PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • रक्सौलबाट बिहानैबाट नेपालीलाई भित्र्याउने क्रम सुरु, २५ जिल्लाका नागरिक देश भित्रिँदै

    रक्सौलबाट बिहानैबाट नेपालीलाई भित्र्याउने क्रम सुरु, २५ जिल्लाका नागरिक देश भित्रिँदै

    वीरगंज : भारतबाट आज बिहान १० बजेसम्म ३ सय ७५ जना नेपाली भित्रिएका छन्। वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका ६ सय नेपालीलाई फिर्ता गराउने क्रमसँगै उनीहरु आउन थालेका हुन्। नेपाल भित्रनेलाई लिन प्रमुख जिल्ला अधिकारी देखि मेयर र नेताहरु सीमाको पुलमा पुगेका छन्। स्थानीय प्रशासनको पहल अनुसार बुधवार बिहानदेखि रक्सौलको विभिन्न क्वारेन्टाइनमा रहेका करिब ६ सय नेपाली नागरिकलाई …

    विस्तृतमा पढ्नुस्

  • के नारायणी ७२ घण्टाभित्र जनरल अस्पताल बन्ला? जनता, मेयर, चिकित्सकको यस्तो छ अडान

    वीरगंज : संघ सरकार मातहत रहेको वीरगंजस्थित नारायणी अस्पताल सोमवारसम्म कोभिड-१९ का बिरामीहरुको उपचारमा खटिरहेको थियो। सोमवार एकै दिन ४३ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्किएपछि नारायणी अस्पताल अब पुनः जनरल अस्पताल बन्ने आशा पलाएको छ। गत चैत २९ गते वीरगंजमा पहिलो पटक भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि भएपछि तयारी बिना नै नारायणी अस्पतालले कोभिड-१९ अस्पतालको सेवा प्रारम्भ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • के नारायणी ७२ घण्टाभित्र जनरल अस्पताल बन्ला? मेयर र चिकित्सकको यस्तो छ अडान

    के नारायणी ७२ घण्टाभित्र जनरल अस्पताल बन्ला? मेयर र चिकित्सकको यस्तो छ अडान

    वीरगंज : संघ सरकार मातहत रहेको वीरगंजस्थित नारायणी अस्पताल सोमवारसम्म कोभिड-१९ का बिरामीहरुको उपचारमा खटिरहेको थियो। सोमवार एकै दिन ४३ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्किएपछि नारायणी अस्पताल अब पुनः जनरल अस्पताल बन्ने आशा पलाएको छ। गत चैत २९ गते वीरगंजमा पहिलो पटक भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि भएपछि तयारी बिना नै नारायणी अस्पतालले कोभिड-१९ अस्पतालको सेवा प्रारम्भ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनको निगरानी गर्ने २ सैनिक सहित ५ जनामा संक्रमण, बारामा संक्रमित पुगे ४१

    क्वारेन्टाइनको निगरानी गर्ने २ सैनिक सहित ५ जनामा संक्रमण, बारामा संक्रमित पुगे ४१

    वीरगंज : बारामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ। मंगलवार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्ट अनुसार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ जना हुम्ला घर भएका चन्दनाथ गण कलैया सैनिक ब्यारेकका सिपाही रहेका छन्। सैनिकमध्ये एक जनाको ३५ र अर्कोको ३७ वर्ष उमेर रहेको स्वास्थ्य कार्यालय बाराका कोरोना फोकल पर्सन शंकर गुप्ताले जानकारी दिए। त्यसैगरी,…

    विस्तृतमा पढ्नुस्

  • भन्सारबाट आयातकर्ताले धमाधम छुटाउन थाले विलासी कार, २० दिनमा डेढ सय कार छुटे

    भन्सारबाट आयातकर्ताले धमाधम छुटाउन थाले विलासी कार, २० दिनमा डेढ सय कार छुटे

    वीरगंज : वीरगंजस्थित तीन वटा भन्सार नाकाबाट व्यवसायीहरुले धमाधम सवारी साधन छुटाउन थालेका छन्। जेठ १५ गते हुने बजेट भाषण अगावै नेपाली आयातकर्ताहरुले भन्सार विन्दुमा लामो समयदेखि होल्ड भएका सवारी सधानको जाँचपास गराउन थालेका हुन्। वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आगामी बजेटमा सवारी सधान आयातमा राजस्व बढ्ने डरका कारण धमाधम गाडी छुटाएर लगिएको बताए। ‘आगामी आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजलाई कारबाहीको लागि अघि बढ्यो प्रक्रिया

    नेशनल मेडिकल कलेजलाई कारबाहीको लागि अघि बढ्यो प्रक्रिया

    वीरगंज : वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालविरुद्ध कारबाही तथा छानबिन प्रकृया अघि बढेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले गृह मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक कारबाही एवं छानबिन गर्न अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। उनका अनुसार बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ करैया टोलका ७० वर्षीय वृद्धको…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा सोमवार संक्रमण देखिएका सबै भारतबाट आएका, आइसोलेसन वार्ड नहुँदा समस्या

    रौतहटमा सोमवार संक्रमण देखिएका सबै भारतबाट आएका, आइसोलेसन वार्ड नहुँदा समस्या

    वीरगंज : प्रदेश नम्बर २ को रौतहटमा सोमवार थपिएका २६ जना संक्रमित पुरुषहरु भारतको विभिन्न राज्यबाट केही दिनअघि रौतहट आएको खुलेको छ। रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार उनीहरु १० दिनअघि भारतको मुम्बई, दिल्ली, पटना, लखनउ, ईलाहाबाद, नोयडा, गुजरातलगायत शहरबाट रेलको यात्रा गरी रौतहट आएका हुन्। भारतबाट आउनेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ। २६ जनामध्ये राजपुर फरहदवा नगरपालिकाको विभिन्न वडाका…

    विस्तृतमा पढ्नुस्

  • रिपोर्ट नआउँदै शव अन्त्येष्टि गर्न दिने नेशनल मेडिकल कलेज सिल, चिकित्सक र मलामी क्वारेन्टाइनमा

    रिपोर्ट नआउँदै शव अन्त्येष्टि गर्न दिने नेशनल मेडिकल कलेज सिल, चिकित्सक र मलामी क्वारेन्टाइनमा

    वीरगंज : उपचारको क्रममा मृत्यु भई दाहसंस्कार समेत भइसकेका बाराको करैयामाई गाउँपालिका ७ करैया टोलका ७० वर्षका वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै  स्थानीय प्रशासनले नेशनल मेडिकल कलेजको सिल गरेको छ।  पर्सा प्रहरीले वृद्धको मृत्यु र दाहसंस्कार गरिएकफ ८ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थाहा पाएपछि अस्पतालमा प्रवेश गर्ने ढोका सिल गरेको हो।   हाल अस्पतालमा आवतजावत गर्न रोक लागाइएको पर्साकी एसपी गंगा पन्तले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालका ४३ बिरामी संक्रमणमुक्त, दुई पत्रकार पनि डिस्चार्ज हुँदै

    नारायणी अस्पतालका ४३ बिरामी संक्रमणमुक्त, दुई पत्रकार पनि डिस्चार्ज हुँदै

    वीरगंज : वीरगंजको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ४३ जना कोरोना संक्रमितहरु निको भएका छन्। अस्पतालका कोरोना विभाग प्रमुख डाक्टर उदयनारायण सिंहका अनुसार सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी अगाडि बढेको छ। 'आज बिहान नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रकृया भइरहको छ,’ उनले भने। डिस्चार्ज हुने सूचीमा…

    विस्तृतमा पढ्नुस्

  • एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भीटीएम उत्पादन शुरु

    एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भीटीएम उत्पादन शुरु

    वीरगंज : नेपालमा कोरोना भाइरसको प्रकोप बढिरहकै बेला पहिलोपटक कोभिड १९ परीक्षणका लागि भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट उत्पादन शुरु भएको छ। वीरगंज पथलैया औद्योगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रालिले नेपालमै पहिलो पटक भीटीएमको उत्पादन सुरु गरेको हो। मुख तथा नाकबाट लिइएको स्वावलाई परीक्षणका लागि ल्याबसम्म सुरक्षित रुपमा पुर्‍याउन भिटिएमको प्रयोग हुन्छ। कोभिड १९ को महामारीमा पीसीआर टेष्टका लागि…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित डिस्चार्ज 

    नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित डिस्चार्ज 

    वीरगंज : नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचाररत १८ जना संक्रमितहरु कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार लगातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि एकै परिवारका १८ जनालाई डिस्चार्ज गरिएको हो।  कोरोना संक्रमणबाट मुक्त हुँदै डिस्चार्ज हुनेमा वीरगंज ३ छपकैयाका ७ महिला, १० पुरुष र एक शिशु रहेका छन्।  पर्सामा आइतबारसम्म उपचाररत ९८ जनामा २७ जना डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • प्रशासनले वास्ता नगर्दा आईसीपीमा अलपत्र भारतीयलाई स्थानीयले खुवाए खाना, बढ्यो संक्रमणको जोखिम

    प्रशासनले वास्ता नगर्दा आईसीपीमा अलपत्र भारतीयलाई स्थानीयले खुवाए खाना, बढ्यो संक्रमणको जोखिम

    वीरगंज : वीरगंजको एकीकृत जाँच चौकी (आईसीपी)को मुल गेटमा अलपत्र तीन सय भारतीयलाई खाना खुवाउने दुई गाउँका करिब ३ हजार स्थानीय कोरोना भाइरस संक्रमणको जोखिममा परेका छन्। स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले अलपत्र परेका भारतीयको व्यवस्थापन नगर्दा स्थानीयले उनीहरुलाई खाना खुवाएका हुन्। विगत ५ दिनदेखि गाउँबाट चन्दा उठाएर अलपत्र भारतीयलाई मानवीय नाताले दुई छाक खाजा र खाना खुवाइएको स्थानीयले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जोखिममा फ्रन्टलाइनमा खटिनेः बारामा थप चार प्रहरीमा संक्रमण पुष्टि, पर्सामा थपिए दुई संक्रमित

    कोरोना जोखिममा फ्रन्टलाइनमा खटिनेः बारामा थप चार प्रहरीमा संक्रमण पुष्टि, पर्सामा थपिए दुई संक्रमित

    वीरगंज: बारा र पर्सामा आइतबार ६ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पर्साका २ र बाराका ४ पुरुष रहेका छन्। वीरगंज त्रिजुद्ध स्कुलको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो। वीरगंज १६ नगवाका बासिन्दा ६० वर्षे र वीरगंजकै अर्का २५ वर्षे युवकमा संक्रमण पुष्टि भएको हो।  बाराका संक्रमित जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको खुलेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणका क्रममा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावास भन्छ : नेपाली नागरिकलाई हामी छोड्न तयार छौं, नेपालले भित्र्याउन मानेन

    भारतीय दूतावास भन्छ : नेपाली नागरिकलाई हामी छोड्न तयार छौं, नेपालले भित्र्याउन मानेन

    वीरगंज : पर्साको सीमावर्ती भारतीय शहर रक्सौलमा ३ सय नेपाली नागरिक रोकिएका छन्। भारतीय पक्षले नेपाल जान अनुमति दिए पनि नेपाल सरकारले लिखित रुपमा नेपाली नागरिकलाई बोलाउन पहल नगरेकोले वीरगंज नाकाबाट ३ सय नेपाली आउन नसकेको भारतीय दूतावासका अधिकारीले बताएका छन्। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले भने, ‘वीरगंज र पर्साका विभिन्न क्वारेन्टाइनमा फसेका २१० जनालाई भारत सरकारले लिखित रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा ३० बेड क्षमताको कोभिड-१९ अस्पताल सञ्चालनमा

    सर्लाहीमा ३० बेड क्षमताको कोभिड-१९ अस्पताल सञ्चालनमा

    वीरगंज : प्रदेश नम्बर २ को सर्लाहीमा शनिवारदेखि ३० बेड क्षमताको आइसोलेसन वार्डसहितको कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा आएको छ। दिन प्रतिदिन जिल्लामा कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहँदा जिल्लास्थित विपद् व्यवस्थापन केन्द्रको पहलमा मलगंवाको संत अल्पमाई रामनारायण राय नर्सिङ कलेजमा कोभिड-१९ अस्पताल बनाई उपचार सेवा शुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराए। ‘शनिवार सर्लाहीमा भेटिएका १३ संक्रमितहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थुप्रिएका ४ हजार कन्टेनरको विलम्ब शुल्क डेढ अर्ब बढी, छुटको लागि पहल गरिदिन व्यवसायीको आग्रह

    वीरगंजमा थुप्रिएका ४ हजार कन्टेनरको विलम्ब शुल्क डेढ अर्ब बढी, छुटको लागि पहल गरिदिन व्यवसायीको आग्रह

    वीरगंज : भारत तथा तेस्रो मुलुकबाट आयातित मालसामानको कन्टेनर वीरगंजको सुक्खा बन्दरगाहमा लामो समयदेखि होल्ड भएर थुप्रिएपछि विलम्ब शुल्कको चिन्ता शुरु भएको छ। एउटा कन्टेनर १४ दिन भन्दा बढि होल्ड भएर फिर्ता गएन भने प्रति दिन १२ देखि १५ हजारसम्म विलम्ब शुल्क लाग्ने भएकोले सो शुल्क छुट गराउन सिपिङलाइन कम्पनीसँग नेपाल सरकारले पहल गर्नु पर्ने व्यवसायीले माग राखेका छन्। वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • बाराका एक कोरोना संक्रमितकी पत्नीको रिपोर्ट पोजेटिभ, छोराछोरीको नेगेटिभ

    बाराका एक कोरोना संक्रमितकी पत्नीको रिपोर्ट पोजेटिभ, छोराछोरीको नेगेटिभ

    वीरगंज : बाराको कलैयास्थित एक रेडियोमा मार्केटिङ अफिसरको रुपमा कार्यरत कोरोना संक्रमितकी ३७ वर्षीया श्रीमतीमा पनि कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार विहान जारी गरेको विज्ञप्ति अनुुसार बाराको करैयामाई गाउँपालिका निवासी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि उनलाई कलैया अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय बाराका कोरोना विभाग प्रमुख शंकर गुप्ताले बताए।…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालबाट आज ९ जना संक्रमित डिस्चार्ज हुँदै, निको हुनेमा एक भारतीय पनि

    नारायणी अस्पतालबाट आज ९ जना संक्रमित डिस्चार्ज हुँदै, निको हुनेमा एक भारतीय पनि

    राधेश्याम पटेल - वीरगंज : वीरगंजको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमित कोरोनामुक्त भएका छन्। एक भारतीयसहित पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। उनीहरु सबैलाई आजै डिस्चार्ज गर्न लागिएको नारायणी अस्पतालका कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए। डिस्चार्ज हुन लागेका सबै पुरुष हुन्। कोरोना मुक्त…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि, सह प्रवक्ताले भने : आगामी दिनमा स्पष्ट वक्तव्य दिन्छौं

    स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि, सह प्रवक्ताले भने : आगामी दिनमा स्पष्ट वक्तव्य दिन्छौं

    वीरगंज : स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको कोरोना संक्रमितको विवरणमा अर्को पनि त्रुटि फेला परेको छ। बिहान जारी विवरणमा सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ नम्बर वडामा संक्रमित भेटिएको उल्लेख छ। रोचक त के भने यो नगरपालिकामा १२ वटामात्र वडा रहेका छन्। १३ र १४ नम्बर वडा नै छैन। 'मन्त्रालयको रिपोर्टमा १३ र १४ नम्बर वडा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा दोस्रो कोभिड अस्पताल शुरु, स्कूलबाट २५ जना संक्रमित लगियो आइसोलेसनमा

    वीरगंजमा दोस्रो कोभिड अस्पताल शुरु, स्कूलबाट २५ जना संक्रमित लगियो आइसोलेसनमा

    वीरगंज : बिहीवारदेखि वीरगंजमा दोस्रो कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। वीरगंज महानगरको पुरै खर्च र नारायणी अस्पतालको प्राविधिक सहयोग एवं व्यवस्थापनमा अस्पताल सञ्चालनमा आएको हो। वीरगंज–१४ बहुअरीस्थित गण्डक हस्पिटल प्रालिलाई कोभिड अस्तपालको रुपमा परिणत गरी दोस्रो कोभिड अस्पताल बनाइएको हो। एक सातादेखि तयारीको सम्पूर्ण काम पूरा गरी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गण्डक अस्पतालकाका मेडिकल संयोजक डा. उदयनारायण सिंहले बताए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell