PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • अन्त्येष्टि गर्दै गर्दा नियन्त्रणमा लिइएको युवतीको शव काठमाडौं पठाइयो, गाउँपालिका अध्यक्ष जालिम मियाँको परिवार पक्राउ

    अन्त्येष्टि गर्दै गर्दा नियन्त्रणमा लिइएको युवतीको शव काठमाडौं पठाइयो, गाउँपालिका अध्यक्ष जालिम मियाँको परिवार पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंज-१२ मुर्ली नवकाटोलमा रहेको कब्रिस्तानबाट बिहीवार साँझ नियन्त्रणमा लिएको एक युवतीको शव परीक्षणका लागि काठमाडौं पठाएको छ। युवतीको मृत्यु शंकास्पद देखिएको र सोही अनुसारको सूचना पाएको कारण नारायणी अस्पताल वीरगंजमा परीक्षण नगरी शिक्षण अस्पताल महाराजगंज पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। उनले बिहार पश्चिमी चम्पारण इनर्वा थाना खमिया निवासी १८ वर्षीया युवती…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

    दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

    वीरगंज : वीरगंजकी ११ वर्षीया एक बालिकालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएको छ। वीरगंज-१५ लक्षमानवास्थित घरबाट गत ११ जुलाईमा बिहान ७ बजेदेखि उनी बेपत्ता भएकी थिइन्। करिब ३ महिनापछि उनलाई फेला पार्न र परिवारमा फिर्ता ल्याउन ‘केआई नेपाल आफन्त नेपाल’ संस्थाले मद्दत गरेको हो। उद्धार गर्ने संस्थाका भारत प्रमुख नविन जोशीको प्रयासमा भारतको विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी बुधवार…

    विस्तृतमा पढ्नुस्

  • पर्सा कांग्रेसको जिल्ला नेतृत्वमा देउवा गुट र निधि गुट भिड्दै, कसले मार्ला बाजी?

    पर्सा कांग्रेसको जिल्ला नेतृत्वमा देउवा गुट र निधि गुट भिड्दै, कसले मार्ला बाजी?

    वीरगंज : नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन जारी छ। भदौ ५ गतेदेखि ७७ मध्ये ५३ जिल्लाबाट वडा अधिवेशन शुरु हुँदै अहिले गाउँ/नगर अधिवेशन भइरहेको छ। हाल ६४ जिल्लामा अधिवेशन चलिरहेको छ भने पाँच जिल्लाको क्रियाशील हालै सार्वजनिक भएको छ। ८ जिल्लाको क्रियाशिल सदस्य नमावली छिनोफानो हुन सकेको छैन। प्रदेश २ को पर्सादेखि सप्तरी सम्म ६ जिल्ला र बाँकी प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल

    सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल

    वीरगंज : वीरगंज महानगरको सरकारी स्कूलमा एक वर्षअघि शुरु गरिएको सिसिटिभी अनुदान कार्यक्रम असफल बन्दै गएको छ। ठेकेदारले सही समयमा सिसिटिभी जडान नगर्नु, जडान गरिएको सिसिटिभी सञ्चालन गर्ने जनशक्ति विद्यालयमा नहुनु, खराब भएको सिसिटिभी मर्मत हुन नसक्नुले गर्दा यो कार्यक्रम असफल बन्दै गएको विद्यालय प्रशासनले जनाएका छन्। वीरगंज महानगरको ३२ वटा वडाको करिब १८ वटा विद्यालयमा अघिल्लो वर्ष सिसिटिभी परियोजना…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल-काठमाडौं रेलमार्गको सर्भे भारतीय प्राविधिकले गर्दै, लक्ष्य ६ महिनाभित्र पुरा गर्ने

    रक्सौल-काठमाडौं रेलमार्गको सर्भे भारतीय प्राविधिकले गर्दै, लक्ष्य ६ महिनाभित्र पुरा गर्ने

    वीरगंज : भारत सरकारको अनुदानमा निर्माण हुने रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेको काम जारी रहेको छ। भारत सरकारको उपक्रम कोंकण रेल्वेले सर्भेको काम अहिलेसम्ममा आधा सकाएको क्यूमैक्स टेक्नो कन्सलटयान्ट प्रालिका सर्भे इन्जिनियर विवेक शर्माले बताए। कोंकणले भारतीय निजी कम्पनी क्यूमैक्स टेक्नो कन्सल्टयान्ट प्रालिमार्फत सर्भेको काम शुरु गरेको हो। रक्सौल–काठमाडौं सम्म करिब १३६ किलोमिटर लम्बाईमा निर्माण हुने उक्त रेलमार्गको सर्भे विगत…

    विस्तृतमा पढ्नुस्

  • पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

    पर्सा र बाराको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

    वीरगंज : पर्साको नेकपा एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित भएको छ। बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको हो। जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधी आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष थापाले…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको भनाई, 'महन्थ ठाकुर केपी ओलीभन्दा बढी मधेश विरोधी'

    पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको भनाई, 'महन्थ ठाकुर केपी ओलीभन्दा बढी मधेश विरोधी'

    वीरगंज : जनता समावादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजावादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अवसरवादी नेता भएको बताएका छन्। जसपा टुक्रिएपछि महन्थ पक्षका नेताहरुको विषयमा भन्डाफोर गर्न जसपाले थालेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा शनिवरा यादवले यस्तो बताएका हुन्। यादवले पार्टी छोडेर अर्को दल बनाउँदा जसपालाई खासै असर नपर्ने र जसपाको लागि शुद्धीकरण भएको दाबीसमेत गरे। ‘महन्थ ठाकुर अवसरवादी…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार मोजिबुल्लाह घटना बुझ्न पत्रकार महासंघको टोली गौरमा, पीडित पत्रकार भन्छन् : ममाथि षड्यन्त्रपूर्ण रुपमा अन्याय भयो

    पत्रकार मोजिबुल्लाह घटना बुझ्न पत्रकार महासंघको टोली गौरमा, पीडित पत्रकार भन्छन् : ममाथि षड्यन्त्रपूर्ण रुपमा अन्याय भयो

    वीरगंज : नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली रौतहटको सदरमुकाम गौर पुगेको छ। पत्रकार मोहम्मद मोजिबुल्लालाई प्रहरीले लागू औषध मुद्दामा फसाएको घटनाको सत्य तथ्य छानबिन गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन टोली बिहीवार दिउँसो गौर पुगेको हो। पत्रकार महासंघको मिसन टोली समक्ष पीडित पत्रकार मोहम्मद मोजिबुल्लाहले पक्राउ पर्नुभन्दा पहिलेको अवस्था,कसरी फसाइएको व्योहोर तथा पक्राउ गरिसकेपछिको प्रहरीले के कस्तो यातना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा माधव पक्ष बलियो, ओली पक्षका नेता मण्डल भन्छन्, ‘एकीकृत समाजवादी गद्दारहरुको पार्टी हो’

    प्रदेश २ मा माधव पक्ष बलियो, ओली पक्षका नेता मण्डल भन्छन्, ‘एकीकृत समाजवादी गद्दारहरुको पार्टी हो’

    वीरगंज : नेकपा एमाले टुक्रिएपछि प्रदेश २ मा माधव नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) बलियो अवस्थामा पुगेको छ। पुराना नेता तथा कार्यकर्ताहरुमा भागबण्डा गर्दा माधव नेपाल पक्षमा बढी नेताहरु जाने देखिएपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुलाई तनाव सिर्जना भएको छ। एमाले नेता माधव नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत) समाजवादी दल दर्ताका लागि निवेदन दिएको छ। भदौ ९ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको सवारी व्यवस्थापन शुल्क खारेजीको माग गर्दै व्यवसायी अदालत जाने

    वीरगंज महानगरको सवारी व्यवस्थापन शुल्क खारेजीको माग गर्दै व्यवसायी अदालत जाने

    वीरगंज : वीरगंज महानगरपालिकाले लगाएको सवारी व्यवस्थापन शुल्क खारेजीको माग गर्दै वीरगंजका उद्योगी व्यवसायीले अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्। गैरकानुनी करको संज्ञा दिँदै पटक-पटक व्यवसायीले महानगर, स्थानीय प्रहरी प्रशासन तथा माथिल्लो निकायको ध्यानाकर्षण गराउँदै आए तापनि महानगरले त्यसबारे गम्भीर नबनेकोले उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगंजमा मुद्दा हाल्ने तयारी गरेको वीरगंज उद्योग वाणिज्य संघले जनाएको छ। संघको कर समिति…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका सडकमा मनलाग्दी पार्किङ : आवागमनमा अवरोध हुँदा पनि ट्राफिक प्रहरी भने मौन

    वीरगंजका सडकमा मनलाग्दी पार्किङ : आवागमनमा अवरोध हुँदा पनि ट्राफिक प्रहरी भने मौन

    वीरगंज : वीरगंजमा अधिकांश सवारी साधन ट्राफिक नियम उल्लंघन गर्दै सार्वजनिक सडकमैं पार्क गर्ने बेथिति बढ्दो छ। वीरगंजका विभिन्न क्षेत्रमा बसपार्क छन्। तर सवारी साधन सडकमै पार्क गर्दा आवागमनमा अवरोधमात्र हैन शहर क्षेत्रलाई कुरुपसमेत बनाएको छ। पुरानो बसपार्क, नयाँ बसपार्क, मालपोतको पार्किङ स्थल, घण्टाघरस्थित विपी उद्यानमा हालै निर्मित गरी चारवटा पार्किङ स्थल हुँदा पनि सडकमै सवारीसाधन पार्क गर्छन् सवारी प्रयोगकर्ता।…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै

    विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै

    वीरगंज : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक भित्रिसकेका छन्। देशभर उनको वाहवाही छ तर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय पक्ष भने झन् खराब बन्दै गएको छ। पछिल्लो एक वर्षको अवधिमा वितरण केन्द्रले विद्युतीकरणका काममा ढिलाई गरेको र बेथिति बढेको उपभोक्ताहरुको आरोप छ। ‘गजबको छ वीरगंज विद्युत प्राधिकरण वितरण केन्द्र, न मिटर छ, न पोल,’ वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारलाई गल्ती गर्ने छुट छैन : त्रिपाठी

    देउवा सरकारलाई गल्ती गर्ने छुट छैन : त्रिपाठी

    वीरगंज : संविधानविद् तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। वीरगंजको सञ्चारकर्मीसँग कुराकानीको क्रममा उनले यस्तो बताएका हुन्। वीरगंज प्रेस युनियन पर्साद्वारा आदर्श नगरको होटल कन्ट्रीइनमा आयोजित पत्रकार सम्मेलनमा शनिवार उनले पछिल्लो नेपालको राजनीतिक, संसदीय र न्यायलयको अवस्थाको बारेमा चित्रण तथा विश्लेषण गरेका थिए। उनले देउवा सरकारले ओली सरकारले गरेको…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

    अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

    वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ। अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख अर्जुन प्रसाद शर्माले जानकारी गराए। ‘छापा हानिएको होइन, उजुरीको सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकामा सफाई, मितेरी पुलमा कालोपत्रे

    वीरगंज नाकामा सफाई, मितेरी पुलमा कालोपत्रे

    वीरगंज : पर्सास्थित वीरगंज–रक्सौल नाका सौन्दर्यकरण गर्ने अभियानले तीव्रता पाएको छ। वीरगंजमा रहेको संघसंस्थाको सक्रियता र वीरगंज महानगरको सहयोगमा मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म शनिवार वृहत सरसफाईपछि सडकका खाल्डा पुर्न थालिएको छ। सरसफाईपछि दैनिक पानी छर्किने काम पनि भइरहेको स्वयंसेवी समूहका संयोजक राजन श्रीवास्तवले बताए। करिब २८ सप्ताहदेखि नाका सरसफाई गर्दै आएकोमा दुई वर्षदेखि कोरोना महामारीको कारण साचे अनुरुमको काम हुन…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल रेल्वे ढालामा बन्यो लाइट ओभर ब्रिज, नेपालीलाई पनि राहत

    रक्सौल रेल्वे ढालामा बन्यो लाइट ओभर ब्रिज, नेपालीलाई पनि राहत

    वीरगंज : नेपाल–भारत सीमावर्ती बजार वीरगंज–रक्सौल आवागमन अझै सहज हुने भएको छ। रक्सौल रेल्वे गुम्टी नं १३ (ढाला)मा लाइट ओभरब्रिज निर्माण भएपछि वीरगंज–रक्सौल आउजाउ गर्ने यात्रुहरुलाई सहज हुने बताइएको छ। भारतीय रेल्वेले करिब ९ करोडको बजेटमा साइकल, मोटरसाइकल गुड्ने र पैदल यात्रीको लागि लाइट ओभरब्रिज निर्माण गरेको हो। सन् २०१९ अप्रिल–मेमा बिहारमा भएको लोकसभा चुनावको बेला भारतीय जनता पार्टीका लोक…

    विस्तृतमा पढ्नुस्

  • आपराधिक घटना बढ्दा प्रदेश २ मा प्रहरीले संकलन गर्‍यो ७२ करोड राजस्व

    आपराधिक घटना बढ्दा प्रदेश २ मा प्रहरीले संकलन गर्‍यो ७२ करोड राजस्व

    वीरगंज : प्रदेश २ बाट नेपाल प्रहरीले झण्डै ७२ करोड बराबरको राजस्व संकलन गरेको छ। अवैध चोरी निकासी शीर्षकका मात्रै करिब ५९ करोड असुली गरेको छ। सुनचाँदी तस्करी, अवैध वित्तीय करोबार हुन्डी, ट्राफिक नियम पालना नगरेको वापतका जरिबाना लगायत शीर्षकमा धेरै राजस्व संकलन भएको प्रदेश कार्यालय जनकपुरधामले जनाएको छ। डीआईजी उमेश रञ्जितकारका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म भन्सार…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो

    वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो

    वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलको मितेरी पुलको मर्मत हुने भएको छ। भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाईको आधा भाग अर्थात ५३ मिटर कालोपत्रे गरी मर्मत गरिदिने भएको हो। वीरगंज-रक्सौल नाकालाई सौन्दर्यकरण गर्ने अभियानका सहभागीहरुले चासो देखाएपछि उक्त पुलको मर्मत कार्य अघि बढेको हो। बिहीवार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको सक्रियतामा भारतीय पक्षसँग रक्सौल कस्टमभन्दा उत्तरमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज-रक्सौल नाका हुँदै नेपालबाट भारततर्फ हुन्छ दैनिक ५ ट्रक चिनियाँ स्याउको तस्करी

    वीरगंज-रक्सौल नाका हुँदै नेपालबाट भारततर्फ हुन्छ दैनिक ५ ट्रक चिनियाँ स्याउको तस्करी

    वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलबाट पछिल्लो समय चिनियाँ स्याउको तस्करी बढेको छ। दैनिक करिब ५ ट्रक स्याउ पोके तस्करहरु टाउकोमा बोकेर रक्सौलको फलफुल व्यवसायी कहाँ पुर्‍याउने गरेका छन्। वीरगंजको शंकराचार्य-मितेरी पुलको मुख्य बाटोबाट लाखौँको स्याउ भारततर्फ तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विशेषगरी, महिला तथा बालबालिका पोके तस्करहरुले बिहान, बेलुका र रातिको समयमा नेपालबाट भारतमा स्याउको दुई देखि ४…

    विस्तृतमा पढ्नुस्

  • पर्साको पोखरिया नगरपालिकामा ३ करोड फ्रिज भएपछि स्थानीय आन्दोलित

    पर्साको पोखरिया नगरपालिकामा ३ करोड फ्रिज भएपछि स्थानीय आन्दोलित

    वीरगंज : पर्साको मध्यविन्दुमा रहेको पोखरिया नगरपालिकाको काम कारबाहीबाट असन्तुष्ट बन्दै स्थानीय अगुवाहरु आन्दोलित बनेका छन्। जनता समाजवादी पार्टीका नेता निजामुद्दीन समानीको नेतृत्वमा तीन दिनदेखि धर्ना कार्यक्रम जारी छ। मध्यान्ह १२ बजेदेखि २ बजेसम्म दैनिक २ घण्टा धर्ना जारी राखिएको हो। पोखरीया बजारस्थित पोखरीया अस्पतालमा आयोजित धर्ना कार्यक्रममा पोखरीया नगरपालिकाको असक्षमताबारे भण्डाफोर अभियान चलाइएको बताइएको छ। ७ सुत्रीय माग राख्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell