PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • अस्पतालमा महिलालाई दूर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मी पक्राउ

    अस्पतालमा महिलालाई दूर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मी पक्राउ

    वीरगंज : वीरगंज–४ विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा एक महिलालाई उपचारको क्रममा स्वास्थ्यकर्मीहरुले दुर्व्यवहार गरेको आरोपमा ३ जना स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विर्ताको टोलीले बुधवार साँझ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एसहान हुसैन, कृष्णा दास र सर्फद्दीन मियाँलाई पक्राउ गरेको हो। घटनाको अनुसन्धन गरिरहेको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी गराइन्। ‘एक जना महिलालाई आइसीयुमा उपचारको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी

    हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी

    वीरगंज: मधेसी महिलाको स्वभिमानमा चोट पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ। वीरगंजका युवा ओमप्रकाश सरार्फले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो। दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताए। मंगलवार उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको समर्थनमा वीरगंजमा प्रदर्शन

    प्रधानमन्त्री ओलीको समर्थनमा वीरगंजमा प्रदर्शन

    वीरगंज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वतन्त्र युवा समाजको आयोजनामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वीरगंजमा मोटरसाइकल र्‍याली निकाएको छ। बुधवार साँझ घण्टाघर अगाडि रहेको विपी उद्यानबाट शुरु भएको र्‍याली घण्टाघर, आदर्शनगर, घडिअर्वा, माइस्थान हुँदै घण्टाघर चोकमा आएर कोण सभामा परिणत भएको थियो। र्‍यालीसहितको प्रदर्शनमा सहभागी युवाले राष्ट्रिय झण्डा बोक्नुको साथै नेपालको नक्सा र केपी ओलीको तस्वीरसहित…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण भारतमै अड्कियो २७ हजार टन रासायनिक मल

    लकडाउनका कारण भारतमै अड्कियो २७ हजार टन रासायनिक मल

    वीरगंज : कोरोना महामारीका कारण नेपाल भारतमा लकडाउन जारी गरिएपछि आयातनिर्यातमा प्रतिकुल असर परेको छ। विदेशबाट आउने सामानहरु भारतका विभिन्न बन्दरगाहमा फसेका कारण नेपालमा ती वस्तुको चरम अभाव हुँदै गएको छ। धानबाली लगाउने सिजन चलिरहँदा विदेशबाट आयत गरी भारत हुँदै नेपाल आउने रासायनिक मलहरु भारतको कोलकाता र विशाखापटनम बन्दरगाहमा करिब २७ हजार टन रासायनिक मल अलपत्र परेको कृषि सामाग्री कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • पर्साका किसानलाई कृषि कर्जामा २ करोड ९६ लाख ब्याज अनुदान

    पर्साका किसानलाई कृषि कर्जामा २ करोड ९६ लाख ब्याज अनुदान

    वीरगंज : प्रदेश नम्बर २ सरकारले पर्साका किसानको लागि कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराएको छ। प्रदेश सरकारले लकडाउनका कारण कृषिको प्रतिकूल प्रभाव न्यूनिकरण गर्ने उद्देश्यले ब्याज अनुदान स्वरुप २ करोड ९६ लाख उपलब्ध गराएको हो। चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार जनताको हकमा काम गरिरहेको कुरा भाषणमा मात्रै होइन व्यवहारमा पनि…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनादेखिको तलब नपाएको भन्दै बोर्डिङका शिक्षक तथा कर्मचारीले गरे आन्दोलनको तयारी

    तीन महिनादेखिको तलब नपाएको भन्दै बोर्डिङका शिक्षक तथा कर्मचारीले गरे आन्दोलनको तयारी

    वीरगंज : पर्साको वीरगंजलगायत अन्य ठाउँको बोर्डिङ स्कूलका शिक्षक तथा कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरिरहेका छन्। कोरोना महामारीको समयमा विगत तीन महिनादेखि निजी विद्यालयले तलब भत्ता नदिँदा आर्थिक तनावमा परेको भन्दै आन्दोलनको विकल्प नरहेको शिक्षक कर्मचारीहरुले बताएका छन्। प्याब्सन अन्तर्गतकै डीएभी आरबी केडिया स्कुलका करिब २५ जना कर्मचारीहरु आन्दोलनको तयारीमा जुटेको जिफन्ट निकट समग्र उद्योग ट्रेड युनियन एकाई अध्यक्ष ऋषिलाल…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकलाई गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त ११ वर्षपछि पक्राउ

    शिक्षकलाई गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त ११ वर्षपछि पक्राउ

    वीरगंज : बाराका एक शिक्षकलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेको छ। सोमवार बिहान १० बजे उनको घरबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। साविक फेटा गाविस-५ स्थायी घर भई हाल कलैया-१८ मा बसोबास गर्दै आएका ४४ वर्षीया बैठा विगत ११ वर्षदेखि हत्या मुद्दामा फरार थिए। उनीसहित ४ जना मिलेर २०६६…

    विस्तृतमा पढ्नुस्

  • पर्साको गादी खोलामा एक पुरुषको शव फेला

    पर्साको गादी खोलामा एक पुरुषको शव फेला

    वीरगंज : पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाको गादी खोलामा सोमवार बिहान एक पुरुषको शव फेला परेको छ। खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सो शव बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल निवासी ४० वर्षीय उमेश सहनीको रहेको स्थानीयले बताएका छन्। घटना स्थलबाट प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तेल बोक्ने ट्यांकरमा गाँजा : १२८ किलो गाँजासहित दुई जना पक्राउ

    तेल बोक्ने ट्यांकरमा गाँजा : १२८ किलो गाँजासहित दुई जना पक्राउ

    वीरगंज : हेटौँडाबाट वीरगंजतर्फ आउँदै गरेको ट्यांकरबाट मकवानपुर प्रहरीले १ सय २८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको टोलीले वीरगंज जादै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरबाट सो गाँजा बरामद गरेको हो। अवैध लागुऔषध गाँजा ओसारपसार गरिँदै छ भन्ने विशेष…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन बनाइएका पर्साका विद्यालयको विकल्प खोज्नुपर्ने अभिभावकको माग

    क्वारेन्टाइन बनाइएका पर्साका विद्यालयको विकल्प खोज्नुपर्ने अभिभावकको माग

    वीरगंज : क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका पर्सा जिल्लाका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्नुपर्ने कुरामा अभिभावकहरुले जोड दिएका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तरण गरिएको थियो। जसकारण आगामी दिनमा बालबालिकाको पढाइमा बाधा पुग्ने भन्दै विकल्प खोज्न अभिभावकहरुले माग गरेका हुन। लामो समय देखि पठनपाठन अवरुद्ध हुँदा बालबालिकाको भविष्य अन्यौल बन्दै गएको र अब उच्च स्वास्थ्य सतर्कताका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज-पथलैया सडकको काम यस वर्ष पनि नहुने भयो पूरा, आगामी चैत मसान्तसम्म लम्बिने छनक

    वीरगंज-पथलैया सडकको काम यस वर्ष पनि नहुने भयो पूरा, आगामी चैत मसान्तसम्म लम्बिने छनक

    वीरगंज : वीरगंज-पथलैया व्यापारिक मार्ग विस्तार योजनाको काम यस आर्थिक वर्षमा पनि सम्पन्न नहुने भएको छ। २०७३ असार २९ गतेदेखि शुरु भएको यो मार्गको काम अहिले ६३ प्रतिशत मात्र सम्पन्न भएको छ। दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने योजना अन्तर्गत पथलैयादेखि सुक्खा बन्दरगाहसम्म करिब ३१ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेममा अहिले ६३ प्रतिशत मात्र सम्पन्न भएको हो। सात वटा ठेकेदार कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक खारेज गर्न माग गर्दै समाजवादी युवाको वीरगंजमा लाठी जुलुस

    नागरिकता विधेयक खारेज गर्न माग गर्दै समाजवादी युवाको वीरगंजमा लाठी जुलुस

    वीरगंज : जनता समाजवादी पार्टी निकट जनता समाजवादी युवा संघको आयोजनामा शुक्रवार साँझ वीरगंजमा लाठी जुलुस प्रदर्शन भएको छ। नागरिकता विधेयक खारेज गर्न माग गर्दै अपरान्ह ४ बजे निकालिएको लाठी जुलुस साढे ५ बजेसम्म चलेको थियो। घण्टाघरबाट शुरु भएको जुलुस आदर्शनगर हुँदै घडिअर्वा पुगेर पुनः घण्टाघरमा फर्केको थियो। जसपाका प्रदेश सांसद रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा जुलुस निकालिएको थियो। युवा नेताद्वय…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, ८ जना घाइते

    चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, ८ जना घाइते

    वीरगंज : बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा बिहीवार बिहान चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको छ भने सात जना महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिहान सात बजे परेको चट्याङबाट खेतमा काम गरिरहेका कलैया उपमहानगरपालिका-१२ शीतलपुर निवासी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको मृत्यु भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • धानको पकेट क्षेत्र मानिने प्रदेश २ को औसत उत्पादन कम, यी कुरामा ध्यान दिए उत्पादन बढाउन सकिन्छ : विज्ञ

    धानको पकेट क्षेत्र मानिने प्रदेश २ को औसत उत्पादन कम, यी कुरामा ध्यान दिए उत्पादन बढाउन सकिन्छ : विज्ञ

    वीरगंज : धान नेपालको प्रमुख अन्न बाली हो। तराई मधेसका २० जिल्लामा बढी धान खेती गरिन्छ। जसमध्ये प्रदेश २ का आठ जिल्ला धान उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ। तर, औसत उत्पादनको दृष्टिकोणले प्रदेश २ को उत्पादन राष्ट्रियको तुलनामा कम रहेको कृषि अनुसन्धान परिषद् नार्कको तथ्यांकले देखाउँछ। नेपालको वार्षिक राष्ट्रिय औसत उत्पादन प्रतिहेक्टर ३ हजार ५ सय ६ किलो रहेको छ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका होटल सञ्चालन गर्नु पर्ने माग गर्दै व्यवसायीले बुझाए ज्ञापन पत्र, घरभाडा र बहाल करमा छुटको माग

    वीरगंजका होटल सञ्चालन गर्नु पर्ने माग गर्दै व्यवसायीले बुझाए ज्ञापन पत्र, घरभाडा र बहाल करमा छुटको माग

    वीरगंज : वीरगंजका होटल व्यवसायीले होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ पर्साले केन्द्र तथा स्थानीय सरकारसँग यस्तो माग गरेको हो। संघले बुधवार प्रमुख जिल्ला अधिकारी तथा वीरगंज महानगरका मेयरलाई छुुट्टाछुट्टै ज्ञापनपत्र बुझाई यस्तो माग गरेका छ। संघका अध्यक्ष हरी पन्तसहितको होटल तथा  पर्यटन व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी विष्णु कुुमार कार्की र मेयर…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षमा पनि बनेन वीरगंज-पोखरीया जोड्ने तिलावे पुल, डाइभर्सन वर्षाले बगाएपछि पुरानै पुलबाट आवागमन शुरु

    सात वर्षमा पनि बनेन वीरगंज-पोखरीया जोड्ने तिलावे पुल, डाइभर्सन वर्षाले बगाएपछि पुरानै पुलबाट आवागमन शुरु

    वीरगंज : ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने हुलाकी सडक अन्तर्गतको तिलावे पुल निर्माणमा ढिला भएपछि बन्द गरिएको पुरानो पुल पुनः सञ्चालनमा ल्याइएको छ। नयाँ पुल निर्माणका लागि ठेकेदारको आग्रहमा पुरानो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको थियो। सात वर्षदेखि पप्पु-लुम्बिनी जेभीले निर्माण थालेको तिलावे पुलको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन। नयाँ पुल निर्माणको लागि पिलर मात्र ठड्याइएको छ। पुरानो पुलबाट…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा जसपाको नागरिकता विधेयकविरुद्ध विरोध र्‍याली, प्रदर्शनमा देखियो गुटबन्दीको प्रभाव

    वीरगंजमा जसपाको नागरिकता विधेयकविरुद्ध विरोध र्‍याली, प्रदर्शनमा देखियो गुटबन्दीको प्रभाव

    वीरगंज : जनता समाजवादी पार्टी पर्साले मंगलवार वीरगंजमा विरोध र्‍याली निकालेको छ। राजपा पार्टी जसपामा समाहित भएपनि पर्सा जिल्लामा राजपाभित्र देखिएको गुटबन्दी मंगलवारको विरोध र्‍यालीमा पनि देखियो। पूर्वराजपाको एक गुटले जसपाको ब्यानरमा स्विमिङपुलबाट र्‍याली निकालेर घण्टाघरमा आमसभा गर्‍यो। आमसभामा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले सरकारले विफलता ढाकछोप गर्न नागरिकता विधेयक ल्याएको दोषारोपण लगाए। उनले नेपाली बुहारीमाथि विधेयकले अन्याय गरेको दाबी…

    विस्तृतमा पढ्नुस्

  • बारामा सलहको बथान : किरालाई गाउँलेले भुटेर खाए, नेपालमा कस्तो पर्ला असर?

    बारामा सलहको बथान : किरालाई गाउँलेले भुटेर खाए, नेपालमा कस्तो पर्ला असर?

    निजगढ: शनिबार नेपालमा सलह किराले प्रवेश गरेसँगै सर्तकता अपनाउन थालिएको छ। प्रदेश २ को बारामा शनिबार बिहानैबाट सलहको फौज देखिएको थियो। ठूलो सङ्ख्याको सलहले बालीनाली नष्ट गर्ने कृषि विज्ञहरुले बताएका छन्। यता, बाराबासीले भने सलह भुटेर खाएका छन्। निजगढ नगरपाकिला १३ डम्बरपुरका बासिन्दाले बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म अकाशबाट झरेका किरा समातेर भुटेर खाएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए। गाउँललेले करिब…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा सलहको प्रवेश : बारा र सर्लाहीमा देखियो, तराईका अधिकांश जिल्लामा आइपुगेको आशंका

    नेपालमा सलहको प्रवेश : बारा र सर्लाहीमा देखियो, तराईका अधिकांश जिल्लामा आइपुगेको आशंका

    वीरगंज : नेपालमा सलह कीरा देखिन थालेको छ। प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह देखिएको हो। निजगढ नगरपालिका वडा १३ का वडाध्यक्ष सूर्य घ्लानले सलह कीरा देखिएको भिडियो सामाजिक सञ्जालमा राखेका छन्। उनले राखेको भिडियोमा सलह धेरै देखिएको छैन। यो ग्रुपमा नभएको अवस्थाको भएको बताइएको छ।  बाराको निजगढ नगरपालिकाको १४ वडामध्ये १० वडामा सलह देखिएको हो। ४ देखि…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी काण्डमा मुछिएका असईसहित ४ प्रहरीविरुद्ध मुद्दा दायर

    हुन्डी काण्डमा मुछिएका असईसहित ४ प्रहरीविरुद्ध मुद्दा दायर

    वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थाई प्रहरी पोस्ट, इनर्वागाउँ, वीरगंजका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जना प्रहरीविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ। आयोगले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिई ७ लाख घुस खाएको आरोपमा वीरगंजको अस्थायी प्रहरी पोस्ट इनर्वामा कार्यरत तत्कालिन प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, प्रहरी जवान अवधेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell