PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • कर्णाली सरकारको बजेट तयारी : 'कनिका छराई हुँदैन, करोड कम लागतको योजना बन्दैन'

    कर्णाली सरकारको बजेट तयारी : 'कनिका छराई हुँदैन, करोड कम लागतको योजना बन्दैन'

    सुर्खेत: कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारी गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि झण्डै ३३ अर्ब बजेट ल्याउने बताइएको छ। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने व्यवस्था रहेकोले सोही अनुसार प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारी गरेको हो। जेठ २२ गते प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै अध्यक्षले ३२ लाख हिनामिना गरेको उपाध्यक्षको आरोप, कर्णाली महोत्सव चर्को विवादमा

    आफ्नै अध्यक्षले ३२ लाख हिनामिना गरेको उपाध्यक्षको आरोप, कर्णाली महोत्सव चर्को विवादमा

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम कर्णाली महोत्सव–२०७५ मा आर्थिक अनियमितता गरेको खुलेको छ। सुर्खेत चेम्बर अफ कमर्सले गत फागुन ३ गतेदेखि ११ गतेसम्म आयोजना गरेको महोत्सवमा अध्यक्ष चिन्तामणि शर्माले नै अनियमितता गरेको संस्थाकै पदाधिकारको आरोप छ। सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष शर्माले संस्थाभित्र मनपरी गरी लाखौँ रकम हिनामिना गरेको चेम्बरका वाणिज्य उपाध्यक्ष हस्तबहादुर सावदले आरोप लगाए। महोत्सवको…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ

    टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ

    सुर्खेत : टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ। बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो।  रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज…

    विस्तृतमा पढ्नुस्

  • 'फेक' उजुरीको 'फन्डा'मा अख्तियार: प्रदेश कार्यालयमा ४२ प्रतिशतसम्म झुटा केस!

    'फेक' उजुरीको 'फन्डा'मा अख्तियार: प्रदेश कार्यालयमा ४२ प्रतिशतसम्म झुटा केस!

    सुर्खेत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा अनियमितता र भ्रष्टाचारविरुद्धको ‘फेक’ उजुरीको चाङ लागेको छ। चालु आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म कर्णाली प्रदेश आयोगको कार्यालयमा परेको जम्मा आठ सय ७८ उजुरी परेको छ। यीमध्ये तीन सय ७० वटा उजुरी 'फेक' छन्। आयोगको कार्यालयले भने फेक उजुरीलाई फछर्यौट भएको तथ्याङ्कमा राख्दै आएको छ। जम्मा परेको उजुरीमध्ये तीन सय ७० वटा…

    विस्तृतमा पढ्नुस्

  • गरीब जनताका तर्फबाट कर्णालीका मुख्यमन्त्री शाहीलाई रातो ‘कार’ उपहार

    गरीब जनताका तर्फबाट कर्णालीका मुख्यमन्त्री शाहीलाई रातो ‘कार’ उपहार

    सुर्खेत : प्रदेश सरकारले नियोजित बजेट खर्च गर्न नसकेपछि रकमान्तर गरेर गाडी खरिद गर्ने निर्णयको चर्को आलोचना जारी छ। सरकारले विकास बजेटमध्ये झण्डै २ अर्ब ३ करोड रुपैयाँ रकमान्तर गरी ५४ वटा गाडी किन्ने समाचार प्रकाशित भइसकेपछि आलोचनाको क्रम सुरु भएको हो।  यसैबीच साझा विवेकशील पार्टीले व्यङ्ग्यात्मक ढङ्गले विरोध जनाउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रातो ‘कार’ दिएको छ।  ५२ प्रतिशत गरीबीको रेखामुनि रहेको कर्णालीका…

    विस्तृतमा पढ्नुस्

  • जागरण अभियानमा प्रकाशमानको आफ्नै नेतृत्वप्रति असन्तुष्टि

    जागरण अभियानमा प्रकाशमानको आफ्नै नेतृत्वप्रति असन्तुष्टि

    सुर्खेत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास नगर्ने बताएका छन्। अब पार्टी भित्रको आन्तरिक कलह समाप्त पारेर संगठन बिस्तार र बलियो बनाउनुपर्ने उनको तर्क थियो। आइतवार वीरेन्द्रनगरमा नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले नेतृत्व पङ्तिले विधि, विधानमा रहेर पार्टी नचलाए अब जनताले विश्वास गर्न नसक्ने दावी गरे। ‘२००७ साल,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकार अख्तियारको निगरानीमा, भ्रष्टाचार भएको भन्दै आयोगले खटायो अनुसन्धान अधिकृत

    प्रदेश सरकार अख्तियारको निगरानीमा, भ्रष्टाचार भएको भन्दै आयोगले खटायो अनुसन्धान अधिकृत

    सुर्खेतः कर्णाली प्रदेश सरकार लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतस्थित निगरानीमा छ। कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटन समारोह खर्चमा प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनियमितता गरेको ठहर पछि अख्तियारको निगरानीमा रहेको हो। अख्तियारको कार्यालयले प्रदेश सरकारसँग आवश्यक विवरण मागेर प्रारम्भिक अध्ययन अनुसन्धान गरिसकेको छ। आयोगको कार्यालय सुर्खेतले गरेको प्रारम्भिक अध्ययन गरेर आयोगमा पठाएको थियो। तर, आयोगको कार्यालय सुर्खेतले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारको नारा एकातिर काम अर्कोतिरः एक वर्षमा साढे २२ करोड रुपैयाँमा ५४ वटा गाडीको लस्कर

    प्रदेश सरकारको नारा एकातिर काम अर्कोतिरः एक वर्षमा साढे २२ करोड रुपैयाँमा ५४ वटा गाडीको लस्कर

    सुर्खेतः कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ नारा तय गरेको छ। मन्त्रीले समेत औपचारिक कार्यक्रममा गएर विकास र समृद्धिको नारा लगाउँदै आएका छन्। ५२ प्रतिशत गरिबिको रेखामुनि रहेको प्रदेशमा सरकारका पदाधिकारी नै सुविधा भोगी बनेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वयंमले न्यून भन्दा न्यून खर्चमा काम गरेर प्रदेशको समृद्धि हासिल गर्ने भाषण गर्दै आएका छन्। तर, उनैको प्रयोजनका लागि दुई वटा…

    विस्तृतमा पढ्नुस्

  • 'हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री' नारासहित आयो कर्णालीको नीति तथा कार्यक्रम : नारा लोकप्रिय, कार्यक्रम पुरानै (पूर्णपाठ)

    'हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री' नारासहित आयो कर्णालीको नीति तथा कार्यक्रम : नारा लोकप्रिय, कार्यक्रम पुरानै (पूर्णपाठ)

    सुर्खेत:  कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले ३२ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरे।  “शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारः यसका लागि पूर्वाधार” मूल नाराका साथ खाना, नाना र छानाको प्रबन्ध गर्ने गरी नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याएको छ। उक्त नीति तथा कार्यक्रममा केही नयाँ थपिए…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको नीति तथा कार्यक्रम : महत्वकांक्षी योजना ल्याउँदै सरकार 

    कर्णालीको नीति तथा कार्यक्रम : महत्वकांक्षी योजना ल्याउँदै सरकार 

    सुर्खेत: कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छ। प्रदेशसभा सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो तीन बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्ने छन्। सरकारको प्रारम्भिक मस्यौदामा मन्त्रालयगत नीति तथा कार्यत्रम हेर्दा यसपटक महत्वाकांक्षी भन्दा कार्यान्वयन गर्न सकिने खालका योजना ल्याउने दावी छ। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा महत्वकांक्षी बजेट ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारलाई संघीय सांसदको सुझाव, ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउनु’

    कर्णाली सरकारलाई संघीय सांसदको सुझाव, ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउनु’

    सुर्खेत: संघमा प्रतिनिधित्व गर्ने कर्णालीका सांसदहरुले उत्पादन र रोजगारमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाएका छन्। मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुझाव संकलनमा संघीय र राष्ट्रिय सभाका सांसदहरुले यस्तो सुझाव दिएका हुन्। सांसदहरुले कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध हुने गरी नीति तथा कार्यक्रमसहितको बजेट ल्याउन सुझाव दिएका छन्। प्रदेश सरकारले महत्वकांक्षी योजनाहरु बढी समावेश गरेको भन्दै अब कार्यान्वयन गर्न…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका प्रदेश र स्थानीय सरकारको बेथिति: कार्यकर्ता र आफन्तलाई करोड अनुदान, उपभोक्ता समितिले ठेक्का

    कर्णालीका प्रदेश र स्थानीय सरकारको बेथिति: कार्यकर्ता र आफन्तलाई करोड अनुदान, उपभोक्ता समितिले ठेक्का

    सुर्खेत: कर्णालीका कतिपय स्थानीय र प्रदेश सरकारले ऐन विपरीत आफ्नो कामकाज अघि बढाएका छन् भने, कसैले मापदण्ड विपरीत राज्य कोषको दुरुपयोग गरेका छन्। महालेखापरीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको हो। प्रतिवेदनमा आयोजना कार्यान्वयन, सोझै खरिद, बिल भरपाई, स्रेस्ता पेस नभएको, बैङ्क समायोजन, अग्रिम कर, बढी भुक्तानी, अधुरो निर्माण, नभएको कामको भुक्तानी, कर वीजक, सवारी साधन खरिद, ठेक्का स्वीकृति…

    विस्तृतमा पढ्नुस्

  • बजेट खर्च गर्न नसक्दा २ अर्ब ३ करोड रकमान्तर : त्यही रकमबाट मन्त्रीका लागि नयाँ गाडी किन्दै कर्णाली सरकार

    बजेट खर्च गर्न नसक्दा २ अर्ब ३ करोड रकमान्तर : त्यही रकमबाट मन्त्रीका लागि नयाँ गाडी किन्दै कर्णाली सरकार

    सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चिन नसकेपछि रकमान्तर गर्न शुरु भएको छ। प्रदेशका सात वटै विषयगत मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्यन्याधिवक्ताको कार्यालयले रकमान्तर गरेका हुन्। रातो किताबमा समावेश गरिएका बजेट शीर्षक कार्यान्वयन गर्न नसक्ने भएपछि शीर्षक परिवर्तन गरेर खर्च गर्ने भएका छन्। चालु आर्थिक वर्ष २०७५/०७६को २८ अर्ब २८ करोड २८ लाख बजेटमध्ये हालसम्म २ अर्ब…

    विस्तृतमा पढ्नुस्

  • जोखिम मोलेर लाखदेखि करोड कमाउन, यसरी हुन्छ पाटनतिर यार्सा टिप्नेको यात्रा

    जोखिम मोलेर लाखदेखि करोड कमाउन, यसरी हुन्छ पाटनतिर यार्सा टिप्नेको यात्रा

    सुर्खेत: प्राकृतिक सम्पदाले सुन्दर कर्णाली। जल, जमिन र जंगलले भरिएको। पानीको स्रोत पर्याप्त, भुगोल ठुलो र जडिबुटीको खानी। जडिबुटीमा सम्भावित कर्णालीमा यतिबेला बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लहर शुरु भएको छ। हिमाली जिल्ला डोल्पा र मुगुमा चार दिनअघि यार्सा संकलनको अनुमति दिएसँगै यतिबेला यार्सा टिप्न पाटन जानेको लर्को लागेको छ। यार्सा संकलनका लागि अहिले डोल्पा र मुगु गरी १६ वटा नाका…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्ष कमलरी बसेकी कृष्णी प्रदेश ५ को उपसभामुख, डेढ वर्ष संसद सञ्चालनको अनुभव यस्तो

     आठ वर्ष कमलरी बसेकी कृष्णी प्रदेश ५ को उपसभामुख, डेढ वर्ष संसद सञ्चालनको अनुभव यस्तो

    ‘थारु समुदायमा जन्मिएँ। गरिबीकै कारणले सात वर्षको हुँदा कमलरी बसेंँ। अन्याय र अत्याचार खेप्दै कमलरी जीवन आठ वर्ष बिताएँ। १५ वर्षमा विवाह भयो,’ बाल्यकालको बयान कृष्णी थारुले यसरी शुरु गरिन्। विवाहपछि मजदुरीबाट दैनिकी सुरु भएको उनले सुनाइन्। ‘विवाह गरेपछि अर्काको मजदुरी र ज्यालादारी गर्दै दिन बित्न थाल्यो। गाउँ समाजमा पनि गरीब र ज्यालादारी काम गर्ने भएपछि त्यस्तै खालको व्यवहार हुने,’…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा

    कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा

    सुर्खेत : सुर्खेत लगायत कर्णालीका चार जिल्लामा विद्युत अनियमितताले सास्ती दिएको छ। दैनिक पटकपटक विद्युत अवरुद्ध हुँदा सर्वसाधारणदेखि उद्योगी, व्यवसायीसमेत सास्ती खेप्न बाध्य छन्। सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा विद्युत आउने र जानेको कुनै ठेगान छैन। यत्तिमात्रै होइन, कम भोल्टेजका कारण कतिपय विद्युतीय उपकरण चल्दैनन्। कतिपय उपकरण जल्दा सर्वसाधारण दोहोरो मारमा छन्। हाल कोहलपुर स्टेसनबाटै यहाँ विद्युत आपूर्ति हुँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • जहाँ राख्ने अनुमति नपाउँदा बाँधिएका छन् बुद्ध

    जहाँ राख्ने अनुमति नपाउँदा बाँधिएका छन् बुद्ध

    सुर्खेत : आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३ औँ बुद्ध जयन्ती। भगवान गौतम बुद्धको जयन्ती बौद्ध धर्मावलम्बीहरुले तामझामका साथ मनाइरहेका छन्। गौतम बुद्धको जन्मथलो मानिने लुम्बिनीसहित देशभरका बौद्ध पिठहरुमा पूजाआज गर्दै बुद्ध जयन्ती मनाइरहेका छन्। लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाकै दिन उनको जन्म भएको थियो। सोही अवसरमा सुर्खेतमा पनि बौद्ध धर्मावलम्बी रहेको लाटीकोइली बौद्ध गुम्बामा…

    विस्तृतमा पढ्नुस्

  • ७२ सिटे जहाज उडाउन तीन अर्बको लगानीमा रन वे विस्तार हुँदै

    ७२ सिटे जहाज उडाउन तीन अर्बको लगानीमा रन वे विस्तार हुँदै

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलमा विगत एक वर्षदेखि ४७ सिटे जहाज भन्दा साना जहाजमात्रै उडान र अवतरण गर्दै आएका छन्। त्यसभन्दा ठूला जहाज अवतरण गराउन नसकिने भएपछि धावनमार्ग थप विस्तार गर्नुपर्ने आवश्यक देखिएको हो। ७२ सिटे जहाज अवतरण गराउन न्युनतम थप ३ सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको हो। अहिले विमानस्थलको एक हजार २ सय ५० मिटर लम्बाइ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कर्णालीमा यस वर्ष साढे १२ हजार जनाले रोजगार पाउने

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कर्णालीमा यस वर्ष साढे १२ हजार जनाले रोजगार पाउने

    सुर्खेत: प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा १२ हजार ४९९ जनाले रोजगारी पाउने भएका छन्। नेपाल सरकारको चालु आर्थिक वर्ष (२०७५/०७६)को बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त रोजगार पाउने भएका हुन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न स्थानीइ तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका मध्ये कर्णालीमा १२ हजार ४९९ जनालाई ३० दिन बराबरको रोजगारी दिने भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • निःशुल्क शिक्षामा सामुदायिक विद्यालयकै झेल, कक्षा एकको भर्ना शुल्क चार हजारसम्म

    निःशुल्क शिक्षामा सामुदायिक विद्यालयकै झेल, कक्षा एकको भर्ना शुल्क चार हजारसम्म

    सुर्खेतः संविधानले आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। सामुदायिक विद्यालयको हकमा निःशुल्क तथा अनिवार्य शिक्षाको सम्पूर्ण दायित्व सरकारको छ। पाठ्यपुस्तक, दिवा खाजा, शैक्षिक सामाग्री र आधारभूत स्वास्थ्य सेवा समेत सरकारको दायित्व रहेका कानुनी व्यवस्था नै छ। तर, सामुदायिक विद्यालयभित्र पनि अंग्रेजी माध्यमबाट पढाउने भन्दै अभिभावक र विद्यार्थीसँग रकम असुल्दे क्रम बन्द भएको छैन। कर्णाली प्रदेशको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell