काठमाडौँ : सरकारले भारत र चीनका लागि राजदूत सिफारिश गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। उपाध्याय यसअघि पनि भारतका राजदूत रहेकोमा केपी ओली सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौड्याल पूर्व मुख्य सचिव हुन्। उनी यसअघि ल्हासामा महावाणिज्यदूत पनि थिए। ओली सरकारले चीनमा…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा रहेको ९२७ इलाकालाई नै गाउँपालिका र नगरपालिका बनाउन प्रस्ताव गरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सहितका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले दलहरुले अव्यवहारिक भयो भन्दै आवाज उठाएको उल्लेख गर्दै संख्या बढाउन आग्रह गरेका हुन्। आयोगले गाउँपालिका र नगरपालिका गरी ५ सय ६५ वटा स्थानीय तह रहने प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो…
काठमाडौँ : भारत भ्रमणअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेका छन्। मधेसी मोर्चासँग अनौपचारिक र औपचारिक छलफलमा रहेका प्रचण्डले संविधान संशोधनको आन्तरिक तयारी तीव्र पारेका छन्। यद्यपि संशोधन लगायतका विषय टुङ्गो लगाउन प्रधानमन्त्रीले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई कुरिरहेका छन्। देउवा हाल सिङ्गापुर भ्रमणमा छन्। कुन कुन धारामा गर्नुपर्ने छ त संशोधन ?…
काठमाडौँ : नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पठाएको पत्रबारे जानकारी माग गरेको छ। एमाले उपाध्यक्ष भीम रावलले संसदमा पत्रबारे जानकारी गराउन माग गरेका हुन्। 'प्रधानमन्त्रीबाट भारतका प्रधानमन्त्रीलाइ लेखेको विषय सामान्य हो भने यो संसदले जानकारी राख्ने अधिकार राख्छ कि राख्दैन', रावलले प्रश्न गरे, 'अविलम्ब जानकारी दिनुपर्यो।' उनले मुलुक द्वन्द्वको अवस्था र अप्ठेरो अवस्थामा नरहेको उल्लेख…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतको रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमले मोदीलाई लेखेको पत्रबारे संसदलाइ जानकारी गराएका छन्। उनले आफ्नो भारत भ्रमणका विषयमा संसदलाई जानकारी दिने क्रममा पत्रको विषयमा समेत जानकारी गराएका हुन्। के थियो पत्रमा ? निधिका अनुसार पत्रमा नयाँ 'सरकारले लिएको विदेश नीतिबारे' उल्लेख थियो जसमा 'छिमेकी मुलुकको सम्बन्धलाई उच्चतम प्राथमिकता दिएको'…
काठमाडौँ : सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोके ६ महिना सवारी चालकको लाइसेन्स निलम्बन गर्ने तथा रुट परमिट खारेज गर्ने प्रस्तावसहित सरकारले नियमावली संशोधन प्रक्रिया अगाडि बढाएको छ। संसदमा एमाले सांसद रविन्द्र अधिकारीले पेश गरेको सडक सुरक्षा सम्बन्धि सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिने क्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले नियमावली परिमार्जनको मस्यौदा तयार भइसकेको बताए। 'सवारी…
काठमाडौं : सांसदहरुले काभ्रेको बिर्तादेउरालीमा गत ३१ गते भएको बस दुर्घटनाको कारक सिन्डिकेट भएको बताएका छन्। संसदको विशेष र शून्य समयमा बोल्दै सांसदहरुले दुर्घटनाको प्रमुख कारण सिन्डिकेट भएको बताउँदै यसलाई तोड्न सरकारसमक्ष माग गरे। काभ्रेमा भएको दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए। काठमाडौंबाट गुडेको उक्त बस अरनिको यातायात सेवाको हो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा अरनिको यातायातले बस…
काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा दुईवटा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। पहिलो एनसेलबाट पुजीँगत लाभकर लिने सम्बन्धमा र दोश्रो डाक्टर गोविन्द केसीको ज्यान रक्षाका सम्बन्धमा। गोविन्द केसीको ज्यान रक्षा सम्बन्धि प्रस्तावमा अनसन बस्दा केसीले उठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफल प्रस्ताव छ। अब भने यी दुई सार्वजनिक महत्वको प्रस्ताव…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रक्रिया पूरा गरी आउने लाभग्राहीको खातामा असोज २ गतेभित्र पहिलो किस्ताको रकम जम्मा गर्ने भएको छ। प्राधिकरणको काम र योजनाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्तामा ५० हजार नै उपलब्ध गराइने बताए। यसअघि पहिलो किस्ताको रकम पाउने घरधनीको संख्या ४९ हजार ७ सय ४९ रहेको छ। आज १२ बजेसम्मको अवधिमा भूकम्प…
काठमाडौँ : सभामुख ओनसरी घर्तीले सार्वजनिक महत्वको विषय माथिको छलफलका विषय टुङ्गो लगाउन छनौट समिति बनाउने भएकी छिन्। घर्तीले संसदमा प्रस्तुत भएका सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा समितिले टुङ्गो लगाउने बताइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषयमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा चर्चा चुलिएपछि घर्तीले छलफलको टुङ्गो लगाउन समिति…
काठमाडौँ : ६ सय सांसद भएको संसदमा एकै दिन ३७ सय जनाले खाना खाएको कुपन सचिवालयले काटेको भेटिएको छ। यसबारे जानकारी पाएपछि सभामुख ओनसरी घर्ती अहिले संसद सुधारमा लागेकी छिन्। कतिपय दिन ३२ सय त कतिपय दिन २ हजारभन्दा माथिले खाना खाएको बिल संसद सचिवालयले तिरेको देखिएपछि उनी कुपन सिस्टम हटाउने निर्णयमा पुगेकी हुन्। 'प्रमुख सचेतकहरुसँग पनि छलफल गरेँ। अब…
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले नेपालको बदलिँदो राजनीतिक परिस्थिति लगायतका घटनाक्रमबारे जानकारी दिन दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देशमा पठाउने निर्णय गरेको छ। प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय भएको मन्त्री दीपक बोहोराले पहिलोपोस्टलाई जानकारी दिए। नेपालमा सत्ता परिवर्तन भएपछि यो पहिलो सरकारी भ्रमण हुनेछ। चीनका राष्ट्रपति नेपाल आउने तयारीमा…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढलाउने गम्भीर षड्यन्त्र भइरहेको बताएका छन्। प्रेस चौतारी नेपालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तरसंवादमा ओलीले विभिन्न स्थानमा गम्भीर षड्यन्त्र भइरहेको बताए। 'अहिले के चलिरहेको छ भने केपी ओली जबसम्म अध्यक्ष छ, नेता छ, त्यसलाई बदनाम नगरिकन, तेजोबध नगरी, त्यसलाई नढालिकन एमालेलाई कमजोर पार्न सकिन्न', ओलीले भने। त्यसैले अहिले आफूमाथि…
काठमाडौँ : राजीनामा दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक पत्रकार सम्मेलन गरी राजनीतिक टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले सरकारमाथि कटाक्ष मात्र गरेनन्, संविधान संशोधनको बाटो अहसज रहेको देखाइदिए। उनले संविधान संशोधनीय दस्तावेज भएपनि आवश्यकता हेरेर मात्र संशोधन गर्ने बताए। के भने त पूर्व प्रधानमन्त्री ओलीले? १) संविधानमा के अपर्याप्त? संविधानमा…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै शब्दमा उनी 'संयोगवश' नेपालको राजनीतिको केन्द्रमा समर्थन, विरोध र विवाद सबैको सेन्टरमा छन्। २०५२ सालमा जनयुद्ध सुरु गरे यता नेपाली राजनीतिमा चर्चाका पात्र प्रचण्ड अहिले गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री हुने पहिलो नेता बनेका छन्। उनकै शब्दमा नेपाली राजनीतिको केन्द्रमा रहनु 'गौरवपूर्ण छ, चुनौतीपूर्ण छ र निकै नै तनावपूर्ण पनि छ।' …
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेट कार्यान्वयनको चिन्ताले सताएको छ। १० खर्ब ४८ अर्बको केपी ओली नेतृत्वको संयुक्त सरकारले ल्याएको बजेटमा राखिएको राजश्व लक्ष्यले सामान्य खर्च समेत नपुग्ने भएपछि प्रचण्डको चिन्ता थप चुलिएको हो। बजेटमा ६ खर्ब १७ अर्ब रुपैयाँ साधारण खर्च मात्र छ। चालू आवमा ५ खर्ब ६५ अर्ब राजस्व उठाउने सरकारको लक्ष्य छ। अर्थात् कर्मचारीलाई तलब खुवाउने,…
काठमाडौं : मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। उनीहरुलाई सात दिनभित्र रकम उपलब्ध गराउने निर्णय गरिएको छ। संयुक्त लोकतान्त्रिक मधेसी गठबन्धन र सरकारबीच भएको छलफल लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका विषयमा मात्र ७ वटा बुदाँमा निर्णय लिएको हो। तराई मधेस र थरुहट आन्दोलनका क्रममा बलिदान भएका सहिद परिवारलाई…
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले नेपालको बदलिँदो राजनीतिक परिस्थिति लगायतका घटनाक्रमबारे जानकारी दिन दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देशमा पठाउने निर्णय गरेको छ। यसका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि भारत जानेछन् भने अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन जाने छन्। सरकार परिवर्तन भएपछि यो पहिलो सरकारी भ्रमण हुनेछ। बैठकले महँगी र कालोबजारी नियन्त्रणका लागि आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको नाममा राष्ट्रपतिबाट सपथ लिएका छन्। प्रचण्डसँगै दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा तीन मन्त्री रमेश लेखक, गौरीशंकर चौधरी र दलजीत श्रीपाइलीले पनि राष्ट्रपतिबाट सपथ लिएका हुन्। सपथका सात दृश्य : १. ईश्वरको शब्दमा 'पज' प्रचण्ड राष्ट्रपति भवन शितल निवासमा भएको सपथ समारहोमा प्रचण्डले सपथ समारोहमा 'ईश्वर'को नाममा सपथ लिएनन्।…
काठमाडौँ : प्रधानमन्त्रीमा ३ सय ६३ मत ल्याएर निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान १० बजेअघि नै संसदमा पुगेका थिए। प्रधानमन्त्रीको उम्मेदवारी दर्तामा समर्थन जनाए पनि मधेसी गठबन्धनसँग नमिलिरहेको वार्ता मिलाउने चुनौति उनलाई थियो। बिहान ११ बजेका लागि डाकिएको संसद बैठक माओवादी- कांग्रेस मधेसी गठबन्धनको वार्ताकै कारण डेढ घण्टा धकेलिएको थियो। प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदाका ६ दृश्य १) प्रचण्डको ओलीलाई जवाफ…