लोसपाको राजनीतिक यात्रा तथा नेता महतोको व्यक्तिगत जीवन र राजनीतिक घटनाक्रमसँग सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • सिँचाईको नहर भत्काएर सडक निर्माण गर्दै वीरगंज महानगर

    सिँचाईको नहर भत्काएर सडक निर्माण गर्दै वीरगंज महानगर

    वीरगंज : नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगंज गण्डकको नहरीको संरचना भत्काएर संघन शहरी भवन कार्यालय वीरगंजले नियमविपरित सडक निर्माण थालेको छ। शहरी भवन कार्यालयले गण्डक नहरको ब्लक ७ को मेन सेकेन्डरी क्यानल(एमएससी) को संरचना भत्काएर १० मिटर चौडाईमा नालासहितको कालोपत्रे सडक निर्माण थालेको हो। वीरगंज महानगरको वडा नं १५ लक्षुमानवादेखि नेसनल मेडिकल कलेजसम्मको करिब साढे ४ किलोमिटर लम्बाई रहेको नहरीको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको बिराट दंगलमा वसन्त थापाले जिते दर्शकको मन

    वीरगंजको बिराट दंगलमा वसन्त थापाले जिते दर्शकको मन

    वीरगंज : छठको थकान मेट्न वीरगंजमा बिराट दंगल (कुस्ती) प्रतियोगिता सम्पन्न भएको छ। वीरगंज-१६ ईनार्वामा हरेक वर्षझैँ यस वर्ष पनि छठको पारणदेखि दुई दिनसम्म चल्ने विराट दंगल सम्पन्न भएको हो। कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमानहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए। कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलमान वसन्त थापाले दुई जोड कुस्ती लडेर दुवैमा जित निकाल्दै खेलप्रेमीको मन जितेका थिए। कुस्तीमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा हिमानी आउँदा हेलिकप्टरबाट पूर्व राजारानीको 'स्टिकर वृष्टि', मधेशमा शुरु भयो विरोध

    वीरगंजमा हिमानी आउँदा हेलिकप्टरबाट पूर्व राजारानीको 'स्टिकर वृष्टि', मधेशमा शुरु भयो विरोध

    वीरगंज : छठ पर्वको सझिया घाटे अर्थात बुधवार पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आउँदा हेलिकोप्टरबाट पुष्पवृष्टि झैं पूर्व राजा–रानी ज्ञानेन्द्र शाह, कोमल शाह र हिमानीको फोटो अंकित सन्देशमुलक स्टिकर खसालिएको छ। बुधवार साँझ सवा ५ बजेको समयमा जनकपुरबाट आएको एउटा हेलिकोप्टरबाट स्टिकर छरेको हो। स्टिकरमा एकातर्फ पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमलको तस्बिर थियो भने २०४७ सालको संविधान पुनर्स्थापना हाम्रो अभियान,…

    विस्तृतमा पढ्नुस्

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

    वीरगंज : छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। बिहानको अर्घ्य दिने चलनलाई मधेसमा पारण पनि भनिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गर्ने भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्। बिहान ६ बजे २१ मिनेटपछि सूर्य भगवान उदाएपछि गाईको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको घडीअर्वा पोखरीमा ‘सझिया घाटे’को रौनक

    वीरगंजको घडीअर्वा पोखरीमा ‘सझिया घाटे’को रौनक

    वीरगंज : लोक आस्थाको पर्व छठ धुमधामको साथ मनाइदैँछ। मुलुककै प्रसिद्ध छठ घाटमध्येको वीरगंजको घडीअर्वा पोखरीलाई दुलहीझैँ सजाइएको छ। छठको अवसरमा घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गर्दै छठको ‘सझिया घाटे’को विधि समाप्त भएको छ। भाकल गर्नेहरुले कोशी भर्ने पूजा पनि शुभारम्भ गरेका छन्। घडीअर्वा पोखरीमा वर्तालुहरुको श्रद्धा र दर्शनार्थीहरुको भीडभाड देखियो। छठ पूजा गर्दा पुत्र…

    विस्तृतमा पढ्नुस्

  • पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

    पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

    वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आएकी छन्। तराई मधेसको लोक आस्थाको पर्व छठको अवसरमा पूर्व युवराज्ञी शाहले वीरगंज पुगेर घडिअर्वा पोखरीमा पूजा आराधना गरी व्रतालुहरुसँग भेटघाट समेत गरेकी छन्। उनको स्वागतमा हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह तथा पूर्व यूवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री खसालिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

    छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

    वीरगंज : तराई-मधेशको मुख्य पर्व छठ वीरगंजमा धुमधामका साथ मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपटक पनि वीरगंजमा उल्लासमय वातावरणमा छठको अवसरमा घडिअर्वा पोखरी, स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, पिपरा, रानीघाट, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही झै सजाइएको छ। नहाये खाएके र खरनापछि तेस्रो दिन सझिया…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा छठ पूजाको तयारीका लागि बजारमा भिड, आज रसियाव रोटी

    वीरगंजमा छठ पूजाको तयारीका लागि बजारमा भिड, आज रसियाव रोटी

    वीरगंज : तराई-मधेसमा क्षेत्रमा हर्षोल्लासका साथ छठ पर्व मनाउने तयारी भइरहेको छ। दीपावली सकिएसँगै तराई- मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले वीरगंजसहित सम्पूर्ण तराई-मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै…

    विस्तृतमा पढ्नुस्

  • मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'

    मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'

    वीरगंज : वीरगंजको एतिहासिक धरोहरको रुपमा चिनिने घण्टाघरका घडीहरु पुनः सञ्चालनमा आएका छन्। वीरगंजको मुटु मानिने घण्टाघरको चार वटै सिको कम्पनीको घडी मर्मतपछि चल्न थालेको वीरगंजका मेयर विजयकुमार सरावगीले जानकारी गराए। नेपाली यूवा उद्यमी मञ्च वीरगंज च्याप्टरको प्राविधिक सहयोगमा घण्टाघरको घडी सञ्चालनमा आएको हो। पाँच दिनको सफल परीक्षणपछि धनतेरसको दिनदेखि घडी औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी गराइएको थियो। घडी सञ्चालनको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज पुगेर उपेन्द्र यादवले भने : चुनावको तयारी शुरु गरौँ, निर्धारित समयभन्दा पहिले चुनाव हुने सम्भावना छ

    वीरगंज पुगेर उपेन्द्र यादवले भने : चुनावको तयारी शुरु गरौँ, निर्धारित समयभन्दा पहिले चुनाव हुने सम्भावना छ

    वीरगंज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता कार्यकर्ताहरुलाई चुनावको तयारी शुरु गर्न निर्देशन दिएका छन्। दीपावली तथा छठ पर्वको अवसरमा वीरगंजको नगरसभा गृह (टाउनहल)मा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जसपा पर्सा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै यादवले भने, ‘मलाई लाग्छ निर्धारित समयभन्दा पनि पहिले चुनाव हुने सम्भावना छ,…

    विस्तृतमा पढ्नुस्

  • सांसद प्रदीप यादवलाई कारवाही गर्ने जसपाको तयारी, सोध्यो स्पष्टीकरण

    सांसद प्रदीप यादवलाई कारवाही गर्ने जसपाको तयारी, सोध्यो स्पष्टीकरण

    वीरगंज : जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कारबाही गर्ने तयारी गरेको छ। जसपाले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय सदस्यसमेत् रहेका यादवलाई स्पष्टीकरण सोधेको छ। बिहीवार तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सात बुँदे स्पष्टिकरण सोधिएको हो।  पार्टी कार्यालयका प्रमुख प्रमुख प्रकाश अधिकारीले 'तपाईँलाई कारवाही किन नगर्ने' भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्र लेखेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • पर्सा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा उद्योगी एवं कांग्रेस नेता अनिल रुंगटा

    पर्सा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा उद्योगी एवं कांग्रेस नेता अनिल रुंगटा

    वीरगंज : नेपाली कांग्रेसका नेता तथा वीरगंजका उद्योगी अनिल रुंगटाले अगामी प्रतिनिधि सभाको चुनावमा आफू पर्सा क्षेत्र नं १ बाटै चुनाव लड्ने सम्भावना रहेको बताएका छन्। जिल्ला तहदेखि केन्द्रका नेताहरुसँग अहिलेदेखि नै छलफल भइरहेको र सबैले आफूलाई नै अघि सार्ने आश्वासन दिएको कारण आफ्नो सम्भावना बढेको दाबी गरे। पर्सा क्षेत्र नं १ मा रुंगटा, अजयकुमार द्विवेदी र राजेन्द्रबहादुर आमात्यको चर्चा…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था कार्यालय वीरगंजबाट ट्रायलपास गरेकै दिन परीक्षणकालीन लाइसेन्स पाइने

    यातायात व्यवस्था कार्यालय वीरगंजबाट ट्रायलपास गरेकै दिन परीक्षणकालीन लाइसेन्स पाइने

    वीरगंज : प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले परीक्षणकालिन चालक अनुमति पत्र वितरण कार्य शुरु गरेको छ। गत असोज १० देखि चालक अनुमति पत्रको सबै परीक्षा पास गरेका आवेदकहरुलाई रसिद काटेको केही मिनेटमै परीक्षणकालिन चालक अनुमति पत्र  वितरण गरिरहेको कार्यालय प्रमुख सुशिल कुमार साहले जानकारी गराए। हालसम्म २४० जनालाई कार्यालयबाटै एक…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय स्थापनाको लागि प्रदेश २ सरकारद्वारा दुई अध्यादेश सिफारिस

    वीरगंजमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय स्थापनाको लागि प्रदेश २ सरकारद्वारा दुई अध्यादेश सिफारिस

    वीरगंज : प्रदेश नम्बर २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धि अध्यादेश सिफारिस गरेको हो। प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ। कृषि तथा प्राविधिकसम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्रीलाई जनमत पार्टीको चेतावनी, 'जनकपुरमा जस्तोसुकै जनकारबाही हुनसक्छ'

    प्रदेश २ का मुख्यमन्त्रीलाई जनमत पार्टीको चेतावनी, 'जनकपुरमा जस्तोसुकै जनकारबाही हुनसक्छ'

    वीरगंज : सीक राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ। रिहाई नगरे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारविरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी उक्त पार्टीले दिएको छ। खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा जनमत पार्टीका कार्यकर्ता पक्राउ परेका थिए। सोमवार पार्टीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज भन्सारबाट कर्मचारीको सेटिङमा प्रतिबन्धित ‘कम्बाइन हार्भेस्टर’को जाँचपास!

    वीरगंज भन्सारबाट कर्मचारीको सेटिङमा प्रतिबन्धित ‘कम्बाइन हार्भेस्टर’को जाँचपास!

    वीरगंज : मुलुकको प्रमुख भन्सार नाकाको रुपमा चिनिने वीरगंज भन्सार मातहतको आईसीपी नाकाबाट दुई थान प्रतिबन्धित कम्बाइन हार्भेस्टरको जाँचपास भएको घटना सार्वजनिक भएको छ। भन्सार कर्मचारीको सेटिङमा आयात जाँचपास भएको सूचना पाएपछि दुई थान हार्भेस्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए। उनले भन्सार ऐन विपरित ‘स्ट्र कलेक्टर वा बेलर बिनाको कम्बाइन हार्बेस्टर’ मेसिनको आयात गरिएको सूचना पाएपछि आफूहरुले…

    विस्तृतमा पढ्नुस्

  • जसपाबाट मन्त्री बन्न नपाएका प्रदिप यादव भन्छन् : उपेन्द्र यादवसँग कुनै गिला सिकवा छैन

    जसपाबाट मन्त्री बन्न नपाएका प्रदिप यादव भन्छन् : उपेन्द्र यादवसँग कुनै गिला सिकवा छैन

    वीरगंज : जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुनै ‘गिला सिकवा’ नरहेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट मन्त्री पदका दाबेदार मानिएका पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजमा दशैं लगायत पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पद नपाएपनि आफू जसपामै रहने र पार्टी भित्रै संघर्ष गर्ने बताएका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको गहवामाईमा यसरी भित्र्याइयो फूलपाती

    वीरगंजको गहवामाईमा यसरी भित्र्याइयो फूलपाती

    वीरगंज : दशैंको सातौं दिन आज फूलपाती। घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। फुलपाती लिन आज विहान साढे ७ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो। बिहान ८ बजे मालपोत कार्यालय पर्सामा रहेको निशान भगवतीको मन्दिरबाट डोला लिएर बाजागाजाका साथ गहवामाईमा पुर्‍याइएको थियो। वीरगंजका मेयर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell