PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • लकडाउन उल्लंघनको आरोपमा वीरगंजका पत्रकार पक्राउ

    लकडाउन उल्लंघनको आरोपमा वीरगंजका पत्रकार पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंजका पत्रकार तिवारी यादवलाई पक्राउ गरेको छ। लकडाउन अवज्ञा गरेको भन्दै वडा प्रहरी कार्यालय विर्ताको टोलीले बसपार्क–घण्टाघर लिंकरोडको कुमु प्यालेस होटल अगाडी रहेको नारायणी एफएमको मुल गेटबाट उनलाई पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जनाइएको छ। रेडियो नारायणी एफएम र नयाँ पत्रिकाका पर्सा संवाददाता यादव एफएममा समाचार रिपोर्टिङपछि कार्यालय प्रवेश गर्ने क्रममा दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको यो 'हट स्पट' जहाँ टोलभरिका लागि एउटामात्र छ धारो : थ्रोट स्वाब दिन पनि डराए स्थानीय

    कोरोनाको यो 'हट स्पट' जहाँ टोलभरिका लागि एउटामात्र छ धारो : थ्रोट स्वाब दिन पनि डराए स्थानीय

    वीरगंज : फोटोमा वीरगंजका मेयर विजयकुमार सरावगी थ्रोट स्वाब सङ्कलन गराइरहेका देखिन्छन्। यो तस्बिर कोरोना सङ्क्रमणको हटस्पट बनेको वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाको मुस्लिम बस्तीको हो। मालपोत कार्यालय पर्साको ३ सय मिटर पश्चिममा पर्ने यो बस्तीमा खानेपानीको धारा पनि छ। यही बस्तीको एकै परिवारका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयहरू त्रसित बनेका छन्। यतिसम्म डराएका छन् कि थ्रोट…

    विस्तृतमा पढ्नुस्

  • नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस

    नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस

    वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थलगत निरीक्षण टोलीले वीरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पताल नै बनाउन सिफारिस गरेको छ। कोरोना संक्रमितहरुलाई गण्डक अस्पतालमा स्थानान्तरण गरी पुनः नारायणीलाई जनरल अस्पतालको रुपमा सञ्चालन गर्न टोलीले मन्त्रालयलाई सिफारिस गरेको हो। वीरगंजका मेयर विजय सरावगीको अध्यक्षता शनिवार वीरगंजमा बसेको सर्वपक्षिय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन कुमार पोखरेल नेतृत्वको टोलीसँग भएको छलफलमा नारायणीलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि शुक्रवार वीरगंजका बैंकहरु बन्द

    कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि शुक्रवार वीरगंजका बैंकहरु बन्द

    वीरगंज : वीरगंजमा शुक्रवार कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकले सेवा बन्द गरे। कर्मचारीहरुलाई प्रहरीले बीच बाटोमा रोकेर दुःख दिएपछि आफूहरु सेवा सञ्चालन गर्न असमर्थ रहेको बैंकहरुले बताएका छन्। नबिल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडका केही कर्मचारीलाई प्रहरीले ३ घण्टा रोकेपछि वीरगंजका बैंकरहरु आक्रोशित भएका हुन्। एकातर्फ सरकारले दैनिक सेवा दिन बैंक खुला गर्नु…

    विस्तृतमा पढ्नुस्

  • गण्डक हस्पिटललाई कोभिड-१९ विशेष बनाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

    गण्डक हस्पिटललाई कोभिड-१९ विशेष बनाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

    वीरगंज : वीरगंज-१४ मा रहेको गण्डक हस्पिटललाई कोभिड-१९ अस्पताल बनाउने निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले दिएको जानकारी अनुसार शुक्रवार दिउँसो ३ बजेसम्म गण्डकलाई नारायणी अस्पतालकै शाखाको रुपमा कोभिड-१९ अस्पताल बनाउने निर्णय नभएको जानकारी दिए। ‘गण्डक हस्पिटलको बारेमा कुनै पनि आधिकारिक निर्णय भएको छैन’, उनले भने। दुई दिनअघि पर्साका केही नेकपाका नेताहरुले स्वास्थ्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ‘कन्ट्याक्ट ट्रेसिङ’ : १७ जना नयाँ संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन शुरु

    वीरगंजमा ‘कन्ट्याक्ट ट्रेसिङ’ : १७ जना नयाँ संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन शुरु

    वीरगंज : वीरगंजका १७ जना नयाँ संक्रमितहरुसँग सम्पर्कमा आएका २१ परिवारका ११८ जनाको स्वास्थ्य परीक्षण तथा थ्रोट स्वाब संकलन शुरु भएको छ। यात्रा विवरण अनुसार उनीहरुको खोजी गरेर थ्रोट स्वाब संकलन शुरु गरिएको हो। स्वास्थ्य कार्यालय पर्सा, नारायणी अस्पताल वीरगंज र वीरगंज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुको समन्वयमा उनीहरुको स्वाब संकलन शुरु गरिएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताए। उनका अनुसार बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल छिर्न खोज्ने दुई भारतीयलाई रोक्दा बिओपी पोस्टमा आक्रमण, स्थिति नियन्त्रणमा लिन हवाई फायर

    नेपाल छिर्न खोज्ने दुई भारतीयलाई रोक्दा बिओपी पोस्टमा आक्रमण, स्थिति नियन्त्रणमा लिन हवाई फायर

    वीरगंज : बाराको सुर्वण गाउँपालिका ३ कबहीगोठस्थित नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा भारतीय नागरिकले बिहिवार दिउँसो आक्रमण गरेका छन्। लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका हुन्। नेपालतर्फ प्रवेश गर्न खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा बिहे : मोटरसाइकलमा आए बेहुला, लिएर गए बेहुली

    लकडाउनमा बिहे : मोटरसाइकलमा आए बेहुला, लिएर गए बेहुली

    वीरगंज : लकडाउनमा पटेर्वासुगौली गाउँपालिकामा एक युवाले मोटरसाइकलबाटै बेहुली अन्माएर लगेका छन्। पर्सागढी नगरपालिका–२ बागवन्ना निवासी बेहुला लालमोहनदास चौधरी मोटरसाइकलमा चढेर आए र पटेर्वासुगौली गापा–४ फरहदवा टोल निवासी बेहुली रुस्तम चौधरीसँग धार्मिक विधिअनुसार विवाह गरेर मोटरसाइकलमा लिएर फर्किए। गत फागुनमा छेका(टिका टोलो) हुँदा विवाहको मिति तय आजको लागि तय भएको थियो। सोही अनुसार बुधवार विवाह कार्यक्रम भएको हो। लालमोहनदासले तीनवटा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका १७ जना नयाँ संक्रमित यसअघि कोरोना देखिएका ३६ वर्षीय युवककै परिवारका

    वीरगंजका १७ जना नयाँ संक्रमित यसअघि कोरोना देखिएका ३६ वर्षीय युवककै परिवारका

    वीरगंज : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत वीरगंजमा २ महिने शिशुसहित १७ जना नयाँ कोरोना संक्रमित थपिएको खबर आएपछि वीरगंजमा कोराना त्रास अझै बढेको छ। वीरगंज–३ छपकैयाकै एउटै परिवारको १० पुरुष र ७ महिलासहित १७ जना नयाँ संक्रमित भेटिएको हो। १७ जनामध्ये एउटा २ महिने शिशुमा पनि कोराना लागेको बताइएको छ। कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले रिपोर्टको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मदिरा व्यवसायीको गुनासो : बिक्री खुल्ला नभए हामी कंगाल हुन्छौँ

    वीरगंजका मदिरा व्यवसायीको गुनासो : बिक्री खुल्ला नभए हामी कंगाल हुन्छौँ

    वीरगंज : भारतको राजधानी दिल्लीमा सोमवार एकै दिन ३ अर्ब भारुको मदिरा बिक्री भएपछि नेपाली व्यवसायीहरू पनि मदिरा पसल सञ्चालनको लागि सरकारसमक्ष लबिङ गर्न थालेका छन्। मदिरा व्यवसायी संघले सरकारसँग निश्चित समयावधि तोकेर भएपनि मदिरा पसल खोल्न माग गरेका छन्। मदिरा व्यवसायी संघका केन्द्रीय सदस्य एवं वीरगंज मदिरा व्यवसायी संघ पर्साका अध्यक्ष रामाधार सर्राफका अनुसार लकडाउनका कारण देशको अर्थतन्त्र धराशायी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना भाइरसको पिसिआर परीक्षण शुरु, ६ घण्टामा ३६ वटा नमुना परीक्षण हुने

    वीरगंजमा कोरोना भाइरसको पिसिआर परीक्षण शुरु, ६ घण्टामा ३६ वटा नमुना परीक्षण हुने

    वीरगंज : वीरगंजको नारायणी अस्पतालमा मंगलवारबाट कोरोना संक्रमितको पिसिआर परीक्षण शुरु भएको छ। अस्पतालको पहिलेको परिवार नियोजन शाखामा जडान भएको पिसिआर ल्याबबाट तीन दिनदेखि पहिलोे चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। नारायणी अस्पतालमा पहिलो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट सहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र टेकुको रिपोर्टसँग वीरगंजको…

    विस्तृतमा पढ्नुस्

  • बाराको सीमा क्षेत्रमा भारतीय एसएसबी र स्थानीयबीच झडप

    बाराको सीमा क्षेत्रमा भारतीय एसएसबी र स्थानीयबीच झडप

    वीरगंज : बाराको विश्रामपुर गाउँपालिका-४ सँग जोडिएको भारतीय सीमामा तैनाथ एसएसबीका जवान र स्थानीयबीच मंगलवार बिहान कुटाकुट भएको छ। सोमवार साँझ बलिरामपुरका स्थानीयले सीमा जोडिएको भारतको सहदेवा महदेवाका आफन्तलाई तरकारी पुर्‍याउन जाँदा विवाद सिर्जना भएको थियो। सो क्रममा केही युवाले एसएसबीका जवानसँग झगडा गरेका थिए। सोही विषयलाई लिएर मंगलवार बिहान सीमाको दशगजामा रहेको खेतमा काम गरिरहेका विश्रामपुर-४ बलिरामपुरका छोटेलाल साहलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट धमाधम हुँदैछ हरियो तरकारीको आयात, स्थानीय उत्पादनले भने पाएनन् बजारसम्म पुग्न

    भारतबाट धमाधम हुँदैछ हरियो तरकारीको आयात, स्थानीय उत्पादनले भने पाएनन् बजारसम्म पुग्न

    वीरगंज : वीरगंजमा भारतबाट आयातित हरियो तरकारीको दबदबा कायम छ। यहाँका हरेक जसो भान्सामा गोलभेँडा, हरियो खुर्सानी, कटहर, बोडी, कोसा, भिन्डी, भन्टा, परवल, सिमी, मुला, गाँजरलगायत भारतीय तरकारी उपयोग भइरहेका छन्। भारतबाट आलु, प्याज, लसुनको आयात उसले प्रतिबन्ध लगाउँदा बाहेक सदाबहार रूपमा भइरहेकै छ। बितेका वर्षहरूमा मौसमी हरियो तरकारी वीरगंज आसपासका ग्रामीण क्षेत्रहरूबाट नै पर्याप्त आएकाले यहाँ आलु, प्याज, लसुनबाहेक…

    विस्तृतमा पढ्नुस्

  • नारायणीबाट कोरोनामुक्त भई डिस्चार्ज गरिएका भारतीयको स्वाब रिपोर्ट सन्देहपूर्ण, पुन: ल्याइयो अस्पताल

    नारायणीबाट कोरोनामुक्त भई डिस्चार्ज गरिएका भारतीयको स्वाब रिपोर्ट सन्देहपूर्ण, पुन: ल्याइयो अस्पताल

    वीरगंज : नारायणी अस्पताल वीरगंजबाट कोरोना मुक्त भई गत वैशाख १४ गते आइतवारका दिन डिस्चार्ज गरिएको भारतीय जमातीमध्ये एक जनालाई पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। डिस्चार्ज गरी ७ दिनभित्र संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट सन्देहपूर्ण देखिएपछि अस्पताल प्रशासनले प्रशासन लगाएर उनलाई वीरगंज–२ छपकैयामा रहेको तीन तल्ले भवनबाट उनलाई आइतवार दिउँसो १ बजे अस्पतालमा ल्याएर उपचार भइरहेको अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै

    वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै

    वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजको लकडाउनमा राजस्व असुली प्रभावित भए पनि लकडाउनको समयमा करिब पौने चार अर्बको अतिआवश्यक सामानहरु आयात भएको छ। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार २४ मार्चदेखि २९ अप्रिल अर्थात् ३५ दिनमा सबैभन्दा बढी एलपिजी ग्यास, त्यसपछि औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु, गोलभेंडा, फलफूललगायत सामानहरु भित्रिएका छन्। वीरगंज भन्सार नाकाबाट भारतको विभिन्न राज्य…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थपिए एक जना संक्रमित जो वडा अध्यक्षसँगै राहत बाँड्न हिँडेका थिए

    वीरगंजमा थपिए एक जना संक्रमित जो वडा अध्यक्षसँगै राहत बाँड्न हिँडेका थिए

    वीरगंज : वीरगंजमा थप एक जना युवकमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ। वीरगंज–३ छपकैयाकै ३६ वर्षीय युवकमा कोरोना संक्रमिण देखिएको नारायणी उप क्षेत्रीय अस्पताल स्रोतले जनाएको छ। उनमा कोभिड १९ पोजिटिभ देखिएसँगै प्रशासनले अस्पताल ल्याइ आइसोलेशन वार्डमा ल्याएर राखेको छ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजमा भेटिएका नयाँ संक्रमितलाई अस्पताल पुर्‍याएर उसको घर निगरानीमा राखिएको बताइन्। यससँगै नेपालमा ६० जनामा…

    विस्तृतमा पढ्नुस्

  • नारायणीलाई जनरल अस्पताल बनाउन काँग्रेसको माग, भौतिक दुरी कायम गर्दै प्रदर्शन    

    नारायणीलाई जनरल अस्पताल बनाउन काँग्रेसको माग, भौतिक दुरी कायम गर्दै प्रदर्शन    

    वीरगंज : नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनु पर्ने माग गर्दै नेपाली काँग्रेस पर्साले आईतवार वीरगंजमा प्रदर्शन गरेको छ। भौतिक दुरी कायम गर्दै लकडाउनबीच एक घण्टा कांग्रेसले धर्ना दिएको हो। अस्पतालदेखि विर्ता चोक सम्म ३-३ फिटको भौतिक दुरी कायम गर्दै धर्ना दिइएको थियो। नारायणी अस्पताललाई केन्द्रीय सरकारले कोभिड अस्पताल बनाएपछि गरिब विपन्न जनता मारमा परेको भन्दै कांग्रेस पर्साले यसअघि सरोकारवाला निकायमा ज्ञापन…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको परीक्षणमा रिपोर्ट नेगेटिभ आइ घर फर्किएका युवकलाई फेरि ल्याइयो अस्पताल

    कोरोनाको परीक्षणमा रिपोर्ट नेगेटिभ आइ घर फर्किएका युवकलाई फेरि ल्याइयो अस्पताल

    वीरगंज : कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ। कोरोना भाइरसबाट संक्रमित भइ वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना उपचाररत् उनलाई केही दिन अघि मात्रै डिस्चार्ज गरिएको थियो। लगायतार कोभिड १९ पोजिटिभ रिपोर्ट नेगेटिभ देखिएपछि उनीसहित ४ जनालाई डिस्चार्ज गरिएको थियो। वैशाख १३ गते राति टेकु प्रयोगशालाको रिपोर्टको आधारमा ३ भारतीय नागरिकसहित…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका सफाईकर्मीलाई पुष्पगुच्छासहित सम्मान

    वीरगंजका सफाईकर्मीलाई पुष्पगुच्छासहित सम्मान

    कोरोनाको उच्च जोखिममा समेत वीरगंज महानगरमा सडक र नालाको सरफाइ गर्दै आएका सरसफाइकर्मीहरुलाइ आज नागरिक स्तरबाट सम्मान गरिएको छ।  कोरोनाको महामारीसँगै लकडाउनका बेला ज्यान जोखिममा राखेर पनि सडक र नाला सरसफाइ गर्दै आएका सरसफाइकर्मीलाइ खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरिएको हो।  वीरगंज महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाइ उनीहरुको मनोबल उच्च राख्न आदर्शनगर ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रले शनिवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयरको घरमा छापा नमारिएको प्रशासनको स्पष्टोक्ति, मेयर सरावगी भन्छन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भयो’

    वीरगंजका मेयरको घरमा छापा नमारिएको प्रशासनको स्पष्टोक्ति, मेयर सरावगी भन्छन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भयो’

    वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको घरमा प्रशासनले छापा मारेको खबर अहिले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुमा देखिएको छ। महानगरपालिकाले वितरण गरेको राहतमा गुणस्तरहीन चामल र कम तौलका बोराहरु भेटिएपछि स्थानीय प्रहरी प्रशासनले छानबिन गरिरहेको अवस्थामा यस्तो समाचार आएका हुन्। तर, पर्साको सुरक्षा निकाय र सरोकारवाला निकायका पदाधिकारीहरुले भने मेयर सरावगीको घरमा छापा नमारेको बताएका छन्। जिल्ला प्रशासन कार्यालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell