PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • निर्वाचन आचारसंहिता विपरीत मधेश प्रदेशमा प्रचारप्रसार, उम्मेदवार भन्छन् : नियमबारे धेरै जानकारी छैन

    निर्वाचन आचारसंहिता विपरीत मधेश प्रदेशमा प्रचारप्रसार, उम्मेदवार भन्छन् : नियमबारे धेरै जानकारी छैन

    जनकपुरधाम : उम्मेदवार तथा राजनीतिक दलहरु निर्वाचन प्रचारप्रसारका लागि अहिले घरदैलोमा छन्। बिहानैदेखि घरदैलोसँगै आमसभा र कोणसभाका लागि पुग्न उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। निर्वाचनको लागि अब मात्र दुई हप्ता बाँकी रहँदा मधेशमा परे चुनावी रौनक बढ्दो छ। मधेश प्रदेश मुख्यमन्त्रेदेखि मन्त्रीहरुसमेत पेरि प्रदेशसभामा पुग्न मत माग्दैछन्। तर, चुनावप्रचारका क्रममा मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्री र उम्मेदवारले आचारसंहिताको धज्जी उडाइरहेका छन्। मधेश प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ जनकपुरमा निष्ठाको पर्व छठको रौनक

    यस्तो छ जनकपुरमा निष्ठाको पर्व छठको रौनक

    जनकपुरधाम : मिथिलाञ्चललगायत तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठपर्व मनाइँदै छ। सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। छठ पर्वको आज मुख्य दिन पनि हो। अस्ताउँदो सूर्यलाई अर्घ्यदिन जनकपुरका पोखरी तथा तलाउमा बनाइएको घाटमा बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन्। यस्तै, ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ…

    विस्तृतमा पढ्नुस्

  • देउवाले चार मन्त्री बर्खास्त गरेपछि लालबाबुले खोल्दै फायरः हटाउँदै कांग्रेस, माओवादी र समाजवादीका मन्त्री

    देउवाले चार मन्त्री बर्खास्त गरेपछि लालबाबुले खोल्दै फायरः हटाउँदै कांग्रेस, माओवादी र समाजवादीका मन्त्री

    जनकपुरधामः मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्ने तयारी गर्ने भएका छन्। केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेको केही घण्टा नबित्दै मुख्यमन्त्री राउतले पनि गठबन्धन दलका अन्य मन्त्रीलाई पदबाट बर्खास्त गर्न लागेका हुन्। सत्ता गठबन्धनलाई छोडेर एमालेसँग…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा साखको लडाइँ : हेभिवेटलाई हेभिवेटकै चुनौती

    मधेशमा साखको लडाइँ : हेभिवेटलाई हेभिवेटकै चुनौती

    जनकपुरधाम : मधेश प्रदेशमा यसपटक अधिकांश क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशको ५ वटा यस्ता क्षेत्रहरु छन् जहाँ हेभिवेट नेतालाई हेभिवेट नेताले नै चुनौती दिएका छन्। मधेश प्रदेशको सप्तरी २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनौती दिएका छन् भने धनुषा ४ मा पूर्व मन्त्री रघुवीर महासेठलाई पूर्वमन्त्री महेन्द्र यादवले चुनौती…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशसभाको पाँच वर्ष : ५५ कानून निर्माण, ६ विधेयक समितिमै अड्किए

    मधेश प्रदेशसभाको पाँच वर्ष : ५५ कानून निर्माण, ६ विधेयक समितिमै अड्किए

    जनकपुरधाम : चुनावको मिति नजिकिए पनि मधेश प्रदेशसभाको कार्यकाल औपचारिक रुपमा समाप्त भएको छैन। कानूनी अड्चनका कारण प्रदेशसभाको कार्यकाल सम्पन्न नभएपनि चुनावअघि अब बैठक बस्ने कुनै सम्भावना नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यस अर्थमा मधेश प्रदेशसभाको कार्यकाल पनि सम्पन्न भई सकेको छ। लगभग ५ वर्ष अगाडि माघ २१ गते मधेश प्रदेशको प्रदेशसभाको पहिलो बैठक बसेको थियो। शुरुका दिनमा मधेश प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा निर्वाचन : पूर्व प्रधानमन्त्री र बहालवाला मन्त्रीदेखि पूर्व मन्त्रीहरुबिच हुँदैछ चुनावी भिडन्त

    मधेशमा निर्वाचन : पूर्व प्रधानमन्त्री र बहालवाला मन्त्रीदेखि पूर्व मन्त्रीहरुबिच हुँदैछ चुनावी भिडन्त

    जनकपुरधाम : मधेश प्रदेशमा ८ वटै जिल्लाका गरी कुल ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु छन्। ३२ मध्ये आधाभन्दा बढी निर्वाचन क्षेत्रमा हुने निर्वाचनले ‘हेभी वेट’ नेताहरुको संसद्सम्मको यात्रालाई तय गर्नेछ। मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा १५ भन्दा बढी ‘हेभी वेट’ नेताहरु मधेश प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका छन्। जसमा पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्री तथा पूर्व मन्त्रीहरु समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा यस्तो देखियो दशैँको रमझम

    जनकपुरधाममा यस्तो देखियो दशैँको रमझम

    जनकपुरधाम : बडा दशैँ आजबाट शुरु भएको छ। दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्ति पीठहरुहरुमा घटस्थापना गरिएको छ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ। कोरोना संक्रमणको त्रासका कारण पछिल्ला वर्षहरुमा मन्दिर पुग्न छाडेका भक्तजनहरुको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ। राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि…

    विस्तृतमा पढ्नुस्

  • धनुषा पुगेका ओलीले गठबन्धनका नेतामाथि लगाए आरोपै आरोप, सरकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण भएन

    धनुषा पुगेका ओलीले गठबन्धनका नेतामाथि लगाए आरोपै आरोप, सरकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण भएन

    जनकरपुधामः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मधेसमा गरेको विकास हेरेर सत्ता गठबन्धन्का नेताहरु आत्तिएको दाबी गरेका छन्। ओलीले सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप पनि लगाए। ‘मधेस आन्दोलन ताका कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको र एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा जित निकाल्न ‘हेभिवेट’ नेतालाई सहज होला?

    मधेशमा जित निकाल्न ‘हेभिवेट’ नेतालाई सहज होला?

    जनकपुरधाम : मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु तीव्र गतिमा तयारी गरिरहेका छन्। दलहरु अहिले उम्मेदवार सिफारिस र छनौटमै व्यस्त देखिएका छन्। मधेश प्रदेशमा दलहरुलाई उम्मेदवार छान्न सकस छ। पछिल्लो निर्वाचनभन्दा आसन्न निर्वाचनको समीकरण हेर्दा फरक दलहरुले पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ। २०७४ सालको संघीय निर्वाचनमा मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?

    निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?

    जनकपुरधाम: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्न राजी भएका छन्। मधेस प्रदेशमा राम्रो प्रभाव जमाएका निधि पछिल्लो समय आफ्नै गुटका कार्यकर्ताले सहयोग नगर्दा कमजोर बन्दै गएका छन्। निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्ने शंका लागेपछि प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने उनले निर्णय लिएका हुन्। प्रत्यक्षतर्फ चुनाव लड्दा उनी ‘डेन्जर जोन’ मा थिए। तर, उनले यसपटक प्रत्यक्षतर्फ…

    विस्तृतमा पढ्नुस्

  • निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?

    निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?

    जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार बन्न राजी भएका छन्। मधेश प्रदेशमा राम्रो प्रभाव जमाएका निधि पछिल्ला समय आफ्नै गुटका कार्यकर्ताले सहयोग नगर्दा कमजोर बन्दै गएका छन्। निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्ने शंकालागेपछि  प्रत्यक्ष तर्फ उम्मेदवार नबन्ने उनले निर्णय लिएका हुन्। प्रत्यक्ष तर्फ चुनाव लड्दा उनी ‘डेन्जर जोन’ मा थिए। तर, उनले यस पटक…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिरको उत्तराधिकारी विवादपछि बाहिरियो पत्र, गुठीले भन्यो : रामरोशन दास नै 'उत्तराधिकारी महन्त'  

    जानकी मन्दिरको उत्तराधिकारी विवादपछि बाहिरियो पत्र, गुठीले भन्यो : रामरोशन दास नै 'उत्तराधिकारी महन्त'  

    जनकपुरधाम : जानकी मन्दिरको उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव नै भएको गुठी संस्थान जनकपुरधामले जनाएको छ। यसअघि रामरोशन दासमाथि उत्तराधिकारी महन्तको नक्कली परिचयपत्र बनाएको आरोप लागेका थियो। नक्कली परिचयपत्र बनाएको विषयमा विवाद बढ्न थालेपछि गुठी संस्थानले रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको स्पष्ट पारेको छ। गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मी उनलाई नै जानकी मन्दिरको उत्तराधिकारी महन्तमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र, नगरिए आन्दोलन गर्ने चेतावनी

    प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र, नगरिए आन्दोलन गर्ने चेतावनी

    जनकपुरधाम : निर्वाचन अगावै प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न माग गर्दै मधेश प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। मधेश प्रदेशको गृह तथा संचारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। ७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरिए आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ।  'हामीले पटक–पटक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • साइकल खरिदमा भ्रष्टाचार प्रकरण : मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामा दिन चौतर्फी दबाब

    साइकल खरिदमा भ्रष्टाचार प्रकरण : मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामा दिन चौतर्फी दबाब

    जनकपुरधाम : मधेस प्रदेशमा साइकल खरिदमा भएको अनियमिततासम्बन्धी मुद्दा दर्ता भएसँगै मुख्यमन्त्री लालबाबु राउत नैतिक संकटमा परेका छन्। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरिसकेपछि मुलुक निर्वाचनमा जाँदै गर्दा साइकल खरिदमा भएको अनियमिततालाई विपक्षी दलले मुद्दा बनाउने भएपछि राउत संकटमा परेका हुन्। सत्ता पक्षीय गठबन्धन बन्ने सम्भावना रहेको अवस्थामा गठबन्धनमा सहभागी रहेको जनता समाजवादी पार्टी नेपाल संघीयताको…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा अनियमितताको चाङः कर्मचारी भर्नादेखि स्वच्छता अभियानसम्म महालेखाको प्रश्‍न

    मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा अनियमितताको चाङः कर्मचारी भर्नादेखि स्वच्छता अभियानसम्म महालेखाको प्रश्‍न

    जनकपुरधामः मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नै अनियमितताको थलो बनेको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारी भर्नादेखि मुख्यमन्त्री स्वच्छता अभियानको नाममा अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। अनावश्यक कर्मचारी भर्ना गरि झण्डै १ करोड रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। मुख्यमन्त्री कार्यालयले कानुन विपरीत करारमा कर्मचारी भर्ना गरेर ९८ लाख ९४ हजार रुपैयाँ पारिश्रमिक खर्च गरेको प्रतिवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : करिब ४२ अर्बको बजेट ल्याइँदै

    मधेश प्रदेश : करिब ४२ अर्बको बजेट ल्याइँदै

    जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउन लागेको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो। आर्थिक वर्ष २०७९-८०का लागि करिब ४२ अर्बको बजेट ल्याउन लागिएको छ। चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब भन्दा बढीको हाराहारीमा…

    विस्तृतमा पढ्नुस्

  • मुक्तिनाथ दर्शनमा निस्केका थिए लोटा गाउँका तामाङ परिवार, साता दिनमै फिर्ता पठाउँछु भनेका थिए राजनले

    मुक्तिनाथ दर्शनमा निस्केका थिए लोटा गाउँका तामाङ परिवार, साता दिनमै फिर्ता पठाउँछु भनेका थिए राजनले

    जनकपुरधामः धनुषाको मिथिला नगरपालिका - ११ स्थित लोटा गाउँका मकरबहादुर तामाङ भाञ्जा राजनको फोन आएपछि काठमाडौं हानिए शुक्रबार। श्रीमती सुकुमायालाई पनि साथै लगे उनले। भाञ्जाले मुक्तिनाथ दर्शनका लागि आउनु भनेर केही दिनअघिनै निम्तो दिएकाले ढिला गरेनन् उनीहरुले। शनिबार काठमाडौंबाट पोखरा पुगे मकरबहादुर। उनका साथमा थिए श्रीमती सुकुमाया, राजन, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी…

    विस्तृतमा पढ्नुस्

  • बागीकै विरासतबाट मनोजको उदय, कांग्रेससँगै बिद्रोह गरेरै पाए सफलता

    बागीकै विरासतबाट मनोजको उदय, कांग्रेससँगै बिद्रोह गरेरै पाए सफलता

    जनकपुरधाम : नेपाली कांग्रेसबाट अलग्गिएर जनकपुरधाम उपमहानगरको प्रमुख पदका लागि निर्वाचन लडेका मनोजकुमार साहले जित निकालेसँगै बागी उम्मेदवार जित्ने इतिहास फेरि दोहरिएको छ। मनोज १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए। गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका बागी नै जिते जनकपुरधाममा : निजी स्वार्थका लागि कम्युनिस्टसँग मिल्ने कांग्रेसमा के फर्कनु?

    कांग्रेसका बागी नै जिते जनकपुरधाममा : निजी स्वार्थका लागि कम्युनिस्टसँग मिल्ने कांग्रेसमा के फर्कनु?

    जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर यसपटक पनि बागीलाई फापेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी जित्ने रेकर्ड तोड्न आह्वान गरे पनि गठबन्धनको उम्मेदवारले यहाँ जित निकाल्न सकेन।  बरु कांग्रेसबाट बागी बनेका मनोजकुमार साह निर्वाचित भए। स्वतन्त्र उम्मेदवार मनोज १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक, कुन पालिकामा कसको जित?

    धनुषाका १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक, कुन पालिकामा कसको जित?

    जनकपुरधाम : धनुषाको १८ मध्ये १७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये १० वटा पालिकामा नेपाली कांग्रेस, तीन वटामा जनता समाजवादी पार्टी नेपाल (जसपा), तीनमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विजयी हासिल गरेका छन्। लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन्। मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell