PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • लकडाउनले रक्सौलमै रोकिए रुकुमका १३ जना

    लकडाउनले रक्सौलमै रोकिए रुकुमका १३ जना

    वीरगंज : नेपाल–भारतमा जारी लकडाउनको कारण वीरगंजको सीमावर्ती बजार रक्सौलमा १५ जना नेपाली फसेका छन्। उनीहरु मध्ये १३ जना रुकुम र दुई जना पर्सा जिल्लाको रहेको बताइएको छ। बिहारको बोधगायामा मजदुरीको काम गर्दै आएका रुकुमका १३ जना ५ दिनअघि देखि रक्सौलस्थित हजारी मल स्कूल(अपदा केन्द्र)को क्वारेन्टाइनमा बसिरहेको रक्सौलबाट हिन्दूस्तान दैनिकका संवाददाता दीपक अग्निरथले बताए। उनका अनुसार रुकुमका १३ जना मध्ये…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण भेगका बैंकमा छैन कोरोनाविरुद्धको सतर्कता

    ग्रामीण भेगका बैंकमा छैन कोरोनाविरुद्धको सतर्कता

    वीरगंज : बाराको परवानीपुर गाउँपालिका अन्तर्गत परवानीपुर बजारमा सञ्चालनमा रहेको नेपाल बंगलादेश बैंकको शाखामा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन। बैंकमा पुग्ने सेवाग्राहीहरुलाई सामाजिक दुरीलगायत कुनैपनि किसिमको सजगता नअपनाइएको हो। बैंकमा बिहान १० बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गरेको छ। बैंक भने बिहान ११ देखि दिउँसो १ बजेसम्म सञ्चालन हुन्छ। बैंकका प्रबन्धक सञ्जय यादवले कोरोना महामारी फैलिरहे तापनि ग्रामीण शाखाको बैंक भएकोले…

    विस्तृतमा पढ्नुस्

  • मोदी लहर वीरगंजमा पनि, कोरोना भगाउन दीपावलीसहित ठटाइयो थाल

    मोदी लहर वीरगंजमा पनि, कोरोना भगाउन दीपावलीसहित ठटाइयो थाल

    वीरगंज : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लहर नेपालको सीमावर्ती बजारहरुमा पनि देखिएको छ। केही दिनअघि मोदीले अप्रिल ५ अर्थात चैत २३ गते राति ९ बजेदेखि ९ मिनेटको लागि सबै बत्ती निभएर दियो बाल्न र थाल ठटाएर कोरोना भगाउन अपिल गरेका थिए। त्यसैको प्रभाव नेपालको सीमावर्ती बजार वीरगंजमा पनि परेको देखिएको छ। वीरगंजको बजार क्षेत्र तथा पर्साको ग्रामीण भेगमा पनि दीपावली…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले वीरगंजमै रोकिए भारतीय, बाघबाख्री खेलेर बित्दै छ दिन : 'उता परिवार दुःखी छन्, हामी यता अलपत्र'

    लकडाउनले वीरगंजमै रोकिए भारतीय, बाघबाख्री खेलेर बित्दै छ दिन : 'उता परिवार दुःखी छन्, हामी यता अलपत्र'

    वीरगंज : भारत, मोतीहारीका परदेशी कुमार अहिले वीरगंजमा रोकिएका छन्। कोरोना भाइरस रोकथामका लागि भारत र नेपाल दुबैतर्फ लकडाउन भएपछि काठमाडौंबाट आफ्नो घर हिँडेका परदेशी वीरगंजमा रोकिएका हुन्। आफू काठमाडौंमा रङ्गरोगनको काम गर्दै आएको र १८ गते राति काठमाडौंबाट माइक्रो हुँदै वीरगंज आइपुगेको उनले बताए। 'त्यही दिनदेखि क्वारेन्टाइनमा बस्नुपरेको छ,' परदेशीले भने। उनी ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा घर जाने दिन कुर्दै…

    विस्तृतमा पढ्नुस्

  • जल्दै गरेको शव प्रहरीले लियो नियन्त्रणमा : परिवारकै तीन जना पक्राउ, श्रीमान भने मलेसियामा

    जल्दै गरेको शव प्रहरीले लियो नियन्त्रणमा : परिवारकै तीन जना पक्राउ, श्रीमान भने मलेसियामा

    वीरगंज : पर्सा प्रहरीले एक जना महिलाको हत्या अभियोगमा एकै परिवारका तीन र एक छिमेकी गरी ४ जनालाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–८ रामनगरीका उपेन्द्र पंडितकी श्रीमती उर्मिलाको हत्या आरोपमा निजका ससुरा सुरेश, सासु फूलकुमारी, देउरानी मालती देवी र छिमेकी विवेक पंडित पक्राउ परेका हुन्। शुक्रवार साँझ घरमै हत्या गरी शनिवार बिहान २ बजे २३ वर्षीया उर्मिलालाई जलाएको सूचना प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • तयारी औषधिमात्र होइन, बनाउने कच्चा पदार्थसमेत रोक्यो भारतले, उत्पादनमा असर

    तयारी औषधिमात्र होइन, बनाउने कच्चा पदार्थसमेत रोक्यो भारतले, उत्पादनमा असर

    वीरगंज : निर्यातमा रोक लगाएका २६ प्रकारका औषधीको सूचीमा नपरेका केही औषधी र सहायक कच्चा पदार्थसमेत भारतले भन्सार नाकामा रोक्दा वीरगंज-पथलैया औद्योगिक करिडोरका १४ वटा उद्योगहरु बन्दको संघारमा पुगेका छन्। तीन दिनयता नेपालका लागि आउने औषधि उद्योगका सहायक कच्चा पदार्थ रक्सौल भन्सारले रोकिदिएको छ। अझै केही दिन यस्तै रहे वीरगंज कोरिडोरका सबै उद्योग बन्द हुने वीरगंजका औषधी उद्योगीहरूले बताएका छन् ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सीमाबाट ओहोरदोहोर भइरहनुमा प्रहरी प्रशासनको दोष : मुख्यमन्त्री राउत

    नेपाल-भारत सीमाबाट ओहोरदोहोर भइरहनुमा प्रहरी प्रशासनको दोष : मुख्यमन्त्री राउत

    वीरगंज : मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ का आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा अन्य सुरक्षा निकायको लापरबाहीले गर्दा लकडाउनको अवस्थामा नेपालबाट भारत र भारतबाट नेपाल आउने क्रम नरोकिएको बताएका छन्। उनले खुला सीमामा कडाइ गर्नुपर्ने, केन्द्र सरकार मातहतको गृह मन्त्रालयको निर्देशन रहे तापनि विगत तीन-चार दिनदेखि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालमा उपचाररत ३ जना डिस्चार्ज, २ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

    नारायणी अस्पतालमा उपचाररत ३ जना डिस्चार्ज, २ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

    वीरगंज : नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भर्ना भएका ३ जना विरामीहरुलाई डिस्चार्ज गरिएको छ। कतारबाट आएका ३ जनामा कोरोनाको  लक्षण नदेखिएपछि एकअघि अस्पताल भर्ना भएका उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए। यस्तै, दुई जनाको थ्रोट स्वाब भाइरस परीक्षणको लागि काठमाडौं पठाइएको छ। कोरोनाको आशंकामा अस्पतालकै आइसोलेसन वार्डमा रहेका दुई जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

    विस्तृतमा पढ्नुस्

  • ब्रिटानिया नेपालले नारायणी अस्पताललाई दियो ३० थान पीपीई

    ब्रिटानिया नेपालले नारायणी अस्पताललाई दियो ३० थान पीपीई

    वीरगंज : बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिले वीरगंजस्थित नारायणी अस्पताललाई साढे तीन लाख बराबरको ३० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) हस्तान्तरण गरेको छ। ब्रिटानियाका प्रबन्धक प्रबोध खेरले पीपीई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरे। नारायणी अस्पतालमा कोरोना भाइरससँग लड्न आवश्यक स्रोतसाधन र पीपीईको कमीबारे थाहा पाएर सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग व्यवस्थापनले काठमाडौंमा निर्मित पिपिई उपलब्ध गराएको खेरले बताए।…

    विस्तृतमा पढ्नुस्

  • भारतको धार्मिक सभाबाट आएका २६ जना प्रहरी नियन्त्रणमा, क्वारेन्टाइनमा पठाइयो

    भारतको धार्मिक सभाबाट आएका २६ जना प्रहरी नियन्त्रणमा, क्वारेन्टाइनमा पठाइयो

    पर्सा : भारतको राजधानी नयाँ दिल्लीका साथ अन्य राज्यमा आयोजना भएको इस्लाम धर्मावलम्बीहरुको धार्मिक सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिल्लीमा आयोजित धार्मिक सभाबाट कोरोना भाइरस फैलिएपछि उक्त कार्यक्रममा नेपालीहरु समेत उपस्थित भएको खुलेको थियो। त्यसैले भारतबाट आएकाहरुमा भाइरस संक्रमण हुन सक्ने अशंकामा पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी नियन्त्रणमा हुनेहरुमा पर्साका ३ जना,रौतहटका १२…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को कोरोना राहत कोषलाई कुमारी बैंकको १० लाख सहयोग

    प्रदेश २ को कोरोना राहत कोषलाई कुमारी बैंकको १० लाख सहयोग

    वीरगंज : प्रदेश नम्बर २ सरकारले कोरोना रोग रोकथाम तथा राहत कोषमा बुधवारसम्म २७ लाख रुरुपैयाँ जम्मा भइसकेको छ। बिहीवार कोषलाई कुमारी बैंकले १० लाख सहयोग गरेको बैंकका प्रादेशिक प्रबन्धक सिद्धार्थ सिंहले जानकारी दिए। कुमारी बैंकको सहयोगपछि कोषमा ३७ लाख रुपैयाँ पुग्ने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए। बुधवार नेपाल बैंकका प्रतिनिधिले ५ लाखको चेक सहयोग गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीको धार्मिक सभामा सहभागी भएर आएको आशंकामा ११ जना नियन्त्रणमा

    दिल्लीको धार्मिक सभामा सहभागी भएर आएको आशंकामा ११ जना नियन्त्रणमा

    वीरगंज: भारतको नयाँ दिल्लीमा मार्च १ देखि १५ सम्म आयोजित निजामुद्दीन मरकज (इस्लाम धर्मावलम्बीको धार्मिक सभा)मा सहभागी भएर आएको आशंका पर्साबाट ११ जना पक्राउ परेका छन्। स्थानीयको सूचनाको अधारमा प्रहरीले पर्साको पटेर्वासुगौली गाउपालिका-१ कंचनपुर गदियानीको मदरसामा लुकेर बसेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साकी एसपी गंगा पन्तले जानकारी गराइन्। पक्राउ परेका सबैलाई खाना बस्नको सुविधासहित क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। उक्त…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टाभित्र २० शय्याको आइसोलेसन कक्ष बनाउने सांसद प्रदिप यादवको घोषणा

    २४ घण्टाभित्र २० शय्याको आइसोलेसन कक्ष बनाउने सांसद प्रदिप यादवको घोषणा

    वीरगंज : २४ घण्टाभित्र २० शय्याको आइसोलेसन बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन्। सांसद यादव बुधवार नारायणी अस्पतालमा आइसोलेसन वार्ड बनाउने कार्यमा जुटेका हुन्। जगदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेलफेयरको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँको लागतमा २० शय्याको आइसोलेसन वार्ड स्थापना गर्ने सांसद यादवले घोषणा गरेका छन्। सर्लाहीदेखि पर्सा जिल्लासम्मका बिरामीहरुको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा राहत बाँड्ने क्रममा वीरगंजमा झडप, १९ जना घाइते

    लकडाउनमा राहत बाँड्ने क्रममा वीरगंजमा झडप, १९ जना घाइते

    वीरगंज : वीरगंजमा राहत बाँडने क्रममा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। वीरगंज–१९ बरेवा गाउँमा लकडाउनले समस्यामा परेका गाउँलेलाई राहत बाँडनेबीच काखापाखा भएको भन्दै दुई पक्षबीच झडप भएको हो। घाइतेमध्ये केहीको टाउकोमा घाउ भएको छ भने कतिपयको हातमा चोट लागेको बताईएको छ। घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ। राहत सामग्री बाँड्न मंगलवार १ लाख २५ हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • खाद्यान्न ढुवानीमा प्रहरीले अवरोध गरेको परवानीपुरका व्यवसायीको आरोप

    खाद्यान्न ढुवानीमा प्रहरीले अवरोध गरेको परवानीपुरका व्यवसायीको आरोप

    वीरगंज : वीरगंज-पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुर बजारका किराना व्यवसायी तथा तरकारी पसल सञ्चालकहरुले खाद्यान्न सामग्रीको आपूर्तिमा प्रहरी प्रशासनले अवरोध गरिरहेको बताएका छन्। परवानीपुर बजारका करिब २० भन्दा बढी किराना व्यवसायी तथा दर्जनौँ तरकारी पसल सञ्चालकहरु अवरोधका कारण समस्यामा परेको परवानीपुर व्यापार संघका अध्यक्ष शिवपुजन कुशवाहाले बताए। उनले खाद्यान्न सामग्री ढुवानी गर्ने सवारी सधानको लागि स्थानीय प्रशासनसँग पासको माग राख्दा…

    विस्तृतमा पढ्नुस्

  • ठाकुरराम क्याम्पसको छात्रावासमा कोचिए स्वदेश फर्किन हिँडेका भारतीय

    ठाकुरराम क्याम्पसको छात्रावासमा कोचिए स्वदेश फर्किन हिँडेका भारतीय

    वीरगंज : भारत जान लागेका करिब साढे ३ सय भारतीयलाई पर्सा प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्रावासको भवनमा राखेको छ। मंगलवार राति १२ बजेदेखि उनीहरुलाई नियन्त्रणमा लिई छात्रावासमा राखिएको हो। नियन्त्रणमा पर्नेहरुमा भारत बिहारका मजदुर र केही बारा पर्सा आसपासका नेपाली नागरिक रहेको जनाइएको छ। लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल र अन्य साना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मनोज र नारायणी ग्यासको अभाव, उद्योगी भन्छन् : ग्यास बुलेटको आयात नै आधाले घटेको छ

    वीरगंजमा मनोज र नारायणी ग्यासको अभाव, उद्योगी भन्छन् : ग्यास बुलेटको आयात नै आधाले घटेको छ

    वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाटै सबै प्रकारको इन्धन आयात भएर देश भर आपूर्ति हुन्छ। तर, ६ दिनको लक डाउनमा देशको विभिन्न शहर जस्तै वीरगंजमा पनि एलपी ग्यासको अभाव भएको देखिएको छ। वीरगंजमा विशेष गरी मनोज र नारायणी ब्राण्डका ग्यासका उपभोक्ताहरु रहेकोले अभावले बढिलाई छोएको उपभोक्ताहरुको भनाइ छ। पर्साको बहुदरमाई–७ बस्ने शिक्षक नरेश यादव ग्यास नपाएर तीन दिनदेखि वीरगंजको…

    विस्तृतमा पढ्नुस्

  • दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल

    दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल

    वीरगंज : नेपालबाट भारतीय सीमावर्ती शहर रक्सौलमा तेल भर्न जाने क्रममा मितेर पुलमा रोकिएका ३५ वटा ट्यांकर रक्सौल जान थालेका छन्। भारतीय अधिकारीको निर्देशनमा सोमवार रक्सौल कस्टम नजिक भारतीय सुरक्षाकर्मीहरुले तारजाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारी साधन तथा आवागमनमा रोक लगाएका थिए। नेपालबाट इन्धन लिन गएको ट्यांकर बिहान साढे ८ बजेपछि साढे १० बजे सम्म मितेरी पुलमै रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रहरीले नेपालतिर फसेका आफ्नै नागरिकमाथि चलायो गोली

    भारतीय प्रहरीले नेपालतिर फसेका आफ्नै नागरिकमाथि चलायो गोली

    वीरगंज : वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेको ३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र परेका भारतीयलाई लखेट्न खोजेको हो। हवाई फायरपछि मितेरी पुलमा भगाभाग चलेको छ। बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भारतीयहरु फर्किने क्रममा दशगजा…

    विस्तृतमा पढ्नुस्

  • सिमरामा बन्यो प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड

    सिमरामा बन्यो प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड

    वीरगंज : सम्भावित कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सहज उपचार गर्न बाराको सिमरामा प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड निर्माण भएको छ। जितपुरसिमरा उपमहानगरका मेयर डा कृष्ण पौडेलको पहलमा तराई यातायातको भवन नजिक रहेको पुरानो गार्मेन्ट उद्योग परिसरमा ४० बेडको आइसोलेसन र ६० बेडको क्वारेन्टाइन वार्ड स्थापना गरिएको हो। आगामी दिनमा कोरोना महामारी बढ्न सक्ने चिकित्सकहरुको तर्क अनुसार पूर्वतयारीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell