PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • वीरगंजमा कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पतालको सम्पर्कमा आएनन्, नेशनल मेडिकल कलेजबाट भएको थियो स्वाब संकलन

    वीरगंजमा कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पतालको सम्पर्कमा आएनन्, नेशनल मेडिकल कलेजबाट भएको थियो स्वाब संकलन

    वीरगंजः वीरगंजमा कोरोना पोजेटिभ देखिएका एक व्यक्ति २४ घण्टा बितिसक्दा पनि सम्पर्कविहीन छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताले ती व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो। नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा २६ वर्षीय ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार साँझ ८ बजे कोरोना पोजेटिभ नतिजा आएको थियो। तर आइतबार राति १० बजेसम्म आइसोलेसनमा पुर्‍याइएको छैन। वीरगंजमा कोभिड…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नागरिकको हत्या मुद्दाका फरार अभियुक्त ६ वर्षपछि वीरगंजबाट पक्राउ

    भारतीय नागरिकको हत्या मुद्दाका फरार अभियुक्त ६ वर्षपछि वीरगंजबाट पक्राउ

    वीरगंज : ६ वर्षअघि एक भारतीय नागरिकको हत्या मुद्दामा फरार अभियुक्त आइतवार वीरगंजबाट पक्राउ परेका छन्। वीरगंज-८ गहवामा लुकीछिपी बस्दै आइरहेको अवस्थामा भारतीय नागरिक धर्मेन्द्रप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो। भारतको पश्चिम चम्पारण बेतिया घर भई वीरगंज ८ गहवामा बसोबास गर्दै आएका कलवारलाई बारा प्रहरीको सहयोगमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामको टोलीले नियन्त्रणमा लिई बारा प्रहरीलाई बुझाएको प्रदेश २ का…

    विस्तृतमा पढ्नुस्

  • १७ लाख जाली नोट प्रकरण: भारतमा छापेर नेपालमा तस्करी, लागुऔषधदेखि हतियार पनि ओसारपसार

    १७ लाख जाली नोट प्रकरण: भारतमा छापेर नेपालमा तस्करी, लागुऔषधदेखि हतियार पनि ओसारपसार

    वीरगंज: बाराबाट शनिवार बरामद गरिएको नेपाली र भारतीय करिब १७ लाख नक्कली नोटहरु भारतमै छापिएको खुलेको छ। बारा प्रहरीका अनुसार पक्राउ परेका तीन जना अभियुक्तबाट प्रारम्भिक अनुसन्धानको क्रममा सबै नोट भारतबाट आएको खुलेको हो। अनुसन्धानमा उनीहरुको गिरोह लागुऔषधदेखि हतियार तस्करीसम्म अन्य अपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलेको छ। ‘उनीहरुको बयान अनुसार भारतमै छापेर उतैबाट नेपाल ल्याएको भनेका छन्,’ बाराका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं जान पैसा तिरेर कोभिड १९ परीक्षण गराउनेमा पनि देखियो संक्रमण

    काठमाडौं जान पैसा तिरेर कोभिड १९ परीक्षण गराउनेमा पनि देखियो संक्रमण

    वीरगंज : नारायणी अस्पतालस्थित पीसीआर ल्याबका अनुसार शनिवार एकै दिन १ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आठ जनामध्ये औराहा–५ बाराकी २८ वर्षीया महिलामा संक्रमण देखिएको छ। बाँकी ७ जना पुरुष रहेका छन्। तीमध्ये एक/एक जना त्रिजुद्ध क्वारेन्टाइन वीरगंजबाट पेड क्वारेन्टाइनको सञ्चालनमा रहेको कुमु प्यालेस होटलका २६ वर्षीय र अर्का पर्सागढीस्थित बडनिहार क्वारेन्टाइनबाट स्वाब परीक्षण गराएका २३ वर्षिय…

    विस्तृतमा पढ्नुस्

  • ठोरीको सीता गुफामा पूजाअर्चना, गुफा माथिको सीमाको पिलर एसएसबीले उखेल्यो

    ठोरीको सीता गुफामा पूजाअर्चना, गुफा माथिको सीमाको पिलर एसएसबीले उखेल्यो

    वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेता युगका भगवान रामको जन्मभूमि नेपालकै पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएसँगै ठोरी अहिले चर्चा छ। ठोरीबासीले खुशीयाली मनाइरहेका छन् भने प्रधानमन्त्रीको अभिव्यक्तिको स्वागत गर्दै एक आपसमा शुभकामना आदानप्रदानदेखि धार्मिक गतिविधि पनि तीव्र पार्दै गएका छन्। ठोरी गाउँपालिकाकै अध्यक्ष पद्यमलाल श्रेष्ठकै अगुवाईमा भव्य कलश यात्रा निकाली पूजापाठ पनि गरिएको छ। ठोरीको विभिन्न वडाबाट आएका करिब…

    विस्तृतमा पढ्नुस्

  • ४० करोडको जग्गा हत्याउने नक्कली छोरा!

    ४० करोडको जग्गा हत्याउने नक्कली छोरा!

    वीरगंज : बुवाआमाको मृत्यु भएको केही वर्षपछि दीपक राजभण्डारी, राजीव भण्डारी र सञ्जीव भण्डारी पर्सामा रहेको आफ्नो जग्गा नामसारी गर्न वीरगंज पुगे। आमा कमलाको २०७३ फागुन १ मा मृत्यु भएको थियो भने बुवा गोपालको २०७४ फागुन ५ मा। वीरगंज महानगरपालिका-५ कित्ता नं.३ को १२७३.८ वर्ग मिटरको जग्गा, कित्ता नं.७१ को ३२५ वर्गमिटर, कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा र कित्ता नं.…

    विस्तृतमा पढ्नुस्

  • ४ भारतीय जिप प्रहरीको नियन्त्रणमा, आवश्यक कारबाहीको लागि पठाइयो वीरगंज भन्सार

    ४ भारतीय जिप प्रहरीको नियन्त्रणमा, आवश्यक कारबाहीको लागि पठाइयो वीरगंज भन्सार

    वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भारतबाट चोरी पैठारी गरी सञ्चालन गरिएका ४ भारतीय जिप नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार पठाएको छ। गत असार ३० गते पूर्व सूचनाका अधारमा प्रहरीले वीरगंज-११ श्रीपुरस्थित सडकमा जाँच गर्ने क्रममा दुई वटा स्कोर्पियो, एउटा सुमो गोल्ड र अर्को बोलेरो गरी ४ वटा गाडी नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाएको पर्साकी प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा तीन दिनभित्र दुई वटा बलात्कारका घटना : एक जना पक्राउ, दुई जना फरार

    पर्सामा तीन दिनभित्र दुई वटा बलात्कारका घटना : एक जना पक्राउ, दुई जना फरार

    वीरगंज : पर्सामा तीन दिनभित्र दुई बालिकाको बलात्कारको घटना सार्वजनिक भएको छ। गएराति पर्साको जगरनाथपुर गाउँपालिकामा एक १५ वर्षीया बालिकाको बलात्कार भएको छ भने गत मंगलवार पनि पर्साको जिराभवानी गाउँपालिकामा एक १४ वर्षीया बालिकामाथि बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिराभवानी गाउँपालिकाको बलात्कारको घटनामा बालिकाका एक छिमेकी १७ वर्षीय युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर क्यान्सर अस्पतालका डाक्टर र एम्बुलेन्स चालकले २० हजार ठगेको एक भारतीयको आरोप

    भरतपुर क्यान्सर अस्पतालका डाक्टर र एम्बुलेन्स चालकले २० हजार ठगेको एक भारतीयको आरोप

    वीरगंज : चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको कोरोना युनिटका स्वास्थ्यकर्मीले आफूलाई २० हजार रुपैयाँ ठगेको एक जना भारतीयले आरोप लगाएका छन्। भारत पश्चिमी चम्पारण बेतिया, रमपुर्वा चमरिया ग्राम पञ्चायत १५ बस्ने ४५ वर्षीय एक जना कोरोना संक्रमितले आफू ठगिएका बताएका हुन्। १८ दिनअघि मुखको क्यान्सरको उपचार गराउन उनी पर्साको भिष्वा नाका छोटकी जयमंगलापुर हुँदै वीरगंज आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • भाउजुको कपाल मुन्डन गरी घरनिकाला गर्ने देवरसहित ५ जना पक्राउ

    भाउजुको कपाल मुन्डन गरी घरनिकाला गर्ने देवरसहित ५ जना पक्राउ

    वीरगंज: पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा एकल महिला उमादेवी ठाकुरलाई आफ्नै देवर राजदेव ठाकुरलगायत ५ जनाले टाउको मुण्डन गरी घरबाट निकाला गरेका छन्। एकल महिला उमा श्रीमानको मृत्युपछि घर बाहिर भारतमा बस्ने गरेको तथा निजको चालचलन र चरित्र ठीक नभएको आरोप लगाउँदै आफ्नै देवर राजदेवसहित देवरानी, राजदेवका छोरा गरी ५ जनाले आज विहान टाउको मुण्डन गरी घरबाट निकाली…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमितको अचानक मृत्यु, १५ दिन अघि बैङ्लोरबाट आएका थिए घर

    वीरगंजमा कोरोना संक्रमितको अचानक मृत्यु, १५ दिन अघि बैङ्लोरबाट आएका थिए घर

    वीरगंज : बुधवार अपरान्ह साढे ४ वजे वीरगंज १४ स्थित गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना ३६ वर्षीय युवकको मृत्यु भएको छ। रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका युवकको मृत्यु भएको हो। उनी असार २४ गते भारतको बैङ्लोरबाट आएका र परोहा नगरपालिकामा भर्ना भएका थिए। असार २९ गते स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौँडा…

    विस्तृतमा पढ्नुस्

  • अयोध्या अभिव्यक्तिपछि ठोरीबासी खुशी : गाउन थाले राम भजन, पुरातात्विक उत्खनन गर्न माग

    अयोध्या अभिव्यक्तिपछि ठोरीबासी खुशी : गाउन थाले राम भजन, पुरातात्विक उत्खनन गर्न माग

    ठोरी : नेपाल र भारतबीच केही समयदेखि चिसिँदै गएको सम्बन्ध पुनः तरंगित भएको छ। गत सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले श्री रामको जन्मभूमि पर्साको ठोरीमा रहेको बताएपछि यस विषयमा दुवै राष्ट्रमा विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री ओलीले पर्साको ठोरीमा रामको जन्म भएको अभिव्यक्ति दिएसंगै राम नेपालका ज्वाई हुन की छोरा हुने भन्ने विषयमा सर्वसाधारणले अडकलबाजी शुरु गरेका छन्। भारतले भने ओलीको अभिव्यक्तिको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ बारे चौतर्फी विरोध हुँदा ठोरीबासीले भने गरे स्वागत

    प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ बारे चौतर्फी विरोध हुँदा ठोरीबासीले भने गरे स्वागत

    वीरगंज : मंगलवार पर्साका ठोरीबासीको खुशीको सिमा रहेन। त्रेता युगमा रामको जन्म पर्साको ठोरीमा भएको खबर सञ्चार माध्यममा आएपछि बिहानैदेखि ठोरीबासी गद्गद् भएका छन्। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको गाउँपालिका ठोरीमा भएको कुरा सुनेपछि यहाँका सर्वसाधारणदेखि राजनीतिक दलका अगुवा एवं बुद्धिजीवीहरु एक आपसमा खुशी साटासाट गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • अयोध्याबारे ओलीको अभिव्यक्तिको विरोध, ‘राम नेपालमा जन्मेको कुरा कुन ग्रन्थमा उल्लेख छ ?’

    अयोध्याबारे ओलीको अभिव्यक्तिको विरोध, ‘राम नेपालमा जन्मेको कुरा कुन ग्रन्थमा उल्लेख छ ?’

    वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार अयोध्या र रामको जन्मस्थानको बारेमा दिएको अभिव्यक्तिलाई तर्कहीन भन्दै वीरगंजका वुद्धिजिवीहरु विरोध जानएका छन्। ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको आरोप लगाएका थिए। वीरगंज,हरिखेतान बहुमुखी कयाम्पसका प्राध्यापक आनन्दकुमार यादव नेपाल भारतबीच राम र अयोध्यालाई लिएर आएको अभिव्यक्ति पूर्ण रुपमा गलत भएको बताउँछन्। ‘राम…

    विस्तृतमा पढ्नुस्

  • कलभर्ट माटोले भरियो, गाउँ पानीले

    कलभर्ट माटोले भरियो, गाउँ पानीले

    पर्सा : ओरिया खोलामा आएको बाढीले छिपहरमाई गाउँपालिका वडा नं ३ झलमहिया डुबानमा परेको छ। गाउँको बीचमा रहेको पुरानो कलभर्टमा माटो पुरेर भरिएपछि पानीको निकास रोकिएर गाउँ नै डुबानमा परेको स्थानीय भुलन साहले बताए। २ सय ५० घरधुरी रहेको झलमहिया टोल पर्साको वीरगंजबाट करिब ३५ किलोमिटर पश्चिम-दक्षिणमा पर्छ भने भिस्वा बजारबाट ३ किलोमिटर पश्चिममा पर्दछ। स्थानीय भरत साह कानु, राजेश…

    विस्तृतमा पढ्नुस्

  • सुतिरहेको अवस्थामा बाल्यकालकी सँगीले घाँटी रेटिदिएपछि...

    सुतिरहेको अवस्थामा बाल्यकालकी सँगीले घाँटी रेटिदिएपछि...

    वीरगंज : वीरगंज महानगरपालिका-२६ सुगौली विर्तामा गत असार १० गते बिहान ४ बजे भएको हत्या प्रयासको घटना एक महिलाबाट भएको रहस्य खुलेको छ। स्थानीय ४० वर्षीया मीरा उपाध्यायले छुरा प्रहार गरेर बाल्यकालकै साथी ४५ वर्षीय सरफुद्दिन मियाको हत्या गर्ने प्रयास गरेको घटनाको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितलाई उद्धार गर्न पर्सामा ७ सय सुरक्षाकर्मी ‘स्ट्यान्डबाई’, राहतको लागि पालिकासँग समन्वय

    बाढी पीडितलाई उद्धार गर्न पर्सामा ७ सय सुरक्षाकर्मी ‘स्ट्यान्डबाई’, राहतको लागि पालिकासँग समन्वय

    वीरगंज : लगातारको वर्षासँगै आएको बाढीले प्रभावित हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समिति पर्साले ७ सय जना सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ अवस्थामा राखेको छ। पर्सा जिल्लाको भेडाहा, तिलावे, सिंयाही, ओरिया, सिक्टा नदी, लगायत आधा दर्जन खोलाहरुमा बर्षातको समयमा आउने बाढीको कारण डुबान हुन सक्ने हुँदा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ७ सय जना…

    विस्तृतमा पढ्नुस्

  • गाउँगाउँमा सिंहदरबारको सपना बाड्ने माननीयलाई मतदाताको प्रश्न : लाज लाग्दैन, जनतालाई दुःखमा पार्दा?

    गाउँगाउँमा सिंहदरबारको सपना बाड्ने माननीयलाई मतदाताको प्रश्न : लाज लाग्दैन, जनतालाई दुःखमा पार्दा?

    वीरगंज : देशमा संघीयता आउँदा जनताको गाउँघरमा सिंहदरबार जाँदै छ भन्ने अभिव्यक्ति खुबै चर्चामा आएको थियो। ‘आफ्नै सत्ता, आफ्नै सरकार, आफ्नै नेता, आफ्नै विकास’ भनेर पनि विश्लेषण गरिएको थियो। तर, त्यो सबै हावादारी गफ बाहेक अरु केही सावित नभएको अवस्था छ। पर्साको ग्रामिण भेगलाई वीरगंजसँग जोड्ने वीरगंज-पोखरीया-हरिहरपुर सडकको अवस्था अहिले बेहाल छ। पोखरीयादेखि लंगडीसम्म करिब ५ किलोमिटर सडक पूर्ण रुपमा…

    विस्तृतमा पढ्नुस्

  • ५ वटै खोलामा बाढी आएपछि उच्च जोखिममा रौतहट, खोला किनारका बासिन्दा विस्थापित

    ५ वटै खोलामा बाढी आएपछि उच्च जोखिममा रौतहट, खोला किनारका बासिन्दा विस्थापित

    वीरगंज : लगातार तीन दिनको अविरल वर्षाका कारण प्रदेश २ का आठ जिल्लामध्ये पर्सा, बारा बाहेक बाँकी ६ जिल्ला उच्च जोखिममा रहेका छन्। जसमा सबै भन्दा बढी रौतहटमा बाढीको जोखिम बढ्दै गएको छ। रौतहटको ५ वटा खोलामा बाढी आएपछि जनता त्रसित बनेका छन्। बाढीले ठूलो जनधनको क्षति हुन सक्ने जोखिम पनि बढेको रौतहटबासीको भनाइ छ। नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका किसानको २० बिघाको धानबाली डुबानमा, पानीको निकासका लागि गरे हारगुहार

    वीरगंजका किसानको २० बिघाको धानबाली डुबानमा, पानीको निकासका लागि गरे हारगुहार

    वीरगंज : वीरगंज महानगरपालिका-१८ सुखचैनामा करिब २० बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण पानीको निकास नभएपछि गण्डक नहरस्थित सुपर ग्याँस प्रालिको पूर्वपट्टि रहेको सुखचैनाका दुई दर्जन किसानको धानबाली डुबानमा परेको हो। नहर छेउको पानीको निकासलाई रोक्दै स्थानीय ईगराशन यादवले छाई (धानको भुसको खरानी)को टतबन्ध बनाएपछि सुखचैनाको सरेहको पानीको निकास रोकिएको स्थानीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell