PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • वीरगंजका नारायणी र नेसनलमा थप ६ जना संक्रमितको मृत्यु

    वीरगंजका नारायणी र नेसनलमा थप ६ जना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। बिहीवार दिउँसो ३ बजेपछि शुक्रवार बिहान ४ बजे सम्म पाँच महिला गरी ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५ र बाराका एक जना रहेका छन्। ४ जनाको नारायणीमा र २ जनाको नेसनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा मृत्यु भएको छ। नारायणी अस्पतालमा जितपुरसिमरा उपमहानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • परवानीपुर बजारमा लागू छैन निषेधाज्ञा

    परवानीपुर बजारमा लागू छैन निषेधाज्ञा

    वीरगंज : पर्सा–बाराको दोसाँधमा रहेको परवानीपुर बजारमा निषेधाज्ञाको असर निस्प्रभावी देखिएको छ। स्थानीय प्रहरीले नै पसलेहरुसंग मासिक रुपमा नजराना लिइरहेको कारण परवानीपुर आसपासमा निषेधाज्ञामा कडाई नभएको स्थानीयहरुले आरोप लगाएका छन्। पर्सामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइए तापनि प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय परवानीपुर, बुनियादको उदासिनताको कारण यस्तो भइरहको परवानीपुरवासीको गुनासो छ। ‘प्रहरीले गाडीबाट मात्र गस्ती गरेकोजस्तो गर्छ,…

    विस्तृतमा पढ्नुस्

  • दश जनाको मृत्यु भएको जगरनाथपुर सिल, तराईमा ग्रामिण भेगमा बढ्दैछ संक्रमण

    दश जनाको मृत्यु भएको जगरनाथपुर सिल, तराईमा ग्रामिण भेगमा बढ्दैछ संक्रमण

    वीरगंज : कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको मुलुकको प्रमुख प्रवेशद्वार वीरगंजबाट पछिल्लो समय पर्सा र बाराको ग्रामिण भेगतिर संक्रमण फैलिने संकेत देखिएको छ। चिकित्सकका अनुसार पर्सा र बाराका टाढाटाढाका गाउँबाट पनि सयौको सख्यामा ज्वरो,रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या लिएर विरामीहरु वीरगंज आइरहेका छन्। पर्साको पश्चिमी क्षेत्र जगरनाथपुर गाउँपालिकामा पनि कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ। सो गाउँमा पछिल्लो ११ दिनमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

    वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

    वीरगंज : वीरगंजमा थप ८ जना कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका १ जना रहेका छन्। जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन्। ८ जनामध्ये नारायणीमा चार जनाको २ जनाको स्पर्श मल्टीस्पेशलिटी अस्पताल गण्डक बहुअरी, नारायणी बयोधा र वीरगंज हेल्थ केयर अस्पतालमा १–१ जना गरी कुल ८ जनाको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा पनि शय्या र स्वास्थ्यकर्मी अभाव : संक्रमितको रेफरबाहेक मृत्युमात्रै विकल्प

    नारायणी अस्पतालमा पनि शय्या र स्वास्थ्यकर्मी अभाव : संक्रमितको रेफरबाहेक मृत्युमात्रै विकल्प

    वीरगंज : नारायणी अस्पतालमा कोभिड-१९ संक्रमितले बेड नपाउने अवस्था आएको छ। १२५ बेड क्षमताको कोभिड अस्पतालमा लगभग सबै बेड भरिएकाले अब भर्ना हुन आउने संक्रमितले बेड नपाउने अवस्था आएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए। उनले भने, ‘बुधवार सम्म ८ जना डिस्चार्ज र १० जना भर्ना भएका छन्। अब नारायणीमा ८० पुरुष र ३७ महिला गरी कुल…

    विस्तृतमा पढ्नुस्

  • बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

    बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

    वीरगंज : वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो। संक्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दा होहल्ला गरेका थिए। मंगलवार बिहानदेखि अक्सिजनको अभाव रहेता पनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका थिए। उक्त कोभिड अस्पतालमा हाल ८० भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका अस्पतालमा अक्सिजन अभाव, उद्योगका मजदुर संक्रमणको जोखिममा

    वीरगंजका अस्पतालमा अक्सिजन अभाव, उद्योगका मजदुर संक्रमणको जोखिममा

    वीरगंज : वीरगंजका विभिन्न अस्पतालमा अक्सिजनको अभाव शुरु भएको छ। कोरोना संक्रमितको चाप बढ्न थालेको र हरेक अस्पतालमा खपत बढ्न थालेपछि अक्सिजनको अभाव शुरु भएको अस्पतालहरुले जनाएका छन्। वीरगंज हेल्थकेयर अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीका अनुसार वीरगंजमा केही दिनयता अक्सिजनको अभाव भएको छ। उनको आफ्नै अक्सिजन प्लान्ट रहे तापनि आफनो अस्पताल र अन्य दुई अस्पतालको लागि अक्सिजन पर्याप्त मात्रामा उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • रक्सौलबाट भित्रिनेमध्ये १० प्रतिशतमा संक्रमण पुष्टि, जन्तीको गाडी परीक्षणपछि मात्र प्रवेश, पोजेटिभ देखिए दुलाहा पनि फिर्ता

    रक्सौलबाट भित्रिनेमध्ये १० प्रतिशतमा संक्रमण पुष्टि, जन्तीको गाडी परीक्षणपछि मात्र प्रवेश, पोजेटिभ देखिए दुलाहा पनि फिर्ता

    वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा वीरगंज हटस्पट बनेको छ। उच्च गतिले संक्रमण फैलिएको भारतबाट छिर्ने नेपालको मुख्य प्रवेशद्वार वीरगंजमा दैनिक ७ सय गाडी भारतबाट प्रवेश गर्छन्। नेपाल–भारत आवागमनको दृष्टिकोणले पनि वीरगंज–रक्सौल नाका हालसम्म खुल्ला नै राखिएको छ। गत चैत २३ देखि वैशाख २२ गते साँझ ४ बजे सम्मको तथ्यांक हेर्दा १४ सय ५७ जना यो नाकाबाट वीरगंज प्रवेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा १२ घण्टामा ४ जना संक्रमितको मृत्यु, थप १९० जनामा संक्रमण

    वीरगंजमा १२ घण्टामा ४ जना संक्रमितको मृत्यु, थप १९० जनामा संक्रमण

    वीरगंज : वीरगंजमा पछिल्लो १२ घण्टामा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ। उपचारको क्रममा वीरगंजको विभिन्न अस्पतालको आइसोलेशन वार्डमा उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गएराति साढे ८ बजेदेखि बुधवार विहान साढे ८ बजेसम्म एक महिलासहित ४ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिएका छन्। गएराति साढे ८…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण

    वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण

    वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज १६ का २६ वर्षका युवाको नारायणी अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो भने पर्साको पर्सागढी ९ का ३४ वर्षीय पुरुषको गएराति साढे ७ बजे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजस्थित बाबा होटलको कोभिड अस्पताल नगवामा मृत्यु भएको हो। वीरगंज १६ का युवालाई श्वासप्रश्वासमा…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको दोस्रो दिन वीरगंज सुनसान : २ सय गाडी होल्ड, भारतीय नागरिक स्वदेश फर्कने क्रम बढ्दो

    निषेधाज्ञाको दोस्रो दिन वीरगंज सुनसान : २ सय गाडी होल्ड, भारतीय नागरिक स्वदेश फर्कने क्रम बढ्दो

    वीरगंज : वीरगंजमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि पुनः एक पटक हटस्पट बनेको छ। मुलुककै प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगंज नेपाल भारत खुल्ला सिमानाको कारण पनि त्रास फैलिएको छ। अहिले दैनिक ४, ५ जनाको मृत्यु भइरहेको छ भने दैनिक सयभन्दा माथि संक्रमित थपिने क्रम छ। पर्सामा करिब पौने १२ सय सक्रिय संक्रमितहरुको संख्या पुगेको छ भने २३ जनाले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित प्रदेश सांसद शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

    कोरोना संक्रमित प्रदेश सांसद शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

    वीरगंज : कोरोना संक्रमित प्रदेश २ का प्रदेश सांसद ओमप्रकाश शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। अल्टिच्यूड एयरको हेलिकोप्टरबाट दिउँसो साढे १२ बजे उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा थप उपचारको लागि लगिएको हो। वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शर्मा केही दिनदेखि अस्वस्थ थिए। उनलाई उच्च ज्वरो र रूघाखोकीले सताएको थियो। बुधवार नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

    विस्तृतमा पढ्नुस्

  • कोरोना नियन्त्रणका लागि वीरगंज महानगरको पाँच एक्सन : निशुल्क अक्सिजन बैंक, निशुल्क एम्बुलेन्स सेवादेखि संक्रमितलाई घरमै औषधि

    कोरोना नियन्त्रणका लागि वीरगंज महानगरको पाँच एक्सन : निशुल्क अक्सिजन बैंक, निशुल्क एम्बुलेन्स सेवादेखि संक्रमितलाई घरमै औषधि

    वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा वीरगंज पुनः एक पटक हटहस्पट बनेको छ। यहाँ दैनिक चार/पाँच जनाको उपचारको क्रममा मृत्यु भइरहेका छन्। उपचारको संलग्न चिकित्सकहरुको अनुसार उपचार गराउन आउनेहरुको छाती निमोनियाको कारण पुरै खराब भएपछि अस्पताल आउने गरेको बताएका छन्। यसको कारण कोरोना हो की अरु रोग? समयमै परीक्षण र उपचार सम्भव नभएर यस्तो भइरहेको छ। पछिल्लो समय वीरगंज र…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजले वीरगंजमा सञ्चालन गर्‍यो १७२ बेडको निःशुल्क कोभिड अस्पताल

    नेशनल मेडिकल कलेजले वीरगंजमा सञ्चालन गर्‍यो १७२ बेडको निःशुल्क कोभिड अस्पताल

    वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ। १ सय ७२ वटा बेड क्षमताको बाबा होटलमा पुनः निःशुल्क कोभिड अस्पताल शुरू गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक डा बसरुद्दीन अन्सारीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि उनीसँग वीरगंजमा कोरोना संक्रमण निकै बढेको र उपचार सहज पार्न कोभिड अस्पताल शुरु गर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

    नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइसियुमै उपचारको क्रममा मंगलबार साँझ ७:४० बजे पर्सा,पोखरीया नपा-२ का ७२ वर्षका वृद्धको मृत्यु भएको हो। सोमवार अस्पताल भर्ना भएका ती वृद्धको एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएको थियो। उच्च रक्तचापका विरामीलाई कडा निमोनिया भएकोले श्वासप्रश्वासमा समस्या रहेको थियो। त्यसैगरी सर्लाही धनगढा - ४ का ४३ वर्षीय पुरुषको पनि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बिहीबारदेखि एक साताको लागि निषेधाज्ञा गर्ने डिसिसिएमसी निर्णय

    वीरगंजमा बिहीबारदेखि एक साताको लागि निषेधाज्ञा गर्ने डिसिसिएमसी निर्णय

    वीरगंजः जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले आगामी बिहीबार (वैशाख १६ गतेदेखि २२) गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय,पर्साका प्रमुख पीताम्बर अधिकारी समक्ष निषेधाज्ञा सिफारिसको लागि निर्णय पठाइएको सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए। जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा आज बसेको बैठकले पर्सामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न  अन्य १० वटा…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीको झल्को दिने नारायणीको यो तस्विर : बेहाल वीरगंजमा भुँईमै अक्सिजन चढाएर संक्रमितको उपचार

    दिल्लीको झल्को दिने नारायणीको यो तस्विर : बेहाल वीरगंजमा भुँईमै अक्सिजन चढाएर संक्रमितको उपचार

    वीरगंज : कोरोना संक्रमित बिरामीको यतिबेला वीरगंजस्थित नारायणी अस्पतालमा भुँइमै उपचार जारी छ। अस्पतालमा बेड नपाएपछि कोरोना संक्रमित बिरामीलाई अक्सिजन चढाएर भुँइमै उपचार शुरु गरिएको हो। एकै बेडमा दुई जना बिरामीको उपचार भइरहेको छ। नारायणी अस्पतालको यो तस्विरले दिल्लीमा काबुभन्दा बाहिर गएको कोरोना संकटको झल्को दिएको छ। ५ सय बेड अनुमति प्राप्त अस्पताल भए तापनि ३ सय बेडमा कोभिड र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र १ जना पुरुष रहेका छन्। वीरगंजको नारायणी अस्पतालमो ४ जनाको र १ जनाको नारायणी बयोधामा मृत्यु भएको हो। ५ जना मध्ये १ जना बाराका छन् भने बाँकी ३ जना वीरगंज महानगरका र एक जना पर्साको बहुदरमाई नगरपालिकाको रहेको…

    विस्तृतमा पढ्नुस्

  • हटस्पट वीरगंजमा माध्यामिक परीक्षा : १० हजार बालबालिका संक्रमणको उच्च जोखिममा

    हटस्पट वीरगंजमा माध्यामिक परीक्षा : १० हजार बालबालिका संक्रमणको उच्च जोखिममा

    वीरगंज : कोरोनाको हटस्पट वीरगंजमा विद्यालयको परीक्षाका कारण करिब १० हजार बालबालिका संक्रमणको जोखिममा परेका छन्। वीरगंज महानगरमा ८९ वटा सरकारी र १४४ वटा निजी विद्यालयहरु रहेका छन्। कुल २३३ विद्यालयमा करिब १९ हजार बालबालिका अध्ययन रहेको वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाको तथ्यांक छ। तर वीरगंज महानगरले कक्षा ६, ७, ८, ९ को मात्र परीक्षा गर्न आदेश दिएकोले करिब १०…

    विस्तृतमा पढ्नुस्

  • भेन्टिलेटर नपाएर नारायणीमा ज्यान गुमाएका ५ जनाका परिवार भन्छन्, ‘न रेफर गरियो, न भेन्टिलेटरमा राखियो’

    भेन्टिलेटर नपाएर नारायणीमा ज्यान गुमाएका ५ जनाका परिवार भन्छन्, ‘न रेफर गरियो, न भेन्टिलेटरमा राखियो’

    वीरगंज : मध्य तराईमा चैत अन्तिम सातादेखि कोरोना महामारीको कारण दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ। शुरुमा पर्सा, कालिकामाई गापा २ का एक जना ६३ वर्षीय वृद्धको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको थियो। शुक्रवार साझ साढे ४ बजेसम्म पर्साका ६ जना, बाराका २ जना, सर्लाहीका १ जना र एक जना भारतीय गरी १० जनाको मृत्यु भइसकेको छ। १० जनामध्ये दुईको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell