PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • वीरगंज-पथलैया करिडोरमा खाद्यान्न ढुवानी गर्न राति ९ बजेदखि बिहान ७ बजेसम्मको समयसीमा

    वीरगंज-पथलैया करिडोरमा खाद्यान्न ढुवानी गर्न राति ९ बजेदखि बिहान ७ बजेसम्मको समयसीमा

    वीरगंज : वीरगंज-पथलैया करिडोरका करिब १ दर्जन भन्दा बढी खाद्यान्न, औषधिलगायत उद्योगहरुको लागि स्थानीय प्रशासनले राति ९ बजेदखि बिहान ७ बजे सम्मको समयसीमा तोकेको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगंजका अति आवश्यक तथा खाद्यान्न उद्योग नियमित सञ्चालनको लागि वीरगंजका मेयर विजयकुमार सरावगीको पहलमा पर्सा-बाराका सुरक्षाअधिकारीसँग यो समय निर्धारण गरिएको बताए। चामल, तेल, दाल, पशु दाना, औषधि, साबुन, सर्फलगायत…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको उल्लघंन गरी चलाइएका २ सय सवारी साधन प्रहरीको नियन्त्रणमा, ग्रामिण भेगका पसलमा भिडभाड

    लकडाउनको उल्लघंन गरी चलाइएका २ सय सवारी साधन प्रहरीको नियन्त्रणमा, ग्रामिण भेगका पसलमा भिडभाड

    वीरगंज : पर्सा र बारा क्षेत्रमा लकडाउन उल्लघंन गरेर चलाइएका करिब २ सय सवारी सधानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृया अघि बढाइएको छ। पर्साको विभिन्न ठाउँबाट ९८ वटा मोटरसाइकल, २ वटा कार, एउटा अटो, एउटा पिकअप, ७ वटा साइकल र एउटा ट्रयाक्टर गरी १ सय १० सवारी सधान नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवत्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • पर्सा राष्ट्रिय निकुञ्जमा सेना-शिकारीबीच गोली हानाहान, एक जनाको मृत्यु

    पर्सा राष्ट्रिय निकुञ्जमा सेना-शिकारीबीच गोली हानाहान, एक जनाको मृत्यु

    वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जमा शुक्रवार विहान साढे ९ बजे भएको गोली हानाहानमा परी मकवानपुर, हेटौडा नगरपालिका पदमपोखरीका भीमलाल मोक्तानको मृत्यु भएको छ । शिकारी समूहमध्येको अन्दाजी ३५ वर्षीय मोक्तानको नेपाली सेनाको गोली लागेर मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले उनको मृत्यु भएको पुष्टि गरे। वन्यजन्तुको चोरी शिकार गर्न करिब ११ जनाको शिकारीहरुको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण ड्राइपोर्ट भन्सारमै थुप्रियो भारतबाट आएका २५ सय बढी कन्टेनर

    लकडाउनका कारण ड्राइपोर्ट भन्सारमै थुप्रियो भारतबाट आएका २५ सय बढी कन्टेनर

    वीरगंज : सरकारले गत मंगलवारदेखि साताभरीको लागि देशव्यापी लकडाउनको घोषणा गरेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह पूर्णरूपमा ठप्प भएको छ। भारतको कोलकाता र विशाखापट्टनमबाट मालबाहक रेल आउने क्रम जारी रहेकोले करिब २५ सय भन्दा बढी कन्टेनर बन्दरगाहमा थुप्रिएको छन्। सुक्खा बन्दरगाह भन्सारमा मंगलवार बिहानदेखि क्लियरिङ ऐजेन्ट, व्यवसायी तथा सवारी चालकलगायतको चहलपहल घटेको छ। सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • मुस्कान खातुनमाथि एसिड फ्याँक्ने साधारण तारेखमा रिहा

    मुस्कान खातुनमाथि एसिड फ्याँक्ने साधारण तारेखमा रिहा

    वीरगंजः जिल्ला अदालतले मुस्कान खातुन एसिड प्रहार घटनाका एक अभियुक्तलाई साधारण तारेखमा रिहा गरेको छ। घटनाका अभियुक्त समसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन्। समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी हुन्। ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी समसाद मियाँलाई जिल्ला अदालतले बोलाएको समयमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन सफल बनाउन स्थानीयको यस्तो जुक्ति : बाटो छेकेर गाउँ प्रवेशमै निषेध

    लकडाउन सफल बनाउन स्थानीयको यस्तो जुक्ति : बाटो छेकेर गाउँ प्रवेशमै निषेध

    वीरगंज : कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तराईका गाउँघरमा स्थानीयले अनौठो उपाय निकालेका छन्। उनीहरुले गाउँमा कोही अपरिचित व्यक्ति प्रवेश नगरोस भन्ने उद्देश्यले गाउँ प्रवेशमा निषेध गरेका छन् भने बाहिरबाट आउने सवारी साधनलाई समेत चोकचोकमा छेकबार लगाएर लकडाउनलाई सफल पारिरहेका छन्। प्रदेश २ को पर्सा बाराको ग्रामिण भेगका विभिन्न गाउँहरु लक डाउनले आज तेस्रो दिन पनि सुनसान रहेका छन्। ग्रामिण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगंज पुगे ५३ जना, सीधै राखियो क्वारेन्टाइनमा

    लकडाउनमा काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगंज पुगे ५३ जना, सीधै राखियो क्वारेन्टाइनमा

    वीरगंज : भारत तथा विदेशबाट यात्रा गर्दै वीरगंज आइपुगेका नारायणी अस्पतालमा राखिएका पाँच जनासहित २५ जनालाई वीरगंजको क्वारेन्टाइनमा राखिएको छ। नारायणी अस्पतालको आइसोलेशन वार्डमा पर्सा, बाराका ५ जना र भन्सार नजिकै एमबी केडिया डेन्टल हस्पिटलमा रहेका २० जनालाई नेपाली सेनाको निगरानीमा क्वारेन्टाइनमा राखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार क्वारेन्टाइनमा राखिएका २५ जनामा कोरोना रोगको कुनै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण वीरगंजमा सस्तियो ब्रोइलर कुखुरा, आकाशियो हरियो तरकारीको भाउ

    लकडाउनका कारण वीरगंजमा सस्तियो ब्रोइलर कुखुरा, आकाशियो हरियो तरकारीको भाउ

    वीरगंज : सरकारले कोरोना रोगको रोकथामको लागि लगाएको लकडाउनका कारण वीरगंज आसपासको बजारमा हरियो तरकारी तथा फलफूलको मुल्य ह्वात्तै अकाशिएको छ। ब्रोइलर कुखुराको भने खपत घटेपछि भाउ सस्तिएको छ। वीरगंज माछामासु व्यवसायी संघका सचिव ग्यासु मिया देवानका अनुसार वीरगंज बजारमा अहिले एक सय ६० रुपैयाँ प्रतिकिलोमा कुखुरा र ९ सय रुपैयाँ प्रतिकिलोमा खसीको मासु बिक्री भइरहेको बताए। तर, सरकारले माछामासु…

    विस्तृतमा पढ्नुस्

  • चोकचोकमा भेला भएर मस्त गफिएकालाई नियन्त्रणमा लिँदै प्रहरी, नटेरेपछि धरपकड शुरु

    चोकचोकमा भेला भएर मस्त गफिएकालाई नियन्त्रणमा लिँदै प्रहरी, नटेरेपछि धरपकड शुरु

    वीरगंज : कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउन पर्साका जनताले आंशिक रुपमा पालना गरेको देखेर स्थानीय प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मध्यान्ह १२ बजेदेखि मधेस आन्दोलन ताका देखिएको कर्फ्यु नै लगाएको देखिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार राज्यको निर्देशन जनताले नबुझेपछि सचेत गराउन र…

    विस्तृतमा पढ्नुस्

  • भारतमा उपचाररत् वीरगंजका एक उद्योगीलाई कोरोना संक्रमणको आशंका, परिवारका सबै सेल्फ क्वारेन्टाइनमा

    भारतमा उपचाररत् वीरगंजका एक उद्योगीलाई कोरोना संक्रमणको आशंका, परिवारका सबै सेल्फ क्वारेन्टाइनमा

    वीरगंजः भारतमा उपचाररत वीरगंजका एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको आशंकापछि उनको परिवारका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्।   हाल बिहारको राजधानी पटनास्थित पिएमसिएच अस्पतालमा उपचाररत् रुंगटा कोलकातास्थित आफन्तको विवाहमा सहभागी भएर मार्च ४ तारिख वीरगंज फर्किएका थिए। मार्च १४ देखि उनलाई हाइ ग्रेड ज्वरो आएपछि १७ तारिखमा पटना लगिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले भने ५२ वर्षीय शिवकुमार रुंगटामा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट दैनिक २ करोडको खाद्य सामानको तस्करी, नेपाली व्यवसायी घाटामा

    वीरगंजबाट दैनिक २ करोडको खाद्य सामानको तस्करी, नेपाली व्यवसायी घाटामा

    वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज आसपासबाट दैनिक २ करोड भन्दा बढीको खाद्य सामाग्रीको तस्करी हुने गरेको उद्योगीहरुले आरोप लगाएका छन्। वीरगंजका करिब एक दर्जन उद्योगीहरुले खुल्ला सीमानाबाट हुने तस्करी नियन्त्रण हुन नसक्दा आफूहरु घाटाको रोजगार गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमजोर सुरक्षा व्यवस्था र वीरगंज भन्सारका कर्मचारीहरुकै मिलेमतोमा चामल, चिनी, तेल, पिठो,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज-पथलैया करिडोरका १५ हजार मजदुर कोरोनाको जोखिममा

    वीरगंज-पथलैया करिडोरका १५ हजार मजदुर कोरोनाको जोखिममा

    वीरगंज : मुलुककै सबै भन्दा ठूलो औद्योगिक करिडोरको रुपमा चिनिने वीरगंज-पथलैया औद्योगिक करिडोरमा काम गर्ने करिब १५ हजार भन्दा बढी मजदुर कोरोनाको जोखिममा छन्। नेकपा निकट जिफन्ट पर्साका अध्यक्ष विनोद महतोले सरकारले २५ जना एक ठाउँमा भिडभाड नगर्नु भनेर निर्णय समेत गरी सक्दा पनि श्रम मन्त्रालय र उद्योग मन्त्रालयले उद्योग/काराखाना सञ्चालन गर्ने या बन्द गर्ने बारेमा स्पष्ट निर्देशन नदिएकोले सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीहरुले आइसोलेसन वार्ड बनाउन १७ कोठाको होटल दिने

    व्यवसायीहरुले आइसोलेसन वार्ड बनाउन १७ कोठाको होटल दिने

    वीरगंज : होटल तथा पर्यटक व्यवसायी संघ पर्साले वीरगंजमा सुरक्षित आइसोलेसन वार्ड निर्माणको लागि होटल उपलब्ध गराउने भएको छ। संघले आइसोलेसन वार्ड निर्माण गर्ने १७ कोठा भएको होटल दिने घोषणा गरेका हो। संघले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक परेको बेला बैशाख १ सम्म आइसोलेसन वार्डको रुपमा आदर्शनगरको क्लासिक होटल उपयोग गर्न अनुरोध गरेको छ। संघका अध्यक्ष हरि…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट नेपाल छिर्नेहरुको स्वास्थ्य जाँचमा कडाइ, चिकित्सकहरुले भने, ‘सीमा बन्दै गर्नुपर्छ’

    भारतबाट नेपाल छिर्नेहरुको स्वास्थ्य जाँचमा कडाइ, चिकित्सकहरुले भने, ‘सीमा बन्दै गर्नुपर्छ’

    वीरगंज : वीरगंज नाकाबाट नेपाल भित्रिनेहरुको जाँचमा कडाइ गरिएको छ। सो नाकाबाट कोरोना भाइरसका संक्रमित बिरामी नभित्रिउन भन्ने उद्देश्यले ‘हेल्थ डेस्क’मा शुक्रवारदेखि स्वास्थ्य जाँचमा कडाइ गरिएको वीरगंज महानगरपालिकाका निमित्त प्रमुख तथा स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले जानकारी दिए। उनले भारतमा कारोनाको प्रभाव बढ्दै गएपछि खुल्ला सिमानाको कारण भारतबाट आउने अधिकांशको स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिएको बताए। पर्साका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथामका लागि प्रदेश २ सरकारको फितलो तयारी, आइसोलेसन वार्डमा बेड मात्रै

    कोरोना रोकथामका लागि प्रदेश २ सरकारको फितलो तयारी, आइसोलेसन वार्डमा बेड मात्रै

    वीरगंज : कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश नम्बर २ सरकारको फितलो तयारी रहेको सरोकारवालाहरुले नै स्वीकार गरेका छन्। प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका उपसचिव विजयकुमार झाले प्रदेशका अस्पतालहरुमा आइसोलेसन वार्ड र ठाउँ लोकेट भए तापनि आइसोलेसन वार्डको लागि चाहिने आवश्यक समानहरुको अभावले वार्डको अवस्था दयनीय रहेको बताए। उनले बिहीवार सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा…

    विस्तृतमा पढ्नुस्

  • सयौँ सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा छैन कोरोनाविरुद्धको सतर्कता

    सयौँ सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा छैन कोरोनाविरुद्धको सतर्कता

    वीरगंज : सरकारले एकै ठाउँमा २५ जना भन्दा बढिको संख्यामा भिडभाड नगर्नु भनेर निर्णय गरिसकेको अवस्थामा वीरगंजका केही सरकारी कार्यालयहरुले उक्त निर्णयको उल्लंघन गरिरहेको छन्। वीरगंजका एक दर्जन बढी कार्यालय तथा बैंकहरुमा सयौंको भिडभाड अहिले पनि कायमै छ। यातायात व्यवस्था कार्यालयको लाइसेन्स शाखामा बिहीवार बिहान करिब ३ सय जनाको सवारी चालक अनुमति पत्रको लागि लिखित परीक्षा लिएको सेवाग्राहीहरुले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बैङ्किङ कसुरमा रौतहटका पत्रकार नेतालाई ७ दिनको कैद

    बैङ्किङ कसुरमा रौतहटका पत्रकार नेतालाई ७ दिनको कैद

    वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले बैङ्किङ्ग कसुर मुद्दामा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई ७ दिन कैदको फैसला गरेको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायधीशद्वय डिल्लीराज अर्चाय र भीमकुमार ओझाको संयुक्त इजलासले बैङ्किङ्ग कसुर गरेको ठहर गर्दै पत्रकार महासंघ रौतहटका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमल्सिनालाई कैदको…

    विस्तृतमा पढ्नुस्

  • भारतको जम्मुमा फसे ६० नेपाली, वैष्णोदेवी दर्शन गर्न हिँडेका सबैलाई १४ दिनको 'क्वारेन्टाइन'

    भारतको जम्मुमा फसे ६० नेपाली, वैष्णोदेवी दर्शन गर्न हिँडेका सबैलाई १४ दिनको 'क्वारेन्टाइन'

    वीरगंज : वीरगंजबाट भारतको वैष्णोदेवी दर्शनका लागि गएका ६० भन्दा बढी तीर्थयात्री कोरोना भाइरसको संक्रमण बढेका कारण भारतको कटरामा फसेका छन्। वीरगंजबाट फागुन २४ गते हिँडेका तीर्थयात्रीलाई ३ दिन देखि कटरामा भारतीय प्रहरीले उच्च निगरानीका साथ क्वारेन्टाइनमा राखेको छ। जम्मु कश्मीर क्षेत्रको कटरासम्म रेलबाट पुगेका नेपाली तीर्थयात्रीलाई वैष्णोदेवी मन्दिर जाने मुख्य नाका कटरामा राखिएको वीरगंजका अवधेशकुमार मिश्रले जानकारी दिए। तीर्थयात्राका…

    विस्तृतमा पढ्नुस्

  • तीन दर्जन महिलासँग सवा करोड ठग्ने दुई जना पक्राउ

    तीन दर्जन महिलासँग सवा करोड ठग्ने दुई जना पक्राउ

    वीरगंज : बाराका तीन दर्जन महिलाहरुलाई सहकारी संस्थाबाट ऋण लिन लगाइ एक करोड ३० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय झुल खाँ पैठान र प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरियाका ५० वर्षीय जहिर मियाँ रहेका छन्। पैठानले सुवर्ण गाउँपालिककाका २२ जना महिलाहरुलाई विभिन्न सहकारी तथा वित्तीय संस्थाबाट ऋण…

    विस्तृतमा पढ्नुस्

  • भारततर्फ मास्कको तस्करी गर्न लाग्दा दुई जना पक्राउ

    भारततर्फ मास्कको तस्करी गर्न लाग्दा दुई जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले नेपालबाट भारततर्फ मास्कको तस्करी गर्न लागिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा छिपरमाई गाउँपालिका-५ का ३८ वर्षीय सुनिल जैसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्। कोरोनाको प्रकोप विश्वभर फैलिरहेको अवस्थामा काठमाडौंबाट पर्साको भिस्वा बजार हुँदै भारत लैजादै गर्दा ईलाका प्रहरी पोखरीयाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई बरामद गरिएको २० हजार थान मास्कसहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell