PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • प्रदेशलाई टेर्दैनन् स्थानीय सरकारः दिनुपर्ने ४० प्रतिशत राजस्व आफ्नै खातामा, अधिकांश लक्ष्य विमुख

    प्रदेशलाई टेर्दैनन् स्थानीय सरकारः दिनुपर्ने ४० प्रतिशत राजस्व आफ्नै खातामा, अधिकांश लक्ष्य विमुख

    सुर्खेतः स्थानीय सरकारले प्रदेशलाई नटेरेको खबर बेलाबखत आउने गर्छन्। कतिपय कानुनी प्रावधानमै गरिएको व्यवस्थासमेत स्थानीय सरकारले टेरेका छैनन्। प्रदेश सरकारले लिखित रूपमै पत्राचार गरे पनि स्थानीय तहबाट उठ्ने ढुङ्गा, गिट्टी, बालुवाबाट सङ्कलन गरेको रकम मध्ये ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने भए पनि हालसम्म रकम जम्मा गरेका छैनन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले कुनै पनि स्थानीय तहले उक्त…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकारले पनि टेरेनन् प्रदेशलाई सरकारलाई : दिनुपर्ने ४० प्रतिशत राजश्व आफै कुम्ल्याउँदै!

    स्थानीय सरकारले पनि टेरेनन् प्रदेशलाई सरकारलाई : दिनुपर्ने ४० प्रतिशत राजश्व आफै कुम्ल्याउँदै!

    सुर्खेत: स्थानीय सरकारले प्रदेशलाई नटेरेको खबर बेलाबखत आइनै रहन्छन्। कतिपय कानुनी प्रावधानमै गरिएको व्यवस्थासमेत स्थानीय सरकारले टेरेका छैनन्। प्रदेश सरकारले लिखितरुपमै पत्राचार गरे पनि स्थानीय तहबाट उठ्ने ढुंगा, गिट्टी, बालुवा (दहत्तर बहत्तर)बाट संकलन गरेको रकम मध्ये ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने भए पनि हालसम्म कुनै पनि रकम जम्मा नगरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। सुर्खेतका सात…

    विस्तृतमा पढ्नुस्

  • दिउँसै ताला फोडेर माननीयको ५४ हजार रुपैयाँ चैट!

    दिउँसै ताला फोडेर माननीयको ५४ हजार रुपैयाँ चैट!

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै प्रदेश सांसदको पैसा चोरी भएको छ। मंगलबार दिउँसो करीब २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो। ‘दिउँसो करीब २ बजेतिर हो। म योजनाको विषयमा मन्त्रालयतिर गएको थिएँ,’ सांसद शाहीले भने, ‘कोठामा ताला लगाइएको थियो। सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भयो। ५४ हजार नगद थियो।…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो वर्षको बजेटमा आलोचित बनेको प्रदेश सरकार यसपाला बजेट बनाउन कति सजग?

    अघिल्लो वर्षको बजेटमा आलोचित बनेको प्रदेश सरकार यसपाला बजेट बनाउन कति सजग?

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि गृहकार्य थालेको छ। आगामी असार १ गते बजेट ल्याउनेगरी गृहकार्य थालिएको हो।  चालु आर्थिक वर्ष हचुवामा घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षका लागि संयमित भएर गृहकार्य थालेको हो। चौतर्फी आलोचित बनेको प्रदेश सरकार अहिले महत्वाकांक्षी बजेट नल्याउने योजनामा देखिन्छ।   प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने आर्थिक मामिला…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश: राजस्व संकलन लक्ष्यभन्दा तीन गुणा कम, ५० करोडको लक्ष्यमा १३ करोडमात्र

    कर्णाली प्रदेश: राजस्व संकलन लक्ष्यभन्दा तीन गुणा कम, ५० करोडको लक्ष्यमा १३ करोडमात्र

    सुर्खेत: कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्ने निश्चित देखिन्छ।  प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर, आर्थिक वर्ष घर्किनै लाग्दासम्म लक्ष्यको आधा पनि भेट्न नसक्दा लक्ष्यअनुसारको राजश्व संकलन नहुने निश्चित देखिएको हो। चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले झण्डै १३ करोड मात्रै राजश्व संकलन गर्न सफल भएको छ। उठाएको राजश्वमा…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत-बर्दिया जोड्ने ‘फास्ट ट्र्याक’: सडकको ट्र्याक खुल्यो, पुल भने अझै अलपत्र

    सुर्खेत-बर्दिया जोड्ने ‘फास्ट ट्र्याक’: सडकको ट्र्याक खुल्यो, पुल भने अझै अलपत्र

    सुर्खेत: कर्णाली प्रदेश र ५ नं. प्रदेश जोड्ने निर्माणाधीन भुरीगाउँ–तेलपानी सडकको भेरी नदीको पुल अलपत्र छ। २०६९ सालदेखि थालिएको पुलको काम अहिलेसम्म ७५ प्रतिशत अधुरै छ। सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दूरीको (फास्टट्रयाक) ५२ किमी सडक खण्डको पक्की पुल सम्झौता मिति टरेको तीन वर्ष बित्दा पनि पुरा हुन सकेको छैन। सुर्खेतदेखि झण्डै ३४ किलोमिटर बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा बढ्दो क्रिकेट क्रेज, खेल मैदान नहुँदा खेल्नेदेखि खेलाउनेसम्मलाई पिरलो

    कर्णालीमा बढ्दो क्रिकेट क्रेज, खेल मैदान नहुँदा खेल्नेदेखि खेलाउनेसम्मलाई पिरलो

    सुर्खेत: पछिल्लो सयम कर्णाली प्रदेशमा क्रिकेट क्रेज बढेको छ। हिमाली र पहाडी भूगोलको समीश्रण कर्णालीमा क्रिकेटप्रतिको चासो बढ्दै गएको छ। क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ भए पनि कर्णालीमा खासै विकास भने हुन सकेको थिएन। तर, पछिल्लो समय निजी क्षेत्र स्वयम् सक्रिय बनेपछि कर्णालीको क्रिकेटमा रौनकता थपिएको छ। गत साल भएको कर्णाली प्रिमिएर लिग (केपीएल) एक सहकारी संस्थाले आयोजना गरेको…

    विस्तृतमा पढ्नुस्

  • केपीएलको उपाधि यसपटक पनि आर्मीको पोल्टामा, शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी 

    केपीएलको उपाधि यसपटक पनि आर्मीको पोल्टामा, शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी 

    सुर्खेत: कर्णाली प्रिमिएर लिग (केपीएल)को पहिलो संस्करणको उपाधि चुमेको त्रिभुवन आर्मीले दोस्रो संस्करणको उपाधि पनि आफ्नो पोल्टामा पारेको छ। सुर्खेतको कालिन्चोक मैदानमा आज भएको फाइनल खेलमा न्यु होराइजन बुटवललाई ५९ रनले पछि पार्दै केपीएलको उपाधि चुमेको हो।   त्रिभुवन आर्मी विजेता बनेको छ भने, शक्ति गौचनको कप्तानीमा रहेको न्यु होराइजन बुटवल उपविजेतामा चित्त बुझाएको छ।   गत वर्ष भएको केपीएलमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा प्रदेश सरकार आएपछि बिरामीको तत्काल 'रेस्क्यु': एकपटकको ८ लाख, प्रदेश सरकारसँग छैन हेली

    कर्णालीमा प्रदेश सरकार आएपछि बिरामीको तत्काल 'रेस्क्यु': एकपटकको ८ लाख, प्रदेश सरकारसँग छैन हेली

    सुर्खेत: केही दिनअघि हुम्लामा पहिचान हुन नसकेको रोगले ९ जना मृत्यु भएको खबर प्रदेश सरकारले पायो। तत्काल प्रदेश सरकारले सुर्खेतबाट औषधि र चिकित्सकसहितको हेलिकप्टर प्रभावित क्षेत्रमा पठायो। वैशाख १५ गते बिहानै हुम्लाको ताजाकोट गाउँपालिकामा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगी काम थाले।…

    विस्तृतमा पढ्नुस्

  • कोरियाको भिसा थन्क्याएर बिएड पढ्दै 'बोयर' बाख्रापालनतिर, ‘जे गर्छु, नेपालमै गर्छु’

    कोरियाको भिसा थन्क्याएर बिएड पढ्दै 'बोयर' बाख्रापालनतिर, ‘जे गर्छु, नेपालमै गर्छु’

    सुर्खेत: ‘पढ्दापढ्दै विदेश जाने रहर चल्यो। इन्डियन आर्मीमा भिँड्ने तयारी पनि थियो,’ तीन वर्षअघिको योजना सुनाए कमल बिसीले।  गाउँका अधिकांश युवाको लर्को वैदेशिक रोजगारतिरै थियो। उनले पनि कोरियाको सपना देखे। र, काठमाडौं पुगेर थाले भाषा कक्षामा धाउन। सँगसँगै भारतीय सेनामा पस्ने आँट पनि पलायो। छनौटको अन्तिम चरणसम्म पनि पुगे उनी। त्यता असफल भएपछि कोरियन भाषामा जोड दिए। परीक्षा पास गरे।…

    विस्तृतमा पढ्नुस्

  • अब्बल बन्दै गएको प्रदेश अस्पताल कर्मचारी समायोजनको मारमा : दरबन्दी चिकित्सक ३० जना, कार्यरत ३ जनामात्र

    अब्बल बन्दै गएको प्रदेश अस्पताल कर्मचारी समायोजनको मारमा : दरबन्दी चिकित्सक ३० जना, कार्यरत ३ जनामात्र

    सुर्खेत: भौगोलिक विकटता र असुविधाका हिसावले कम कर्मचारीको रोजाईमा पर्‍यो कर्णाली। प्रदेश होस् या स्थानीय दुवै तहमा कर्णाली रोज्ने कर्मचारीको संख्या निकै कम छ। जसले गर्दा पनि कर्मचारी समायोजनको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ।  कर्मचारी समायोजनले प्रदेश अस्पताल अहिले थला परेजस्तै भएको छ। स्रोत र साधनले अब्बल बन्दै गएको प्रदेश अस्पताल पछिल्लो समय जनशक्ति अभावमा सेवा प्रवाह प्रभावित बन्दै…

    विस्तृतमा पढ्नुस्

  • केपीएल भोलिदेखि: विभागीय टिमसहित शक्ति गौचन खेल्दै, छक्का समात्ने दर्शकलाई नगद एक हजार

    केपीएल भोलिदेखि: विभागीय टिमसहित शक्ति गौचन खेल्दै, छक्का समात्ने दर्शकलाई नगद एक हजार

    सुर्खेत: वाईवाई कर्णाली प्रिमिएर लिगको (केपीएल) दोस्रो संस्करणको तयारी पुरा भएको छ। भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक रेशम शाहीले जानकारी दिए। वीरेन्द्रनगरको स्थानीय कालुङ्चोक मैदानमा भोलि बिहान ११:०० बजे कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्ने भएका छन्।  आयोजकका अनुसार उद्घाटनको पहिलो दिन र समापनको अन्तिम दिन एक–एक खेल हुने छ भने, अन्य दिन दुई–दुई…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत पुगेर स्वास्थ्यमन्त्री यादवले पोखे असन्तुष्टि, ‘कर्मचारी समायोजन नै त्रुटि, प्रदेश २ र कर्णाली हेपिएको क्षेत्र'

    सुर्खेत पुगेर स्वास्थ्यमन्त्री यादवले पोखे असन्तुष्टि, ‘कर्मचारी समायोजन नै त्रुटि, प्रदेश २ र कर्णाली हेपिएको क्षेत्र'

    सुर्खेत: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले जनतालाई राहत भन्दा बढी सास्ती दिएको बताए। ‘कर्मचारी समायोजन आफैमा त्रुटि छ,’ मन्त्री यादवले भने, ‘जहाँ सेवा छ, त्यहाँ जनशक्ति हुनुको सट्टा सेवा आवश्यक नभएको क्षेत्रमा कर्मचारी खटाइएको छ।’ जनताले पाउनु…

    विस्तृतमा पढ्नुस्

  • लगानीमैत्री वातावरण बनाउँदै कर्णाली सरकार, पर्यटक लक्षित रारामा खुल्दै १५ करोडमा तीन रिसोर्ट 

    लगानीमैत्री वातावरण बनाउँदै कर्णाली सरकार, पर्यटक लक्षित रारामा खुल्दै १५ करोडमा तीन रिसोर्ट 

    सुर्खेत: कर्णालीमा उद्योगी र व्यवसायी भित्रिए कर्णालीको समृद्ध अभियानमा टेवा पुग्ने विश्वास छ। प्रदेश सरकारले समेत कर्णालीमा लगानीमैत्री वातावरण बनाउनतर्फ जुटेको छ। मुख्यमन्त्रीदेखि मन्त्रीहरुले कर्णालीमा लगानी गर्न समेत लगानीकर्तालाई बारम्बार आह्वान गरिरहेका छन्। प्रदेश सरकारले लगानीकर्ताको सुरक्षाको ग्यारेण्टी गर्ने, सरकारले नीजि क्षेत्रबाट हुने आयोजना /योजना, कार्यक्रम र उद्योगमा राज्यबाट संकलन हुने कर र राजश्वमा दश वर्षसम्म छुट हुने व्यवस्था लगाएतका सुविधा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • असारे विकासको संकेत : नौं महिनामा १२ प्रतिशत बजेट खर्चेको कर्णाली असारसम्म ४० पुर्‍याउने ताकमा

    असारे विकासको संकेत : नौं महिनामा १२ प्रतिशत बजेट खर्चेको कर्णाली असारसम्म ४० पुर्‍याउने ताकमा

    सुर्खेत : चालु आर्थिक वर्षको ९ महिना बितेको छ। कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको स्थिति हेर्दा निकै भने निराशाजनक तस्बिर देखिन्छ। चालु आर्थिक वर्षको कूल बजेटको ११.९४ प्रतिशत मात्रै खर्च भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को चैत मसान्तसम्म जम्मा बजेटको ११.९४ प्रतिशत बजेट खर्चेकोमा चालु तर्फ १६.४८ प्रतिशत खर्च भएको छ भने, पुँजीतर्फ १०.२७ प्रतिशत मात्रै बजेट…

    विस्तृतमा पढ्नुस्

  • सेवा सुविधा लिनकै लागि नाम मात्रका स्वकीय सचिव, स्वकीयको खातामा तीन करोड

    सेवा सुविधा लिनकै लागि नाम मात्रका स्वकीय सचिव, स्वकीयको खातामा तीन करोड

    सुर्खेत: व्यक्तिगत सहयोगीका रुपमा कर्णाली प्रदेशसभा सदस्यहरुले संसद बैठकमा स्वकीय सचिवको माग गरका छन्। आफू (सांसद) एक्लै भएकाले धेरै ठाउँमा जानुपर्ने र कति काम गर्न नभ्याईने भन्दै स्वकीय सचिवको माग गरेका थिए।  सोही बमोजिम एक जना सुब्बा सरहको सेवा सुविधा दिने गरी स्वकीय सचिव राख्ने निर्णय भई कार्यान्वयन भयो। तर, प्रदेश सभा सदस्यका स्वकीयहरु भूमिका विहिन भन्दा फरक देखिएका छैनन्। सेवा सुविधा…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो संस्करणको केपीएल बिजेतालाई पाँच लाख, दर्शकलाई मोटरसाइकल

    दोस्रो संस्करणको केपीएल बिजेतालाई पाँच लाख, दर्शकलाई मोटरसाइकल

    सुर्खेत : आगामी वैसाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमिएर लिगको (केपीएल) दोस्रो संस्करणको बिजेताले पाँच लाख रुपैयाँ पाउने भएको छ। कर्णालीको राजधानी सुर्खेतमा हुने केपीएलको उपबिजेताले दुई लाख पाउने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए। बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक शाहीका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिज हुनेले पचास हजार पाउने छन्। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट बलर र ब्याट्सम्यानले…

    विस्तृतमा पढ्नुस्

  • छिचोलियो भेरी–बबई, 'पानी लगे भनेर चित्त सानो गराउन पर्दैन' : प्रम ओली

    छिचोलियो भेरी–बबई, 'पानी लगे भनेर चित्त सानो गराउन पर्दैन' : प्रम ओली

    सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकालेका थिए।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ छिचोलिएपछि सम्बोधन गर्दै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको बताए। भौगोलिक बनावटले निकै चुनौती रहेको यस आयोजनाको काम…

    विस्तृतमा पढ्नुस्

  • राराबाट फुकेको कर्णाली पर्यटन वर्षको ‘बिगुल’ कति सफल? साढे ५ हजार पर्यटक भित्रिँदा बाह्य पर्यटक २  सयमात्र

    राराबाट फुकेको कर्णाली पर्यटन वर्षको ‘बिगुल’ कति सफल? साढे ५ हजार पर्यटक भित्रिँदा बाह्य पर्यटक २  सयमात्र

    सुर्खेत: गत वैशाख १ गते बेहुली झै सिँगारिएको रारा। प्रधानमन्त्रीदेखि सर्वसाधारणले स्वागत गरी मनाएको त्यो नयाँ वर्ष। यसै अवसर पारी ठुलो तामझामका साथ कर्णालीमा ’कर्णाली रारा पर्यटन वर्ष–२०७५’ घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालको आँगनबाट पर्यटन वर्षको घोषणा गरे। प्रधानमन्त्रीसँगै रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री  रवीन्द्र अधिकारी, नेकपा नेता सुवास नेम्वाङ, जनार्दन शर्मालगायतका एक दर्जन…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्ष अघिदेखि घरबारविहिन बाढीपीडितलाई आवासका लागि साढे ३१ करोड दिँदै प्रदेश सरकार

    पाँच वर्ष अघिदेखि घरबारविहिन बाढीपीडितलाई आवासका लागि साढे ३१ करोड दिँदै प्रदेश सरकार

    सुर्खेत: विगत ५ वर्षदेखि घरवारविहिन भएका सुर्खेतका बाढीपीडितको पुर्नस्थापना गर्ने कसरतमा प्रदेश सरकार जुटेको छ। विगत केही महिनाअघि कर्णाली सरकारले बाढीपीडितको समस्या समाधान उच्चस्तरीय समिति गठन गरी लगत संकलन गरेको थियो। उक्त लगत संकलनका आधारमा पुर्नस्थापना गर्न लागिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिइन्। मन्त्री केसीका अनुसार प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँ आवास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell