PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • भावी अर्थमन्त्रीका रुपमा हेरिएका प्रकाशशरणको यस्तो छ 'बायोडेटा'

    भावी अर्थमन्त्रीका रुपमा हेरिएका प्रकाशशरणको यस्तो छ 'बायोडेटा'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हप्ता दिन नाघिसकेको छ। यद्यपि, १० दलीय गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दोस्रोपटक प्रचण्डलाई विश्वासको मत दिएका दलहरु अनौपचारिक छलफलमा व्यस्त छन् नै, गठबन्धनले मंगलवार ४ बजेका लागि बैठक पनि डाकेको छ। मन्त्रालयको टुंगो नलाग्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अर्थ मन्त्रालय पाउने पक्कापक्की भएको बताइएको छ। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • अराजकताको 'रोडम्याप'मा प्रचण्डको 'पथ' (टिप्पणी)

    अराजकताको 'रोडम्याप'मा प्रचण्डको 'पथ' (टिप्पणी)

    गणतान्त्रिक नेपालमा सत्ता राजनीतिको क्षितिज यतिखेर निक्कै धुमिल देखिएको छ। प्रदुषित राजनीतिक वायुले छपक्क ढाकेपछि सम्भावनाका किरणहरु कुनै पनि कोणबाट जनतासम्म पुग्न सकेको छैन। गणतन्त्रदेखि शान्ति प्रकृयासम्म सबै 'क्रेडिट'मा आफ्नो दावेदारी प्रकट गर्ने प्रचण्डको बागडोरमा सिंगै सत्ता कैद छ अहिले। निरंकुशता विरुद्धको आन्दोलनबाट लोकतान्त्रिक धारमा अवतरित भए पनि तानाशाही प्रवृत्तिका पक्षपोषकका रुपमा स्थापित बन्दै गएको छ माओवादी नेतृत्वको सरकार। मुलुकको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट मन्त्री छान्न देउवालाई सकस, नेतृत्व पूर्णबहादुर कि प्रकाशमानको?

    कांग्रेसबाट मन्त्री छान्न देउवालाई सकस, नेतृत्व पूर्णबहादुर कि प्रकाशमानको?

    काठमाडौं: नेकपा (एमाले) बाहिरिएसँगै सत्तामा आफ्नो भाग पक्का गरेको कांग्रेसलाई मन्त्री छान्न मुस्किल परेको छ। ८९ सांसद रहेको कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक अधिकांश सांसदले मन्त्री बन्न रहर गरेका छन्। यसपटक कांग्रेसले ७ देखि ९ सम्म मन्त्रालय पाउने भएको बताइन्छ। यद्यपि गठबन्धनमा यसको टुंगो लागेको छैन। कांग्रेसले भने यसअघि नै मन्त्री छान्न मुस्किल हुने भन्दै चार मापदण्ड तय…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रमा मुख थुनिनु कल्पनै नगरेको विषयः किन असहिष्णु बन्दैछन् शासक?

    लोकतन्त्रमा मुख थुनिनु कल्पनै नगरेको विषयः किन असहिष्णु बन्दैछन् शासक?

    काठमाडौं: प्रजातन्त्र पुनर्स्थापनापछि नेकपा (माओवादी) सँगको शान्ति सम्झौतासम्म राजनीतिको केन्द्रविन्दुमा थिए गिरिजाप्रसाद कोइराला। प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापतिमात्र होइन, पटकपटक प्रधानमन्त्री बनेका कोइरालालाई राजनीतिक ओजका कारण 'ताली' बजाउनेको लाइन लाग्थ्यो। तर, त्यही बाटोमा गालीको सामना पनि गर्नुपर्थ्यो उनले। आमसभामा जाँदा होस् वा कार्यक्रममा, कालो झन्डा बारम्बार सामना गर्थे गोइराला। नेपालमा सबैभन्दा बढी पुत्ला उनकै दहन भयो होला। गिरिजाप्रसाद कोइराला…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट को-को बन्दैछन् मन्त्री, कसको नेतृत्वमा सहभागी हुँदैछ सरकारमा?

    कांग्रेसबाट को-को बन्दैछन् मन्त्री, कसको नेतृत्वमा सहभागी हुँदैछ सरकारमा?

    काठमाडौं:  प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष रहेको नेपाली कांग्रेसले आइतबार सत्ता पक्षमा बसेको छ। आइतबार कांग्रेस कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णयसमेत गरिसकेको छ। कांग्रेस संसदीय दलको आइतबार नै बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘अपार्टमेन्ट’भित्रको व्यथा ‘विमोक्ष’

    ‘अपार्टमेन्ट’भित्रको व्यथा ‘विमोक्ष’

    झन्डै ८ वर्षअघि भुँईमै बसेर थकाई मार्दै सुसेली हाल्ने ठाउँमा चिटिक्कको बेड, महँगा सोफा र र्‍याकले सजिएका थिए। झरीले चिप्लो बनेको उकालो बाटोहरुमा फलामको भर्‍याङ फिट भइसकेको। जाँडले भरिएका सिल्पटका डबका ठोक्किने त्यो चौर हुँदी अहिले ह्विस्की भरिएको गिलास ‘चियर्स’ हुँदै थियो। ‘धरान’मा काठ चिरिरहेका आह्रवालहरुको ठट्टा सुनिने त्यो ठाउँमा बेड सिनमा रातोतातो यौनका रफगफ चल्न थालिसकेछ। अन्तत: त्यो लामपते…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै, लगत्तै सुन्दरीजल पुग्ने

    राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै, लगत्तै सुन्दरीजल पुग्ने

    काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न पुग्दैछन्। सुरक्षा स्रोतका अनुसार पौडेल ९ बजे पशुपति पुग्ने कार्यतालिका छ। त्यसअघि पौडेल सभामुख देवराज घिमिरेलाई भेट्ने बालुवाटार पुग्ने बताइएको छ। बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल पशुपतिबाट वीपी संग्रहालय सुन्दरीजल पुग्ने कार्यक्रम रहेको स्रोतले जनायो।

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षमा फर्कियो खोलो : लगातार हार खेपेका रामचन्द्रको 'इन्ट्री' शीतल निवासमा, महाधिवेशनमा 'वाकओभर' दिँदाको पुरस्कार!

    १२ वर्षमा फर्कियो खोलो : लगातार हार खेपेका रामचन्द्रको 'इन्ट्री' शीतल निवासमा, महाधिवेशनमा 'वाकओभर' दिँदाको पुरस्कार!

    काठमाडौं : १२ वर्षअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि एउटा जबर्जस्त 'ट्याग' लाग्यो – प्रधानमन्त्री चुनावमा १७ पटकको हार। २०६७ माघमा कांग्रेसका पौडेल प्रधानमन्त्री बन्ने 'रेस'मा थिए। तर एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालसँगको प्रतिस्पर्धामा उनको रेकर्ड यात्रामा 'ब्रेक' लाग्यो। जतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। पछि प्रतिस्पर्धाबाट प्रचण्ड बाहिरिए र झलनाथलाई सहयोग गरे। लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • सैलुङमा 'छ्योर्तेन' बनेपछि साँधबारे सांसद तामाङले किन भने : यो चीन देशको हैन, भारतको पनि हैन?

    सैलुङमा 'छ्योर्तेन' बनेपछि साँधबारे सांसद तामाङले किन भने : यो चीन देशको हैन, भारतको पनि हैन?

    सैलुङ : दोलखा र रामेछापको संगमस्थलमा रहेको सैलुङमा करिब ५५ फिट अग्लो छ्योर्तेन(बोधीचैत्य) निर्माण सम्पन्न भएको छ। शैलुङ रिगसुम गोन्पो सेवा समाजको अग्रसरतामा निर्माण सम्पन्न भएको छ्योर्तेनको बुधवार रिन्पोछे सेचेन रब्ज्यामले शुद्धीकरण तथा प्राणप्रतिष्ठा पूजा गरि उद्घाटन गरे। समुद्री सतहबाट ३ हजार १५४ मिटरको उचाईमा रहेको सैलुङमा छ्योर्तेन बनेसँगै धार्मिक पर्यटन बढ्ने समाजका अध्यक्ष सेरप शेर्पाले बताए। छ्योर्तेन निर्माणका लागि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार को?

    राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार को?

    काठमाडौं: प्राकृतिक मौसम चिसोबाट तातोतिर लाग्दै गर्दा राजनीतिक वृत्त पनि पछिल्ला दिन राष्ट्रपतिको  चर्चाले गर्माएको छ। आलंकारिक राष्ट्रपतिमा पनि दलहरुबीच तँछाडमछाडको स्थिति सिर्जना भइसक्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मियो बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ‌ओली वरिपरि घुमिरहेका छन्। पाँच वर्षे राष्ट्रपतिका लागि दैनिक नयाँ नयाँ पात्रको नाम चर्चामा आइरहेका छन्। राष्ट्रपतिको निर्वाचन पूर्व काठमाडौंमा शक्ति…

    विस्तृतमा पढ्नुस्

  • ओली शैलीमाथि हमला : कोही 'ओभरटेक' गर्दै, कोही लागे 'हाइज्याक' गर्न

    ओली शैलीमाथि हमला : कोही 'ओभरटेक' गर्दै, कोही लागे 'हाइज्याक' गर्न

    चार वर्षअघि मंसिर १०, २०७५। काठमाडौंका पोलपोलमा केपी शर्मा ओलीको तस्बिर सजाइएको दृश्य कसले बिर्से होलान्! एउटा नयाँ युगको सुरुवात - लेखेर सामाजिक सुरक्षाको प्रचारमा ओलीले आफ्नै फोटोलाई फोकस गरे पोस्टरमा। त्यतिबेला ओली प्रधानमन्त्री थिए - माओवादी भित्र्याएपछि बनेको ने क पाका अध्यक्ष थिए। त्यसैले उनको चमकधमक बेग्लै थियो। चर्चामा होस् र विरोधमा - सभाहरुमा ओलीकै हाइहाइ हुन्थ्यो। उनको भाषणमा…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने 'सेकेन्ड' ओली कि भाइ कांग्रेस?

    रवि लामिछाने 'सेकेन्ड' ओली कि भाइ कांग्रेस?

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार डेढ घन्टा लगाएर मनको भँडास पोखे। नागरिकता पुन: कायम नगरेकै कारण माघ १३ गते सर्वोच्च अदालतको एकै आदेशले चार पद चट भएपछि रन्थनिएका रविले यो भँडास नपोखाउन कसरत नगरेका होइनन्। उनले गृहको हत्ते गरे। तर सत्ताको लगाम समातेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँगैको यात्रामा रविलाई राख्नै नचाहेपछि रास्वपा ४१ दिनमै सरकारबाट आउट भयो।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले नेतृत्व नपाउँदा प्रदेश १ को न्वारनै भएन : भुपेन्द्र राई

    कांग्रेसले नेतृत्व नपाउँदा प्रदेश १ को न्वारनै भएन : भुपेन्द्र राई

    काठमाडौं : प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ। केन्द्रमा नेपाली कांग्रेसले एमालेले समर्थन गरेको सरकारलाई विश्वासको मत दिए पनि प्रदेश १ मा भने मत दिएन। प्रदेशको दोस्रो ठुलो दल कांग्रेस अहिले प्रतिपक्षमा छ। ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाइसकेको अवस्थामा पनि प्रदेश १ को नामाकारण हुनसकेको छैन। हालसम्म ४ जना मुख्यमन्त्री पाएको यो…

    विस्तृतमा पढ्नुस्

  • भेष बदलेका प्रचण्ड, छोइनसक्नु 'स्टन्ट'बाज मन्त्री: बालुवाटारको चाबी खोसे पनि पीर चाहिँ सत्ताको सोइलो कसरी जोगाउने?

    भेष बदलेका प्रचण्ड, छोइनसक्नु 'स्टन्ट'बाज मन्त्री: बालुवाटारको चाबी खोसे पनि पीर चाहिँ सत्ताको सोइलो कसरी जोगाउने?

    काठमाडौं: प्रधानमन्त्री पक्का भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै बालकोटको बर्दालीबाट हात हल्लाए। हात हल्लाईको अर्थ थियो -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुखमा आएको सत्ता हल्लिनु। नभन्दै प्रचण्ड तुरुन्तै प्रधानमन्त्रीमा नियुक्त भए। भोलिपल्टै प्रधानमन्त्रीका रुपमा शपथ लिए। प्रचण्ड बालुवाटार छिरेको एक महिना पूरा भएको छ। देशको ४४ औं प्रधानमन्त्रीका…

    विस्तृतमा पढ्नुस्

  • बिरालो, बिरालो भन्दै टुँडिखेलमा किन दुई-दुई पटक माफी मागे प्रचण्डले, के प्रधानमन्त्रीले गल्ती बोलेका थिए?

    बिरालो, बिरालो भन्दै टुँडिखेलमा किन दुई-दुई पटक माफी मागे प्रचण्डले, के प्रधानमन्त्रीले गल्ती बोलेका थिए?

    काठमाडौं: तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आइतबार प्रमुख अतिथिका रुपमा काठमाडौंको टुँडिखेलमा पुगेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। २८२९औं सोनाम ल्होछारको मुख्य अतिथिका रुपमा मञ्चमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई जनजाति अभियन्तादेखि तामाङ अभियन्ताहरुले छास्नु छासे। कारण थियो –यो मन्त्रिपरिषदमा तामाङ समुदायलाई नसमेट्नु। निम्तो दिएका आयोजक संस्था तामाङ घेदुङका अध्यक्ष मोहन गोलेदेखि तामाङ समुदायका पूर्वमन्त्रीहरु केरकारकै शैलीमा उत्रिए। पहिचानसहितको संघीयताको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई टुँडिखेलमा प्रश्न : तामाङ मन्त्री खै?, 'राष्ट्रपति जनजातिलाई बनाउनुस्'

    प्रचण्डलाई टुँडिखेलमा प्रश्न : तामाङ मन्त्री खै?, 'राष्ट्रपति जनजातिलाई बनाउनुस्'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छैन। पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो। माघ ३ मा प्रचण्डले थप १२ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीको नियुक्त दिलाए। अहिले उनी नेतृत्व सरकार २३ सदस्यीय मन्त्रिपरिषद् छ। संविधान अनुसार २५ जनासम्मको मन्त्रिपरिषद बनाउन पाइन्छ। गठबन्धनमा भएको सहमतिअनुसार दलीय आधारमा मन्त्री बनाउनुपर्ने प्रचण्डलाई बाध्यता पनि छ। त्यसैले पनि…

    विस्तृतमा पढ्नुस्

  • ओली - प्रचण्डको पश्चाताप, देउवाको घुर्की : सदनमा विचित्र भएको दिन

    ओली - प्रचण्डको पश्चाताप, देउवाको घुर्की : सदनमा विचित्र भएको दिन

    काठमाडौं : मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अचम्म माने। ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा समेल भए। यहाँ भन्दा हाइसञ्चो सत्ता पक्षलाई सजिलो के होला? यो कुन किसिमको समर्थन हो मैले त बुझ्नै सकिनँ,’ प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिनुअघि केसीले यसो भनेका हुन्। केसीले भनेझैं प्रचण्डले अभूतपूर्व मत…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले 'ब्याक' हुने देउवाको अनुमान फेल!

    कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले 'ब्याक' हुने देउवाको अनुमान फेल!

    काठमाडौं : नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने कि नदिने? यति निर्णय गर्न अनेकन तिकडम गरेर एकसाता बितायो कांग्रेसले। पुस १० गते आफ्नै नेतृत्वको गठबन्धनलाई धोका दिएर एमालेको कित्तामा उभिँदै सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेको एक हप्तापछि प्रचण्डले पुस १८ गते विश्वासको मत लिने मिति तोके – पुस २६ गतेका लागि।…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा कांग्रेस प्रवक्ता महतलाई प्रश्नैप्रश्न : पाँचै वर्ष प्रतिपक्षमा बस्ने कि मौका पाउनसाथ सत्ता ढालिहाल्ने? देउवाको बचाउ, गगन - विश्वप्रकाशको खण्डन

    सानेपामा कांग्रेस प्रवक्ता महतलाई प्रश्नैप्रश्न : पाँचै वर्ष प्रतिपक्षमा बस्ने कि मौका पाउनसाथ सत्ता ढालिहाल्ने? देउवाको बचाउ, गगन - विश्वप्रकाशको खण्डन

    काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस पहिलो ठुलो दल बन्यो। पाँच दलीय गठबन्धनसँग तालमेल गरेर चुनावमा उत्रेको कांग्रेस निर्वाचन परिणामलगत्तै आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा लाग्यो। तर मंसिर १० गते एकाएक ८९ सिट भएको कांग्रेस प्रतिपक्षमा पुग्यो। गठबन्धनको साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहित सात दलको समर्थनमा सत्ताको नेतृत्व सम्हाल्न पुगे। उक्त…

    विस्तृतमा पढ्नुस्

  • दोहोरो कार्ड खेलिरहेका देउवा जब फसे ओलीको ‘सेक्रेट प्लान’मा, के थियो ७ गतेको फिनिसिङ?

    दोहोरो कार्ड खेलिरहेका देउवा जब फसे ओलीको ‘सेक्रेट प्लान’मा, के थियो ७ गतेको फिनिसिङ?

    काठमाडौं: आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको सात दिनको समय सकिँदै थियो। मंसिर ४ गतेको निर्वाचनपछि कुनै दलले बहुमत ल्याउन नसकेकोले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले पुस ३ गते आह्वान गरेकी थिइन्। ८९ सिट पाएर पहिलो दल बनेको कांग्रेस जसरी पनि पुन: सत्तामा जाने दाउमा थियो। सत्तामा जान सभापति शेरबहादुर देउवा र महामन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell