PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • ४ जना कर्मचारीमा कोरोना भेटिएपछि जगदम्बा इन्टरप्राइजेज शिल

    ४ जना कर्मचारीमा कोरोना भेटिएपछि जगदम्बा इन्टरप्राइजेज शिल

    वीरगंज : वीरगंज-पथलैयाको जीतपुर केराढोका नजिकै रहेको जगदम्बा इन्टरप्राइजेज प्रालिमा मंगलवार दिउँसो स्थानीय प्रशासनले सिल गरेको छ। फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग सञ्चालकको क्रममा त्यसमा कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले उक्त उद्योगको उत्पादन बन्द गराई उद्योगको मुल गेटमा ताला लगाएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • नारायणीका दुई जना डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

    नारायणीका दुई जना डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

    वीरगंज : वीरगंजमा सोमवार राति १० बजे १ महिलासहित १५ जनामा कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालको ल्याबले दिएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये दुई जना नारायणी अस्पतालका डाक्टर रहेका छन्। बाँकी भने वीरगंज, बारा, ईलाम र जगदम्बा इन्टरप्राइजेजमा कार्यरत कर्मचारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। कोरोना संक्रमण पुष्टि हुने डाक्टरहरुमा वीरगंज–४ विर्ता…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनको व्यवस्था नहुँदा पर्सामा ४२ जना कोरोना संक्रमित ‘होम आइसोलेसन’मा

    आइसोलेसनको व्यवस्था नहुँदा पर्सामा ४२ जना कोरोना संक्रमित ‘होम आइसोलेसन’मा

    वीरगंज : पर्सामा विगत ११ दिनमा १०५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ भने ५८ जना संक्रमितहरु गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत छन्। ४२ जना संक्रमित भने आइसोलेसन वार्डसहितको अर्को अस्पतालको व्यवस्थपन नहुँदा तीन दिनदेखि पर्साका विभिन्न पालिकामा आफ्नै घरमा रहेको गण्डक अस्थायी कोभिड अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी दिए। उनले ३ जना आरडीटी पोजिटिभहरु…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप १९ जनामा कोभिड १९ संक्रमण, मृत्यु भएका व्यवसायीमा पनि कोभिड देखिएपछि मास टेस्टिङ शुरु

    वीरगंजमा थप १९ जनामा कोभिड १९ संक्रमण, मृत्यु भएका व्यवसायीमा पनि कोभिड देखिएपछि मास टेस्टिङ शुरु

    वीरगंज : वीरगंजमा आइतबार थप १९ जनामा कोभिड १९ पुष्टि भएको छ। नारायणी अस्पतालको ल्याब रिपोर्टअनुसार आइतवार राति ८ बजे ४ महिलासहित १९ जनामा कोभिड १९ पुष्टि भएको हो। जसमा १५ जना पुरुष छन्। व्यवसायीको पीसीआर रिपोर्ट पोजेटिभ नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका वीरगंजका व्यवसायीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। वीरगंज आदर्शनगरका ६५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • शनिवार साँझ आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगंजका व्यवसायीको मृत्यु                                      

    शनिवार साँझ आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगंजका व्यवसायीको मृत्यु                                      

    वीरगंज : कोभिड १९ संक्रमणबाट एक जना व्यापारीको मृत्यु भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो। उनी पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको  गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे…

    विस्तृतमा पढ्नुस्

  • अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि यस्तो देखियो वीरगंज

    अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि यस्तो देखियो वीरगंज

    वीरगंज : वीरगंजलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ। संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रवारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बामोजिम कोरोना संक्रमण्को चेनक्रम टोड्न निषेधाज्ञा जारी गरेको छ। उद्योग व्यापार, पसललगायत सबै बन्द छन्। राजमार्ग तथा भित्री गल्लीहरुमा पनि सर्वसधारण तथा सवारी नचल्दा सडक सुनसान देखिएका छन्। सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीको आवतजावत…

    विस्तृतमा पढ्नुस्

  • ड्राइभरको खुट्टा ढोगेपछिमात्रै कोरोना संक्रमितको उठ्छ शव

    ड्राइभरको खुट्टा ढोगेपछिमात्रै कोरोना संक्रमितको उठ्छ शव

    वीरगंज : नारायणी अस्पताल वीरगंजका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंह अहिले अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारको ड्युटीमा खटिएका छन्। शुक्रवार बिहान र अपरान्ह गरी मृत्यु भएका दुई संक्रमितको शव कहाँ छ? कुन बेला दाह संस्कार होला भन्ने लाग्यो र उनलाई सम्पर्क गरेँ। शनिवार बिहान १० बजे कुराकानी हुँदा उनी बाटोमा रहेको जस्तो लाग्यो, अवाज त्यस्तै सुनियो। ‘आज दुई वटा शवलाई…

    विस्तृतमा पढ्नुस्

  • गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण पोजेटिभ

    गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण पोजेटिभ

    वीरगंजः वीरगंजको गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। शुक्रबार अपराह्न ती किशोरीको निधन भएको थियो। निधनपछि नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण भएको हो। मृतकसँगै शुक्रबार साँझ पर्सा, बारा र रौतहटका थप ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। उपाध्यायका अनुसार किशोरीलाई सुरुमा नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गरी वीरगंज हेल्थ…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा आरडीटी पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    गण्डक कोभिड अस्पतालमा आरडीटी पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंज : गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक १७ वर्षीया किशारीको मृत्यु भएको छ। शुक्रवार अपराह्न ४ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। आरडीटीमा पोजेटिभ देखिएकी किशोरीको घर बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ हो। झाडापखाला र शरीर काम्ने समस्या भएकी किशोरी गत बुधवार नारायणी अस्पतालमा भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारको लागि गण्डक…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा

    वीरगंजमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा

    वीरगंज : पर्साको जिल्ला संकट व्यवस्थापन केन्द्रले भोलि शनिवार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्मकोे लागि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो। जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गर्दा संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निशेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड - १९ संक्रमण बढेपछि वीरगंजमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा

    कोभिड - १९ संक्रमण बढेपछि वीरगंजमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा

    वीरगंज : संकट व्यवस्थापन केन्द्र, पर्साले शनिवार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्म  जिल्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी गर्ने निर्णय भइसकेको र विस्तृत लिखित विज्ञप्ती आउनै लागेको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। अति आवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिने बस्नेतले जनाए। ‘वीरगंजमा कोरोना संक्रमितलाई लक्षित गरी निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ९ महिने बालकसहित ३२ जनामा कोरोना पुष्टि, एम्बुलेन्स नहुँदा मोटरसाइकलमै अस्पताल पुगे संक्रमित

    वीरगंजमा ९ महिने बालकसहित ३२ जनामा कोरोना पुष्टि, एम्बुलेन्स नहुँदा मोटरसाइकलमै अस्पताल पुगे संक्रमित

    वीरगंज : वीरगंजमा बिहीवार ९ महिने बालकसहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ७ जना महिला र २५ जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए। संक्रमित हुनेमा ९ महिनादेखि ६० वर्ष उमेर समूहका रहेका छन्। जसमध्ये १५ वर्षमुनिका ४ जना र अधिकांश २० वर्षदेखि ३५ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • 'जिरो एक्टिभ केस' मा ओर्लेको साता नबित्दै ४५ संक्रमित पुगेको पर्सामा कस्तो छ तयारी? लकडाउन होला त फेरि?

    'जिरो एक्टिभ केस' मा ओर्लेको साता नबित्दै ४५ संक्रमित पुगेको पर्सामा कस्तो छ तयारी? लकडाउन होला त फेरि?

    वीरगंज : नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालबाट गत असार ३१ पर्साका एक जनामात्र कोभिड-१९ का संक्रमितलाई डिस्चार्ज गर्ने तयारी हुँदै थियो। उनलाई डिस्चार्ज गरी साउन १ गते पर्सालाई 'ग्रिन जोन'को घोषणा गर्ने तयारी पनि भइरहेको थियो। नारायणी अस्पतालका चिकित्सकहरु पत्रकार सम्मेलनको तयारी गर्दै थिए। तर उनीहरुको सोच र तयारीले मूर्त रुप लिन पाएन। नारायणी अस्पतालमा पैसा तिरेर…

    विस्तृतमा पढ्नुस्

  • ४० करोडको जग्गा कीर्ते प्रकरण : एक लेखनदास पक्राउ,अर्को फरार

    ४० करोडको जग्गा कीर्ते प्रकरण : एक लेखनदास पक्राउ,अर्को फरार

    वीरगंज :  जिल्ला प्रहरी कार्यालय पर्साले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका लेखनदासलाई पक्राउ गरेको छ। वीरगंज –१५ लक्ष्मणवा घर भएका अमर साह कानू गुप्तालाई प्रहरीले बुधवार पक्राउ गरेको हो। बुधवार बिहान मालपोत कार्यालय नैजिकै रहेको कानूको च्याम्बरबाट सादा पोशाकमा आएका प्रहरीले गुप्तालाई पक्राउ गरेको थिए।  वीरगंज महानगरपालिका वडा नं. ५ स्थित सिटी स्क्यान सेन्टर रहेको मुख्य सडकसँग टाँसिएको करिब साढे…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोनाबाट वृद्धको मृत्यु, दुई डाक्टरसहित १७ जनामा संक्रमण पुष्टि

    वीरगंजमा कोरोनाबाट वृद्धको मृत्यु, दुई डाक्टरसहित १७ जनामा संक्रमण पुष्टि

    वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिकाकै बासिन्दा रहेका उनी निमोनियाबाट ग्रसित थिए। उनलाई केही दिन अघि वीरगंजको एक निजी अस्पतालबाट कोरोना संक्रमणको सम्भावना देखेपछि गण्डक अस्थायी कोभिड अस्पतालमा लगिएको थियो। उनको मंगलवार साँझ शंकास्पद अवस्थामा मृत्यु भएपछि उनको स्वाब संकलन गरी जाँचको लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो। बुधवार राति १०…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ४० करोडको जग्गा हत्याउने नक्कली छोरा : अनुसन्धानको सुई बंसलतर्फ, शंकाको घेरामा मालपोतका तीन कर्मचारी पनि

    यी हुन् ४० करोडको जग्गा हत्याउने नक्कली छोरा : अनुसन्धानको सुई बंसलतर्फ, शंकाको घेरामा मालपोतका तीन कर्मचारी पनि

    वीरगंज :  भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट कीर्ते गरी वीरगंज–५ मुख्य सडकमा होटल मकालु अगाडि सिटी स्क्यान सेन्टर रहेको जग्गा सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ। भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत तारानाथ दंगालले साउन ४ गते घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्सामा पत्राचार गरिएको र प्रशासनले जालसाजीको मुद्दा प्रहरीबाट अनुसन्धान हुने भन्दै सोको जिम्मा लगाएको जनाए। पर्साकी एसपी…

    विस्तृतमा पढ्नुस्

  • रक्सौलका स्टेट बैंकका कर्मचारीमा कोरोना पुष्टि, आत्तिए रक्सौलका सेवाग्रही

    रक्सौलका स्टेट बैंकका कर्मचारीमा कोरोना पुष्टि, आत्तिए रक्सौलका सेवाग्रही

    वीरगंज : सीमावर्ती शहर रक्सौलमा रहेको भारतीय स्टेट बैंकका अधिकारी सहित ५ कर्माचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ। रक्सौलको मुख्य सडकमा रहेको स्टेट बैंकका ८ कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको रक्सौलस्थित स्वास्थ्य विभागले जनाएको छ। यसअगाडि बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजसँगै पर्साको पश्चिमी दर्जन गाउँ डुबानमा

    वीरगंजसँगै पर्साको पश्चिमी दर्जन गाउँ डुबानमा

    वीरगंज : तीन दिनदेखि परिरहेको अविरल वर्षाको कारण पर्सामा बाढी र डुबानको वितण्डा शुरु भएको छ। हरेक वर्ष झैं यसवर्ष पनि पर्साका वीरगंज महानगर र जिल्लाको पश्चिमी भेगका दर्जनभन्दा बढि गाउँ डुबानको चपेटामा फसेको देखिएको छ। वीरगंज महानगरको आदर्शनगर, श्रीपुर, रानीघाट, छपकैया, मुर्ली नयाँ वस्ती, लक्षुमानवा, नगवा, बगही, लालपर्सा, बेल्वा, मुसैली, सुखचैना, मनियारी, भवानीपुरलगायत टोलहरु डुबानमा परेको स्थानीयले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘अवधेश मिश्रा’ उर्फ भोजपुरी अमरिस पुरी र चिन्टु पाण्डे नेपालमा, लकडाउनमा के गर्दैछन्?

    ‘अवधेश मिश्रा’ उर्फ भोजपुरी अमरिस पुरी र चिन्टु पाण्डे नेपालमा, लकडाउनमा के गर्दैछन्?

    वीरगंज : गत आइतवार दिउँसो डेढ बजे भोजपुरी कलाकार अवधेश मिश्रा फेसबुक लाइभ आए। आफूलाई जन्मदिनको शुभकामना दिने समाजिक सञ्जाल प्रयोगकर्ता र आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिए। केही मिनेटको लाइभ भिडियोमा उनले भने,‘मै अभि नेपालमे हुँ। बहुत परेसान हुँ। आप लोगोका फोन और मेसेजका जवाफ तक नही देपाराह हुँ। दोस्तो, जल्द अपने वतन लौटके अच्छासे बातचित करुँगा।’ नेपालमा उनी एक्लै भने…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा नै पढ्नका लागि भारतबाट नेपाल : कोरोना पोजेटिभ देखिएपछि वीरगंजबाटै भागेर कोलकाता!

    लकडाउनमा नै पढ्नका लागि भारतबाट नेपाल : कोरोना पोजेटिभ देखिएपछि वीरगंजबाटै भागेर कोलकाता!

    वीरगंज : वीरगंजमा शनिवार राति कोरोना पुष्टि भएका एक २६ वर्षीय युवक आइसोलेसनमा बस्नुपर्ने 'डर'ले भागेर भारतीय राज्य पश्चिम बंगालको कोलकाता पुगेको खुलेको छ। नेशनल मेडिकल कलेजको एमबीबीएस पाँचौँ वर्षमा अध्ययनरत युवक आइसोलेसन वार्डमा बस्नुपर्ने डरको कारण ६ जना साथीसहित भागेर कोलकाता पुगेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले जानकारी गराए। ‘नेशनल मेडिकल कलेजमा स्वाब सङ्कलन भई नारायणी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell