PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • काँकडभिट्टा नाका ठप्प भएपछि विराटनगर र वीरगंजबाट सामान आयात हुँदै, ढुवानी खर्च तेब्बरले बढ्ने

    काँकडभिट्टा नाका ठप्प भएपछि विराटनगर र वीरगंजबाट सामान आयात हुँदै, ढुवानी खर्च तेब्बरले बढ्ने

    वीरगंज : भारतको पश्चिम बंगाल सरकारले कोरोना महामारीलाई लक्षित गरी काँकडभिट्टा नाका हुँदै मेची भन्सार नाकाबाट हुने आयातनिर्यातमा रोक लगाएपछि नेपाली आयातकर्ताहरु मर्कामा परेका छन्। भारत, भुटान, बंगलादेशलगायत मुलुकबाट आयातित सामानहरु काँकडभिट्टा नाकाबाट भित्रिदा लागत खर्च कम लाग्थ्यो। तर, रिरुट गरी अन्य नाकाहरु विराटनगर र वीरगंज भन्सारबाट मगाउँदा तीन गुणा यातायात खर्च बढ्ने व्यवसायीहरुको भनाइ छ। वीरगंजका उद्योगी अशोक टेमानीका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा नारायणी र जनकपुर कोरोना उपचारका डेडिकेटेड अस्पताल, महानगरले थाल्यो ब्याकअपको तयारी

    वीरगंज : सरकारले वीरगंजको नारायणी र जनकपुरको प्रादेशिक अस्पताललाई प्रदेश २ को कोरोना उपचारको डेडिकेटेड अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अस्पताललाई कोराना संक्रमितको मात्र उपचार गर्नेगरी परिपत्र भएको हो। सबै अस्पतालमा कोरोना उपचारका नाममा कतिपयले अन्य बिरामी लिने नमानेपछि मन्त्रालयले हालै सेवा वर्गीकरण गरेको थियो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले कोरोनामात्र उपचार गर्नेगरी मन्त्रालयको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको नारायणी अस्पतालमा रहेका चार जनाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना पोजेटिभ

    वीरगंजको नारायणी अस्पतालमा रहेका चार जनाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना पोजेटिभ

    वीरगंजः वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत तीन भारतीयसहित चार जना कोरोना संक्रमितको दोस्रो चरणको परीक्षण पनि पोजेटिभ देखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले दोस्रो नतिजा पनि पोजेटिभ आएको बताए। बुधबार दोस्रो चरण परीक्षणका लागि पठाइएको नमूनाको नतिजा बिहीबार प्राप्त भएको हो। नतिजा पोजेटिभ आए पनि चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा खटिएका चिकित्सक डा. उदयनारायण सिंहले बताए।

    विस्तृतमा पढ्नुस्

  • पर्साका क्वारेन्टाइनमा रहेका १८१ जनाको र्‍यापिड टेस्ट,जालिम मियाँको कोभिड १९ परीक्षण नेगेटिभ

    पर्साका क्वारेन्टाइनमा रहेका १८१ जनाको र्‍यापिड टेस्ट,जालिम मियाँको कोभिड १९ परीक्षण नेगेटिभ

    वीरगंज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य विभाग र प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको समन्वयमा पर्साका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनका बसिरहेका व्यक्तिहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरू गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरू र स्वास्थ्य शाखाको समन्वयमा पर्साको १४ वटा पालिकामध्ये ११ वटामा रहेका १८१ जनाको परीक्षण गरिएको स्वास्थ्य विभागका प्रतिनिधि डा नरेन्द्र खनालले जानकारी दिए। परीक्षण गरिनेमा भारतीय नागरिक…

    विस्तृतमा पढ्नुस्

  • जाँच कडाई नहुँदा जोखिममा वीरगंज भन्सार, सेनीटाइजबिनै सवारी चालक र कामदारको प्रवेश

    जाँच कडाई नहुँदा जोखिममा वीरगंज भन्सार, सेनीटाइजबिनै सवारी चालक र कामदारको प्रवेश

    वीरगंज : नेपाल–भारतमा करीब तीन साताको लकडाउन जारी छ। कोरोना जोखिम कम गर्न यस्तो प्रयास जारी रहे पनि भन्सार नाकामा भने गतिलो जाँच छैन। वीरगंज भन्सारकैं भन्सार अधिकारीका अनुसार भन्सारमा नाकामा गर्नुपर्ने कडाइ र उच्च सतर्कता सन्तोषजनक छैन। मंगलवार भारत बिहारको रिगाबाट दाल बोकेर आएका एकजना भारतीय चालकको स्वास्थ्य अवस्था कोरोनासँग मिल्दोजुल्दो देखिएपछि जीतपुरसिमरा–२३ भलुहीका स्थानीयहरूले उनलाई अस्पतालमा उपचार गराउन…

    विस्तृतमा पढ्नुस्

  • नारायणी र जनकपुर प्रदेश २ का कोरोना उपचारका डेडिकेटेड अस्पताल तोकिए, महानगरले थाल्यो ब्याकअपको तयारी

    नारायणी र जनकपुर प्रदेश २ का कोरोना उपचारका डेडिकेटेड अस्पताल तोकिए, महानगरले थाल्यो ब्याकअपको तयारी

    वीरगंज : सरकारले वीरगंजको नारायणी र जनकपुरको प्रादेशिक अस्पताललाई प्रदेश २ को कोरोना उपचारको डेडिकेटेड अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अस्पताललाई कोराना संक्रमितको मात्र उपचार गर्नेगरी परिपत्र भएको हो। सबै अस्पतालमा कोरोना उपचारका नाममा कतिपयले अन्य बिरामी लिने नमानेपछि मन्त्रालयले हालै सेवा वर्गीकरण गरेको थियो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले कोरोनामात्र उपचार गर्नेगरि मन्त्रालयको परिपत्र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मिडियाले 'पक्राउ गरिसकेका' जालिम मियाँ कहाँ छन्?

    भारतीय मिडियाले 'पक्राउ गरिसकेका' जालिम मियाँ कहाँ छन्?

    वीरगंजः केही दिनदेखि भारतीय मिडियामा जालिम मियाँ चर्चामा छन्। जालिम अर्थात् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष। भारतमा कोरोना संक्रमित व्यक्ति पठाएको हल्लाले त्यहाँका सञ्चारमाध्यम रंगिएका छन्। र मिडियाको निशानामा परेका छन् जालिम नै। एसएसबी ४७औँ बटालियन पन्टोका, रामगढवाले भारत, बिहार पश्चिम चम्पारणका जिल्ला अधिकारी कुन्दन कुमारलाई पठाएको गोप्य सूचनाको हवला दिएर मियाँमाथि भारतीय मिडियाले निरन्तर प्रहार गरिरहेका छन्। भारतीय मिडियाले मियाँमाथि कोरोना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका तीन कोरोना संक्रमितसँगै बसेका ११ जनालाई राखियो क्वारेन्टाइनमा

    वीरगंजका तीन कोरोना संक्रमितसँगै बसेका ११ जनालाई राखियो क्वारेन्टाइनमा

    वीरगंज : वीरगंजमा कोरोना संक्रमण पुष्टि भएकाहरुसँगै बसेका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। आइतवार कोरोना संक्रमण पुष्टि भएका तीन जनासँग बसेका उनीहरुलाई वीरगंजको सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको हो। उनीहरुको प्रथम चरणको ‘थ्रोट स्वाब’ परीक्षण भइसकेको छ, जसको रिपोर्ट नेगेटिभ आएको थियो। गत बिहीवार वीरगंज-२ छपकैयाको जामे मस्जिदबाट नारायणी अस्पतालको सम्पर्कमा आएका १४ जना जमाती भारतीय नागरिक मध्ये ११ जनामा…

    विस्तृतमा पढ्नुस्

  • तीन जनामा संक्रमणपछि वीरगंजमा जाग्यो प्रशासन, छपकैयामा सिल, दुई दिन किन लुकाइयो सूचना?

    तीन जनामा संक्रमणपछि वीरगंजमा जाग्यो प्रशासन, छपकैयामा सिल, दुई दिन किन लुकाइयो सूचना?

    वीरगंज : तीन जनामा कोभिड १९ पोजेटिभ देखिँदा पनि आज बिहानसम्म वीरगंज अरु दिनजस्तै थियो। कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि त्यसको ढिलोगरी जानकारी दिँदै वीरगंजका जनताको स्वास्थ्यसँग खेलवाड भएको छ। नारायणी अस्पतालको आइसोलेसन वार्डमा रहेका तीन जनामा कोरोना संक्रमण दुई दिन अघि नै देखिएको थियो। कोरोना देखिएपछि थप सचेत हुनुका साथै ट्र्याकिङ बढाउनुका साटो सूचना लुकाउने काममात्रै भयो। गत शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • तीन जनामा संक्रमण देखिएपछि काठमाडौं र जनकपुरबाट चिकित्सकहरुको टोली वीरगंजतिर

    तीन जनामा संक्रमण देखिएपछि काठमाडौं र जनकपुरबाट चिकित्सकहरुको टोली वीरगंजतिर

    वीरगंज : नारायणी अस्पतालमा आइसोलेसन वार्डमा उपचाररत् तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय, प्रदेश र केन्द्र सरकार तातेको छ। यसै सन्दर्भमा स्थानीय रुपमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने काठमाडौं र जनकपुरबाट विशेषज्ञ र चिकित्सकहरुको टोली वीरगंज आइरहेको नारायणी अस्पतालले जनाएको छ। नारायणी अस्पतालमा राखिएका कोरोना रोगीहरुको उपचारमा लापर्बाही नहोस् र त्यसबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमा नकारात्मक असर नपरोस्…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण देखिएका तीन भारतीय ६ वटा जिल्ला हुँदै पुगेका थिए वीरगंज

    संक्रमण देखिएका तीन भारतीय ६ वटा जिल्ला हुँदै पुगेका थिए वीरगंज

    वीरगंज : तीन जना संक्रमित थपिँदा नेपालमा कोभिड १९ पोजेटिभको संख्या १२ पुगेको छ। पछिल्लो समय संक्रमण देखिएका तीन जना भारतीय नागरिक हुन्। तीन जना संक्रमितहरु ३७,४४ र ५५ वर्षको उमेर रहेका छन्। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ। वीरगंज महानगरपालिका वडा नम्बर २ को छपकैयामा रहेको मस्जिद र यतिम खानामा २१ जना जमातीमा…

    विस्तृतमा पढ्नुस्

  • अब प्रदेश २ पनि रहेन संक्रमणबाट अछुतो, संक्रमित तराईका धेरै जिल्ला डुलेकाले त्रास अधिक

    अब प्रदेश २ पनि रहेन संक्रमणबाट अछुतो, संक्रमित तराईका धेरै जिल्ला डुलेकाले त्रास अधिक

    वीरगंज : तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि वीरगंजमात्र होइन सिंगो प्रदेशमा नै त्रास बढेको छ। कोभिड १९ पोजेटिभ देखिएका तीनैजना तराईका विभिन्न जिल्ला घुमेकाले संक्रमण फैलने सम्भावना देखिएको छ। यससँगै कोरोना भाइरसको संक्रमण हुने प्रदेशमा दुई नम्बर पनि दर्ता भएको छ। यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा मात्र कोरोना संक्रमित फेला परेका थिए। सबैभन्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?

    अढाई महिना अघि नेपाल भित्रिएका थिए, पछिल्ला संक्रमितहरु : रोगसँगै भित्रिए या यहाँ आएपछि भए कोरोनाको सिकार?

    वीरगंज : तीन जना संक्रमित थपिँदा नेपालमा कोभिड १९ पोजेटिभको संख्या १२ पुगेको छ। थपिएका पछिल्ला तीन संक्रमितहरु नेपाली भने होइनन्। संक्रमितहरुको उमेर ४० देखि ५० को बीचमा रहेको छ। संक्रमित यी तीनैजना भारतको उत्तर प्रदेशका नागरिक हुन्। वीरगंज महानगरपालिका वडा नम्बर २ को छपकैयामा रहेको मस्जिद र यतिम खानामा २१ जना जमातीमा सहभागी भारतीय मुस्लिमहरुलाई राखिएको थियो। उनीहरु त्यही…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज नाका हुँदै ४२ करोडको औषधि आयात

    लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज नाका हुँदै ४२ करोडको औषधि आयात

    वीरगंज : लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज भन्सार नाका हुँदै भारतबाट ४२ करोड २४ लाख मूल्य बराबरको औषधि तथा विभिन्न उद्योगको कच्चा पदार्थ नेपाल भित्रिएको छ। वीरगंज भन्सारका भन्सार अधिकृत रमेश सुकमणीका अनुसार गत मार्च २४ देखि अप्रिल ७ सम्म २ करोड १२ लाख राजश्व तिरेर ४२ करोड २४ लाख ११ हजार मूल्य बराबरको विभिन्न प्रकारका औषधि तथा औषधि उद्योगका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउन षड्यन्त्र गरेको आरोप

    नेपाली जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउन षड्यन्त्र गरेको आरोप

    वीरगंजः पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भारतमा कोरोना महामारी फैलाउन षडयन्त्र गरिरहेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएका छन्। दर्जनौँ सञ्चारमाध्यमले स्थानीय प्रशासनको हवला दिएर यस्तो आरोप लगाएका हुन्। सीमा सुरक्षा बल (एसएसबी) पन्टोका, रामगढवा बटालियनले पश्चिम चम्पारणका जिल्ला अधिकारी कुन्दन कुमारलाई लेखेको पत्रबाट यस्तो रहस्य खुलेको भारतीय सञ्चारमाध्यमको दावी छ। अप्रिल ३ तारिखमा जिल्ला अधिकारीलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रोक्यो आमाको दाहसंस्कार, उपचार गराउन भारत हिँडेका सीमामै अलपत्र

    लकडाउनले रोक्यो आमाको दाहसंस्कार, उपचार गराउन भारत हिँडेका सीमामै अलपत्र

    घटना १ भारत बिहार, वोधगायाका अमरदीप वैद्य र उनका भाइ प्रविण वैद्य ११ वर्षदेखि काठमाडौं बस्दै आएका छन्। उनीहरु दुवै पुरोहित हुन्। विशेषगरी काठमाडौंमा बस्ने मारवाडी समूदायको घरघरमा पुगेर पूजापाठ गर्छन्। वैद्य दाजुभाइकी ७५ वर्षीया आमा यशोदा देवीको गत चैत २१ गते निधन भयो। लकडाउनले काम काज त ठप्प बनाएको थियो। त्यसैले कोठाबाट निस्किएका थिएनन्। तर, आमाको मृत्युको खबरले कहाँ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना आशंकामा उपचार नपाउँदा वीरगंजमा १८ वर्षीय युवकको मृत्यु

    कोरोना आशंकामा उपचार नपाउँदा वीरगंजमा १८ वर्षीय युवकको मृत्यु

    वीरगंजः नेशनल मेडिकल कलेज वीरगंजले कोरोनाको अशंकामा रेफर गरेको एक बिरामीको मृत्यु भएको छ। बारा महागढीमाई नगरपालिका ४ दहियारका १८ वर्षीय निरञ्जन सहनीको उपचारको क्रममा वीरगंज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको हो। बुधवार बिहान साढे १० बजे सहनीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। वीरगंजबाट २० किलोमिटर पूर्वमा पर्ने दहियारबाट बुधवार बिहान ६ बजे सहनीलाई उपचारका लागि नेशनल मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • ड्राइपोर्ट भन्सारबाट बारा-पर्सा बाहेकका जिल्लामा जान छोड्यो सामान, २२ सय कन्टेनर ‘होल्ड’मा

    ड्राइपोर्ट भन्सारबाट बारा-पर्सा बाहेकका जिल्लामा जान छोड्यो सामान, २२ सय कन्टेनर ‘होल्ड’मा

    वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पर्सा, बाराबाहेक अरू जिल्लामा मालसामान जान सकेको छैन। नेपाल सरकारले पैठारी हुने हरेक किसिमको सामानको जाचपास गरी ढुवानी गर्न, गराउन सरोकारवाला निकायलाई निर्देशन जारी गरे तापनि मालसामान जान नसकेको हो। मालसामान बोकेर गइरहेका गाडीलाई ठाउँ-ठाउँमा सुरक्षाकर्मीले चेक गर्ने, चालकलाई कुटपिट गर्ने जस्ता व्यवहार गरिएपछि ड्राइपोर्टबाट मालसामान बोकेर जाने गाडीहरूको संख्यामा कमी आएको बन्दरगाह…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल भन्सारमा रोकिएका औषधि र कच्चा पदार्थ आउन थाले नेपाल

    रक्सौल भन्सारमा रोकिएका औषधि र कच्चा पदार्थ आउन थाले नेपाल

    वीरगंज : रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि तथा कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन्। वीरगंज-पथलैया औद्योगिक कोरिडोरका करिब चार ट्रक औषधि तथा कच्चा पदार्थ वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा नेपाल आउन थालेको बताइएको छ। वाणिज्यदूत एम कोट्रास्वामीले यस विषयमा आफू नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसँग समन्वय गरी औषधि तथा कच्चा पदार्थ मितेरीपुल नाका भएर नै मगाउनमा भूमिका निर्वाह…

    विस्तृतमा पढ्नुस्

  • किसानलाई कोरोनाको भन्दा बाली थन्क्याउनको चिन्ता, सावधानी अपनाउन चिकित्सकको सुझाव

    किसानलाई कोरोनाको भन्दा बाली थन्क्याउनको चिन्ता, सावधानी अपनाउन चिकित्सकको सुझाव

    वीरगंज : नेपाल सरकारले तेस्रोपटक लकडाउनको समयसीमा थपिरहँदा ग्रामीण भेगमा भने गहुँ भित्र्याउने चटारोले किसानहरू चिन्तित बनेका छन्। केही किसानहरु एक साता घरभित्रै बसे तापनि अब विस्तारै खेतमा सुकिरहेको गहुँ काट्न र भित्र्याउन व्यस्त देखिएका छन्। वीरगंज–२१ लिपनीबिर्ताका नरेन्द्र पटेलले खेतको गहुँ बर्बाद भए भोलि के खाने भन्ने चिन्ता निम्तिने बताए। उनले शुरूमा कम्बाइन हार्भेस्टरबाट ५ कट्ठामा लगाइएको गहुँबाली भित्र्याउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell