PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • पराजित भएपछि आफ्नो पक्षको ७ मत खोज्दै गगन समूह

    पराजित भएपछि आफ्नो पक्षको ७ मत खोज्दै गगन समूह

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा शेखर कोइराला समूहले गगन थापालाई अघि बढायो। शेखरको पनि संसदीय दलको नेतामा भिड्ने चाहना थियो। तर, पुस्तान्तरणको आवाजलाई सम्मान गर्दै शेखरले आफ्नो चाहना त्यागे र संस्थापनइतरबाट गगनलाई संसदीय दलको नेतामा भिड्न 'फ्लोर ओपन' गरिदिए। यसको सन्देश थियो पटकपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिनु। संसदमा यसपटक देउवा समूहमा ५० भन्दा…

    विस्तृतमा पढ्नुस्

  • गगनलाई विश्वप्रकाशदेखि देउवा गुटकै प्रदीपको साथ, शेखरको त्यागले बन्लान् त संसदीय दलको नेता?

    गगनलाई विश्वप्रकाशदेखि देउवा गुटकै प्रदीपको साथ, शेखरको त्यागले बन्लान् त संसदीय दलको नेता?

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरको नेतृत्व सम्हाल्दै आएका डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन्। निर्वाचनअघि प्रधानमन्त्रीमा दाबी गर्दै आएका शेखर मोरङबाट निर्वाचित पनि भए। निर्वाचित भएसँगै शेखरले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए। यद्यपि, आफ्नै गुटबाट महामन्त्री गगन संसदीय दलको नेता बन्ने दौडमा उत्रिएपछि दुई जनाको टसलसमेत भएको थियो। दुई नेताको टसललाई…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला कांग्रेस संसदीय दलको नेता?

    को बन्ला कांग्रेस संसदीय दलको नेता?

    काठमाडौं : निर्वाचन परिणाम आएसँगै केन्द्रमा नयाँ सरकार बनाउने तयारी तीव्र रुपमा अघि बढेको छ। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। राष्ट्रपतिलाई आयोगले प्रतिवेदन बुझाएको ३५ दिनभित्र नयाँ सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (८) मा यससम्बन्धी प्रावधान उल्लेख छ। ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’

    ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’

    फुटबलमा जितहार 'स्कोर'बाटै निर्धारण हुन्छ। कसले कति स्कोर गर्‍यो? विपक्षीको पोस्टमा कति गोल वर्षायो – त्यहीअनुसार टिम र खेलाडीको रेटिङ बढ्छ। त्यसैले स्ट्राइकरसँग, सेन्टर ब्याक, राइट ब्याक र लेफ्ट ब्याकमा उत्रिएका खेलाडीहरु पनि विपक्षीको पोस्टमा आफ्नो प्रहार परोस् भनेर प्रेरित हुन्छन्। कतार विश्वकप २०२२ मा अहिले सर्वाधिक चर्चामा रहेका दुई खेलाडी हुन् अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे। विश्वकपको उपाधि…

    विस्तृतमा पढ्नुस्

  • तत्कालका लागि देउवाको नेतृत्व आवश्यक छ : प्रकाशशरण महत (अन्तर्वार्ता)

    तत्कालका लागि देउवाको नेतृत्व आवश्यक छ : प्रकाशशरण महत (अन्तर्वार्ता)

    प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - २०७९ को मतपरिणाम आएसँगै नयाँ सरकार बनाउने जोडघटाउ सुरु भएको छ। यो निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाए पनि बहुमत भने पाएन। अब सरकार कसको बन्छ? कांग्रेस कसरी अघि बढ्छ? नेपाली कांग्रेसको चुनाव प्रचारको कमान्डसमेत सम्हालेका प्रवक्ता डा प्रकाशशरण महतलाई हामीले सोधेका छौं :   चुनावलाई कसरी समीक्षा गरिरहनुभएको छ? हाम्रो अपेक्षा अनुरुपको परिणाम…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले समानुपातिकमा को-को पठाउँदैछ तीन जना पुरुष?

    कांग्रेसले समानुपातिकमा को-को पठाउँदैछ तीन जना पुरुष?

    काठमाडौं: नेपाली कांग्रेसले समानुपातिक तर्फ ३२ सिट पाउँदा ३ जनामात्र पुरुष पठाउन पाउने भएको छ। प्रत्यक्षमा एक जनामात्र महिला निर्वाचित हुँदा राष्ट्रिय सभामा पनि कांग्रेसका ३ जनामात्र सदस्य कायम छन्। जसकारण समानुपातिकबाट २९ जना महिला पठाउनुपर्ने वाध्यता कांग्रेसलाई छ।  संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत सांसद महिला हुनैपर्छ। संविधानको संघीय व्यवस्थापिकासम्बन्धी भाग ८ को धारा ८४ को ८ मा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसको ५७ सिटमा जित, चार पदाधिकारी पराजित : को कहाँबाट?

    ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसको ५७ सिटमा जित, चार पदाधिकारी पराजित : को कहाँबाट?

    काठमाडौं : प्रतिनिधि सभाको निर्वाचन २०७९ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित निकालेको छ। सत्ता गठबन्धनसँग तालमेल गरि चुनावमा होमिएको कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो। जसमध्ये कांग्रेसका ३४ जना उम्मेदवार पराजित भएका छन्। अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा २३ सिट प्रत्यक्ष जितेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरि…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची मुहान पुग्दा प्रकाशमानलाई किन लाग्यो बेमज्जा?

    मेलम्ची मुहान पुग्दा प्रकाशमानलाई किन लाग्यो बेमज्जा?

    मेलम्ची : काठमाडौं १ बाट चौथोपटक निर्वाचित भएपछि कांग्रेस नेता प्रकाशमान सिंह बिहीवार बिहान मेलम्ची पुगे। सिंहको साथमा थिए काठमाडौं १ बाट निर्वाचित दुई प्रदेश सभा सदस्य, वाग्मती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, सुरेशचन्द्र लामिछाने र काठमाडौं ३ 'क' का प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा। काठमाडौं १ मा मत माग्दा धेरैजसो मतदाताले खानेपानीको समस्याबारे सुझाएका थिए सिंहलाई। सडक विकासमा आफूले…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

    मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

    तेम्बाथान : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी मुहान तेम्बाथान आइपुगेका छन्। काठमाडौं १ बाट निर्वाचित भएपछि सिंह बिहीवार बिहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको खानेपानी मुहानमा आइपुगेका हुन्। मुहान निरीक्षणका क्रममा उनलाई खानेपानी आयोजनाका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले खानेपानी आयोजनाबारे ब्रिफिङ गरेका थिए। भ्रमणमा काठमाडौं १ को ‘क’बाट निर्वाचित प्रदेश सभा सदस्य एवं वाग्मती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा सिटौला गुटमाथि क्षति, अस्तित्व जोगाउने जिम्मा प्रदीप पौडेलको काँधमा

    चुनावमा सिटौला गुटमाथि क्षति, अस्तित्व जोगाउने जिम्मा प्रदीप पौडेलको काँधमा

    काठमाडौं: नेपाली कांग्रेसमा 'थर्ड पोल' को नामबाट चिनिएको सिटौला समूहलाई आम निर्वाचनमा क्षति पुगेको छ। कांग्रेसबाट टिकट बाँडफाँडको हर्तकर्तासमेत रहेका कृष्णप्रसाद सिटौला आफैँ झापा ३ बाट हार व्योहर्न बाध्य भए। १४औं महाधिवेशनबाट गगन थापाले साथ छोडेपछि किनारा लागेका सिटौला टिकट बाँडफाँट कार्यदलको संयोजक थिए। त्यसैले पनि सिटौलाले आफ्नो पक्षका नेतालाई न्याय दिने गरी टिकट दिलाए। उनलाई साथ दिने सबैले टिकट…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको जित्ने सूचीमा थिए हुमागाईं, प्रदेशमा गठबन्धनले जित्दा कसरी पराजित बने गोकुलसँग?

    बालुवाटारको जित्ने सूचीमा थिए हुमागाईं, प्रदेशमा गठबन्धनले जित्दा कसरी पराजित बने गोकुलसँग?

    काठमाडौं : काभ्रे २ मा प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार जित्दा प्रतिनिधिसभातर्फ भने नेपाली कांग्रेसका शिव हुमागाई पराजित भएका छन्। स्थानीय निर्वाचनमा नेकपा एमालेभन्दा गठबन्धनमा रहेका दलहरुले पाएको मत १५ हजार बढी थियो। त्यही आधारमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शिव जसरी पनि जित्ने दाबीका साथ काभ्रे २ मा उत्रिए। बालुवाटारको जित्ने 'लिस्ट'मा पनि उनको नाम थियो, त्यही अनुसार चुनावी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा निर्वाचित भए प्रधानमन्त्रीका सबै दाबेदार, को बस्लान् ड्राइभिङ सिटमा?

    कांग्रेसमा निर्वाचित भए प्रधानमन्त्रीका सबै दाबेदार, को बस्लान् ड्राइभिङ सिटमा?

    काठमाडौं : निर्वाचनपछि आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने घोषणासहित चुनावमा होमिएको हो कांग्रेस। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा तय गरेर निर्वाचनको संग्राममा होमिएको कांग्रेसबाट सत्ताको बागडोर अब कसले समाउँला? अहिले धेरैको चासोको विषय बनेको छ यो। यसकारण पनि यो चासोमा छ कि कांग्रेसका दर्जन नेताहरुले यसपटक प्रधानमन्त्रीमा आकंक्षा राखेका छन्। रोचक त के…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले १३ सिट जित्दा कहाँ - कहाँ लियो बदला, कुन क्षेत्र गुमायो?

    कांग्रेसले १३ सिट जित्दा कहाँ - कहाँ लियो बदला, कुन क्षेत्र गुमायो?

    काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार बिहान ९ बजेसम्मको नतिजा हेर्दा कांग्रेसले १३ स्थानमा जित निकालेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित, प्रदेश 'क' मा कांग्रेसकै मुनिन्द्रजंग

    प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित, प्रदेश 'क' मा कांग्रेसकै मुनिन्द्रजंग

    काठमाडौं : मनाङमा नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन्। गुरुङ निर्वाचित भए पनि औपचारिक परिणाम भने आइसकेको छैन। कांग्रेस जिल्ला सभापति शंकर गुरुङले टेकबहादुरको जित भइसकेको बताए। 'कांग्रेसको जित भइसक्यो। अब घोषणा हुनमात्र बाँकी हो,' सभापति गुरुङले भने। प्रमुख जिल्ला निर्वाचन अधिकृत उत्तम सिलवालले मतपरिणाम घोषणा केहीबेरमै हुने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता

    कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता

    काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ मुस्ताङबाट खाता खोलेको छ। ९१ उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन थकालीले यहाँबाट खाता खोलेका हुन्। आफू निर्वाचित भए पनि आधिकारिक परिणाम आउन भने बाँकी रहेको योगेशले बताए। 'जित भइसकेको छ। अहिले म मतगणनास्थलमै छु,' पहिलोपोस्टसँग योगेशले भने, 'आधिकारिक परिणाम आउन भने बाँकी छ। गन्न बाँकी मतभन्दा मेरो मत माथि गइसकेको छ।' एमालेका प्रेमप्रसाद थकालीलाई…

    विस्तृतमा पढ्नुस्

  • गगनको 'प्रधानमन्त्री बन्ने' महत्त्वकांक्षामा स्वर्णिमको ब्रान्डिङ : कति सहज कति असहज?

    गगनको 'प्रधानमन्त्री बन्ने' महत्त्वकांक्षामा स्वर्णिमको ब्रान्डिङ : कति सहज कति असहज?

    काठमाडौं : नेकपा एमालेले यसपटक आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दा सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यसबारे मौन छ। त्यसैले होला, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको समूहका नेताहरुले भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरिरहेका छन्। सत्ता गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा उत्रेको कांग्रेसले आफ्नो घोषणापत्रमा 'संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा चुनावी दंगल : स्वतन्त्र उम्मेदवारको चेपुवामा ठूला दल, जातीय मतको जालो तोडिएला?

    मधेशमा चुनावी दंगल : स्वतन्त्र उम्मेदवारको चेपुवामा ठूला दल, जातीय मतको जालो तोडिएला?

    ब्लास्ट, रगडा अनि लफडा। अघिल्लो निर्वाचनहरुमा मधेश प्रदेशका क्षेत्रमा चुनावी नजिकिँदा सुनिने समाचारका विषय हुन् यी। यसपटक मधेश शान्त छ। ठाउँठाउँमा म्यादीले नै सुरक्षा सम्हालिरहेको देखिन्छ। चुनावी घरदैलो शुरु भएको दोस्रो हप्तामा मधेश पुग्दा भारतीय सीमामा पर्ने गाउँमा बरु कुस्ती खेल चलिरहेको थियो। वजनदार खेलाडीहरु आफूविरुद्ध भिड्न मैदानमा हाँक दिइरहेका भेटिन्थे। मसिना माटामाथि पसिनाले टिलिक्क परेका फिला र पाखुरा देखाएर छाती…

    विस्तृतमा पढ्नुस्

  • 'गाउँ शहरमा ओली' : कोही आक्रोशित, कोही कट्टर समर्थक

    'गाउँ शहरमा ओली' : कोही आक्रोशित, कोही कट्टर समर्थक

    'गाउँ गाउँमा ओली, शहर शहरमा ओली,' अहिले नेकपा एमालेको चुनावी अभियानमा सबैभन्दा बढी गुञ्जने गीत हो। दुईपटक संसद विघटन गरेर सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको यो स्तुतिगान अहिले एमालेजनको मुखमुखमा झुन्डिएको छ। चुनावी गीत चै गज्जब छ है - विपक्षीले पनि भन्न थालेका छन्। यसले देखिन्छ विपक्षीलाई पनि यो गीतले मज्जाले छोएको छ। गीतमा भने झैं ओलीमाथि गाउँ…

    विस्तृतमा पढ्नुस्

  • गौरमा गरमागरम : माधव नेपालमाथि प्रश्नैप्रश्न, केपी ओलीलाई पनि लिएर चर्काचर्की

    गौरमा गरमागरम : माधव नेपालमाथि प्रश्नैप्रश्न, केपी ओलीलाई पनि लिएर चर्काचर्की

    गौर : भारतीय सीमामा रहेको गौरको भन्सार रोड नजिकै चिया पसलमा अहिले हरेक दिन जसो चुनाव चर्चा हुने गर्छ। रौतहट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने यो स्थानबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रतिस्पर्धामा छन्। त्यसैले पनि चिया पसलमा उनको पक्ष विपक्षमा चियाको चुस्कीसँगै छलफल चलिरहन्छ। २०७० सालमा नेपाल यो क्षेत्रबाट नेकपा एमालेको सूर्य चिह्नबाट लडेका थिए। त्यही…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप पौडेलको प्रचार गियर बढेसँगै 'अफ' देखिएको 'मुड' यतिखेर बन्दैछ 'फ्रेस'

    प्रदीप पौडेलको प्रचार गियर बढेसँगै 'अफ' देखिएको 'मुड' यतिखेर बन्दैछ 'फ्रेस'

    काठमाडौं : काठमाडौं ५ मा टिकट पाउनसाथ प्रदीप पौडेलले विभिन्न समूहसँग जतिखेर छलफल थाले त्यतिखेर उनको 'मुड अफ' देखिँन्थ्यो। उम्मेदवारी दिएपछि केही समयसम्म चुनावी घरदैलोमा उनी खासै चर्चामा छाएनन्। चर्चा चाहिँ प्रतिस्पर्धी ईश्वर पोखरेलविरुद्धका आक्रामक भाषणबाजीका कारण रह्यो। क्षेत्र नम्बर ५ मा जितेर गएपछि एमाले वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल सधैं 'पावर सेन्टर'कै रुपमा रहे। पोखरेलले जनस्तरमा काम नगरेको आरोप सहित 'फिल्ड'मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell