सुर्खेत: नेपाल आयल निगमले सुर्खेतमा अवको एकवर्षभित्र कर्णाली प्रदेशलाई ४ दिनसम्म पुग्ने इन्धन भण्डारणगृह निर्माण हुने भएको छ। कर्णालीमा अहिलेसम्म डिजेल र पेट्रोल भण्डार हुन सकिरहेको छैन। अहिले तत्कालका लागि कर्णाली प्रदेशमा ४ लाख २० हजार लिटर डिजेल र २ लाख १० हजार लिटर पेट्रोल अट्न सक्ने क्षमताको भण्डारणगृह निर्माण गर्ने नेपाल आयल निगम प्रादेशिक कार्यालय हवाई इन्धन डिपो…
सुर्खेतः आर्थिक वर्षको अन्त्यमा बजेट बढी खर्च हुने प्रवृत्ति कर्णालीमा पनि हाबी भएको छ। यसअघि प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिने प्रवृत्ति रोक्ने अर्थात् असारे विकास रोक्ने बताए पनि नियन्त्रण गर्न सकेन। चालु आर्थिक वर्षमा २८ अर्व २८ करोड २८ लाख बजेट ल्याएको कर्णाली सरकारले बजेट खर्च गर्न नसक्दा चर्को आलोचना खेप्नु परेको छ। प्रदेश सरकारले असार ३० गतेसम्म…
सुर्खेत : विकट हिमाली जिल्ला डोल्पाको पहिरोमा परी दुई जनाले ज्यान गुमाउनुका साथै ९ जनाभन्दा बढी बेपत्ता भएपछि कर्णाली प्रदेश सरकार विपद व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ। प्रदेश सरकारका तर्फबाट विपद् उद्दार कार्यमा र विपद् व्यवस्थापनमा कमी आउन नदिन प्रदेश सरकार लागेको जनाउँदै यदि कहीँ कतै विपद् परिहाले उद्दार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई खबर गर्न मुख्यमन्त्री महेन्द्रबहादुर…
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट संसदबाट पारित भएको छ। सत्तारुढ सांसद र प्रतिपक्ष सांसदहरुको चर्काे आलोचना पछि संशोधन गर्ने सहमतिबाट पारित गरिएको हो। आइतवार बसेको कर्णाली प्रदेशसभाको बैठकले असार १ मा प्रस्तुत बजेट ३४ अर्व ३५ करोड ३४ लाख रुपैयाँ बजेट पारित गरेको हो। संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले…
सुर्खेत: स्थानीय तहमै न्याय सम्पादनका लागि न्यायिक समिति खडा गरिएको छ। संविधानले नै गरेको व्यवस्थाअनुसार उपाध्यक्ष एवं उपप्रमुखको संयोजकत्वमा खडा गरिएको न्यायिक समिति पछिल्लो समय निष्क्रिय जस्तै बनेका छन्। कर्णाली प्रदेशका अधिकांश न्यायिक समिति निष्क्रिय बन्दै गएका छन्। यसरी न्यायिक समितिनै निष्क्रिय बनेपछि सर्वसाधारण नागरिकहरु पुनः सानातिना विवाद र उजुरी लिएर प्रहरी कार्यालय र अदालतसम्म धाउन बाध्य भएका छन्। संविधानले…
सुर्खेत: ‘पहिला केही व्यवसाय गरौँ भन्दा बिजुली नहुँदा केही गर्न सकिएन। अहिले कुखुरा पालन शुरु गरेको छु। बल्ल अब केही गर्न सकिन्छ कि!’ चौकुने गाउँपालिका—८ गुटुका खगेन्द्र खत्री ढुक्क देखिए। यसअघि व्यवसाय गर्न चाहेर पनि नसकिएको उनी गाउँमा आएको सोलार मिनी ग्रिडले उद्योगमा सघाएको बताउँछन्। ‘अहिले सानो भए पनि गाउँमै व्यवसाय गरेको छु,’ उनले भने, ‘केही महिनाअघि गाउँमा आएको सोलार…
सुर्खेत: यस वर्ष ढिला गरी मनसुन शुरु भएको छछ। मौसम विभागका अनुसार असारको तेस्रो हप्ता लागेसँगै शुरु भएको मनसुन अब सक्रिय बन्ने क्रममा छ। मनसुनमा लगातारको वर्षाले वर्षेनी धनजनको क्षति हुँदै आएको छ। २०७१ साल साउन २७, २८ र २९ गतेको बाढीपहिरोले सुर्खेतमा एक हजार ४५ घरपरिवार विस्थापित भए भने १५ बढीको मृत्यु भयो। जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय…
सुर्खेत: सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले म्याद गुज्रिँदासमेत सम्पत्ति विवरण नबुझाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्ने भएको छ। मन्त्रालयले जारी गरेको वक्तव्यमार्फत देशभर जम्मा एक सय ९० जना निजामती कर्मचारीले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको भन्दै कारबाही गर्ने जनाएको हो। मन्त्रालयले यस्ता अटेरी कर्मचारीलाई पाँच हजार जरीवाना गरी चाँडो भन्दा चाँडो सम्पत्ति विवरण उपलब्ध गराउन भनेको…
सुर्खेत: फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदायका युवाहरु पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध बनेका छन्। सरकारले विपन्न र बेरोजगार युवालाई लक्षित गरी ल्याएको यो कार्यक्रममा गुराँस गाउँपालिका दैलेखमा बस्ने राउटे समुदायका युवाहरु रोजगार बनेका हुन्। गाउँपालिकाकै रोजगार सेवा केन्द्रमार्फत राउटे समुदायका ४६ जना युवालाई काममा खटाइएको गाउँपालिका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिए। ‘विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरेर आएको…
सुर्खेतः हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक विद्यालयमा दुई वटा सकेट बम भेटिएको छ। गाउँपालिकाको वडा –५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुई वटा सकेट बम भेटिएको हो। दश वर्षे द्वन्द्वकालको समयमा विद्यालयको खेलमैदानको वालमा राखिएको हुन सक्ने वडाअध्यक्ष भिमराज शाहीले जानकारी दिए। ‘विद्यालयसँगै रहेको खेलमैदानको वालमा बम भेटिएको छ,’ उनले भने,‘अहिले तत्काल कसैले राखेको देखिदैँन। यो द्वन्द्वकालिन समयमा राखेको…
सुर्खेतः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम निकै तामझामका साथ ल्याएको थियो। कर्णाली प्रदेशमा पनि यो कार्यक्रम तामझामका साथ शुरु भयो। तर, बेरोजगार युवालाई भने समेट्न सकेको छैन। यो कार्यक्रममा अधिकांश स्थानीय तहले सडक र नाला सफा गर्ने, झार उखेल्ने, सिँचाई, खानेपानी लगायतका योजना मर्मत सुधारका नाममा बजेट सक्ने काम गरिरहेका छन्। सुर्खेतका स्थानीय तहका विभिन्न वडामा कामदारहरु ड्रेससहित हातमा कुटो, कोदाली…
सुर्खेतः कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकता राखेको छ। भौगोलिक विकटता रहेको कर्णाली अन्य प्रदेशसँग जोड्ने र सीमा नाका जोड्ने उद्देश्यले अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखेको हो। कर्णाली प्रदेश अहिले उत्तरतर्फ चीनसँग जोडिएको एकमात्र हिल्सा नाका पनि प्रभावकारी सञ्चालनमा छैन। यता, दक्षिणतिर भारतसँगको सीमा नाकामा जोडिएको छैन। जसले गर्दा पनि प्रदेश सरकारलाई अन्तरप्रदेश र सीमा नाका सञ्चालन गर्नुपर्ने बाध्यता…
सुर्खेत: सरकारले प्रत्येक असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ। यसै क्रममा कर्णाली सरकारले पनि ठुलो तामझामका साथ धान दिवस मनायो। बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकार यतिबेला औपचारीक कार्यक्रम र छिनभरका ‘नाटक’ मञ्चनमा बजेट स्वाहा पार्दै छ। मौलिक र सांस्कृतिक पक्षलाई जोगाउँदै असार मनाउनभन्दा पनि औपचारिकतामा मात्र सीमित छ, सरकार। लाखौँ खर्च गरेर खेतबारीमा टेन्ट, साउण्ड…
सुर्खेत: कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य महाशाखा अस्तव्यस्त अवस्थामा रहेको छ। भौतिक पूर्वाधार अभावले अटाईनअटाई गरेर बसेको महाशाखा पछिल्लो समय महाशाखा प्रमुखको लापरवाही र मनपरीले लथालिङ्ग बनेको हो। संवेदनशील स्वास्थ्य क्षेत्रमा काम गर्ने कार्यालय प्रमुख नै बेमतलवी, मनपरी गर्ने प्रवृत्तिले स्वास्थ्य महाशाखा बेहाल बनेको छ। कार्यालयमात्रै नभएर सेवाग्राहीले समेत सास्ती खेप्नुपर्ने बाध्यता छ। महाशाखा प्रमुख वृषबहादुर शाही…
सुर्खेत: भेरीगंगा नगरपालिकामा पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीव्र रुपमा बढेको छ। भेरीगंगाको मुख्यबजार क्षेत्र छिन्चु बजारलगायत आसपासका क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको हो। यसरी दिनप्रतिदिन सरकारी जग्गा अतिक्रमण गर्ने बढे पनि यसतर्फ रोक्न सरकारी निकाय भने मौन छ। सार्वजनिक जग्गा तीव्र रुपमा अतिक्रमण गरी घर हाल्ने काम भइरहेको छ भने, खेती योग्य जमिन समेत मासिँदै गएको छ।…
सुर्खेत: कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय रित्तिएको छ। मंगलवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक औपचारीक कार्यक्रममा सचिवदेखि कर्मचारी व्यस्त हुँदा मन्त्रालय रित्तिएको हो। मंगलवार र बुधवार दिनभर औपचारीक कार्यक्रममा अल्मलिएपछि कार्यालयमका फाँट रित्तिएका हुन्। मन्त्रालयको आयोजनामा भएको उद्यमशीलताका लागि कर्णाली सम्मेलन कार्यक्रममा कर्मचारी हुँदा मन्त्रालय रित्तो भएको हो। मन्त्रालयको स्वास्थ्य महाशाखा, श्रम तथा रोजगार, महिला तथा बालबालिका अधिकार, शिक्षा, लगाएत…
सुर्खेतः हुम्लामा यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ। हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा करिब ४५ मिटर तल नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार मंगलवार दिउँसो करिब १२ बजेको समयमा नदीमा खसेको हो। सदरमुकाम सिमिकोटबाट झण्डै ९ किलोमिटर टाढाको दुरीमा रहेको उक्त दुर्घटना…
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थल स्तरोन्नति गर्नुपर्ने माग अघि सारिएको छ। विमानस्थलको धावनमार्ग र रात्रीकालिन उडानका लागि आवश्यक उपकरण जडान गर्न बुद्ध एयरले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। धावनमार्ग छोटो हुँदा ठुला जहाज अवतरण र उडान गर्न नसकिने भएकाले थप रन–वे विस्तार गर्नुपर्ने माग अघि सारेको हो। हाल विमानस्थलको धावनमार्ग एक हजार २५५ मिटर रहेको छ। उक्त धावनमार्गमा ३४५…
सुर्खेत: कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन विताउँदै आएका राउटेलाई नागरिकता दिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटे समुदायका नागरिकलाई नागरिकता दिने भएको हो। गत वर्ष दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परीचय पत्रको आधारमा उनीहरुलाई नागरिकता वितरण गरिने सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले जानकारी दिए। ‘सरकारी काम काजसँगै सामाजिक सुरक्षा रकम वितरण गर्न सहज भएको छ।’ उनले भने,‘त्यसो…
सुर्खेत: कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि झण्डै ३४ अर्ब बढीको बजेट ल्याएको छ। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने व्यवस्थाअनुसार आइतवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जेठ २२ गते प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी…