PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • प्रदेश २ मा सबैभन्दा बढी जोखिममा छन् रौतहट र सर्लाही, तर छैन पीसीआर प्रयोगशाला

    प्रदेश २ मा सबैभन्दा बढी जोखिममा छन् रौतहट र सर्लाही, तर छैन पीसीआर प्रयोगशाला

    वीरगंज : प्रदेश २ मा शुक्रवार २०४ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ। जसमा आधा संक्रमित ८ मध्ये २ जिल्लाका मात्रै छन्। कुल संक्रमितमध्ये रौतहट र सर्लाही उच्च जोखिममा देखिएको छ भने संक्रमित बढ्ने दर पनि यी दुई जिल्लाको उच्च छ। रौतहटमा शुक्रवार साँझ ४ बजे सम्मको तथ्यांक…

    विस्तृतमा पढ्नुस्

  • रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट फरार ४४ जना प्रहरीको नियन्त्रणमा

    रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट फरार ४४ जना प्रहरीको नियन्त्रणमा

    वीरगंज : पर्साको धोबिनी गाउँपालिकाको क्वारेन्टाइनबाट गएराति फरार भएका ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धोबिनी गाउँपालिकाको वडा नम्बर ४ लगंडीमा रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४४ जना गएराति फरार भएका थिए। क्वारेन्टाइनमा बसेकाहरु एकैपटक फरार भएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई हम्मे परेको थियो। क्वारेन्टाइनबाट फरार भएकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेको प्रहरी टोलीले उनीहरुको घरबाटै नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

    मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

    वीरगंज : स्थानीय तह, प्रदेश र संघीय सरकारको लापर्बाहीको कारण दशरथ रंगशाला पछि देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशाला अहिले भग्नावशेषमा परिणत हुँदै गएको छ। २०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मतका लागि केन्द्र सरकारबाट आगामी आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज आसापासका खेलप्रेमीहरु निराश बनेका छन्। वीरगंज-१२ मुर्लीका कामेश्वर प्रसाद साहले तीन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिए युवा

    वीरगंजमा सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिए युवा

    वीरगंज : वीरगंजमा संघीय सरकारको विरोधमा बिहीवार प्रदर्शन भएको छ। प्रदर्शनमा सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा असफल भएको नारा लगाउँदै विरोध गरिएको हो। सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दबाब दिन वीरगंजका युवा सडकमा उत्रेका हुन्। वीरगंजको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि प्रहरीको बाक्लो…

    विस्तृतमा पढ्नुस्

  • पर्साका आधा दर्जन खोलामा अवैध उत्खनन्, स्थानीय पालिकाले नै दिन्छन् ‘ग्रिन सिग्नल’

    पर्साका आधा दर्जन खोलामा अवैध उत्खनन्, स्थानीय पालिकाले नै दिन्छन् ‘ग्रिन सिग्नल’

    वीरगंज : पर्सामा अढाई महिनाको लक डाउनका कारण सुरक्षाकर्मीको निगरानी फितलो भएपछि गिट्टी बालुवा तस्करी गर्नेहरु सक्रिय भएका छन्। ठेक्का लागेका ३ वटा र नलागेका ३ वटा गरी ६ वटै खोलाबाट दुई महिनायता गिट्टी बालुवाको अबैध उत्खन्न भइरहेको छ। स्थानीय पालिकाको उदासिनता र बनकर्मी तथा खोला क्षेत्रका सुरक्षाकर्मीको सेटिङमा दिनहुँ सयौं ट्र्याक्टर गिट्टी बालुवाको तस्करी भइरहेको पर्साका उत्तरी भेगका स्थानीयहरुको…

    विस्तृतमा पढ्नुस्

  • पर्सा अदालतले असार १ गतेदेखि न्याय सम्पादनको काम थाल्दै, २० प्रकारका सेवा दिने निर्णय

    पर्सा अदालतले असार १ गतेदेखि न्याय सम्पादनको काम थाल्दै, २० प्रकारका सेवा दिने निर्णय

    वीरगंज : पर्सा जिल्ला अदालतले लकडाउन तथा कोरोना भाइरसका कारण अवरुद्ध भएका केही सेवाहरु अगामी असार १ गतेबाट पुनः सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितमा पनि संकमणको जोखिमलाई न्यूनिकरण गरी न्यायिक कार्यको निरन्तरता दिने उद्देश्यले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको पत्र अनुसार पर्सा जिल्ला अदालतबाट असार १ गतेदेखि लागू हुने गरी विभिन्न २० प्रकारका सेवा दिने…

    विस्तृतमा पढ्नुस्

  • गाँजा तस्करीका लागि अस्पतालको एम्बुलेन्स!

    गाँजा तस्करीका लागि अस्पतालको एम्बुलेन्स!

    वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साले ५६ केजी गाँजासहित ३ जनालाई गएराति पक्राउ गरेको छ। सिमरामा रहेको अल्पाइन अस्पतालको ना ६ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा लुकाइछिपाई भारततिर लैजान खोजेका थिए। प्रहरी टोलीले डकैला बहुवरीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ। प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा गएको टोलीले लागू औषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा लालबन्दी निवासी चालक जितबहादुर…

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालत वीरगंजमा भर्चुअल बहस शुरु, पहिलो चरणमा अदालत र उच्च सरकारी वकिलको कार्यालयबीच बहस

    उच्च अदालत वीरगंजमा भर्चुअल बहस शुरु, पहिलो चरणमा अदालत र उच्च सरकारी वकिलको कार्यालयबीच बहस

    वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्दै भर्चुअल बहसमार्फत मुद्दाको सुनवाइ गरी न्याय सम्पादन शुरू गरेको छ। सूचना प्रविधिको प्रयोग गरेर संक्रमणको जोखिमलाई न्यूनीकरण गरी न्याय सम्पादन शुरू गरिएको अदालतले जनाएको छ। महामारीको अवस्थामा न्यायको अनुभूति दिलाउने उद्देश्यले अस्थायी इजलास वीरगंजले बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा, निवेदन प्रतिवेदन, सार्वजनिक सरोकारको रिट निवेदन, थुनुवा भएका मुद्दा, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • चिनी आयात काण्डमा राजस्व अनुसन्धान विभाग पथलैयामा अख्तियारको छापा

    चिनी आयात काण्डमा राजस्व अनुसन्धान विभाग पथलैयामा अख्तियारको छापा

    वीरगंग : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले राजस्व अनुसन्धान विभाग एकाइ कार्यालय पथलैयामा छापामारी गरेको छ। माघ १३ र १६ गते जलेश्वर भन्सार नाकाबाट आयात गरिएको ७२ टन चिनी सम्बन्धमा अनुसन्धान गर्न अख्तियारको टोलीले राजस्व अनुसन्धानमा छापा मारेको बुझिएको छ। राजस्व अनुसन्धान पथलैयाका प्रमुख राजस्व अधिकृत राजनकुमार बिसीले अख्तियारको टोलीले चिनीकाण्ड सम्बन्धमा आवश्यक कागजातहरू बुझेको बताए। अनुष्का मल्टिपर्पस कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • बारामा ३ वर्षीया बालिकासहित ५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ७५

    बारामा ३ वर्षीया बालिकासहित ५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ७५

    वीरगंज: बारामा थप ५ जना नयाँ संक्रमित थपिएका छन्। बारामा पहिलेको ७० जना र सोमवार थपिएका ५ जना गरी कुल ७५ जना संक्रमित पुगेका छन्। यसमध्ये बारा जिल्लाबाट हालसम्म २९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। त्यस्तै बाँकीको कलैया अस्पतालको आइसोलेसन वार्ड र कलैयाको गंगापुरको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ। आज…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज व्यवस्थित रुपमा खोल्न प्रशासन राजी, मापदण्ड पुरा गराउन स्वयमसेवक खटाइने

    वीरगंज व्यवस्थित रुपमा खोल्न प्रशासन राजी, मापदण्ड पुरा गराउन स्वयमसेवक खटाइने

    वीरगंज: वीरगंज बजार पुनः खोल्ने तयारी थालिएको छ। स्थानीय प्रहरी प्रशासनको सहकार्यमा वीरगंज उद्योग वाणिज्य संघको अगुवाईमा वीरगंज बजार पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो। वीरगंज उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा व्यवस्थित रुपमा बजार खोल्न जिल्ला प्रहरी कार्यालय सहमत भएको उल्लेख गरिएको छ। लकडाउनको ७६ दिन बितिसक्दा पसल व्यवसाय चौटप भइसकेको अवस्थामा पुनः तोकिएको सतर्कता अपनाई बजार खोल्न गृहकार्य…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा फेरि थपिए ८ जना नयाँ संक्रमित

    पर्सामा फेरि थपिए ८ जना नयाँ संक्रमित

    वीरगंज : पर्सामा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए। गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको गत जेठ २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये ८ जनाको रिपोट पोजेटिभ आएको उनले बताए। उनीहरु केही समय अघि भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण बढ्न सक्ने भन्दै वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः गरियो बन्द

    कोरोना संक्रमण बढ्न सक्ने भन्दै वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः गरियो बन्द

    वीरगंज : कोरोना संकट व्यवस्थापन केन्द्र पर्साले वीरगंजमा अत्यावश्यक बाहेकका पसलहरु पुनः बन्द गराउने निर्णय गरेको छ। जेठ २३ गते बसेको बैठक अनुसार यसअघि निर्णय भएको बुँदा नम्बर २ अन्तर्गतको ५ र ६ नम्बर वर्गका सबै पसलहरु बन्द गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए। वीरगंजमा जेठ २३ गते देखि विभिन्न व्यवसाय सञ्चालन गर्न जिल्लास्थित…

    विस्तृतमा पढ्नुस्

  • अर्थ राज्यमन्त्रीको स्वकीय सचिव बस्ने घर सिल : सङ्क्रमित ले ६ घण्टा फोन अफ गरेपछि प्रहरी तनावमा

    अर्थ राज्यमन्त्रीको स्वकीय सचिव बस्ने घर सिल : सङ्क्रमित ले ६ घण्टा फोन अफ गरेपछि प्रहरी तनावमा

    वीरगंज : प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवकी स्वकीय सचिव कोरोना सङ्क्रमित भएको जानकारी पाएपछि प्रहरी केही समय तनावमा रह्यो। तनाव उनमा संक्रमण देखिनुमा भन्दा पनि कहाँ छिन् भन्नेमा थियो। उनी सम्पर्कमा नै आइनन्। उनको ६ घण्टासम्म मोबाइल प्रयास गर्दा एउटै आवज आइरहेको थियो- तपाईँले सम्पर्क गर्न खोजिएको मोबाइलको स्वीच अफ गरिएको छ। अब के गर्ने?…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा नेविसंघले अर्थमन्त्री र मुख्यमन्त्रीको जलायो पुतला

    वीरगंजमा नेविसंघले अर्थमन्त्री र मुख्यमन्त्रीको जलायो पुतला

    वीरगंज : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहीवार अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर संघीय र प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो। वीरगंजको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ताले अर्थमन्त्री डा युवराज खतिवडा र प्रदेश नम्बर…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन पर्साको नाका भएर भारततर्फ हुने गाँजा तस्करी, ५० किलो गाँजासहित ३ जना पक्राउ

    रोकिएन पर्साको नाका भएर भारततर्फ हुने गाँजा तस्करी, ५० किलो गाँजासहित ३ जना पक्राउ

    वीरगंज : मकवानपुरको मनहरीमा उत्पादित अवैध गाँजा पर्साको नाका भएर भारततर्फ हुने तस्करी अहिले पनि जारी छ। पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षादेखि ४ किलोमिटर उत्तरमा पर्ने राष्ट्रिय निकुञ्ज भएर पटेर्वा र देउरिया टोल तर्फ ल्याउदै गरेको अवस्थामा ५० किलो गाँजासहित ३ जनालाई  निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साको पटेर्वासुगौली१ महेन्द्रपुर बस्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोना ग्राफ बढाउँदै प्रदेश २ : रौतहटमा एकैदिन ६५ जनामा संक्रमण पुष्टि, बारामा थपिए ७ जना

    कोरोना ग्राफ बढाउँदै प्रदेश २ : रौतहटमा एकैदिन ६५ जनामा संक्रमण पुष्टि, बारामा थपिए ७ जना

    वीरगंजः प्रदेश २ मा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ। बुधबार साँझसम्मका ६ हजार ४७ स्वाबको बाँकी रिपोर्टमध्ये रौतहटमा बिहीबार एकैदिन ६५ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै बारामा ७ जना संक्रमित थपिएका छन्। यसअघि रौतहटमा ३१९ जना संक्रमित थिए। बारामा ५५ जना संक्रमित छन्। पछिल्लो विवरण अनुसार रौतहटको इशनाथ नगरपालिकामा ४६, गुजरा नगरपालिकामा ८, गढीमाई नगरपालिकामा ७ तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा भिटिएम अभाव: स्वाब संकलन प्रभावित, ग्रामीण क्षेत्रमा देखिन थाल्यो कोरोना

    प्रदेश २ मा भिटिएम अभाव: स्वाब संकलन प्रभावित, ग्रामीण क्षेत्रमा देखिन थाल्यो कोरोना

    वीरगंज : कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने आवश्यक स्वास्थ्य सामग्रीको अभावमा पर्सामा स्वाब संकलनको काम बन्द भएको छ। हिजो बुधवार भिटिएम र किटको अभावमा एउटा पनि स्वाब संकलन हुन सकेन। स्वास्थ्य कार्यालय पर्साको अनुसार प्रदेश सरकार र केन्द्र सरकारले भिटिएम उपलब्ध नगराउँदा स्वाब कलेक्शनको काम ठप्प भएको जनाएको छ। ‘पटकपटक प्रदेश सरकारको समाजिक विकास मन्त्रालय र केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयसँग…

    विस्तृतमा पढ्नुस्

  • बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो

    बारामा पनि खुले उद्योग र पसल, लकडाउन खुकुलो

    वीरगंज : बारा प्रशासनले लकडाउनको मोडालिटीमा परिर्तन गर्दै उद्योग कलकारखाना, व्यवसाय एवं पसल खोल्न दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो बुधवारदेखि जेठ ३२ गते मध्यराति १२ बजेसम्म लागु हुनेगरी १२ दिनको लागि लकडाउन खुकुलो पारेको जनाएको छ। समितिले संक्रामण रोग ऐन २०२० को दफा २ बमोजित ८ वटा निर्णय गर्दै बारामा उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर नेगेटिभ आएका व्यक्तिको आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट, सेवा ठप्प, आन्दोलन सुरु

    पीसीआर नेगेटिभ आएका व्यक्तिको आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट, सेवा ठप्प, आन्दोलन सुरु

    वीरगंज : रौतहटको दक्षिणी भेग राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। स्वास्थकर्मीमाथि हातपात गर्नेलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै आज बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका हुन्।  नगरक्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको नगर स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिए।  आज बिहान १० बजे कार्यालय समयमा नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell