PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले दर्ता गरे प्रधानमन्त्रीका लागि उम्मेदवारी

    बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले दर्ता गरे प्रधानमन्त्रीका लागि उम्मेदवारी

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेर २६ मिनेटमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्।  समर्थकमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित नेकपा संयुक्तका सांसद जयदेव जोशी, अखण्ड नेपालका सांसद कुमार खड्का र स्वतन्त्र सांसद…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले उम्मेदवारी दर्ता गराएसँगै मधेसी मोर्चासँग तीन बुँदे सहमति

    प्रचण्डले उम्मेदवारी दर्ता गराएसँगै मधेसी मोर्चासँग तीन बुँदे सहमति

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता गरेसँगै मधेसी मोर्चासँग पनि तीन बुँदे सहमति भएको छ। लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी ३ बुँदे सहमति भएको हो। सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई शहिद घोषणा गरिनेछ। मधेसी दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डसँग प्रतिस्पर्धा गर्न कसलाई बनाउँदैछ एमालेले प्रधानमन्त्री उम्मेदवार?

    ​प्रचण्डसँग प्रतिस्पर्धा गर्न कसलाई बनाउँदैछ एमालेले प्रधानमन्त्री उम्मेदवार?

    काठमाडौँ : पहिलो पटक प्रधानमन्त्री बन्दा तत्कालीन ठूलो दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना प्रतिस्पर्धी दोस्रो ठूलो दलका नेता शेरबहादुर देउवा पाएका थिए। देउवाको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा १ सय १३ मतमात्रै परेको थियो भने प्रचण्डको पक्षमा ४६४ मत।  अहिले उनै देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दैछन्। यस पटक कांग्रेस सबैभन्दा ठूलो दल छ भने माओवादी तेस्रो दलको हैसियतमा…

    विस्तृतमा पढ्नुस्

  • के सपनाको प्रधानमन्त्री बन्ने बाटो सकियो?

    के सपनाको प्रधानमन्त्री बन्ने बाटो सकियो?

    काठमाडौं : पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक* निर्वाचन प्रणाली अन्तर्गत जनजाति कोटाबाट निर्वाचित भएर सभासद् बनेकी सपना प्रधान मल्लको न्यायाधीशका रुपमा सर्वोच्च अदालत प्रवेशका लागि ढोका उघारिनै लागेको छ।    उनको संसदीय सुनुवाइ सकिएको छ। यद्यपि प्रस्तावित न्यायाधीशको रुपमा रहेकी प्रधानको अनुमोदन र नियुक्ति भने बाँकी नै छ।   बिहीबार सुनुवाइका क्रममा सांसद भइसकेकी सपनाको न्यायालयमा भूमिका निष्पक्ष हुने/नहुनेमा सांसदहरुले प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाइ : विषयगत अध्ययनबिनै उपस्थित सांसदबाट व्यक्तिगत र सन्दर्भबाहिरका प्रश्नको ओइरो

    संसदीय सुनुवाइ : विषयगत अध्ययनबिनै उपस्थित सांसदबाट व्यक्तिगत र सन्दर्भबाहिरका प्रश्नको ओइरो

    काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरुको आज भएको संसदीय सुनुवाइ क्रममा कांग्रेस सांसद बालकृष्ण खाँडले दीपककुमार कार्कीलाई प्रश्न गरे, 'तल्लो अदालतमा आफैं हेरेको मुद्दा हेर्नुहुन्छ कि के गर्नुहुन्छ?'   कार्कीले खाँडको प्रश्नमा जवाफ दिए, 'मैले अहिलेसम्म तल्लो अदालतले गरेको फैसलामाथिको मुद्दा माथिल्लो अदालतमा हेरेको छैन। हेर्न पनि मिल्दैन।'   कुनै पनि मुद्दाको पुरावेदन सुन्दा पहिला मुद्दा हेर्ने न्यायाधीश आफैं संलग्न…

    विस्तृतमा पढ्नुस्

  • 'मन्त्री हुनुपर्ने मान्छे न्यायाधीश?'

    'मन्त्री हुनुपर्ने मान्छे न्यायाधीश?'

    काठमाडौं : नेपाली कांग्रेसका सांसद चीनकाजी श्रेष्ठले संसदीय सुनुवाइ 'फेस' गर्न आएका प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीलाई सोधे, 'तपाईं त मन्त्री हुनुपर्ने मान्छे, प्रधानमन्त्री हुनुपर्ने… मलाई त (न्यायाधीश हुन लागेको) चित्त नबुझेको कुरा के?'   उनले कार्कीलाई 'राजनीतिक मान्छे' भएको उल्लेख गर्दै 'पोलिटिकल अफिलिएसन भएको एउटा पार्टीको शुभेच्छुक संस्थाबाट अध्यक्ष हुन पुग्नुभएको व्यक्तित्व न्यायाधीशका लागि योग्य हुन्छ?' भन्दै सोधे।   कांग्रेसकै…

    विस्तृतमा पढ्नुस्

  • केसीले अनसनमा राखेको महाभियोग मागबारे सांसदहरु भन्छन्- 'हठ र जिद्दी'

    केसीले अनसनमा राखेको महाभियोग मागबारे सांसदहरु भन्छन्- 'हठ र जिद्दी'

    काठमाडौं : डाक्टर गोविन्द केसीले अनसनका बेला राखेको महाअभियोगको मागमा सांसदहरुले आइतबार संसदको सुशासन तथा अनुगमन समितिमा विरोध जनाए।   उनीहरुले केसीको मागलाई 'हठ'को रुपमा औंल्याउँदै आफ्नो विशेषाधिकारमाथि हननको आरोप समेत लगाए। केसीले अनसनका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग राखेका थिए।   'गोविन्द केसीले अख्तियारको नैतिकतामाथि प्रश्न गर्दा अपहत्यको राजनीति गर्नुभयो,' सांसद जनकराज जोशीले…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डका १० आरोपमा ओलीका १३ जवाफ

    ​प्रचण्डका १० आरोपमा ओलीका १३ जवाफ

    काठमाडौँ : संसदमा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीमाथि दश आरोप लगाएका थिए। अविश्वासको प्रस्ताव माथिको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अधिकांश आरोप माथि सम्झी सम्झी जवाफ दिए। आफ्ना लागि अविस्वासको प्रस्ताव सामान्य र स्वभाविक कुरा भएको जिकिर गर्दै उनले आफूलाई चक्रव्युहमा पारिएको तर्क गरे। भावी प्रधानमन्त्रीका रुपमा कांग्रेस-माओवादी गठबन्धनबाट नाम अगाडि सारिएका प्रचण्डलाई झण्डै दुई…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित, रामचन्द्र पौडेलले ल्याए ४ बुँदे प्याकेज प्रस्ताव

    संसद बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित, रामचन्द्र पौडेलले ल्याए ४ बुँदे प्याकेज प्रस्ताव

    काठमाडौँ : अविश्वास प्रस्तावबारे छलफल गर्न आज बिहान ११ बजे डाकिएको संसद बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। संसद भवनमा बसेको सभामुख र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको दोस्रो पटकको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले चार बुँदे प्याकेज प्रस्ताव ल्याएका छन्।   अविश्वासको प्रस्ताव माओवादीले फिर्ता लिने प्रधानमन्त्रीले राजीनामा गर्ने प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि संवैधानिक जटिलता हटाउने र संविधान…

    विस्तृतमा पढ्नुस्

  • ​ओलीलाई देउवाले गरे व्यङ्ग्य – पदको लोभ गर्दिनँ पनि भन्ने, प्रक्रिया पनि अगाडि नबढाउने?

    ​ओलीलाई देउवाले गरे व्यङ्ग्य – पदको लोभ गर्दिनँ पनि भन्ने, प्रक्रिया पनि अगाडि नबढाउने?

    काठमाडौँ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले 'पदै छाड्न नचाहेको' जिकिर नगर्ने भन्दै व्यङ्ग्य गरेका छन्।  प्रमुख दलहरुको बैठकमा ओलीले आफूलाई पदको लोभ नभएको भन्दै धारणा राखेको तर प्रक्रिया पनि अगाडि बढाउन नचाहेको देखर देउवाले आश्चर्य व्यक्त गरे।  'कुरा गर्दा अविश्वासको प्रस्ताव फेस गर्छु पनि भन्नुहुन्छ, अनि पदमा पनि धेरै लोभ छैन भन्नुहुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • ​एमालेको चालाले अलमलियो कांग्रेस, सचेतक भन्छन् – हामीले कुरै बुझेनौँ

    ​एमालेको चालाले अलमलियो कांग्रेस, सचेतक भन्छन् – हामीले कुरै बुझेनौँ

    काठमाडौँ : नेकपा एमालेले नयाँ सरकार गठनको प्रकिया मिलाउनुपर्ने र संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखाएपछि नेपाली कांग्रेस अलमलिएको छ।  संसदमा बजेटका आश्रित विधेयकहरु हटाएको विरोधमा संसद अवरुद्ध गर्ने निर्णय गरेको एमालेले संविधान संशोधनको कुरा उठाएपछि कांग्रेस अलमलिएको हो।  संसद भवनमा भएको प्रमुख दलहरुको बैठकमा राजीनामा दिने शर्तमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्तावमा समेत प्रधानमन्त्री ओलीले समय मागेको बैठकमा सहभागी चीनकाजी…

    विस्तृतमा पढ्नुस्

  • ​पद जोगाउन कति सिट पुग्दैन ओलीलाई?

    ​पद जोगाउन कति सिट पुग्दैन ओलीलाई?

    काठमाडौँ :  गत वर्षको असोज २४ गते संसदमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले ३ सय ३८ मत पाएका थिए। ओलीको प्रमुख सत्तासाझेदारको रुपमा थियो माओवादी। अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै प्रस्तावक बनेर ओलीलाई सत्तासिन गराएका थिए।  ८३ सिट भएको माओवादीले प्रम प्रधानमन्त्री निर्वाचनमा ओलीको पक्षमा मतदान गरेको थियो। माओवादीले अहिले ओलीलाई…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेताको बैठकमा सहमति जुटेन, १ बजे पुनः बस्ने, संसद बैठक ११ बजेबाट २ बजे सारियो,

    शीर्ष नेताको बैठकमा सहमति जुटेन, १ बजे पुनः बस्ने, संसद बैठक ११ बजेबाट २ बजे सारियो,

    काठमाडौँ : सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताबीच सि‌हदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा सहमति नजुटेपछि बिहान ११ बजेबाट बस्ने भनिएको संसदको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। संसदमा सूचना टाँस गरेर बैठक सारिएको जानकारी दिने तयारी भएको सभामुखका सल्लाहकार बबिन शर्माले सञ्चारकर्मीहरुलाई जानकारी दिए।  त्यसअघि नयाँ बानेश्वरमा दिउँसो १ बजे पुनः शीर्ष नेताबीच बैठक बस्ने तय भएको…

    विस्तृतमा पढ्नुस्

  • ​संसदमा बलजफ्ती नगर्न प्रधानमन्त्रीको चेतावनी, भन्छन्- अविश्वास प्रस्ताव संसदमा आउन दिइँदैन

    ​संसदमा बलजफ्ती नगर्न प्रधानमन्त्रीको चेतावनी, भन्छन्- अविश्वास प्रस्ताव संसदमा आउन दिइँदैन

    काठमाडौँ : संसदको भोलि ११ बजे बस्ने बैठकमा बलजफ्ती नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन्। एमालेको मजदुर संगठन जिफन्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ११ बजेको बैठकमा सरकारका बिजनेसहरु खोजिने बताएका हुन्। गत असार २९ गते र ३१ गते बसेको बैठकमा बजेटका आश्रित विधेयक कार्यसूचीमा प्रवेश गर्दा समेत अगाडि बढेका थिएनन्। दुवै दिनको…

    विस्तृतमा पढ्नुस्

  • ​हामी संसद् अवरोध गर्छौँ : एमाले, सत्तापक्षले हाउस अवरोध गरेको तमासा हेर्छौँ : कांग्रेस

    ​हामी संसद् अवरोध गर्छौँ : एमाले, सत्तापक्षले हाउस अवरोध गरेको तमासा हेर्छौँ : कांग्रेस

    काठमाडौँ : सत्तारुढ दलले नै संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने कार्यसूची तोकिएको भोलि बिहीबारको संसद बैठक अन्यौलमा परेको छ।  संसद बैठक बस्नुअघि सभामुखलाई सल्लाह दिन बस्ने कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तारुढ दल एमालेका तर्फबाट सांसद राजेन्द्र पान्डेले बजेट आश्रित विधेयकलाई पहिले कार्यसूचीमा नराखिए संसद अवरोध गर्ने बताएका थिए।  नेकपा मालेका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ९ पटक खोज्दासमेत सभामुखले भेट्न सकिनन् प्रधानमन्त्री, कसले तेर्स्यायो तगारो?

    ९ पटक खोज्दासमेत सभामुखले भेट्न सकिनन् प्रधानमन्त्री, कसले तेर्स्यायो तगारो?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको भेटमा ‘तपाईंले मलाई किन पहिल्यै नभेटको’ भन्दै सभामुख ओनसरी घर्तीलाई जिज्ञासा राखे। गत असार २९ गते संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता भएदेखि प्रधानमन्त्री ओली र सभामुख घर्तीबीच भेटवार्ता भएको थिएन।   प्रधानमन्त्री ओली सभामुखले सरकारले दिएको विजनेश अनुसार बजेटका आश्रित विधेयक अगाडि नबढाएकोमा असन्तुष्ट थिए।   प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार इन्जिनियर्स एशोसिएसनको…

    विस्तृतमा पढ्नुस्

  • चक्रव्यूह रच्नेलाई प्रमको चेतावनी - जस्तो सोचेको त्यस्तो हुनेछैन

    चक्रव्यूह रच्नेलाई प्रमको चेतावनी - जस्तो सोचेको त्यस्तो हुनेछैन

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर धेरै प्रकारको खेल र तमासाको अभ्यास गर्न खोजिए पनि 'जस्तो सोचेको त्यस्तो नहुने' चेतावनी दिएका छन्।   नेपाल इन्जिनियर्स एशोसिएशनको ५५ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले चक्रव्युह बनाइएको समेत दावी गरे। ‘मलाई प्रधानमन्त्रीबाट हटाइयो भने धेरै प्रकारका खेल तमासा गर्न सकिन्छ भनेर अभ्यास भइरहेको छ’, ओलीले भने, ‘एउटा चक्रव्युह बनाइएको छ। म भन्न…

    विस्तृतमा पढ्नुस्

  • ​ओली र प्रचण्डको 'लभ एण्ड हेट रिलेसन'

    ​ओली र प्रचण्डको 'लभ एण्ड हेट रिलेसन'

    काठमाडौँ : 'लभ र हेट बीच एउटा पातलो लाइनमात्र हुन्छ। ब्रेनको जुन नर्भस सर्किट घृणा उत्पन्न गराउन जिम्मेवार हुन्छ, त्यसैले प्रेम पनि उत्पन्न गराउँछ,' लन्डनका प्रोफेसर सेमिर जेकीले अनुसन्धानबाट पुष्टि गरेको यो तथ्य प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको सम्बन्धमा पनि देखिन्छ।  यी दुबैबीचको सम्बन्ध कहिले सुमधुर देखिन्छ र कहिले एकाएक…

    विस्तृतमा पढ्नुस्

  • बजेटका आश्रित विधेयक पारित गर्न नदिने माओवादी केन्द्रको निर्णय

    बजेटका आश्रित विधेयक पारित गर्न नदिने माओवादी केन्द्रको निर्णय

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्ने माओवादी केन्द्रको तर्क छ।   'ओली सरकार अल्पमतमा परिसकेको छ। अविश्वासको प्रस्ताव दर्ता छ,' प्रवक्ता पम्फा भुषालले पहिलोपोस्टसित भनिन्, 'त्यसको प्रक्रिया पूरा गरेपछि मात्र अर्थसम्बन्धी विधेयक पास गर्न दिने निर्णय भयो।' बुधबारको संसद बैठकमा पनि कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • संसद आज पनि बस्न सकेन, साउन ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

    काठमाडौँ : व्यवस्थापिका संसदको बैठक आज पनि बस्न सकेन। सूचना टाँस गरेर बैठक साउन ६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।  आज बस्ने भनिएको बैठकका लागि कार्यसूचीसमेत प्रकाशित भइसकेको अवस्थामा  विशेष कारणवश भन्दै संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी गराएका हुन्। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल एमाले र राप्रपा नेपालले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell