PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • देशमा जबजब संकट आउँछ, कांग्रेसले नै निकास दिन्छ : देउवा

    देशमा जबजब संकट आउँछ, कांग्रेसले नै निकास दिन्छ : देउवा

    वीरगंज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको जटिल परिस्थितिमा पनि काँग्रेसले नै निकास दिने बताएका छन्। नेपाली काँग्रेसको खेलकुद विभागले बारामा आयोजना गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति नेपाल–भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन्। बाराको पचरौता नागरपालिकाको वडा नं ५ बेलदारीमा आइतवारदेखि दुई दिनसम्म चल्ने कुस्ती प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले भने, ‘जबजब…

    विस्तृतमा पढ्नुस्

  • खल्ती र स्कुटीमा रक्सौलबाट लागूऔषध ल्याउँदै गरेका दुई जना पक्राउ

    खल्ती र स्कुटीमा रक्सौलबाट लागूऔषध ल्याउँदै गरेका दुई जना पक्राउ

    वीरगंज : वीरगंजको भारतीय सीमावर्ती बजार रक्सौलबाट खल्ती र स्कूटीमा लागू औषध ट्याब तथा बोत्तल लिएर नेपाल प्रवेश गरेका दुई जना नेपाली नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। गत फागुन २६ गतेका दिन दुबैलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए। हेटौंडा उपमहानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • १७ दिनदेखि बेपत्ता साहिदको शव भुसको खरानीमा पुरिएको अवस्थामा बरामद

    १७ दिनदेखि बेपत्ता साहिदको शव भुसको खरानीमा पुरिएको अवस्थामा बरामद

    वीरगंज : बारा प्रहरीले एक जना बालकको शव फेला पारेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित म्यागनस फर्मास्यूटिकल्सको दक्षिण–पूर्वमा थुपारिएको छाई(धानको भुसको खरानी)मा पुरिएको अवस्थमा बालकको शव फेला परेको हो।  सोही टोलका जाकिर हुसैन मिया मन्सुरीका १४ वर्षीय छोरा साहिद हुसैन मिया मन्सुरी विगत १७ दिनदेखि बेपत्ता थिए। उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छन्। बाराको…

    विस्तृतमा पढ्नुस्

  • आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित

    आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित

    वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालीन पोषण कार्यक्रमबाट पर्सा बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालले पछिल्लो जनवरी १२ देखि मार्च १२ सम्म तीन महिनाको लागि सञ्चालन गरेको थियो। जस अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • सरकार ढाल्न खोज्ने नेताहरुलाई पार्टीमा कसरी भित्र्याउने भन्ने विषयमा पार्टीले सोच्दैछ : उपप्रधानमन्त्री पोखरेल

    सरकार ढाल्न खोज्ने नेताहरुलाई पार्टीमा कसरी भित्र्याउने भन्ने विषयमा पार्टीले सोच्दैछ : उपप्रधानमन्त्री पोखरेल

    वीरगंज : उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता इश्वर पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई कसरी समेट्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको बताएका छन्। प्रेस संगठन पर्साले वीरगंजको होटल भिस्वामा बिहीवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आत्मआलोचनाको मौका दिइने विषयमा छलफल भइरहेको जनाए। पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक लोभ्याउन वीरगंजमा साझेदारी कार्यक्रम घोषणा, यस्तो छ होटल व्यवसायीहरुको प्याकेज

    पर्यटक लोभ्याउन वीरगंजमा साझेदारी कार्यक्रम घोषणा, यस्तो छ होटल व्यवसायीहरुको प्याकेज

    वीरगंज : कोरोना महामारीले प्रभावित भएको वीरगंज आसपासको होटल तथा पर्यटन व्यवसायलाई पुनर्जीवित पार्न वीरगंजमा ‘पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम’को घोषणा गरिएको छ। वीरगंज महानगरको साझेदारीमा होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साले ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने नाराका साथ यस्तो कार्यक्रममा घोषणा गरेको हो। वीरगंजस्थित होटल लर्ड्स दियालो प्लाजामा बुधवार दिउँसो सम्पन्न घोषणा…

    विस्तृतमा पढ्नुस्

  • बारामा १९ वर्षीय युवकको हत्या प्रकरण : आपसी विवादले साथीबाटै हत्या!

    बारामा १९ वर्षीय युवकको हत्या प्रकरण : आपसी विवादले साथीबाटै हत्या!

    वीरगंज : बाराको निजगढ नगरपालिका–९ बुद्धचोक नजिकैको एक घरभित्र मंगलवार बिहान भएको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा –९ का १९ वर्षीय रोहित शर्माको हत्यामा संलग्न आरोपमा मंगलवार दिउँसो ४ बजे प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो। रौतहट चन्द्रपुर नगरपालिका ४ का २९ वर्षीय अरुणकुमार साह हत्या अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको लालगढका ६ वटा होटलहरुलाई कारबाही

    धनुषाको लालगढका ६ वटा होटलहरुलाई कारबाही

    वीरगंज : धनुषाको लालगढमा सञ्चालित ५ वटा होटलहरुलाई प्रशासनले कारबाही गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको नेतृत्वमा भएको अनुगमनमा उपभोक्ता ऐन २०७५ विपरित गतिविधि गरेको पाइएकोमा उनीहरुलाई कारबाही गरिएको कार्यालयका सूचना अधिकारी दिलिपखंग खत्वेले जानकारी दिए। अनुगमन टोलीले मूल्य सूचि नराखेका सृजना होटल तथा गेष्ठ हाउस, दिदी भेना होटल र हाईवे होटललाई ५० हजार तथा खरिद बिल…

    विस्तृतमा पढ्नुस्

  • बर्दिबास बजारमा प्रशासनको अनुगमन, ८ वटा पसललाई कारबाही

    बर्दिबास बजारमा प्रशासनको अनुगमन, ८ वटा पसललाई कारबाही

    वीरगंज : स्थानीय प्रशासनले महोत्तरीको बर्दिबास बजारमा अनुगमन गरी उपभोक्ता ऐन विपरित कसुर गरेको अवस्थामा ८ वटा पसललाई कारबाही गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले बर्दिबास नगरपालिका वडा नम्बर १ स्थित कृष्ण स्टोर्सले बढी दाममा कारोबार गरेकोमा २ लाख, सोहीस्थानको बर्दिबास घरसंसारललाई रिप्याकिङ गर्ने इजाजत नलिई कारोबार गरेकोमा ५० हजार, मूल्य…

    विस्तृतमा पढ्नुस्

  • लेखक गणेश लाठको उपन्यास ‘क्षमादान’को वीरगंजमा विमोचन

    लेखक गणेश लाठको उपन्यास ‘क्षमादान’को वीरगंजमा विमोचन

    वीरगंज  : वीरगंजका उद्योगपति तथा लेखक गणेशप्रसाद लाठको चौथो कृति ‘क्षमादान’ विमोचन भएको छ। आदर्शनगरको जैन धर्मशालामा आयोजित कार्यक्रममा उपन्यास क्षमादान विमोचन भएको हो। साहित्यकार मुकुन्द आचार्य, पाठशाला वीरगंजका अध्यक्ष बालगोपाल थापा, लेखक लाठ, पुस्तक प्रकाशन गर्ने नेपालयकी बन्दना मास्केलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा पत्रकार चन्द्र किशोरले लाठको उपन्यास क्षमादानको बारेमा टिपण्णी गरेका थिए। उनले लेखक वीरगंजको…

    विस्तृतमा पढ्नुस्

  • बाँसघारीमा जुवा खेल्ने ३ जना पक्राउ, पौने २ लाख बरामद

    बाँसघारीमा जुवा खेल्ने ३ जना पक्राउ, पौने २ लाख बरामद

    वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा जुवा खेलिरहेका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा १५ जना फरार भएको र बाँकी ३ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। जुवाको खालबाट १ लाख ७६ हजार नगद र एक बुक तास पनि भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए। सो…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकारको 'कृषि क्रान्ति' : शिवरात्रिको मेलाका लागि किसानको गहुँ बालीमा डोजर, लागतको एक तिहाइ क्षतिपूर्ति

    स्थानीय सरकारको 'कृषि क्रान्ति' : शिवरात्रिको मेलाका लागि किसानको गहुँ बालीमा डोजर, लागतको एक तिहाइ क्षतिपूर्ति

    वीरगंजः पति-पत्नी शक्तिशाली पदमा विराजमान भएपछि कसको के लाग्छ भन्ने उदाहरण पछिल्लो समय रौतहटको मौलापुरमा देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ओली समूहका नेता तथा शहरी विकास मन्त्री प्रभु साह र पत्नी एवं मौलापुर नगरपालिकाकी मेयर रीनादेवी साहको दादागिरीको कारण मौलापुरका किसानको करिब ३ बिघामा लगाइएको गुह बाली नष्ट भएको छ। महाशिवरात्रिको अवसरमा लगाइने मेलाका लागि किसानको करिब…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध मुद्दामा थुनामा रहेका भाइलाई जुत्तामा चरेस राखेर दिन खोज्ने दाइ पक्राउ

    लागुऔषध मुद्दामा थुनामा रहेका भाइलाई जुत्तामा चरेस राखेर दिन खोज्ने दाइ पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंज कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक अभियुक्तलाई चरेशको धुलो पुर्‍याउने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय मिङ्मा शेर्पा रहेका छन्। उनले लागुऔषध मुद्दामा थुनामा रहेको अवस्थामा भेट्न जाँदा कालो झोला भित्र कालो जुत्ताको तलुवामा करिब १० ग्राम चरेशको धुलो लुकाएर लगेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • हुलास स्टिलको नयाँ उद्योगमा बम विस्फोट, विस्फोटबाट भवन र पर्खालमा क्षति

    हुलास स्टिलको नयाँ उद्योगमा बम विस्फोट, विस्फोटबाट भवन र पर्खालमा क्षति

    वीरगंज : गोल्छा समूहको पर्सास्थित एक उद्योगमा गएराति बम विस्फोट भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थित निर्माणाधीन रहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योगको भवनमा गएराति विस्फोट गराइएको छ। विस्फोटबाट उद्योगमा रहेको एउटा कोठाको झ्यालका सिसाहरु फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले सोमवार राति १० बजे…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षअघि अपहरण गरेर  फिरौती रकम नदिए भारत  लगेर बेच्ने धम्की दिएका दास समातिए

    १४ वर्षअघि अपहरण गरेर  फिरौती रकम नदिए भारत  लगेर बेच्ने धम्की दिएका दास समातिए

    वीरगंजः बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ। बाराको साबिक नरही गाविस–९ बेलाही टोल बस्ने जगदीश दासलाई प्रहरीले पक्राउ गरेको हो। दासलाई शुक्रवार बिहान करैयामाई गाउँपालिका–८ बाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीका अनुसार २०६३ को मङ्सिर २१ गते साँझ ७ बजे काठमाडौँबाट आएको बा २…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शास्त्रका नेपाली विद्यार्थीलाई यूएईमा उपयुक्त अवसर छ : यूएईका राजदूत नकबी

    चिकित्सा शास्त्रका नेपाली विद्यार्थीलाई यूएईमा उपयुक्त अवसर छ : यूएईका राजदूत नकबी

    वीरगंज : नेपालका लागि यूएईका राजदूत सईद हमदनअल नकबीले नेपाली चिकित्सा शास्त्रका विद्यार्थीहरुको लागि यूएई उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजद्वारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा यूएईमा अझै पनि दक्ष जनशक्तिको कमी रहेको जानकारी गराउँदै उनले नेपाली चिकित्सा शास्त्रका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लागि रोजगारीको अवसर रहेको चर्चा गरे। कलेजको सभाहलमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्यो : मन्त्री प्रभु साह

    सर्वोच्चको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्यो : मन्त्री प्रभु साह

    वीरगंज : शहरी विकास मन्त्री प्रभु साहले पछिल्लो पटक सर्वोच्च अदालतले संसद विघटनको सम्बन्धमा गरेको फैसलाले देशमा अस्थिरता निम्त्याउने बताएका छन्। पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी सेढामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। बहुमतको सरकारको प्रधानमन्त्रीले विघटन गरेको संसदलाई सर्वोच्चले फैसला गर्दै जिवित पारेकोप्रति असन्तुष्टि जनाउँदै उनले सो फैसलाले देश संकट तथा…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा सरकारी स्कुल खुले तर शुरु भएन खाजा कार्यक्रम

    पर्सामा सरकारी स्कुल खुले तर शुरु भएन खाजा कार्यक्रम

    वीरगंज : कोरोना महामारीको त्रासका वीच पर्साका करिब सबै सरकारी विद्यालय सञ्चालनमा आएका छन्। पर्साको १४ वटा पालिकाको करिब ३ सय विद्यालयहरु सञ्चालनमा आइसकेको हो। विद्यालय डेढ महिनादेखि सञ्चालन भए तापनि सम्बन्धित पालिकाकाले खाजा कार्यक्रम भने शुरु गराउन सकेको छैन। पर्साका पटेर्वा सुगोली, पोखरीयाबाहेक अन्य पालिकामा खाजा कार्याक्रम पुनः शुरु हुन नसकेको अभिभावकहरुले गुनासो गरेका छन्। गत पुस दोस्रो सातादेखि…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीको २५ लाख नगदसहित बाराबाट दुई जना भारतीय भरिया पक्राउ

    हुन्डीको २५ लाख नगदसहित बाराबाट दुई जना भारतीय भरिया पक्राउ

    वीरगंज : बारा प्रहरीले पुन ठुलो परिमाणको हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पूर्व सूचनाको अधारमा उनीहरुलाई २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराए। पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटियागंज–७ टोल नरकटियागंज बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • मिलेमतोमा करोडौं पर्ने जग्गा अर्कैको नाममा!

    मिलेमतोमा करोडौं पर्ने जग्गा अर्कैको नाममा!

    वीरगंज : मालपोत कार्यालय, पर्साले पोखरिया नगरपालिकामा रहेको करोडौं मूल्य पर्ने जग्गा अर्कैको नाममा नामसारी गरेको भेटिएको छ। बब्ली सिंह र भरत सिंहको नाममा रहेको पोखरिया–४ बसपार्क छेवैको कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा अनितादेवी घर्तीको नाममा २०७७/१०/२० गते पास गरेको भेटिएको हो। उक्त जग्गा कृषि कार्यालयको पर्खालदेखि पश्चिमपट्टी मुख्य बजारमा रहेको जग्गा केही भूमाफिया भूमाफिया, मालपोत कर्मचारी,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell