PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • मधेसको माग पुरा गराउने हामी प्रतिगमनकारी भयौं, उपेन्द्रजीहरु अग्रगमनकारी : लक्ष्मणलाल कर्ण

    मधेसको माग पुरा गराउने हामी प्रतिगमनकारी भयौं, उपेन्द्रजीहरु अग्रगमनकारी : लक्ष्मणलाल कर्ण

    वीरगंज : जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसको माग पुरा गराउने दिशमा आफुहरु अघि बढ्दा प्रतिगमनकारीको बिल्ला पाएको प्रतिक्रिया दिएका छन्। फुटको संघारमा पुगेको जसपकाको महन्थ ठाकुर पक्षधर नेतासमेत रहेका नेता कर्णले फोन सम्पर्कमा यस्तो प्रतिक्रिया दिएका हुन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक वार्ता भए पनि मधेशको मागमा कुनै ठोस निर्णयमा नपुगेको कर्णको…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए ढल्नेछ प्रदेश २ सरकार, वैकल्पिक गठबन्धनमा उपेन्द्र पक्ष बलियो

    महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए ढल्नेछ प्रदेश २ सरकार, वैकल्पिक गठबन्धनमा उपेन्द्र पक्ष बलियो

    वीरगंजः जनता समाजवादी पार्टी एकता भएको एक वर्षपछि फुटको संघारमा पुगेको छ। पार्टीको एक पक्ष संघीय सरकारमा सहभागिता जनाउने तयारीमा र अर्को पक्ष विपक्षी गठनबन्धनमा उभिएसँगै जसपा फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री केपी ओली सरकार ढाल्ने र जोगाउन खेलमा दुई समूह लाग्दा पार्टी फुटको संघारमा पुगेको हो। मधेसका मुद्दा सम्बोधनमा सकारात्मक रहेको भन्दै अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव

    कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव

    वीरगंज : सरकारले ल्याएको आव २०७८/०७९को बजेटलाई जसपाका नेता प्रदीप यादवले बालबालिका फाकाउने ‘ललिपप’ को संज्ञा दिएका छ्न्। सस्तो लोकप्रियताको लागि कामचलाउ सरकारले ल्याएको अहिलेको बजेट बालबालिका फकाउने ललिपपबाहेक अरु केही नभएको उनले प्रतिक्रिया दिए। ‘हात्तीको दुई वटा दाँत हन्छ, एउटा खाना खाने र अर्को देखाउने,’ आइतवार उनले भने, ‘यो सरकारको दुई वटा दाँत छ, सबैलाई रिझाउने र फकाउने खालको…

    विस्तृतमा पढ्नुस्

  • बारास्थित नौतनका प्रहरी निरीक्षक यादवले 'घुस' पाएपछि छाडे चोरीका अभियुक्त!

    बारास्थित नौतनका प्रहरी निरीक्षक यादवले 'घुस' पाएपछि छाडे चोरीका अभियुक्त!

    वीरगंज : बारा प्रहरीले घुसमा आर्थिक नजराना लिएर चोरी मुद्दाका चार जना अभियुक्तलाई छोडेको आरोप लागेको छ। बारा प्रहरी मातहतको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई नियन्त्रणमा लिएको ६ दिनपछि रिहा गरेको आरोप लगेको हो। उनले चोरीका अभियुक्तबाट दुई लाख नेपाली रुपैयाँ घुस लिएको आरोप लागेको छ। ईप्रका प्रसौनी नौतनले बिहीवार साँझ…

    विस्तृतमा पढ्नुस्

  • दाइजोको कुसंस्कार : १४ लाखले भरिएन सासु-ससुराको मन, श्रीमान् परस्त्रीसँगको सम्बन्धमा, घरमा सोनीमाथि निर्घात कुटपिट

    दाइजोको कुसंस्कार : १४ लाखले भरिएन सासु-ससुराको मन, श्रीमान् परस्त्रीसँगको सम्बन्धमा, घरमा सोनीमाथि निर्घात कुटपिट

    २५ वर्षीय सोनी कुमारी गत आइतवारदेखि डेढ वर्षको छोरो च्यापेर बसेकी छिन्। वीरगंज-१४ सानो पिपरास्थित उच्च अदालत जनकपुर अस्थायी इजलासको भवन अगाडि बनेको दुई तल्ले घरमा उनी र छोरामात्र बसेका छन्। घरमा कोही छैनन्। खानेकुरा छ तर दराजमा। सासु-ससुराले ताला लगाए, चाबी दिएनन्। ठूलो पिपरामा बस्ने ठूली दिदीका छोराहरूले खानेकुरा नल्याइदिएसम्म भोकै पर्छन् सोनीका आमा-छोरा। भारतको बिहारस्थित पूर्वी चम्पारण अरेराजकी…

    विस्तृतमा पढ्नुस्

  • आदर्शको दावीपछि नारायणी अस्पतालमा दुईवटा डायलासिस मेसिन संक्रमितका लागि छुट्याइँदै, बसरुद्दिन भन्छन् : उनी अहिले भावुक छन्

    आदर्शको दावीपछि नारायणी अस्पतालमा दुईवटा डायलासिस मेसिन संक्रमितका लागि छुट्याइँदै, बसरुद्दिन भन्छन् : उनी अहिले भावुक छन्

    वीरगंज : स्ट्यान्डअप कमेडियन आदर्श मिश्रको बुवाको मृत्युलाई लिएर उनले वीरगंजका दुई अस्पतालमाथि गम्भीर आरोप लगाएपछि नारायणी अस्पतालले दुई वटा डायलासिस मेसिन कोभिड १९ का लागि छुट्याउने भएको छ।  साथै, नारायणी अस्पतालका चिकित्सकहरुले आदर्शको बुवा विनोदको उपचारमा कुनै कमजोरी नभएको स्पष्टीकरण दिएका छन्। अस्पतालका निमित्त मेसु डा उदयनारायण सिंहले यस विषयलाई लिएर चिकित्सकहरुको टोली छलफलमा जुटेको बताए। अगामी दिनमा कम्तिमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरमा तराईका बालबालिका : हुनेले पब्जी खेल्दै, गरिबले तरकारी बेच्दै !

    कोरोना कहरमा तराईका बालबालिका : हुनेले पब्जी खेल्दै, गरिबले तरकारी बेच्दै !

    वीरगंज : कोरोना कहरमा तराई मधेसका जिल्लाका विद्यार्थीहरुको भविष्य झनै अन्यौल तर्फ धकेलिएको छ। कोरोना महामारीको दोस्रो लहरले पीडित बनेको देशको आधा जनसंख्याको हिसा तराई मधेसमा बसोबास गर्छ। तर पोहोरजस्तै यस वर्ष पनि केही महिनादेखि विद्यालय बन्द हुँदा तराईका ग्रामीण भेगमा शिक्षाको वैकल्पिक व्यवस्था गर्न सकिएको छैन। केन्द्र सरकार, स्थानीय सरकारलगायत सरोकारवाला उदासिन बन्दा उनीहरु शिक्षाको ज्योतिबाट टाढिँदै गएको ग्रामिण…

    विस्तृतमा पढ्नुस्

  • प्रक्रिया पुर्‍याएरै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको लक्ष्मणलाल कर्णको दाबी

    प्रक्रिया पुर्‍याएरै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको लक्ष्मणलाल कर्णको दाबी

    वीरगंज : जनता समाजवादी पार्टीका नेता लक्षमणलाल कर्णले संविधानको व्यवस्थाअनुसार प्रतिनिधि सभा गरिएको बताएका छन्। संविधानविद तथा संसदीय सुनवाई समितिका पूर्व सभापतिसमेत रहिसकेका नेता कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले संविधानको धारा ७६ को व्यवस्था अनुसार सबै प्रक्रिया पुरा गरी संसद विघटनको लागि सिफारिस गरेपछि उनले संसद विघटन गरेको बताएका छन्। नेता कर्णले संसद पुर्नस्थापन र १४६ सांसदको समर्थन रहेको…

    विस्तृतमा पढ्नुस्

  • बारा बालक हत्या प्रकरण : अवैध सम्बन्ध बाहिर आउने डरले काकाद्वारा घाटी रेटी हत्या

    बारा बालक हत्या प्रकरण : अवैध सम्बन्ध बाहिर आउने डरले काकाद्वारा घाटी रेटी हत्या

    वीरगंज : बारामा दुई बालकको हत्या घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार बाराको कलैया-७ रंगपुरका अब्दुल खफार अन्सारीका दुई छोरा ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्याको अभियोगमा छिमेकी पर्ने २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरिएको छ। फरमुल्ला गाउँघरको नाता पर्ने अब्दुलको भाइ पर्छन्। जेठ ३ गते साँझ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजकी ९१ वर्षीया उपमेयर शान्ति कार्की संक्रमणमुक्त, ‘दृढ इच्छा शक्तिले कोरोनालाई पराजित गर्न सकिन्छ’

    वीरगंजकी ९१ वर्षीया उपमेयर शान्ति कार्की संक्रमणमुक्त, ‘दृढ इच्छा शक्तिले कोरोनालाई पराजित गर्न सकिन्छ’

    वीरगंज : वीरगंजकी उपमेयर शान्ति कार्की कोरोना संक्रमण मुक्त भएकी छन्। ९१ वर्षीया कार्कीमा एक साताअघि संक्रमण पुष्टि भएकोमा उनी महानगरद्वारा सञ्चालित गोपाल मण्डली धर्मशालाको आइसोलेशन सेन्टरमा उपचाररत थिइन्। बिहीवार विहान उनी निको भएर घर फर्केकी छन्। वीरगंज महानगरका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला कार्कीलाई लिन आइसोलेशन पुगेका थिए।  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर कार्कीले कोरोनालाई पराजित…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउन थाल्यो लिक्विड अक्सिजनः वीरगंज, भैरहवा र नेपालगंज नाकाबाट भित्रिए लिक्विड अक्सिजन बोकेको बुलेट

    भारतबाट आउन थाल्यो लिक्विड अक्सिजनः वीरगंज, भैरहवा र नेपालगंज नाकाबाट भित्रिए लिक्विड अक्सिजन बोकेको बुलेट

    वीरगंजः भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्रिएको छ। शंकर ग्यास उद्योगले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट लिक्विड अक्सिजन ल्याएको हो। यो उद्योगले मात्रै लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ। उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ। लिक्विड अक्सिजनको ट्यांक उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै छ। बुलेटमा ल्याएको अक्सिजन ट्यांकमा खन्याउन मिल्छ। वीरगंज नाकाबाट एक साता अघिदेखि लिक्विड…

    विस्तृतमा पढ्नुस्

  • सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव

    सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव

    वीरगंज : कोरोना संक्रमण परीक्षणका लागि आवश्यक सामग्रीको पर्सामा अभाव देखिएको छ। स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार कोरोना भाइरस परीक्षण किटको अभावले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने एन्टिजिन किटको पनि अभाव देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी गराए। उनका अनुसार पर्साका गाउँगाउँमा अहिले कोरोना संक्रमण समुदायस्तरमा…

    विस्तृतमा पढ्नुस्

  • बाराका बेपत्ता दुई बालक घाँटी रेटिएको अवस्थामा मृत फेला

    बाराका बेपत्ता दुई बालक घाँटी रेटिएको अवस्थामा मृत फेला

    वीरगंज : बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। कलैया–७ बस्ने अब्दुर रसारका ९ वर्षीय र ७ वर्षीय छोराको शव फेला परेको हो। सोमवार साँझदेखि बेपत्ता दुबै सहोदर दाजुभाइ हुन्। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा मंगलवार विहान उनीहरुको शव बरामद भएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौत्तम मिश्रले जानकारी गराए। दुई बालकका बुवा रसार वैदेशिक…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप ७ संक्रमितको मृत्यु, घट्दै संक्रमण दर

    वीरगंजमा थप ७ संक्रमितको मृत्यु, घट्दै संक्रमण दर

    वीरगंज : वीरगंजमा थप ७ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, वीरगंज हेल्थकेयर र भवानी अस्पतालमा १/१ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन्। सोमवार विहान १ बजेदेखि दिउँसो २ बजेसम्म करिब १३ घण्टाको अवधिमा एक महिलासहित ७ जनाको मृत्यु भएको जनाइएको छ। जसमा पर्साका ५ र बाराका २ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालका मेसु ठाकुरलाई स्वास्थ्य मन्त्रालयले बोलायो

    नारायणी अस्पतालका मेसु ठाकुरलाई स्वास्थ्य मन्त्रालयले बोलायो

    वीरगंज : स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ। फोन सम्पर्कमा मन्त्रालयका अधिकारीबाट २४ घण्टाभित्र अस्पतालमा हाजिर हुन निर्देशन आएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए। नारायणी अस्पतालको कमजोर व्यवस्थापन र कोरोना संक्रमितको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीबाट भइरहेको लापरवाहीले दैनिक ८ जनाभन्दा बढि संक्रमितको ज्यान जान थालेको समाचार र कोभिड वार्डभित्रको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु

    नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। जसमा बाराका ४ जना र एक जना सर्लाहीका संक्रमित रहेका छन्। उनीहरुमध्ये ३ जना पुरुष र दुई जना महिला रहेका छन्। कोभिड–१९ निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा.सरोजरोशन दासले बताए। सर्लाही, फरहदवा–५ की ४७ वर्षीया महिलाको आइतवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • शनिवार वीरगंजमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनका एक जनाको गयो ज्यान

    शनिवार वीरगंजमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, होम आइसोलेसनका एक जनाको गयो ज्यान

    वीरगंज : वीरगंजमा शनिवार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका एक जना रहेका छन्। मृतकमध्ये ३ जना महिला र ५ जना पुरुष रहेका छन्। २५ वर्षदेखि ९० वर्ष उमेर समूहका संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको विभिन्न अस्पतालहरुले जनाएका छन्। नारायणी अस्पताल वीरगंजमा ५ जना, तराई हस्पिटल पावरहाउस र वीरगंज हेल्थकेयरमा…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालको बेहाल अवस्था : संक्रमितको कुरुवा बसेका भन्छन् : डाक्टर भित्र हेर्न आउँदैनन्, हामी छोडेर कहाँ जाने ?

    नारायणी अस्पतालको बेहाल अवस्था : संक्रमितको कुरुवा बसेका भन्छन् : डाक्टर भित्र हेर्न आउँदैनन्, हामी छोडेर कहाँ जाने ?

    वीरगंज : वीरगंजस्थित नारायणी अस्पताल प्रदेश २ कै ठूलो र सुविधासम्पन्न सरकारी अस्पताल हो। यहाँ नेपालबाट मात्र नभइ भारतबाट समेत बिरामीहरु उपचारका लागि आउँछन्। नेपालमा कोरोना संक्रमण फैलिन सुरु भएसँगै यहाँ कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको छ। पर्सादेखि सर्लाही र भारतका संक्रमितको समेत यहाँ उपचार हुँदै आएको छ। तर, कोरोना महामारीको दोस्रो लहरमा यस अस्पतालको सबै प्रणाली असफल देखिएका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित मिर्गौला पीडितहरुलाई प्रदेश २ मा डायलासिसको समस्या, 'अस्पतालले हप्काएर भगाउँछ'

    कोरोना संक्रमित मिर्गौला पीडितहरुलाई प्रदेश २ मा डायलासिसको समस्या, 'अस्पतालले हप्काएर भगाउँछ'

    वीरगंज : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै देशभर संक्रमण फैलिएको छ। काठमाडौं उपत्यकापछि प्रदेश २ मा संक्रमणको गति तीब्र रुपमा फैलिरहेको छ। यस संकटको बेला मिर्गौला पीडित बिरामीहरुलाई समस्या झनै बढेको छ। शुक्रवार कमेडियन आर्दश मिश्राले आफ्नो बुवाले डायलासिस सेवा नपाएको समस्या बारे समाजिक संजालमा भिडियो अपलोड गरेका थिए। उनले त्यसमा प्रदेश २ मा मिर्गौला पीडितहरुको बेहाल अवस्था बारे सुनाएका…

    विस्तृतमा पढ्नुस्

  • तराईमा रोकिएन बिहेभोज र डिजे डान्स, घरघरमा पुग्दैछ कोरोना संक्रमण

    तराईमा रोकिएन बिहेभोज र डिजे डान्स, घरघरमा पुग्दैछ कोरोना संक्रमण

    वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट करिब १२ किलोमिटर पश्चिम–दक्षिणमा पकहामैनपुर गाउँपालिकाको वडा नं १ मा धोरे गाउँ पर्दछ। वैशाख २९ गते सोही टोलका एक जना ३२ वर्षीय पुरुषको कोरोना संक्रमण मृत्यु भइसकेको छ। निजकै परिवारमा बालिबालिकासहित ३५ जनाको परिवार छ। अधिकांशलाई ज्वरो, रुघाखोकी जिउ दुख्ने समस्या छ। घरका परिवारका १२ जनाले पीसीआर परीक्षण गराउँदा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell