PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • कोरोनाका कारण विद्यालय बन्द, बिक्री भएन सरस्वती पूजाका लागि बनाइएका मूर्ति

    कोरोनाका कारण विद्यालय बन्द, बिक्री भएन सरस्वती पूजाका लागि बनाइएका मूर्ति

    वीरगंज : कोरोना संक्रमणको दर घट्दा यसपटक विद्यालय निर्वाध चल्छन् र सरस्वती पूजाका लागि बनाइएका माटाका मूर्तिको कारोबार नाफामा जान्छ भन्ने ठानेका वीरगंजका मूर्तिकार अहिले निराश छन्। कोरोनाको नयाँ भेरियन्ट ओमोक्रनले जनजीवन प्रभावित हुन थालेपछि पछिल्लोपटक बन्द गरिएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन्। दुई/तीन महिना अघिदेखि नै सरस्वतीको मूर्ति धमाधम बनाइएको थियो। मूर्तिकारहरु यसपटक अघिल्लो वर्षको भन्दा बढी घाटा हुने…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे सत्तारुढ पार्टीले साझा धारणा तय गर्न नसक्नु दु:खद : जितेन्द्र सोनल

    एमसीसीबारे सत्तारुढ पार्टीले साझा धारणा तय गर्न नसक्नु दु:खद : जितेन्द्र सोनल

    वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सत्तारुढ गठबन्धनका पार्टीहरुको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे साझा धारणा र दृष्टिकोण बनाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले संसदबाट एमसीसी पास गर्ने अन्तिम बटमलाइनसम्म पनि साझा धारणा तय गर्न नसक्नु दुःखद् भएको बताए। ‘हामी केन्द्र र प्रदेश सरकारको प्रतिपक्षमा छौँ। तर पनि एमसीसी देशको लागि हितकर छ भनेर एमसीसी पास हुनुपर्छ भन्नेमा समर्थन गरेका छौँ’, उनले…

    विस्तृतमा पढ्नुस्

  • मधेशका गाउँगाउँमा बिटोरको रौनक

    मधेशका गाउँगाउँमा बिटोरको रौनक

    वीरगंज : वीरगंज–२१ परवानीपुरमा बिटोर सम्पन्न भएको छ। चोर्नी काफिला अन्तर्गतको यस वर्षको दोस्रो बिटारेको रुपमा सम्पन्न भएको हो। परवानीपुरका नागमणी उपाध्ययाद्वारा आयोजित बिटोरको उदघाटन शुक्रवार साँझ वीरगंजका मेयर विजयकुमार सरावगीले गरे। कहरथुवा बाबाहरुलाई फूलमालाले स्वागत गरी बिटोरको आरम्भ भएको थियो जसमा पर्सा, बाराका गाउँहरु जस्तै परवानीपुर, भलुही, नितनपुर, बेहरा, सोलखपुर, लक्ष्मीपुरलगायतका करिब सय जना कहरथुवा बाबाहरु(बिटोरमा सहभागी हुने व्यक्ति)…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो लहर शुरु भएपछि वीरगंजमा पहिलो संक्रमितको मृत्यु, संक्रमण नियन्त्रणमा प्रशासनको यस्तो छ तयारी

    तेस्रो लहर शुरु भएपछि वीरगंजमा पहिलो संक्रमितको मृत्यु, संक्रमण नियन्त्रणमा प्रशासनको यस्तो छ तयारी

    वीरगंज : कोरोना भाइरस महामारीको तेस्रो लहर चलिरहँदा वीरगंजमा पहिलो संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा गएराति पौने १२ बजे नारायणी अस्पताल वीरगंजमा बाराको महागढीमाई नगरपालिका-६ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहका अनुसार उनको मृत्यु कुन भेरिएन्टको कोरोनाबाट भएको हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ। वीरगंजकै एक निजी अस्पतालबाट हिजै राति…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नाम र राजधानी आज टुंगिएला ?

    प्रदेश २ को नाम र राजधानी आज टुंगिएला ?

    वीरगंज : प्रदेश नम्बर २ को नाम र राजधानी तय गर्न आज प्रदेश २ को प्रदशेसभामा मतदानको कार्यतालिका छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ-आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन आज मतदान हुने भएको हो। आज प्रदेशसभाको बैठकमा सांसदहरुको बोल्ने क्रम सकिएको छ। तर, राजनीतिक दलहरुबिच सहमति जुट्न सकेको छैन। अब नाम र राजधानी छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा सचिवालयले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या उकालो लाग्दै : समुदाय स्तरमै संक्रमण फैलिने खतरा बढ्यो

    प्रदेश २ मा कोरोना संक्रमितको संख्या उकालो लाग्दै : समुदाय स्तरमै संक्रमण फैलिने खतरा बढ्यो

    वीरगंज : प्रदेश २ का आठ जिल्लामै समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेको छ। गत पुसको दोस्रो सातादेखि ह्वातै बढेको कोरोना संक्रमण अहिले प्रदेश २ को पर्सादेखि सप्तरीसम्मै फैलिसकेको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बुधवार जारी गरेको तथ्यांक अनुसार आठ जिल्लामध्ये ६ जिल्लाबाट पुनः कोरोना संक्रमित भेटिन थालेका छन्। बुधवार भएको परीक्षणमा सप्तरीमा १ महिलासहित…

    विस्तृतमा पढ्नुस्

  • मधेसी नेताहरु मन्त्री बन्न ओलीको शरणमा गएको शंकर पोखरेलको दाबी

    मधेसी नेताहरु मन्त्री बन्न ओलीको शरणमा गएको शंकर पोखरेलको दाबी

    वीरगंज : मधेसी नेताहरु मन्त्री बन्नको लागि पूर्वप्रधाममन्त्री केपी शर्मा ओलीको शरणमा विगतमा जान बाध्य भएको बताइएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वीरगंज पुगेर यस्तो बताएका हुन्। नेकपा एमाले पर्सा जिल्लाको आठौं आधिवेशनलाई सम्बोधन गर्दै मंगलवार उनले यस्तो बताएका हुन्। उनले ओलीलाई  मधेशविरोधी नेता बताउने तथा जनताको मनमा वितृष्णा उत्पन्न गर्ने मधेशी नेताहरु मन्त्री बन्न ओलीको शरणमा पुगेको चर्चा…

    विस्तृतमा पढ्नुस्

  • पर्सागढीको नयाँ सारथी लघुवित्तमा करोडौँको घोटाला : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

    पर्सागढीको नयाँ सारथी लघुवित्तमा करोडौँको घोटाला : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

    वीरगंज : नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सागढी नगरपालिका-३ बडनिहारस्थित शाखामा करोडौँको घोटाला भएको तथ्य सार्वजनिक भएको छ। शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धि अनुसन्धान शुरू गर्दा करोडौँको घोटाला भएको तथ्य बाहिरिएको हो। शाखामा रहेका चार सय जना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र त्यसमा शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहितका कर्मचारीहरूको संलग्नता रहेको…

    विस्तृतमा पढ्नुस्

  • परवानीपुर-वीरगंज प्रसारण लाइन ६६ केभीको मर्मत जारी, तीन दिन विद्युत आपूर्ति असहज

    परवानीपुर-वीरगंज प्रसारण लाइन ६६ केभीको मर्मत जारी, तीन दिन विद्युत आपूर्ति असहज

    वीरगंज : बिहीवारदेखि वीरगंज आसपासमा विद्युत् आपूर्ति असहज बनेको छ। परवानीपुर–वीरगंज ६६ केभी (६६ हजार भोल्ट)को प्रसारण लाइनको लत्रेको तार तान्ने र पुरानो तार फेर्ने काम भइरहेकोले वीरगंज क्षेत्रमा दुई दिनदेखि लाइन काट्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ। केन्द्रका प्रमुख जितेन्द्र झाका अनुसार परवानीपुर–वीरगंजको प्रसारण लाइनको करिब सात किलोमिटर लम्बाईमा प्रसारण लाइन वरपर विभिन्न ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

    प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

    वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का अध्यक्ष रामऔतार यादवले जानकारी गराए। अधिवेशन सुनिश्चित भएपछि अहिले जिल्लाजिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन, सहमति नजुटे निर्वाचन!

    प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन, सहमति नजुटे निर्वाचन!

    वीरगंज : प्रदेश २ को नाम र राजधानीको नामाकरण गर्नको लागि सहमित जुटाउन १६ सदस्यीय समिति गठन भएको छ। प्रदेश २ को प्रदेशसभाको मंगलवारको बैठकले सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको छ। सभामुख यादवको सभापतित्वमा गठित ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ मा हरेक दलबाट दुई–दुई जना दलका प्रतिनिधिहरु रहेका छन्। उक्त समितिले विभिन्न चरणको छलफल वा…

    विस्तृतमा पढ्नुस्

  • जगरनाथपुर पुगेर केपी ओलीले भने : छिटो चुनाव चाहेका छौँ, प्रचण्डलाई आफ्नो विकाससँग मात्र मतलब छ

    जगरनाथपुर पुगेर केपी ओलीले भने : छिटो चुनाव चाहेका छौँ, प्रचण्डलाई आफ्नो विकाससँग मात्र मतलब छ

    वीरगंज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले छिटो चुनाव होस् भनेर चाहेको बताएका छन्। पर्साको पश्चिमी भेगको जगरनाथपुर गाउँपालिकामा आयोजित सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टचारमा लिप्त गठबन्धनको सरकार रहेकोले देशमा अहिले गरिबी र विकास पुनः अवरुद्ध भएको जिकिर गरे। ‘अहिले देशको विकास फेरी रोकिएको छ, गरिबी बढेको छ,…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरबाट एमाले अध्यक्ष ओली पर्सामा, सम्बोधन सुन्न गाउँगाउँबाट मानिसहरु पुग्दै जगरनाथपुर

    हेलिकप्टरबाट एमाले अध्यक्ष ओली पर्सामा, सम्बोधन सुन्न गाउँगाउँबाट मानिसहरु पुग्दै जगरनाथपुर

    वीरगंज : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सा पुगेका छन्। पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्‍घाटनका लागि पुगेका ओलीले यहाँ सर्वसाधारणलाई सम्बोधन पनि गर्दैछन्।  जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा बनेको भवन उद्‍घाटनका लागि उनी पुगेका हुन्। हेलिकप्टरबाट पर्सा ल्यान्ड भएका उनले आमसभालाई सम्बोधन गर्नेछन्। आजै विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गराउने कार्यक्रम पनि तय छ।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरले २५ प्रअसहित १२५ शिक्षकको गर्‍यो सरुवा : कसैलाई कारबाही, कसैलाई प्रोत्साहन

    वीरगंज महानगरले २५ प्रअसहित १२५ शिक्षकको गर्‍यो सरुवा : कसैलाई कारबाही, कसैलाई प्रोत्साहन

    वीरगंज : वीरगंज महानगरपालिकाको शिक्षा समितिले महानगरपालिकाभित्र सञ्चालित विभिन्न सरकारी विद्यालयबाट १२५ शिक्षकहरुको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। जसमध्ये सय जना सामान्य शिक्षक रहेका छन् भने २५ जना प्रावि, निमावि र मावि तहका प्रधानाध्यापकहरु रहेका छन्। शिक्षा समितिको मंगलवार र बुधवार बसेको बैठकले ठूलो सङ्ख्यामा शिक्षक सरुवा गरेको शिक्षा समिति सदस्य एवं नेपाल शिक्षक महासंघ वीरगंज नगर समिति अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पीएम कपको लागि प्रदेश २ मा खेलाडी छनौट: पर्सा, रौतहट र धनुषामा भएन महिला टिम

    पीएम कपको लागि प्रदेश २ मा खेलाडी छनौट: पर्सा, रौतहट र धनुषामा भएन महिला टिम

    वीरगंज: अगामी प्रधानमन्त्री कपको कपको लागि प्रदेश २ मा क्रिकेट खेलाडी छनोट प्रकृया शुरु भएको छ। राष्ट्रिय स्तरको पीएम कप महिला अगामी पुस ३ गते धनगढी र पुस २५ गतेदेखि काठमाडौंमा हुने पीएम कपको खेलाडीहरु छनौट कार्य शुरु गरिएको क्यान नेपाल मातहतको प्रदेश नं २ खेलाडी छनोट समितिका संयोजक मुर्तुजा हवारीले जानकारी गराए। उनका अनुसार महिलाहरुको टिम छनोट प्रकृया मंसिर…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा जारी छ पाँच दिने कोरोनाविरुद्धको खोप अभियान, दैनिक २० हजार जनाले लगाउछन् खोप

    पर्सामा जारी छ पाँच दिने कोरोनाविरुद्धको खोप अभियान, दैनिक २० हजार जनाले लगाउछन् खोप

    वीरगंज : पर्सामा गत बुधवारदेखि पाँच दिने विशेष खोप अभियान जारी छ। जिल्ला खोप समन्वय समिति पर्साको निर्णय अनुसार शुरुमा तीन दिने अभियानलाई बढाएर ५ दिने बनाइएको समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले जानकारी दिए। यसअघि शुरुमा तीन दिने खोप अभियान मंसिर २२ देखि २४ गतेसम्म चलाउने निर्णय भएको उनले बताए। पर्साको १४ वटै स्थानीय तहमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?

    प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?

    वीरगंज : ६ प्रदेशमा कांग्रेस अधिवेशनको सम्पन्न हुन लागेको छ। कतिपयको मतपरिणाम सार्वजनिक भइसकेको छ। तर प्रदेश २ को कांग्रेस अधिवेशन अझै अन्योलमा छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिको बलियो पकड मानिने प्रदेश २ मा किन अन्योलता कायम रहेको छ? यसबारे कांग्रेस सभापति शेरबहादुर देउवादेखि उपसभापति निधिसम्मलाई विभिन्न आरोप लाग्न थालेको छ। आफूविरुद्ध टक्कर दिन खोजेपछि देउवाले निधिलाई साइजमा ल्याउन प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ‘आमा सुरक्षा कार्यक्रम’ पार्न सूर्य हस्पिटललाई वीरगंज महानगरको गैरकानुनी सिफारिस

    ‘आमा सुरक्षा कार्यक्रम’ पार्न सूर्य हस्पिटललाई वीरगंज महानगरको गैरकानुनी सिफारिस

    वीरगंज: सूर्य हस्पिटललाई ‘आमा सुरक्षा कार्यक्रम’ पार्नका लागि वीरगंज महानगरपालिकाले गैरकानुनी रुपमा सिफारिस गरेको तथ्य सार्वजनिक भएको छ। १५ शय्याको अनुमति पाएको अस्पताललाई कार्यक्रमको सेवा सुविधा दिलाउन स्वास्थ्य सेवा विभागमा २५ शय्याको अस्पताल भनेर सिफारिस गरेको पाइएको हो। गत साउन ७ गतेको मितिमा महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले उक्त सिफारिस गरेपछि मापदण्ड विपरीत सम्झौताका लागि अस्पताल पक्षले महानगरमा…

    विस्तृतमा पढ्नुस्

  • सुखचैना माविमा पठाइयो अंग्रेजीको शिक्षक, विद्यार्थीको आन्दोलन स्थगित

    सुखचैना माविमा पठाइयो अंग्रेजीको शिक्षक, विद्यार्थीको आन्दोलन स्थगित

    वीरगंजः वीरगंज महानगरपालिका २१ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी मावि सुखचैनामा बुधबारदेखि नियमित कक्षा सञ्चालन हुने भएको छ। सोमबार र मंगलबार विद्यार्थीहरूले अङ्ग्रेजी र विज्ञान विषयको शिक्षक माग गर्दै परवानीपुर सडकखण्ड र विद्यालयमा प्रदर्शन गरेका थिए। महानगरपालिकाले शिक्षक व्यवस्थापन गरेपछि भोलिदेखि नियमित पठनपाठन गराउने सहमति भएको हो। शिक्षकलाई मंगलबार नै हाजिर गराइएको छ। वीरगंज -२७ तिलावे प्राविमा अध्यापन गराउने…

    विस्तृतमा पढ्नुस्

  • शिक्षक माग्‍दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको लाठी

    शिक्षक माग्‍दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको लाठी

    वीरगंजः वीरगंज-पथलैया सडकखण्डको परवानीपुर बजारमा विद्यार्थीहरुले चक्काजाम गरेका छन्। बिहान साढे ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरी प्रदर्शन गरेका हुन्। वीरगंज -२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका हुन्। यसअघि पनि तीन दिनअघि विद्यार्थीहरुले लिपनीविर्ता वडामा प्रदर्शन गरेका थिए। सोमबारको प्रदर्शन र चक्काजाम हटाउन पर्सा प्रहरीले बल प्रयोग गरेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell