PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • दुई नम्बरमा राजपा र फोरमको सरकार बनाउने गृहकार्य सुरु

    दुई नम्बरमा राजपा र फोरमको सरकार बनाउने गृहकार्य सुरु

    काठमाडौं : दुई नम्बर प्रदेशमा मधेशी गठबन्धनले सरकार बनाउन बहुमत पाएसँगै तयारी सुरु गरेको छ। दुई नम्बर प्रदेशको प्रदेश सभाको कुल १०७ सिटमा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ। र, मधेशी गठबन्धन (राजपा+संसफो) ले ठ्याकै ५४ सिट पाएको छ। 'हामीले प्रस्ट बहुमत पाएपछि गठबन्धनकै सरकार बन्छ,' राजपा सचिव मनिष सुमनले भने, 'चुनावमा पनि हामी मधेश गठबन्धनकै सरकार बनाउने तयारीसहित हिँडेका…

    विस्तृतमा पढ्नुस्

  • जेलबाटै पार्टी सञ्चालनमा ल्याउँदै संजय साह ‘टक्ला’

    जेलबाटै पार्टी सञ्चालनमा ल्याउँदै संजय साह ‘टक्ला’

    काठमाडौं : जनकपुर वम काण्डको आरोपमा जेल परेका पूर्व सांसद संजय साह ‘टक्ला’ले आफ्नै नेतृत्वमा राजनीतिक दल खडा गर्ने तयारी थालेका छन्। ‘मधेश क्रान्ति फोरम’ नामक सामाजिक तथा सांस्कृतिक संगठन बनाएका साहले उक्त संगठनलाई राजनीतिक दलमा रुपान्तरित गर्ने भएका हुन्।  पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा चारमा चुनाव जितेका साह दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट जिते।…

    विस्तृतमा पढ्नुस्

  • तुल्सी साहको 'हत्या'ले फेरि विमलेन्द्र निधि र राजेन्द्र महतो आमने सामने

    तुल्सी साहको 'हत्या'ले फेरि विमलेन्द्र निधि र राजेन्द्र महतो आमने सामने

    काठमाडौं : चुनाव सकिएपछि पनि धनुषामा नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोको 'भिडन्त' रोकिएको छैन। चुनावी प्रतिस्पर्धामा एकअर्काविरुद्ध कडारुपमा उत्रिएका यी दुई नेतालाई फेरि आमने सामने ल्याएको छ एउटा हत्याकाण्डले।  गत आइतबार राति जनकपुरधामको भानु चोकमा भएको 'घटना'मा घाइते जनकपुर उप महानगरपालिका एकका २५ वर्षीय तुल्सी साहको उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनामा दुई नम्बर…

    विस्तृतमा पढ्नुस्

  • मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदनः सुरक्षाकर्मीलाईसमेत कारबाहीको सिफारिश

    मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदनः सुरक्षाकर्मीलाईसमेत कारबाहीको सिफारिश

    काठमाडौं : तेस्रो मधेश–थरुहट आन्दोलनमा भएको घटनाको छानविन गर्न बनेको आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार प्रतिवेदन बुझाएको छ।  प्रतिवेदनमा आन्दोलनमा अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्न सिफारिश गरिएको छ।घटनाको छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीसचन्द्र लालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो।  ‘तराई, मधेश, थारुहट आन्दोलनको सत्य तथ्य छानविन सम्बन्धी गठित उच्च स्तरीय छानविन आयोग’ले पुर्णता…

    विस्तृतमा पढ्नुस्

  • मलाई अवतरण गराउने राज्यको जिम्मेवारी हो : रेशम चौधरी

    मलाई अवतरण गराउने राज्यको जिम्मेवारी हो : रेशम चौधरी

    थरुहट आन्दोलनको नेतृत्व गर्दै आएका रेशम चौधरी टीकापुर घटनापछि भूमिगत जीवन बिताउँदै आएका छन्। प्रहरीले टिकापुर घटनाको मुख्य अभियुक्त बनाएर चौधरीलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ। अञ्चल प्रहरी प्रमुखसहित प्रहरीको हत्यामा उनीमाथि आरोप लागेको छ। घटनापछि टीकापुरमा थारु समुदाय घरबाट बाहिर निस्कन समेत नसक्ने अवस्था बन्यो। थारुका बस्ती बस्तीमा आक्रमण भए। अहिलेको निर्वाचनमा 'फरार' रेशम चौधरीको जितको जग त्यही घटनाले…

    विस्तृतमा पढ्नुस्

  • २ नम्बरमा कसको अवस्था कस्तो? वाम मुक्त गर्न खोज्दा झन्डै कांग्रेस मुक्त!

    २ नम्बरमा कसको अवस्था कस्तो? वाम मुक्त गर्न खोज्दा झन्डै कांग्रेस मुक्त!

    काठमाडौं : प्रतिनिधि सभा निर्वाचनबाट दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) सबै भन्दा ठूलो दल बनेको छ।  दुई नम्बर प्रदेशको सर्लाही चारको मत परिणाम आउनुअघि नै राजपाले दश सिट ल्याउँदै प्रदेशमा अग्रता हासिल गरेको छ। संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा छ। फोरमले ९ सिट जितेको छ। तेस्रो स्थानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन्। दुवैले पाँच/पाँच सिट…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् पर्सालाई कांग्रेस-एमाले-माओवादी मुक्त बनाउने महारथीहरु

    यी हुन् पर्सालाई कांग्रेस-एमाले-माओवादी मुक्त बनाउने महारथीहरु

    काठमाडौं : दुई नम्बर प्रदेशको सम्भावित औद्योगिक राजधानीको रुपमा चर्चामा रहेको वीरगञ्जसहित पर्सा जिल्ला नै गैर मधेशी दल मुक्त बनेको छ। पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मधेशी गठबन्धन विजयी भएका छन्। चारमध्ये तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ भने एउटा क्षेत्रमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जितेको छ। मधेशी गठबन्धनमा सिट बाँडफाँडका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • संविधानमा हस्ताक्षर नगर्ने सभासद्को ‘ह्याट्रिक’

    संविधानमा हस्ताक्षर नगर्ने सभासद्को ‘ह्याट्रिक’

    काठमाडौं : मधेशमा आन्दोलन जारी रहेका बेला काठमाडौंमा संविधान जारी भयो। प्रमुख पार्टीहरुले आफ्ना सभासद्हरुमाथि ह्वीप लगाएर संविधानमा हस्ताक्षर गर्न लगाए। तर दुई प्रमुख पार्टीका दुई नेताले संविधानमा हस्ताक्षर नगरी बाहिरिए। जसमध्येका एक थिए तत्कालिन एमाओवादीका नेता प्रभु साह। मधेशको भावना विपरीत संविधान जारी भएको भन्दै साहले संविधानमा हस्ताक्षर गरेनन् र पार्टीको ह्वीपसमेत मानेनन्। जसकारण उनी मधेशमा निकै चर्चामासमेत आए। तत्कालिन…

    विस्तृतमा पढ्नुस्

  • मधेशी दलका सबै शीर्ष नेताको जित सुनिश्चित

    मधेशी दलका सबै शीर्ष नेताको जित सुनिश्चित

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेतृत्वको जित सुनिश्चित भएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी दुईबाट विजयी भइसकेका छन् भने राजपाका दोस्रो शक्तिशाली नेता राजेन्द्र महतो पनि धनुषा तीनबाट विजयी भएका छन्। राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि रौतहट एकबाट निर्वाचित भइसकेका छन्। फोरमका महासचिव रामसहाय प्रसाद यादव बारा दुईबाट…

    विस्तृतमा पढ्नुस्

  • बोकेरै हिंड्लान् कि कतै थन्क्याउलान् महन्थ ठाकुरले यी मुद्दा ?

    बोकेरै हिंड्लान् कि कतै थन्क्याउलान् महन्थ ठाकुरले यी मुद्दा ?

    पहिलो मधेश आन्दोलनपछि गठन भएको तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको एउटा नारा मधेश र समग्र देशमा निकै चर्चित रह्यो।  ‘सत्ता नही, प्रभु सत्ता चाहिए,’  नारा दोस्रो मधेश आन्दोलनमा गुन्जियो।  अर्थात् मधेशीका लागि सत्ता मात्र होइन समग्र राष्ट्रमा हिस्सेदारी हुनुपर्ने ठाकुरको तर्क थियो।  ठाकुरको अर्को नारा पनि निकै आक्रमक छ। त्यो हो, ‘मरे तो मुक्ति, जिए तो मधेश।’ यो…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव : 'एक्सिडेन्टल' नेतादेखि 'ह्याट्रिक' जितसम्म

    उपेन्द्र यादव : 'एक्सिडेन्टल' नेतादेखि 'ह्याट्रिक' जितसम्म

    काठमाडौं : उपेन्द्र यादव पहिलो मधेश आन्दोलनबाट मधेश राजनीतिमा उदाए। आन्दोलनकै बलमा अचानक राजनीतिमा ठूलो उचाई लिएपछि उनलाई ‘एक्सिडेन्टल’ नेता पनि भन्ने गरिन्छ। यादवको राजनीतिक यात्रा ठूलो नै छ  राजदरबार निकटसँग उठबसबाट राजनीति सुरु भएको यादवको मालेको पनि यात्रा ठिकै रह्यो। माओवादीसँगको निकटता पछि उनी मधेश राजनीतिमा होमिए।  विराटनगरमा शिक्षण पेशामा लागेका यादवले सन् १९९७ मा मधेशी जनअधिकार फोरम नेपाल…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को चुनावी अभियान : ओ‌ली र प्रचण्ड पुग्दै पुगेनन् आठ जिल्लामा

    प्रदेश २ को चुनावी अभियान : ओ‌ली र प्रचण्ड पुग्दै पुगेनन् आठ जिल्लामा

    जनकपुरधाम : सात प्रदेशका ४५ जिल्लामा बिहीबार हुन लागेको दोस्रो चरणको निर्वाचनमा अधिकांश प्रदेशमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच द्विपक्षीय प्रतिस्पर्धा हुँदैछ। सिट संख्याको आधारमा दोस्रो स्थानमा रहेको दुई नम्बर प्रदेशमा भने मधेसकेन्द्रित दलहरुसहित त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ।  आठवटा जिल्लामा ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा सिट रहेको दुई नम्बर प्रदेशमा चुनावी अभियानका लागि वाम गठबन्धनका शीर्ष नेताहरु नै पुगेनन्। …

    विस्तृतमा पढ्नुस्

  • सर्लाही २ को रोचक भिडन्तः ‘एउटै पार्टीका तीन जना उम्मेदवार’ 

    सर्लाही २ को रोचक भिडन्तः ‘एउटै पार्टीका तीन जना उम्मेदवार’ 

    मलंगवा :  सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहितको क्षेत्र  रहेको सर्लाही २ मा रोचक प्रतिस्पर्धा हुँदैछ।  उक्त क्षेत्रमा तीन उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा टिकट वितरणअघि तीनै जना एउटै मधेशवादी पार्टीका थिए। तर, टिकट वितरणको केही दिनअघि मात्रै तीनै जना फरक-फरक पार्टीबाट उम्मेदवारी दिए। क्षेत्र नम्बर दुईमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट जंगीलाल राय…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा झडप, हामीसँग पैसा छैन देखाउने शहीद त हो : अनिल झा

    मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा झडप, हामीसँग पैसा छैन देखाउने शहीद त हो : अनिल झा

    सेरहवा (रौतहट) : मधेश आन्दोलनका शहीद सम्बन्धी डकुमेन्ट्री देखाएको भन्दै प्रहरी र मधेशी गठबन्धनका नेताहरुबीच रौतहटमा दुई पटक झडप भएको छ। जसक्रममा आधा दर्जन घाइते भए। झडपपछि निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचार प्रसारको क्रममा शहीदको फोटो र आन्दोलन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन गर्नमा रोक लगाएको छ।  चुनावको क्रममा शहीदसँग सम्बन्धित सामाग्री प्रचार गर्नबाट रोक लगाएपछि रौतहटबाटै प्रतिनिधि सभाका…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा तनाव, अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्

    मधेश आन्दोलनको डकुमेन्ट्री देखाउँदा तनाव, अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्

    सेरहवा (रौतहट) : मधेश आन्दोलनका शहीद सम्बन्धी डकुमेन्ट्री देखाएको भन्दै प्रहरी र मधेशी गठबन्धनका नेताहरुबीच रौतहटमा दुई पटक झडप भएको छ। जसक्रममा आधा दर्जन घाइते भए। झडपपछि निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचार प्रसारको क्रममा शहीदको फोटो र आन्दोलन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन गर्नमा रोक लगाएको छ।  चुनावको क्रममा शहीदसँग सम्बन्धित सामाग्री प्रचार गर्नबाट रोक लगाएपछि रौतहटबाटै प्रतिनिधि सभाका…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनका शहीद परिवार भोट माग्‍न व्यस्त

    मधेश आन्दोलनका शहीद परिवार भोट माग्‍न व्यस्त

    बीपी साह/राधेश्याम पटेल - वीरगंज : वीरगंज महानगरपालिका १६ नम्बर वडाका सदस्य छिन् विनिता कुमारी। २२ वर्षीया विनिता अहिले भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छिन्।  बिहान उठेपछि उनी पार्टीका लागि आफ्नो वडा र आसपासका क्षेत्रमा समूह बनाएर भोट माग्दै हिँड्छिन्। उनले चलाउँदै आएको चिया पसल पनि केही दिनदेखि बन्द छ। बिहानै पार्टीको काममा निस्किनु परेकाले चिया पसल बन्द राखेको उनी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज पराठा हाउस संवाद : आन्दोलनमा लागेको घाटा चुनावबाट उठाउँदै

    वीरगंज पराठा हाउस संवाद : आन्दोलनमा लागेको घाटा चुनावबाट उठाउँदै

    बीपी साह/पीके झा - वीरगंज : वीरगञ्जमा खाना र खाजाका लागि चर्चित ठाउँ हो पराठा हाउस। करिब २० वर्ष पहिले सानो पसलबाट सुरु भएको पराठा हाउस चलेपछि त्यही नामबाट अहिले आधा दर्जनको संख्यामा पसल खुलेका छन्।  सबैले आफूलाई ओरिजिनल पराठा हाउस भएको दाबी गर्दै राम्रो खाना र नास्ता खुवाउने बताउँछन्। यीमध्येको एक हो वीरगंज मीना बजार नजिकको विनय कुमार गुप्ताको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मैदानमा विस्फोटको राजनीति, चन्दादेखि बुथ क्याप्चरसम्मको रणनीति

    चुनावी मैदानमा विस्फोटको राजनीति, चन्दादेखि बुथ क्याप्चरसम्मको रणनीति

    काठमाडौं : गत शनिबार साँझ जनकपुरधामको रंगभूमि मैदानमा विस्फोट भयो। विस्फोटको चर्को आवाज नसकिँदै केही व्यापारीहरुको फोनमा घण्टी बज्यो। कहिल्यै नामै नसुनेका संगठन र त्यसका नेता भएको दाबीसहित चन्दाका लागि विस्फोटसँगै फोन बजिरहे। बमसँग फोनको आतंक जनकपुर उद्योग वाणिज्यसंघका पदाधिकारीसम्मै पुग्यो।  ‘जनकपुरधाममा बम विस्फोट भएकै रात चन्दाका लागि फोन आयो नामै नसुनेको संगठनबाट। मलाई त यहाँका उम्मेदवारहरुमाथि नै शंका लाग्यो,’…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनकारी दल प्रचारमा व्यस्त, के गर्दैछन् मधेसमा चुनावविरोधी समूह?

    आन्दोलनकारी दल प्रचारमा व्यस्त, के गर्दैछन् मधेसमा चुनावविरोधी समूह?

    काठमाडौं : संविधान संशोधनको माग राखी निर्वाचनको विरोध गर्दै आएका मधेशका मूलधारका पार्टीहरु अहिले निर्वाचनमा होमिएका छन्। तर पहिलो संविधान सभाको निर्वाचनदेखि नै विरोधमा रहेका मधेशका सशस्त्र समूहले भने हालका दिनमा फेरि निर्वाचन विरोधी गतिविधि बढाउन थालेको देखिएको छ। जयकृष्ण गोइतको नेतृत्वमा २०६१ सालमा स्थापना भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा हाल अखिल तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले निर्वाचनको विरोधमा विभिन्न स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा ‘टक्ला’ साम्राज्य कायमै, महतोको विरोधमा प्रदर्शन

    जनकपुरमा ‘टक्ला’ साम्राज्य कायमै, महतोको विरोधमा प्रदर्शन

    जनकपुरधाम : धनुषा जिल्लाको जनकपुरधाम क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित संजय साह ‘टक्ला’ले निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेल्न थालेका छन्। जनकपुरधाम बम काण्डमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका साह शुक्रबार सिरहा जेलमा पुर्‍याइनु र जनकपुरको राजनीतिमा फरक दृश्यहरु देखिनु संयोगमात्र होइन। काठमाडौंस्थित डिल्लीबजार जेलबाट उनलाई सिरहा जेल चलान गरिएको हो। चुनावअगाडि नै उनको जेल स्थानान्तरणलाई महत्वका साथ हेरिएको छ।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell