PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • मेयर पत्नी र छोरीमा पनि संक्रमण, पर्सामा थपिए ४५ जना

    मेयर पत्नी र छोरीमा पनि संक्रमण, पर्सामा थपिए ४५ जना

    वीरगंज : पर्सामा १४ महिलासहित ४५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको अआरटी पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। पर्साका अन्य पालिकामा घर भए पनि भेटिएका सबै संक्रमित वीरगंजमै बसोबास गर्छन्। संक्रमित हुनेमा वीरगंजका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

    वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

    वीरगंज : वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज-१६ नगवाकी एक महिलाको शनिवार साँझ करिब ६ बजे मृत्यु भएको हो। नारायणी बयोधा अस्पताल प्रालि, गण्डक बहुअरीको आईसियु कक्षबाट रेफर गरी गण्डक कोभिड अस्पतालमा लगेपछि उनको मृत्यु भएको बताइएको छ। गण्डक कोभिड अस्पतालको डियुटीमा खटिएका वरिष्ठ फिजिशियन डा.नीरजकुमार सिंहले संक्रमितलाई गण्डक अस्पतालमा बुझने क्रममै मृत्यु भइसकेको पुष्टि गरेका छन्। केही दिनदेखि निमोनियाबाट ग्रसित…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएको टोलीमाथि स्थानीयको आक्रमण, एसपी पन्तसहित ७ जना प्रहरी घाइते

    कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएको टोलीमाथि स्थानीयको आक्रमण, एसपी पन्तसहित ७ जना प्रहरी घाइते

    वीरगंज : उपचारको क्रममा मृत्यु भएका तीन जना कोरोना संक्रमितको शव व्यवस्थापनको लागि वातावरण तयार गर्न पुगेको प्रहरी टोली माथि स्थानीयले आक्रमण गरेका छन्। आक्रमणबाट पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त घाइते भएकी छन्। वीरगंज-३१ मिलनचोकका स्थानीयले छलफल भइरहेको अवस्थामा घेरा हाली ढुंगामुढा गरेपछि एसपी पन्तसहित ६ जना प्रहरी जवान पनि घाइते भएको पर्सा प्रहरीले जनाएको छ। ‘शव वीरगंजबाट लगिसकिएको पनि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थकेयर बन्यो कोभिड अस्पताल, नारायणी पनि तयारीमा जुट्दै 

    वीरगंज हेल्थकेयर बन्यो कोभिड अस्पताल, नारायणी पनि तयारीमा जुट्दै 

    वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगंजमा समुदाय स्तरमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणको लागि वीरगंजमा गण्डक कोभिड अस्पताल बाहेक थप दुई अस्पताललाई कोभिड अस्पताल बनाई संक्रमितको उपचार शुरु गर्न निर्देशन दिएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार मन्त्रालयको कोभिड अस्पताल बनाउने विषयमा पत्र आइसकेकोले अस्पताल आन्तरिक तयारीमा जुटेको छ। ‘मन्त्रालयले स्वीकृति दिइसकेको छ, नारायणी अस्पताललाई पुनः कोभिड…

    विस्तृतमा पढ्नुस्

  • वयोधा अस्पतालमा मृत्यु भएकी महिलाको कोभिड-१९ रिपोर्ट पोजेटिभ, २८ घण्टा बित्दा पनि उठेन शव

    वयोधा अस्पतालमा मृत्यु भएकी महिलाको कोभिड-१९ रिपोर्ट पोजेटिभ, २८ घण्टा बित्दा पनि उठेन शव

    वीरगंज : नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी महिलामा कोभिड-१९ पुष्टि भएको छ। अस्पतालमा उपचाररत् ५० वर्षीया उनको शुक्रवार विहान १० बजे १२ मिनेटमा मृत्यु भएको थियो। शुक्रवार नारायणी अस्पताल, पिसिआर ल्याबको राति ११ बजे आएको रिपोर्टमा ३ महिलासहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले भने,’महिलाको मृत्युको कारण कोरोना नै रहेछ।‘ वीरगंज १६, नगावा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सांसद र डाक्टरसमेत थप ६४ जनामा कोरोना संक्रमण

    वीरगंजमा सांसद र डाक्टरसमेत थप ६४ जनामा कोरोना संक्रमण

    वीरगंजः पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्सा १ का सांसद प्रदीप यादव पनि छन्। यादवका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३…

    विस्तृतमा पढ्नुस्

  • राति ११ बजे कोरोना पुष्टि, बिहान ४ बजे सुत्केरी

    राति ११ बजे कोरोना पुष्टि, बिहान ४ बजे सुत्केरी

    वीरगंज : वीरगंजकी एक जना संक्रमित गर्भवतीले सफल रुपमा बच्चा जन्माएकी छिन्। वीरगंज-१ छपकैया बस्ने ३१ वर्षीया गर्भवतीको चिकित्सकको सहयोगमा गण्डक कोभिड अस्पतालमा बिहान ४ बजे नर्मल डिलेभरी भएको हो। नवजात शिशुको तौल ३ किलोग्राम रहेको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले बताए। गत साउन ७ गते नियमित चेकजाँचका लागि गर्भवतीमा ज्वरो आएपछि नारायणी अस्पताल गएकी थिइन्। त्यसपछि पनि उनको स्वास्थ…

    विस्तृतमा पढ्नुस्

  • भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    वीरगंज : जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको छ। राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। भारत निवासी उनी पुरानो मुटुरोगी हुन्। साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा तीन जना डाक्टर, स्वास्थ्यकर्मी र मजदुरसहित ४६ जनामा कोरोना पुष्टि

    वीरगंजमा तीन जना डाक्टर, स्वास्थ्यकर्मी र मजदुरसहित ४६ जनामा कोरोना पुष्टि

    वीरगंज : वीरगंजमा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका संक्रमित रहेका छन्। संक्रमितहरु पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगंजकै विभिन्न वडामा बसोबास गर्छन्। संक्रमितहरुमा नारायणी अस्पतालका दुई जना अर्थोपेडिक र एक जना बाहिरका गरी तीन जना डाक्टरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। नारायणी अस्पतालका ४४ र ४० वर्षको पुरुष…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु

    वीरगंजमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु

    वीरगंज : वीरगंजमा शंकास्पद अवस्थामा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नारायणी अस्पतालको पीसीआर ल्याबले राति साढे ११ बजे सार्वजनिक गरेको रिपोर्टमा मृतकहरुमा पनि कोभिड १९ पोजेटिभ देखिएको हो।   मृतकहरु वीरगंज-१६ नगवा निवासी ३५ वर्षीय पुरुष र वीरगंज छपकैया निवासी ६५ वर्षीय पुरुष रहेका छन्। ३५ वर्षीय पुरुषको गण्डक कोभिड अस्पतालमा बिहीवार दिउँसो ४:४० बजे…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंज : वीरगंजमा कोरोना महामारी समुदाय स्तरमा फैलिएको अवस्थामा बिहीवार थप दुई जनाको मृत्यु भएको छ। वीरगंज-१६ नगवा निवासी ३५ वर्षीय युवकको गण्डक कोभिड अस्पतालमा अपरान्ह ४:४० वजे मृत्यु भएको छ भने वीरगंज छपकैया निवासी ६५ वर्षीय वृद्धको आफ्नै निवासमा बिहानको समयमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए। कोभिड अस्पतालमा मृत्यु भएका युवकमा निमोनियाको संक्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोनाबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि भएन दाहसंस्कार

    वीरगंजमा कोरोनाबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि भएन दाहसंस्कार

    वीरगंज : वीरगंजमा कोरोना भाइरसबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन। बिहीवार साँझ ६ बजेसम्म पनि दुई संक्रमितका शव अन्त्येष्टि हुन नसकेको नारायणी गण्डक कोभिड अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी गराएका छन्। वीरगंज-५ रोशमकोठीका ६८ वर्षीय र वीरगंज ८ गहवाका ७० वर्षीय पुरुषको शव दाहसंस्कार हुन नसकेको हो। बुधवार बिहान पौने ११ बजे…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसन वार्डमा खटिन नमान्ने ३० जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा

    आइसोलेसन वार्डमा खटिन नमान्ने ३० जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा

    वीरगंज : पर्सा प्रहरीले कोरोना महामारीमा सहयोग नगर्ने ३० जना स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ। वीरगंज महानगर परिसरबाट दिउँसो २ बजे पर्सा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्। सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी-आइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थकेयर अस्पताललाई कोभिड अस्पताल बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस

    वीरगंज हेल्थकेयर अस्पताललाई कोभिड अस्पताल बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस

    वीरगंज : वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरी कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सरकारसमक्ष सिफारिस गरेको छ। कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन उच्च संयन्त्रमा पर्साबाट बिहीवार दिउँसो निर्णय गरी पठाइएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता ललितकुमार बस्नेतले जानकारी दिए। पर्सा, बारा, रौतहट र सर्लाहीमा पछिल्लो समय गम्भीर प्रकृतिका कोरोना संक्रमितहरु बढ्ने क्रम जारी रहेको हुँदा अस्पताल व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण, एम्बुलेन्स चालक पनि संक्रमित

    वीरगंजमा तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण, एम्बुलेन्स चालक पनि संक्रमित

    वीरगंजः वीरगंजमा बुधबार राति थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १५ महिला र ३८ पुरुष छन्। नारायणी अस्पतालले अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ५३ जनामा कोराना संक्रमण पुष्टि भएको हो। जसमा नारायणी अस्पतालका दुई र एक अन्य गरी ३ जना डाक्टर समेत छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको गण्डक कोभिड अस्पतालमा एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंजको गण्डक कोभिड अस्पतालमा एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा एक जना ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक कोभिड अस्थायी अस्पतालमा विगत ६ दिनदेखि उपचाररत वीरगंज ५ रेशमकोठीका वृद्धको बिहान पौने ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले बताए। मुटु रोगी उनको अचानक स्वास्थ्यमा गडबडी भई आसीयूमै मृत्यु भएको हो। उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ। पर्सामा…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर रिपोर्ट नहुँदा अस्पतालले भर्ना गर्न मानेन, ६ वटा हस्पिटल धाउँदा धाउँदै गयो ज्यान, चार दिनमा पनि आएन रिपोर्ट

    पीसीआर रिपोर्ट नहुँदा अस्पतालले भर्ना गर्न मानेन, ६ वटा हस्पिटल धाउँदा धाउँदै गयो ज्यान, चार दिनमा पनि आएन रिपोर्ट

    वीरगंज: वीरगंजमा एक जना ७० वर्षिय वृद्धको अस्पताल डुलाउँदा डुलाउँदै समयमा उपचार नपाएर मृत्यु भएको छ। वीरगंज–५ गहवाका वृद्धको बुधवार विहान ३ बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा निधन भएको परिवारले जनाएको छ। समयमा पीसीआर रिपोर्ट नआएको र अस्पतालले रिपोर्टविना भर्ना गर्न नमानेकाले उनको अवस्था विग्रिँदै जाँदा मृत्यु भएको निजका छोराले बताएका छन्। पहिलेदेखि उच्च रक्तचाप र थाइराइडका रोगी रहेकोमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा देखियो कोरोना

    वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा देखियो कोरोना

    वीरगंज: वीरगंजमा मंगलवार रातिको रिपोर्टअनुसार, १० महिला र २४ पुरुषसहित ३४ जना कोरोना संक्रमित थपिएका छन्। २७४ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार ३४ जनामा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका संक्रमित रहेका छन्। जसमा ५ जना बालबालिका छन्। त्यसैगरी एक चिकित्सक, एक सैनिक, तीन…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मरेकामाथि पनि 'राजनीति', अन्त्येष्टि प्रकरणको विवादले मानवतामाथि उठाएको प्रश्न

    कोरोनाबाट मरेकामाथि पनि 'राजनीति', अन्त्येष्टि प्रकरणको विवादले मानवतामाथि उठाएको प्रश्न

    वीरगंज : चार दिन अघि परवानीपुरकी १७ वर्षीया कोरोना भाइरस संक्रमित किशोरीको शव नेपाली सेनाको टोलीले मिलनचोक नजिकको भेडहा खोलाको किनारमा अन्त्यष्टिका लागि पुर्‍यायो। जतिखेर उनीहरु त्यहाँ पुग्यो, स्थिति सामान्य बनेन। वरपरका मानिस हुलका हुल आए र कोरोना संक्रमितको शव अन्त्यष्टि गर्न रोक लगाए। विरोध प्रदर्शन नै सुरु भयो। आखिरमा संक्रमितको शव अन्त्यष्टि भयो, एउटा शर्तमा - अबदेखि संक्रमितको शव…

    विस्तृतमा पढ्नुस्

  • अलपत्र संक्रमितलाई राख्न होटललाई आइसोलेसन बनाउन वीरगंजका व्यवसायी तयार

    अलपत्र संक्रमितलाई राख्न होटललाई आइसोलेसन बनाउन वीरगंजका व्यवसायी तयार

    वीरगंज : पर्सामा कोरोना संक्रमण पुष्टि भएर घरमै अव्यवस्थित किमिसले बसेका संक्रमितहरुको उपचारको लागि वीरगंजका होटल व्यवसायीहरुले साथ दिने बताएका छन्।न्यूनतम शुल्कमा तत्कालै वीरगंजका ५० भन्दा बढी होटलहरुले बाथरुमसहित छुट्टै कोठामा राख्न वीरगंजका होटल व्यवसायी तयार रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अधयक्ष हरि पन्तले एक विज्ञप्ति निकालेर स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले वातावरण बनाएको खण्डमा महामारीमा होटल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell