PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • मधेश प्रदेशका मुख्यमन्त्रीले खोसे जनमत पार्टीको कृषि मन्त्रालय, कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरुले लिए शपथ

    मधेश प्रदेशका मुख्यमन्त्रीले खोसे जनमत पार्टीको कृषि मन्त्रालय, कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरुले लिए शपथ

    जनकपुर : मधेश प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन्। मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका हुन्। उनले कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरुले आजै मधेश भवनमा शपथ ग्रहण पनि गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी मधेशप्रदेश सरकारबाट बाहिरियो, कांग्रेसबाट मन्त्री बन्नेहरुको शपथ आजै

    माओवादी मधेशप्रदेश सरकारबाट बाहिरियो, कांग्रेसबाट मन्त्री बन्नेहरुको शपथ आजै

    जनकपुर : नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री बनेका सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने भएपछि माओवादी बाहिरिन लागेको हो। जनता समाजवादी पार्टीबाट  मुख्यमन्त्री बनेका यादवले कुनै पनि छलफल नगरी सरकार गठन गर्ने तयारी गरेपछि  माओवादी आक्रोशित भएर प्रदेश सरकारबाटै बाहिरिने निर्णय गरेको हाे । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा मिटरब्याजीको जालो फैलिएको गृहमन्त्री श्रेष्ठको दाबी : गणतन्त्रका लागि यो भद्दा मजाक

    मधेशमा मिटरब्याजीको जालो फैलिएको गृहमन्त्री श्रेष्ठको दाबी : गणतन्त्रका लागि यो भद्दा मजाक

    जनकपुरधाम : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्। आइतबार जनकपुरधाममा अनुचित लेन्देन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताए। मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन्। मन्त्री श्रेष्ठले मिटरब्याजीको…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

    मधेश प्रदेश : निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

    जनकपुरधाम : विभिन्न योजनाहरुको काम सम्पन्न गरे पनि भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन्। काम गरेको वर्षौं बितिसक्दा पनि भुक्तानी दिने टुंगो नलागेको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन्। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालय पुगेर सचिवको…

    विस्तृतमा पढ्नुस्

  • बारामा निर्वाचन हेर्न पुगेका सीके राउत प्रहरीको घेराबन्दीमा

    बारामा निर्वाचन हेर्न पुगेका सीके राउत प्रहरीको घेराबन्दीमा

    काठमाडौं : उपनिर्वाचनमा आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन बारा पुगेका जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई केही समय प्रहरीले घेराबन्दीमा राखेको छ। बारा २ मा आफ्नो पक्षका उम्मेदवारलाई जिताउन खटेका राउतलाई बाटोमै प्रहरीले रोकेपछि उनी आक्रोशित बनेका छन्।  पचराैता नगरपालिका वडा ७ बेनाैलीमा उनलाई प्रहरीले केहीबेर सोधपुछ गरेको थियो। 'प्रहरीको मिलेमतोमा गुण्डाराज चलिरहेको छ। दिनदहाडै मान्छे मार्छु भन्दा प्रहरीले केही गरेको…

    विस्तृतमा पढ्नुस्

  • बारामा जसपाका नेतासँग भेटियो दुई वटा मतपत्र, मतदानस्थल तनावग्रस्त

    बारामा जसपाका नेतासँग भेटियो दुई वटा मतपत्र, मतदानस्थल तनावग्रस्त

    बारा : उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मतपत्र फेला परेको हो। मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो। जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा यस्तो देखियो उपनिर्वाचनको दृश्य

    बारा २ मा यस्तो देखियो उपनिर्वाचनको दृश्य

    काठमाडौं : प्रतिनिधिसभा बारा क्षेत्र नम्बर २ मा आज उपनिर्वाचनका लागि मतदान भइरहेको छ। गत मंसिरमा भएको निर्वाचनमा यस क्षेत्रबाट जनता समाजवादी पार्टीबाट रामसहाय यादव निर्वाचित भएका थिए। यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि यहाँ उपनिर्वाचन भइरहेको हो।  मतदानका लागि बिहानैदेखि मतदाताहरु लामबद्ध छन्। दिउँसो अत्याधिक गर्मी हुने हुँदा बिहानै मत हाल्न मतदाताहरु लाइनमा बसेका हुन्। बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन भने कायमै

    मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन भने कायमै

    जनकपुरधाम : मधेश प्रदेश सरकारमा नेकपा (एमाले)बाट मन्त्री रहेकाहरुले आज राजीनामा दिएका छन्। एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यादवले पाँचैजना मन्त्रीको राजीनामा स्वीकृत गरि उनीहरुले सम्हालेका मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन्। एमालेले सरकारले दिएको समर्थन भने फिर्ता नलिने जनाएको छ। एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा चैती छठको रौनक

    जनकपुरधाममा चैती छठको रौनक

    जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा सोमवार हर्षोउल्लासका साथ चैती छठ मनाइदै छ। छठ पर्व अन्तर्गत आज सध्न्या अर्घ्य दिदैँ छ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी, तालतलैया, तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरु अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई…

    विस्तृतमा पढ्नुस्

  • धाराशायी बन्दै गएको राराब क्याम्पसमा स्ववियु निर्वाचनको रौनक : निर्वाचनपछि फर्किएला त साख?

    धाराशायी बन्दै गएको राराब क्याम्पसमा स्ववियु निर्वाचनको रौनक : निर्वाचनपछि फर्किएला त साख?

    जनकपुरधाम : जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी(राराब) क्याम्पस देशकै जेठो क्याम्पसहरु मध्येको एक हो। कुनैबेला यस क्याम्पसलाई शैक्षिक हबकै रुपमा चिनिन्थ्यो। धनुषा र महोत्तरीकामात्र नभई सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी ओखलढुंगालगायतका जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्थे। तर ७ दशक लामो इतिहास बोकेको यो क्याम्पस सरकारी नीति र क्याम्पसकै प्राध्यापकहरुका कारण दिनानुदिन धारासायी हुँदै छ। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको राजदेवी मन्दिरमा फेरि चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य

    धनुषाको राजदेवी मन्दिरमा फेरि चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य

    जनकपुरधाम : धनुषाको एक प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको राजदेवी मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै सामान चोरी भएको हो। शनिवार मध्यरातमा मन्दिरपछाडिबाट पसेका व्यक्तिहरुले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए। हतियारसहित आएका उनीहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन्। मन्दिरबाट चोरी गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार माओवादीले गर्‍यो बहिस्कार!

    मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार माओवादीले गर्‍यो बहिस्कार!

    काठमाडौं : केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। माओवादीको नेतृत्व भए पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत ७ दलको समर्थन छ यो सरकारलाई। केन्द्रमा नेतृत्व सम्हालेको माओवादी केन्द्रले मधेश प्रदेशको सरकार विस्तारमा भने बहिस्कार गरेको छ। जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले शुक्रवार मन्त्रिमण्डल विस्तार गर्दा माओवादीका कुनै सांसद सहभागी भएनन्।…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण : भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, अरु के निर्देशन दिए?

    मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण : भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, अरु के निर्देशन दिए?

    जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न। शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै उनी शहिदद्वार पुगेका थिए। त्यहाँ उनले शहिदको शालिकमा माल्यार्पण गरे। त्यसपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।  पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले मुलुकमा क्यान्सर भन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण पुस २९ गते

    सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण पुस २९ गते

    जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। जसपाको मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यादवलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ। उनलाई स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : ४९ प्रदेश सभा सदस्यले लिए मातृभाषामा शपथ, विवादकाबिच मधेशी भाषामा पनि शपथ, दुइ जनाले पाएनन् लिन

    मधेश प्रदेश : ४९ प्रदेश सभा सदस्यले लिए मातृभाषामा शपथ, विवादकाबिच मधेशी भाषामा पनि शपथ, दुइ जनाले पाएनन् लिन

    जनकपुरधाम : मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन्। शपथ लिन बाँकी रहेका प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ। मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा  कुन सांसदले कुन भाषामा लिँदैछन् शपथ? जनमतका सांसदहरुले शपथको भाषा नै टिपाएनन्

    मधेश प्रदेशमा  कुन सांसदले कुन भाषामा लिँदैछन् शपथ? जनमतका सांसदहरुले शपथको भाषा नै टिपाएनन्

    जनकपुरधाम : मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम पुस १५ गते (शुक्रबार)का लागि तय गरिएको छ। मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने छन्। न्यौपानेलाई आज दिउँसो २ बजे मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जेष्ठ सदस्यको शपथ ग्रहण गराउने छन्। प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेपछि न्यौपानेले बाँकी प्रदेशसभा सदस्यहरुलाई शुक्रबार शपथ ग्रहण गराउने…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका ७ पालिकाले अझै ल्याएनन् बजेट, अधिकांशमा नगरप्रमुख र उपप्रमुखबिचको खिचातानी

    मधेश प्रदेशका ७ पालिकाले अझै ल्याएनन् बजेट, अधिकांशमा नगरप्रमुख र उपप्रमुखबिचको खिचातानी

    जनकपुरधाम : चालु आर्थिक वर्ष २०७९-८० को पाँच महिना बितिसकेको छ। तर, मधेश प्रदेशका कयौँ स्थानीय तहहरुले अझैसम्म नगरसभा गर्न सकेका छैनन् भने कयौँले बजेटसम्म ल्याउन सकेका छैनन्। मधेश प्रदेशमा रहेको १३६ पालिकाहरुमध्ये १२९ पालिकाले बजेट ल्याईसकेका छन्। बाँकी ७ पालिकामा भने बजेट आउन सकेको छैन। असार १० गतेभित्रै बजेट ल्याउनु पर्ने व्यवस्था रहे पनि राजनीतिक बलमिच्याईका कारण ती पालिकाहरुले…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा कमजोर माओवादी : प्रदेशमा प्रत्यक्षतर्फ जित्यो ४ सिट, प्रतिनिधिसभामा नेसपाले जोगाइदियो साख

    मधेशमा कमजोर माओवादी : प्रदेशमा प्रत्यक्षतर्फ जित्यो ४ सिट, प्रतिनिधिसभामा नेसपाले जोगाइदियो साख

    जनकपुरधाम : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभातथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रले एक सिट मात्र जित्न सफल भएको छ। पाँचदलीय गठबन्धनको कोटाबाट मधेश प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो। एक सिटमा भने नेपाल समाजवादी पार्टीको उम्मेदवारलाई आफ्नो चुनाव चिह्नबाट उम्मेदवार बनाएको थियो माओवादीले। माओवादीले सत्ता गठबन्धनबाट सिरहा-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-३,…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा सशक्त उम्मेदवारहरुलाई चुनौती दिन चुनावी मैदानमा छन् यी कलाकार

    मधेशमा सशक्त उम्मेदवारहरुलाई चुनौती दिन चुनावी मैदानमा छन् यी कलाकार

    जनकपुरधाम : मैथिली सिनेमा जगत र कलाकारिता क्षेत्रका अब्बल नाम हुन् मुरलीधर मिजार, कृष्णा कुमार महतो र ज्ञानु कुमार यादव। कला, संगीतसँग जोडिएका उनीहरू मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्। मुरलीधर सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका उमेदवार छन्। कृष्णा धनुषा ४ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार हुन्। ज्ञानकुमार सिरहा ३ को ‘ख’मा प्रदेशसभा सदस्य पदका…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ४ मा दुई 'हेभिवेट' नेताको आक्रामक घरदैलो : महासेठ ठेरा पुग्दा महेन्द्रको सिर्सियामा 'डिजे रथ'

    धनुषा ४ मा दुई 'हेभिवेट' नेताको आक्रामक घरदैलो : महासेठ ठेरा पुग्दा महेन्द्रको सिर्सियामा 'डिजे रथ'

    जनकपुरधाम : मिथिला नगरी जनकपुरधामको १० किलोमिटर उत्तरपूर्वमा पर्ने धनुषाको मिथिला बिहारी नगरपालिकामा सोमवार बिहानैबाट चुनावी रौनक छायो। सडक वरपर र चोकबजारलाई चुनाव चिह्न अंकित तोरणले चिटिक्क सजाएइको थियो भने धनुषा ४ मा प्रमुख प्रतिस्पर्धी मानिने दुई हेभीवेट नेताले यही पालिकामा प्रचार केन्द्रित गरेको थियो। एमालेबाट यस क्षेत्रमा उम्मेदवार रहेका एमालेका सचिव रघुवीर महासेठ वडा १० स्थित ठेरामा साढे ८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell