PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • शहरमा कोरोनाको त्रास, गाउँमा भब्य होली

    शहरमा कोरोनाको त्रास, गाउँमा भब्य होली

    वीरगंज : फागु अर्थात् होली पर्व आज तराई मधेशमा मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा होली छठपछिको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ।  फागु पर्व आज परम्परागत रूपमा रंग अबिर तथा लोला खेली मनाउने चलन छ। नेपालमा पहाडी भेगमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने तराई मधेशमा होली फागु पूर्णिमाको साँझ र राति सम्बत (होलीका दहन) गरेपछि शुभारम्भ…

    विस्तृतमा पढ्नुस्

  • खोप लगाएको तीन सातापछि एक वृद्धमा देखियो कोरोना संक्रमण

    खोप लगाएको तीन सातापछि एक वृद्धमा देखियो कोरोना संक्रमण

    वीरगंज : कोरोना विरुद्धको खोप लगाएका पर्साका एक जना वृद्ध तीन सातापछि संक्रमित भएका छन्। वीरगंज –२५ श्रीसियाका ६० वर्षीय वृद्ध संक्रमति भएका हुन्। ती वृद्धको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो। शनिवार स्वाब परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको हो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार वीरगंज, विर्तास्थित एडभान्स हस्पिटल प्रालिमा भर्ना गरिएको थियो। अहिले उनको नारायणी अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • होलीका दिन वीरगंज–रक्सौल सीमा नाका बन्द

    होलीका दिन वीरगंज–रक्सौल सीमा नाका बन्द

    वीरगंज : होलीका दिन आज नेपाल भारतको सीमा बन्द भएको छ। सुरक्षा अधिकारीहरुका अनुसार चैत १६ गतेका दिन एक दिनका लागि सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि रोक्न दुबै देशका सुरक्षाअधिकारीहरुको सल्लाहमा अघोषित रुपमा सीमा बन्द गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। उनले भने, ‘नाका पूर्ण रुपमा ठप्प पारिएको छ, मानिस र गाडी आवतजावतमा रोक लगाउने मातहतको सुरक्षाकर्मीलाई निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको श्रेस्ता च्यातिएको भन्दै मालपोत पर्साका हाकिमलाई सेवाग्राहीद्वारा कुटपिटको प्रयास

    जग्गाको श्रेस्ता च्यातिएको भन्दै मालपोत पर्साका हाकिमलाई सेवाग्राहीद्वारा कुटपिटको प्रयास

    वीरगंज: मालपोत कार्यालय पर्साका हाकिम कमोद तिवारीलाई सेवाग्राहीले कुटपिटको प्रयास गरेका छन्। शुक्रबार बिहान ११ बजे सेवाग्राहीको समूह उनको कार्यकक्षमा कुट्न पुगेपछि कर्मचारीहरुले रोकेका थिए। वीरगंज-१८ भवानीपुर माइती भई पतिको घर कलैया उपमहानगरपालिका-१८ बस्ने रीतादेवी लोहारिनको नाममा जारी भएको लालपूर्जाको श्रेस्ता च्यातिएको भन्दै उनका आफन्तजनले कार्यालयका हाकिम तिवारीलाई कुटपिटको प्रयास गरेका थिए। तर सोही समयमा केही कर्मचारीले उनलाई बचाएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • श्रीसिया खोला प्रदुषण बहसः संसदीय टोलीलाई सिडिओको दाबी, '१५ मिनेटमै सफा गर्न सकिन्छ'

    श्रीसिया खोला प्रदुषण बहसः संसदीय टोलीलाई सिडिओको दाबी, '१५ मिनेटमै सफा गर्न सकिन्छ'

    वीरगंज : पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले माथिल्लो निकायको निर्देशन र आर्शिवाद रहेको खण्डमा पर्साको श्रीसिया खोलालाई १५ मिनेटमा सफा गरेर देखाउने बताएका छन्। पर्साको जिल्ला समन्वय इकाई कार्यालयको सभा हलमा आयोजित अन्तक्रियामा उनले यस्तो दाबी गरेका हुन्। संघीय संसद उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले पर्साको श्रीसिया खोला अनुगमन गर्न आएको टोली समक्ष उनले खोलालाई प्रदुषणरहित…

    विस्तृतमा पढ्नुस्

  • देशको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ : राज्यमन्त्री उषा यादव

    देशको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ : राज्यमन्त्री उषा यादव

    वीरगंज : प्रदेश २ की आर्थिक मामिला राज्य मन्त्री उषा यादवले राज्यको सुरक्षा व्यवस्था कमजोर र फितलो बन्दै गएको आरोप लगाएकी छन्। आस्मान नेपाल नामक गैरसरकारी संस्था र शिक्षा पत्रकार समाजद्वारा वीरगंजमा आयोजित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम, प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘आजको समयमा राज्य कहाँ छ, के गरिरहेको छ, दैनिक…

    विस्तृतमा पढ्नुस्

  • घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड

    घाइतेको उपचारमा लापरबाही भएको भन्दै तराई अस्पतालमा तोडफोड

    वीरगंज : वीरगंज पावरहाउस नजिकै रहेको तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। बिहीवार अपरान्ह ४ बजे अस्पतालमा तोडफोड भएको हो। सवारी दुर्घटनामा परी घाइते भएका वीरगंज २० हरपतगंजका २६ वर्षीय आशेषप्रसाद यादवको मृत्युको विषयलाई लिएर परिवारजनले अस्पताल परिसरमा तोडफोड गरी क्षति पुर्‍याएका हुन्। घाइतेको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही गरेको भन्दै अस्पतालको झ्याल र ढोकाको सिसा फोडिएको छ। त्यसैगरी,…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल र मोबाइल चोरीका घटनाले पर्सा प्रहरी नै आजित

    मोटरसाइकल र मोबाइल चोरीका घटनाले पर्सा प्रहरी नै आजित

    वीरगंज : पर्साको सदरमुकाम वीरगंज र ग्रामीण भेगबाट चोरी हुने मोटरसाइकल र मोबाइलको घटनामा पर्सा प्रहरी आफै आजित रहेको बुझिएको छ। पर्सा प्रहरीले आयोजना गरेको पत्रकार भेटघाटमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यस्तो बताएका हुन्। उनले मोटरसाइकल र मोबाइल चोरीको घटना दिन प्रतिदिन बढ्दै गएकोले पर्सा प्रहरीको लागि चुनौतीको विषय भएको चर्चा गर्दै आगामी दिनमा कसरी लगाम लगाउन सकिन्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद

    धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद

    वीरगंज : आइसीपी भन्सार भएर भित्रिने क्रममा धानको ट्रकमा १ करोड १९ लाखको अवैध कपडा बरामद भएको छ। सशस्त्र प्रहरी पर्साले गएराति जाँचपास भएर काठमाडौं जाने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले जनाएको छ। दिपेन्द्रप्रसाद कलवारद्वारा सञ्चालित तरूपति खाद्यान्न तथा भूसा…

    विस्तृतमा पढ्नुस्

  • भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?

    भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?

    वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले गत पुसदेखि फागुन मसान्तसम्म तीन महिनाको तलब भत्ता पाएका छैनन्। कार्यालय प्रमुख तथा कर्मचारीहरुको लापारवाहीकै कारण उनीहरुले तलब भत्ता नपाएको खुलेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउनमा पेश गर्नू पर्ने तलबी प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सामा पेश गरी स्वीकृत नगराएको कारण तीन महिनादेखि कोष तथा लेखा नियन्त्रक कार्यालयले कर्मचारीहरुको तलब…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बढ्यो कोरोनाको त्रास : २५ जनाभन्दा बढी भीडभाड नगर्न प्रशासनको निर्देशन

    वीरगंजमा बढ्यो कोरोनाको त्रास : २५ जनाभन्दा बढी भीडभाड नगर्न प्रशासनको निर्देशन

    वीरगंज : दक्षिण भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि वीरगंजमा पनि सतर्कता अपनाउन थालिएको छ। कोरोना महामारीको दोस्रो लहर शुरु भएको आँकलनसहित स्थानीय प्रशासन सीमा नाकामा कडाईको साथै कोरोना महामारीसँग जुध्न तयारीमा जुटेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नगर्न भनेको छ। त्यस्तै, नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउन…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको खोपले गुम्यो स्मरण शक्ति! नेपालमा यस्तो असर पहिलोपटक सुनिएको स्वास्थ्य विभागको भनाई

    कोरोनाविरुद्धको खोपले गुम्यो स्मरण शक्ति! नेपालमा यस्तो असर पहिलोपटक सुनिएको स्वास्थ्य विभागको भनाई

    वीरगंज : कोरोनाविरुद्धको खोप लगाएका बारामा एक जनामा स्मरण शक्ति सम्बन्धी समस्या देखा परेको छ। कोरोनाविरुद्धको खोप लिएको ५ दिनपछि बारा कलैया–११ विस्म्बरपुर टोल बस्ने ६५ वर्षीय ऐनुल अन्सारीको स्मरण शक्ति गुमेको बताइएको छ। फागुन २९ गते नजिकैको स्वास्थ्य चौकीमा अन्सारीले खोप लगाएका थिए। त्यसपछि अन्सारीलाई ३–४ दिन टाउको दुःख्ने, हल्का ज्वरो आउनेजस्ता लक्षण देखिएको थियो। पाचौं दिन उनले घरपरिवारका…

    विस्तृतमा पढ्नुस्

  • बन्दुक बोकेर कपाल काट्न सैलुन पुगेका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

    बन्दुक बोकेर कपाल काट्न सैलुन पुगेका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

    वीरगंज : बारा प्रहरीले कपाल काट्न सैलुन पुगेका व्यक्तिलाई अवैध हातहतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-२ बस्ने वर्ष ४० का प्रमोद चौधरी भूमिहर रहेका छन्। उनलाई ईलाका प्रहरी कार्यालय सिमरा तथा ईलाका प्रहरी कार्यालय जितपुरको संयुक्त टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलमा सञ्चालन गरेको गजेन्द्र ठाकुरको सैलुनबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। कपाल काट्न पुगेका…

    विस्तृतमा पढ्नुस्

  • एक किलो अफिमसहित एक जना पक्राउ

    एक किलो अफिमसहित एक जना पक्राउ

    वीरगंज : बारा प्रहरीले प्रतिबन्धित लागुऔषध एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १६ टागियाबस्ती बस्ने वर्ष २७ का राजकुमार योन्जन तमाङ रहेका छन्। शनिवार दिउँसो ३ बजे उनलाई चेकिङको क्रममा नियन्त्रणमा लिइएको हो। बारागढी गाउँपालिका-१ भवानीपुरस्थित सडकखण्डको इटहर बेलाहीतर्फबाट पोखरीयातर्फ गइरहेको अवस्थामा उनले चढेको बा ३५ प ८२२ नम्बरको मोटरसाइकल रोकेर…

    विस्तृतमा पढ्नुस्

  • जसपाको माग जहाँ सम्बोधन हुन्छ, पार्टीको सहयोग त्यहीँ रहन्छ : राजेन्द्र महतो

    जसपाको माग जहाँ सम्बोधन हुन्छ, पार्टीको सहयोग त्यहीँ रहन्छ : राजेन्द्र महतो

    वीरगंज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको माग जहाँ सम्बोधन हुन्छ, त्यहीँ पार्टीको सहयोग रहने बताएका छन्। बाराका समाजसेवी शंकरसाह कलवारको १३ दिनको पूण्य तिथिको अवसरमा सिमरौनगढमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। महतोले जसपासँग भएको सरकार बनाउने साचोलाई जनताको भावना मुताबिक जनताकै हितका लागि प्रयोग गर्ने बताए। उनले भने, ‘प्रम ओलीको असंवैधानिक कदमलाई…

    विस्तृतमा पढ्नुस्

  • कोभिडको उपचारमा खटिँदाको जोखिम भत्ता माग गर्दै नारायणी अस्पतालका चिकित्सकको प्रर्दशन

    कोभिडको उपचारमा खटिँदाको जोखिम भत्ता माग गर्दै नारायणी अस्पतालका चिकित्सकको प्रर्दशन

    वीरगंज : नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको बेलाको जोखिम भत्ताको माग गर्दै बिहीवार अस्पतालमा प्रदर्शन गरेका छन्। सरकारले कोरोना संक्रमणको बेलामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेपनि नारायणी अस्पतालबाट सो अवधिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आज अस्पतालमा प्रदर्शन गरेका थिए। गत साउनदेखि कात्तिकसम्मको जोखिम भत्ता दिनुपर्ने उनीहरूको माग थियो। अस्पतालका चिकित्सक डा…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षीय साहिदको हत्यामा तीन जना पक्राउ, ढुंगा प्रहार गरी गरेका थिए हत्या

    १४ वर्षीय साहिदको हत्यामा तीन जना पक्राउ, ढुंगा प्रहार गरी गरेका थिए हत्या

    वीरगंज : जिल्ला प्रहरी कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगर–२३ भलुही निवासी १४ वर्षीय साहिद हुसेन मियाँको हत्या सम्बन्धमा तीन जना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बुधवार जिल्ला प्रहरी कार्यालय, बारामा पत्रकार सम्मेलन गरी २५ वर्षीय क्यामुद्दीन मन्सुरी, २१ वर्षीय अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेद्दीन मियाँ अन्सारीलाई सार्वजनिक गरेका हुन्। पक्राउ पर्नेहरु भलुही निवासी हुन्। साहिदको हत्यामा यी…

    विस्तृतमा पढ्नुस्

  • साँघुरियो वीरगंजको मानव सेवा आश्रम

    साँघुरियो वीरगंजको मानव सेवा आश्रम

    वीरगंज : करिब ५ वर्षदेखि पर्सा र बारा क्षेत्रमा बेसहारालाई साहारा दिँदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले साँघुरिदै गएको छ। वीरगंज-११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिएको छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको आश्रमले जनएको छ। मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका अनुसार गत २०७४ जेठ १५ गते गणतन्त्र दिवसका दिन एक…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता दिवसमा वीरगंजमा प्रभातफेरी, प्रजिअले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नहोस्’

    उपभोक्ता दिवसमा वीरगंजमा प्रभातफेरी, प्रजिअले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नहोस्’

    वीरगंज : ‘प्लास्टिक प्रयोगमा निरूत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ सोमवार वीरगंजमा अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सा वीरगंज र उपभोक्ता हकहित संरक्षण मञ्च पर्साको आयोजनामा घण्टाघरमा प्रभातफेरी र कोणसभा गरिएको थियो। घण्टाघरबाट निकालिएको प्रभातफेरि नगर परिक्रमा गरी घण्टाघरमा समापन भएको थियो। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान…

    विस्तृतमा पढ्नुस्

  • ठगी आरोपमा पक्राउ परेका व्यवसायी जाटिया अस्पताल भर्ना

    ठगी आरोपमा पक्राउ परेका व्यवसायी जाटिया अस्पताल भर्ना

    वीरगंज : वीरगंज महानगरपालिका–२ छपकैयास्थित श्रीराम कोलोनीको जग्गा ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेका प्रेम जाटिया अस्पतालमा भर्ना भएका छन्। गत शनिवार उनी नारायणी अस्पतालमा भर्नाको लागि गएको र त्यहाँका चिकित्सकले उनलाई वयोधा अस्पताल रेफर गरेका थिए। जाटिया उच्च रक्तचाप र युरिक एसिडको समस्या झेल्दै औषधि सेवन गर्दै आएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन्। नारायणी अस्पतालले रक्तचाप र युरिक एसिडको उपचार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell