PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • कोरोना संक्रमितले आफैँ ल्याउँछन् ‘रेमडेसिविर ड्रग’, वीरगंजमा गरिएको परीक्षण सकारात्मक, सरकारले देला त वैधानिकता?

    कोरोना संक्रमितले आफैँ ल्याउँछन् ‘रेमडेसिविर ड्रग’, वीरगंजमा गरिएको परीक्षण सकारात्मक, सरकारले देला त वैधानिकता?

    वीरगंज : कोरोना भाइरसबाट संक्रमितको उपचारमा ‘रेमडेसिविर ड्रग’ उपयोग हुन सक्ने दावी वैज्ञानिकहरुले गरिरहेको बेलामा नेपालमा पनि यसको प्रयोग गरिएको छ। इबोला संक्रमितहरुको उपचारमा पहिला प्रयोग भइसकेको यस ड्रगको वीरगंजमा कोरोना संक्रमितहरुमा परीक्षण गरिएको हो। एक साता यता वीरगंजको गण्डक कोभिड अस्पतालमा रेमडेसिविरको प्रयोग भएको एक चिकित्सकले बताएका छन्। नेपालमा प्रतिबन्धित भएपनि संक्रमितका आफन्तहरु आफैले यो ड्रग ल्याएको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल चहार्दा चहार्दै वीरगंजमा एक महिलाले त्यागिन् प्राण

    अस्पताल चहार्दा चहार्दै वीरगंजमा एक महिलाले त्यागिन् प्राण

    वीरगंज : वीरगंजमा शनिवार एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-१३ राधेमाईकी ६२ वर्षीया महिला रहेकी छन्। दम र मुटुको रोगबाट पीडित ती महिलाको बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार वीरगंजको विभिन्न अस्पताल चहार्दा चहार्दै अवस्था बिग्रेपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको बाटोमै मृत्यु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल चहार्दै बित्यो रात : पीसीआर रिपोर्ट माग्दै आधा दर्जन अस्पतालले लिएन भर्ना, बिहान गयो ज्यान

    अस्पताल चहार्दै बित्यो रात : पीसीआर रिपोर्ट माग्दै आधा दर्जन अस्पतालले लिएन भर्ना, बिहान गयो ज्यान

    वीरगंज : वीरगंजमा शनिवार बिहान २ बजे एक २० वर्षीया महिलाको मृत्यु भएको छ। समयमा उपचार नपाएर वीरगंज–२ छपकैयाकी २० वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलाको ४ वर्षकी छोरी छन्। उपचारको क्रममा मृत्यु भएको परिवारजनले दाबी गरेका छन्। उपचारका लागि वीरगंजका आधा दर्जन अस्पतालले उनको भर्ना लिएन। अन्तिम अवस्थामा गण्डक कोभिड अस्पतालमा उनको भर्ना भयो। तर त्यही नै उनको…

    विस्तृतमा पढ्नुस्

  • त्रासकाबीच वीरगंजमा सुखद खबर : दुई डाक्टरसहित ८ जना डिस्चार्ज

    त्रासकाबीच वीरगंजमा सुखद खबर : दुई डाक्टरसहित ८ जना डिस्चार्ज

    वीरगंज : साउन यता वीरगंजमा समुदायस्तरमा फैलिएको कोभिड-१९ महामारीको कारण दैनिक केही जनाको मृत्यु हुन थालेको छ भने कोभिड-१९ महामारीको वीरगंजमा त्रास ब्यापक बढेको छ। यही बेला सुखद खबर पनि आएको छ। कडा लक्षण मानिएको कोभिड-१९ संक्रमितहरु निको भएर घर फर्किन थालेको पनि चिकित्सकहरुले बताएका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार गएराति ७ बजे दुई चिकित्सकसहित पर्सा, बाराका…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ : नारायणी अस्पतालका ल्याब टेक्निसियन, बहुदरमाईका मेयरसहित ५५ जनामा संक्रमण पुष्टि

    कोभिड-१९ : नारायणी अस्पतालका ल्याब टेक्निसियन, बहुदरमाईका मेयरसहित ५५ जनामा संक्रमण पुष्टि

    वीरगंज : वीरगंजमा ७ जना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर ल्याबले शुक्रवार राति सार्वजनिक गरेको रिपोर्टअनुसार २२ वर्षदेखि ७४ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। उनका अनुसार ५५ जनामा एक जना वीरगंज ३ छपकैया बस्ने ७४ वर्षीय वृद्धको शवको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

    गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

    वीरगंज : वीरगंजमा शुक्रवार मृत्यु भएका एक जना पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ।  वीरगंज महानगरपालिका वडा नम्बर ३ का छपकैयाँका ५७ वर्षीय पुरुषको शुक्रवार राति साढे १२ वजे गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नारायणी अस्पतालमा उनको स्वाब परीक्षण गर्दा साँझ ५ वजे कोरोना पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। उनी करिब एक…

    विस्तृतमा पढ्नुस्

  • बयोधा र नेशनल मेडिकलका चिकित्सक, सैनिक, थुनुवा र मेयरका आमाबुवासहित १४१ जना संक्रमित थपिए

    बयोधा र नेशनल मेडिकलका चिकित्सक, सैनिक, थुनुवा र मेयरका आमाबुवासहित १४१ जना संक्रमित थपिए

    वीरगंज : वीरगंजमा कोरोना संक्रमणको कहर बढ्दो छ। नारायणी अस्पतालको पछिल्लो तथ्यांक अनुसार पर्सा, बारा, रौतहटकका गरी १४१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन्। संक्रमितमध्ये ४ जना बारा, ४ जना रौतहट र बाँकी सबै पर्साका हुन्। संक्रमितहरू ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्म रहेका छन्। १ सय ४१ जनामध्ये…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मंगलवार मृत्यु भएका ८० वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

    वीरगंजमा मंगलवार मृत्यु भएका ८० वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

    वीरगंज : वीरगंजमा गत मंगलवार मृत्यु भएका एक जना पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ११ का एक जना ८० वर्षीय पुरुषको मंगलवार मृत्यु भएको थियो। आफ्नै घरमा शंकास्पद मृत्यु भएको उनको पीसीआर रिपोर्टमा कोराना पोजिटिभ आएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि

    गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि

    वीरगंज : गण्डक कोभिड अस्पताल वीरगंजमा बिहीवार बिहान मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए। मृत्यु हुनेमा वीरगंज १० आदर्शनगरका ५६ वर्षीय पुरुष रहेको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए। मधुमेह र मुटुरोगबाट पीडित रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि साउन २०…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा ५६ वर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    गण्डक कोभिड अस्पतालमा ५६ वर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंज : गण्डक कोभिड अस्पताल वीरगंजमा बिहीवार बिहान ६ बजे एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १० आदर्शनगरका ५६ वर्षीय पुरुष रहेको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए। मधुमेह र मुटुरोगबाट पीडित रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि गएराति…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा डाक्टर, सैनिक, नेतासहित ४३ जनामा कोरोना संक्रमण

    वीरगंजमा डाक्टर, सैनिक, नेतासहित ४३ जनामा कोरोना संक्रमण

    वीरगंज: पर्साको वीरगंजमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ कोभिड १९ का नयाँ संक्रमित थपिएका छन्। जसमध्ये दुई जना बाराका र ४१ जना पर्साको विभिन्न ठाउँमा बसोबास गर्ने रहेका छन्। पर्साका ४१ मध्ये ३९ जना वीरगंजमा बसोबास गर्नेहरु रहेका छन्। संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। संक्रमित हुनेमा नारायणी अस्पतालका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका…

    विस्तृतमा पढ्नुस्

  • समुदायमा कोरोना फैलिँदा वीरगंजमा व्यापक त्रास : सरोकारवाला भन्छन्, ‘यस्तै अवस्था रहे घर-घरबाट शव उठाउनुपर्छ’

    समुदायमा कोरोना फैलिँदा वीरगंजमा व्यापक त्रास : सरोकारवाला भन्छन्, ‘यस्तै अवस्था रहे घर-घरबाट शव उठाउनुपर्छ’

    वीरगंज : वीरगंजमा समुदायस्तरमा फैलिएको कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान थालेपछि स्वास्थ्य सेवामा प्रतिकूल असर पर्न थालेको छ। घर-घरमा संक्रमित तथा शंकास्पद बिरामी थपिएका छन्। बुधवार बिहान सार्वजनिक १३३ जनाको रिपोर्टले पर्सामा मात्रै साढे ४ सय संक्रमित छन्। जसमध्ये १०६ जनामात्र अस्पतालको आइसोलेसनमा छन्। उनीहरू गण्डक र वीरगंज हेल्थकेयर अस्पतालमा उपचाररत छन्। जसमध्ये ९ जना आइसीयूमा छन्। बाँकी करिब साढे…

    विस्तृतमा पढ्नुस्

  • फेरि थपियो कोभिड १९ संक्रमितको मृत्यु

    फेरि थपियो कोभिड १९ संक्रमितको मृत्यु

    वीरगंजमा : बुधवार बिहान ५ बजे कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज- १५ का ४६ वर्षीय पुरुष रहेका छन्। साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि रिपोर्ट आएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

    पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

    वीरगंज : पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छन्। सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन्। उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितहरु आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्दा मच्चियो भागदौड

    कोरोना संक्रमितहरु आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्दा मच्चियो भागदौड

    वीरगंज : नारायणी अस्पताल मातहत वीरगंजमा सञ्चालनमा रहेको गण्डक कोभिड अस्पतालमा मंगलवार दिनभर चिकित्सकदेखि स्वास्थ्यकर्मी सम्म भागदौड मच्चियो। कारण कोरोना संक्रमितहरु भटाभट आफ्नै निजी सवारी साधनबाट अस्पताल पुग्न थाल्नु। दिनको सवा १ बजेका थियो। वीरगंजका एक जना डाक्टर र उनका बुवा आमा गरी तीन जना संक्रमितहरु आफ्नै कारबाट अस्पतालको परिसरमा ओर्लेपछि सुरक्षागार्डदेखि स्वास्थ्यकर्मी सबै चकित बनेका थिए। गाडी अपरिचित थियो।…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर, सेना, पत्रकार, थुनुवासहित वीरगंजमा थपिए ३४ संक्रमित

    डाक्टर, सेना, पत्रकार, थुनुवासहित वीरगंजमा थपिए ३४ संक्रमित

    वीरगंज : वीरगंजमा थप ४ महिलासहित ३४ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये दुई जना बाराका रहेका छन् भने एक जना सुर्खेतका। बाँकी ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गापाको सेढवाका। बाँकी संक्रमित मध्ये २७ जना वीरगंजको विभिन्न वडामा बसोबास गर्छन्। संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको छ। संक्रमित चार जना महिलाहरुको उमेर…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका ५ जना कोरोना संक्रमित आइसियुमा, बाँकी संक्रमित कहाँ छन्?

    वीरगंजका ५ जना कोरोना संक्रमित आइसियुमा, बाँकी संक्रमित कहाँ छन्?

    वीरगंज : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै वीरगंज भाइरसको हटस्पट बन्यो। लकडाउन अन्त्य भएपछिपनि वीरगंजमा भाइरसको कहर कम भएको छैन। देशकै लाइफलाइन र मधेस आन्दोलनको केन्द्र विन्दु अहिले कोरोना महामारीसँग जुझ्दै छ। गत चैतदेखि साउन १९ गते सम्म वीरगंजमा कोरोना माहामारीले १३ जनाको मृत्यु भइसकेको छ। लकडाउन अन्त्य भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ। मृतकहरुमा कोभिड १९ को लक्षण समेत…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थकेयर अस्पतालमा मृगौला पीडित कोरोना संक्रमितको सफल डायलासिस

    वीरगंज हेल्थकेयर अस्पतालमा मृगौला पीडित कोरोना संक्रमितको सफल डायलासिस

    वीरगंज : वीरगंजमा सोमवार एक ३० वर्षीया मृगौला पीडित कोरोना भाइरस संक्रमितको सफल डायलासिस गरिएको छ। नारायणी अस्पताल मातहत सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा कोरोना संक्रमितको सफल डायलासिस गरिएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन एवं गण्डक कोभिड अस्पतालको ड्युटीमा खटिएका प्रमुख डा निरजकुमार सिंहले जानकारी दिए। नारायणी अस्पताल तथा वीरगंज हेल्थकेयरका चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा वीरगंजमा पहिलोपटक संक्रमितको सफल डायलासिस गरिएको…

    विस्तृतमा पढ्नुस्

  • १२ महिलासहित ७३ जना नयाँ संक्रमित थपिए वीरगंजमा

    १२ महिलासहित ७३ जना नयाँ संक्रमित थपिए वीरगंजमा

    वीरगंज : वीरगंजमा १२ महिलासहित ७३ जना संक्रमित थपिएका छन्। आइतवारको नारायणी अस्पतालको पीसीआर ल्याबमा ७३ जनाको पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। संक्रमितहरु १० वर्षदेखि ७७ वर्ष उमेर समूहका रहेका छन्। १२ जना महिलाहरु पनि विभिन्न फरक उमेरका रहेका छन्। अधिकांश महिला वीरगंजको श्रीपुर, गोश्वारा रोडलगायत ठाउँका रहेका छन्। त्यसैगरी, ७३ जनामा भारतको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु : एक जना महिना दिनअघि दिल्लीबाट आएका, अर्का रिक्सा चालक

    वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु : एक जना महिना दिनअघि दिल्लीबाट आएका, अर्का रिक्सा चालक

    वीरगंज : वीरगंजमा थप दुई जना पुरुषको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा पुरानो बारामा घर भई हाल वीरगंज–१६ गणेश टोलमा बसोवास गर्ने अविवाहित ६५ वर्षीय पुरुष रहेका छन्। उनको शनिवार दिउँसो गणेश टोलमै रहेको आफ्नै निवासमा मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको घरमा परिवारको अन्य कोही सदस्य नबस्ने र एक महिनाअघि उनी भारतको दिल्लीबाट वीरगंज फर्केर घरमै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell