PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर गरे राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ

    पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर गरे राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ

    जनकपुरधाम : पत्रकारहरुमाथि भएको हातपात तथा दुर्व्यवहारको विरोधमा आन्दोलनरत पत्रकारहरुले आज हातमा कालोपट्टी बाँधेर राष्ट्रिय सभा निर्वाचनको रिपोर्टिङ गरेका छन्। प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारहरुमाथि भएको कुटपिट तथा दुर्व्यवहारको विरोध गर्दै पत्रकारहरुले कालोपट्टी बाँधेका हुन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाले गठन गरेको संघर्ष समितिले पत्रकारहरुलाई कुटपिट गर्ने दोषीमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर विरोध…

    विस्तृतमा पढ्नुस्

  • मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

    मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

    जनकपुरधाम : प्रदेश २ को जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानस्थित मतदान केन्द्रमा प्रहरीले मतदातालाई मोबाइल प्रयोग गर्न दिएका छन्। मतदान स्थलमा मोबाइल फोन लैजान नपाउने नियमलाई बेवास्ता गर्दै एक प्रहरी अधिकारीले मतदातालाई मोबाइल फोन प्रयोग गर्न दिएका हुन्। प्रहरी निरीक्षक विजय यादवले मतदान स्थलमा मोबाइलमा कुराकानी गरिरहेको देखियो। उनले केहिबेर स्वयं कसैसँग मोबाइलमा कुराकानी गरेर त्यो मोबाइल नजिकै रहेको एकजना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश दुईमा राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

    प्रदेश दुईमा राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे मतदान

    जनकपुरधाम : राष्ट्रिय सभाको चार सिटका लागि प्रदेश दुईमा मतदान शुरु भएको छ। प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा निर्वाचन शुरु भएको हो। प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो। प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि सोही भवनमा दुई वटा मतदान केन्द्र राखिएको छ। प्रदेश सभा…

    विस्तृतमा पढ्नुस्

  • उखुमा सर्वस्व गुमाएका एक व्यापारी, ‘किसानलाई त तत्कालै रकम दिएँ, भुक्तानी नपाउँदा आफू भने कंगाल’

    उखुमा सर्वस्व गुमाएका एक व्यापारी, ‘किसानलाई त तत्कालै रकम दिएँ, भुक्तानी नपाउँदा आफू भने कंगाल’

    सर्लाही : उखु किसानले लामो समयदेखि चिनी उद्योगबाट भुक्तानी पाउन नसकेको कुराले राम्रै चर्चा पायो। भुक्तानी नपाएका किसानले काठमाडौंमै गई आन्दोलन गर्दा यस विषयले झनै चर्चा पायो। किसान आन्दोलनमा उत्रेपछि सरकारले गत माघ ७ गतेसम्म भुक्तानीका लागि पहल गर्ने लिखित सम्झौता किसानहरुसँग गरेको थियो। सरकारले ७ गते दिने भनेको भुक्तानी किसानहरुले अहिलेसम्म पाएका छैनन्। भुक्तानी नपाउनेमा किसान मात्रै होइन बिचौलियाहरु…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

    पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

    जनकपुर : पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरको छ। आइतवार नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कुमार कर्णको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि कुटपिट तथा…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित दुई जना पक्राउ

    पेस्तोलसहित दुई जना पक्राउ

    जनकपुरधाम : धनुषाको जनकपुरधाम उप–महानगरपालिका १ भानुचोकबाट दुई जना पेस्तोलसहित पक्राउ परेको छ। शनिवार साँझ ६ बजे बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शंकाको आधारमा प्रहरीले जाँच गर्दा कारबाट पेस्तोल बरामद भएको हो। पक्राउ पर्नेहरुमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँका ३० वर्षीय कुमोद…

    विस्तृतमा पढ्नुस्

  • ४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद : अध्यक्ष यादव

    ४ कक्षा उतीर्ण शिक्षामन्त्री र किड्नी फेल प्रधानमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद : अध्यक्ष यादव

    जनकपुरधाम : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए। जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश समितिद्वारा शुक्रवार आयोजित संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले नेपालमा अहिले खच्चड शासन प्रणालीका कारण समस्या भइरहेको स्पष्ट गरे।…

    विस्तृतमा पढ्नुस्

  • गैरकानुनी तरिकाले उद्योगमा रोक लगाएको भन्दै क्रसर सञ्चालकहरु आन्दोलित

    गैरकानुनी तरिकाले उद्योगमा रोक लगाएको भन्दै क्रसर सञ्चालकहरु आन्दोलित

    जनकपुरधाम : प्रदेश २ सरकारले क्रसर उद्योगमा गैरकानुनी तरिकाबाट रोक लगाउन खोजेको भन्दै उद्योग सञ्चालकहरुले विरोध जनाएका छन्। शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै क्रसर उद्योग सञ्चालक समितिले आन्दोलनको घोषणा समेत गरेका हो। समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शंकर प्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै सबै क्रसर उद्योग बन्द गर्ने जनाएको छ। गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको फोटोमा जुत्ता हान्ने चारजना पक्राउ

    मन्त्रीको फोटोमा जुत्ता हान्ने चारजना पक्राउ

    जनकपुरधाम : भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्रीदेखि मन्त्रीहरुको व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले चार जनालाई पक्रेको छ। शुक्रवार जनकपुरधामको जिरो माइलमा प्रदर्शन गरिरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरु विरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई…

    विस्तृतमा पढ्नुस्

  • धनुषाधाममा शुरु भयो एक महिने मकर मेला

    धनुषाधाममा शुरु भयो एक महिने मकर मेला

    जनकपुरधाम : धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज (बुधवार)देखि शुरु भएको छ। प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो। मकर मेला प्रत्येक वर्ष माघ १ देखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ। मेलाभरि लाखौंको संख्यामा दर्शनार्थीहरुको सहभागिता रहन्छ। धनुषाको मकर मेलामा छाला रोग, ऐल्हा रोग निको हुने किंवदन्ती…

    विस्तृतमा पढ्नुस्

  • सपनामात्रै बाँड्ने मेयरको कुनै काम छैन ‘फेयर’

    सपनामात्रै बाँड्ने मेयरको कुनै काम छैन ‘फेयर’

    जनकपुर : स्थानीय तहको निर्वाचन पछि जनताले गाउँगाउँमा सिंहदरबार पुगेको आभाष गर्ने कुरा त परै जाओस् ठूलो भरोसा गरिएको स्थानीय सरकार ‘भ्रष्ट’ बनेको सहजै देख्न सकिन्छ। जनप्रतिनिधिले आफ्नो संवैधानिक हैसियतलाई दुरुपयोग गरी कार्यकर्ता र नातागोतालाई भर्ती केन्द्रको साधन बनाउँदा जनता निराश बनेका छन्। यसको प्रत्यक्ष उदाहरण हो, धनुषाको जनकपुरधाम उपमहानगरपालिका। विश्व प्रसिद्ध धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरधामलाई समृद्ध तथा नमुना नगर…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण, वडाध्यक्षको आरोप : मेयर साहले आर्थिक चलखेल गरे

    व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण, वडाध्यक्षको आरोप : मेयर साहले आर्थिक चलखेल गरे

    जनकपुरधाम : विश्व सम्पदामा सूचीकरणको लागि सिफारिस गरिएको प्रदेश २ को राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिर फुलबारीको जग्गा जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा अतिक्रमण गरेको छ। नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत शत्रुधन यादवले जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको बताए। व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागिरहँदा मंगलवार नापी कार्यालय धनुषाले सार्वजनिक गरेको प्रतिवेदनमा आरोप प्रमाणित भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    जनकपुरधाम  : जनकपुरको एक निजी क्याम्पसको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुइ युवाको मृत्यु भएको छ। जनकपुरधाम-४ स्थित मोडेल मल्टिपल कलेजको बसले  मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो। मंगलवार दिउँसो जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज १ क २८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको…

    विस्तृतमा पढ्नुस्

  • चुरे दोहन रोक्ने प्रयास गर्नेको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं : मुख्यमन्त्री राउत

    चुरे दोहन रोक्ने प्रयास गर्नेको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन नरोकिने बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन्। जलवायु परिवर्तनलाई रोक्न ‘फिल्ड’मै काम गर्नु पर्ने बताउँदै मुख्यमन्त्री राउतले आफ्नो समस्या पहिल्याउनुको साटो…

    विस्तृतमा पढ्नुस्

  • भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालयमा उपभोक्ता समितिको तालाबन्दी

    भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालयमा उपभोक्ता समितिको तालाबन्दी

    जनकपुरधाम : गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नगरिएको भन्दै उपभोक्ता संघर्ष समितिले धनुषाको जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ। प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएपछि बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ताहरुले कार्यालयमा ताला लगाएका हुन्। उपभोक्ताहरुले तालाबन्दी गरेपछि कार्यालयको कामकाज पूर्णरुपले प्रभावित भएको छ। प्रदेश सरकारले भौतिक विकास निर्माणका लागि गठन गरेको उपभोक्ता समितिले सम्झौता अनुसार निर्माण कार्य…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन

    पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन

    जनकपुरधाम : पत्रकारमाथि भएको हातपातको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको छ। यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्न भन्दै दिएको पाँच दिने अल्टिमेट सकिएपछि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न समिति गठन गरेको हो। संघर्ष समितिमा पत्रकार किरण कर्ण, वीरेन्द्र रमण, अजय अनुरागी, राजेश कर्ण, सुजित झा, उपेन्द्रभगत नागवंशी, नित्यानन्द मण्डल,…

    विस्तृतमा पढ्नुस्

  • दिलीप हत्या प्रकरण : बिनामुचुल्का शव उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए

    दिलीप हत्या प्रकरण : बिनामुचुल्का शव उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए

    जनकपुरधाम : शुक्रवार बिहान जिल्लाको मिथिला नगरपालिका-५ श्रीपुरमा एक स्थानीय युवकको हत्या प्रकरणमा विवादित बनेका ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला तानिएको छ। हत्या गरिएका युवक दिलीप कुमार महतोको शव मुचुल्का बिनै उठाएपछि विवादमा मुछिएका प्रहरी निरीक्षक यादवलाई जिल्ला तानिएको हो। यादवले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्का बिना नै शव उठाएको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार उमा सिंह हत्याको ११ वर्ष पूरा

    पत्रकार उमा सिंह हत्याको ११ वर्ष पूरा

    जनकपुरधाम : १० वर्षअघि आजकै दिन हत्या गरिएका पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस मनाइएको छ। आइतवार नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकार सिंहको स्मृति दिवस मनाएको हो। स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका १४ स्थित आफ्नै डेरामा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। अदालतको ठहर धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell