PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • उद्घाटन पूर्व जयनगरमा यसरी सजियो नेपाल आउने रेल

    उद्घाटन पूर्व जयनगरमा यसरी सजियो नेपाल आउने रेल

    जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा जयनगर- जनकपुरधाम रेल सेवा संचालनको उद्घाटन गर्दैछन्। भारत भ्रमणमा रहेका देउवाले मोदीसँगको भेटपछि रेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भारतको राजधानी नयाँ दिल्ली स्थित हैदराबाद हाउँस बाट भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा मोटरसाइकल दुर्घटनाः चार बालकको मृत्यु, एउटैमा चढेका थिए पाँच जना

    धनुषामा मोटरसाइकल दुर्घटनाः चार बालकको मृत्यु, एउटैमा चढेका थिए पाँच जना

    जनकपुरधामः धनुषाको सबैला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चार बालबालिकाको मृत्यु भएको छ। सबैला २ मा भएको दुर्घटनामा एक घाइते भएका छन्। एकै मोटरसाइकलमा पाँच जना सवार रहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए। ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ। अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा सबैला २ बस्ने १२ वर्षीय लक्ष्मी यादव, वर्ष १५ का राहुल यादव,…

    विस्तृतमा पढ्नुस्

  • पूरा भएन लालकिशोर साहले गरेका वाचा : न डिलक्स शौचालय बन्यो न सरोवर नै भए सुन्दर

    पूरा भएन लालकिशोर साहले गरेका वाचा : न डिलक्स शौचालय बन्यो न सरोवर नै भए सुन्दर

    जनकपुरधाम : मधेश प्रदेशमा रहेको कुल १ सय ३६ पालिकामध्ये केन्द्रमा पर्छ - जनकपुरधाम उपमहानगरपालिका। जनकपुरधाम मधेश प्रदेशको राजधानी पनि। यहाँका नगर प्रमुख हुन् लालकिशोर साह। उनले स्थानीय तहको प्रमुखका लागि निर्वाचन लड्दा जनता समक्ष कयौ नाराका साथै प्रतिवद्धताहरुको सूची पेश गरेका थिए। उनका आकर्षक प्रतिवद्धताकै आधारमा यहाँका जनताले विश्वास गरे। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवारी दिएका लालकिशोर साहलाई नगर प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बने महामूर्ख, ककसले पाए मूर्खको उपाधि ?

    मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बने महामूर्ख, ककसले पाए मूर्खको उपाधि ?

    जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलनको आयोजना गरिएको छ। मिथिला नाट्यकला परिषदले हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर परिसरमा उक्त सम्मेलन आयोजना गर्दै आएको छ। परिषदले प्रत्येक वर्ष १० देखी १७ जनासम्मलाई मूर्खको उपाधि दिन्छ। जसमध्ये एक जना महामूर्ख घोषित हुन्छन्। यस वर्ष मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झालाई महामूर्खको उपाधी दिइएको छ। कार्यक्रमको समापनसँगै उनी…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको चुनावी सरगर्मी, महानगर, उपमहानगरमा कुन दलको स्थिति कस्तो?

    मधेश प्रदेशको चुनावी सरगर्मी, महानगर, उपमहानगरमा कुन दलको स्थिति कस्तो?

    जनकपुरधामः निर्वाचन आयोगले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ। निर्वाचनमा मधेश प्रदेशमा सबै दलले पछिल्लो चुनावभन्दा बढी कसरत गर्नुपर्ने देखिन्छ। २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई कडा टक्कर दिएका थिए। तर अबको निर्वाचन मधेशवादी दलका लागि त्यति सहज देखिन्न।…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर साहित्य महोत्सवमा आयोजकको आक्रोश : मुख्यमन्त्री र नगर प्रमुख मिठो मात्रै बोल्छन्, सहयोग गर्दैनन्

    जनकपुर साहित्य महोत्सवमा आयोजकको आक्रोश : मुख्यमन्त्री र नगर प्रमुख मिठो मात्रै बोल्छन्, सहयोग गर्दैनन्

    जनकपुरधाम : मिथिला र मधेशको संस्कार, संस्कृति र साहित्यको विषयमा देशैभर प्रचारप्रसार गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सव संचालन भइरहेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीवारबाट सुरु भएको महोत्सवमा मधेश केन्द्रित विभिन्न सत्रहरु संचालन हुँदैछन्। मिथिला फाउण्डेशन नेपालको आयोजन, नविल बैंकको प्रायोजनमा सुरु भएको त्रिदिवसिय ‘जनकपुर साहित्य महोत्सव’को तेस्रो संस्करण जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको हो। महोत्सवमा यहाँको कला, संस्कृति, लोकभाका…

    विस्तृतमा पढ्नुस्

  • कार्यकाल सकिनै लाग्दासम्म मधेशका १२ स्थानीय तहले ल्याउन सकेनन् बजेट

    कार्यकाल सकिनै लाग्दासम्म मधेशका १२ स्थानीय तहले ल्याउन सकेनन् बजेट

    जनकपुरधाम : आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएको छ। राजनीतिक दलसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत चुनावी गतिविधिमा होमिसकेका छन्। तर, स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दासम्म केही स्थानीय तहले यस वर्षको बजेट ल्याउन सकेका छैनन्। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा…

    विस्तृतमा पढ्नुस्

  • लालबाबुका ४ वर्षे कार्यकालको लेखाजोखा : स्थिरता भए पनि अपूरै रहे ४४ वाचा

    लालबाबुका ४ वर्षे कार्यकालको लेखाजोखा : स्थिरता भए पनि अपूरै रहे ४४ वाचा

    जनकपुरधाम : मधेश प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ। चौथो वर्ष पूरा गरेको अवसरमा आफ्नो सरकारको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ४ वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन्। २०७४ साल फागुन ३ गते प्रदेश सरकारको गठन भएको थियो। सुरुका दिनमा प्रदेशमा तीव्र गतिमा कानुन निर्माणका कार्य भए पनि त्यतिखेरको रफ्तार भने अनेक विवादका कारण कायम रहन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • झा दम्पती हत्या प्रकरण : अभियुक्त धरौटीमा रिहा भएपछि प्रहरी अनुसन्धानमा उठेको प्रश्न

    झा दम्पती हत्या प्रकरण : अभियुक्त धरौटीमा रिहा भएपछि प्रहरी अनुसन्धानमा उठेको प्रश्न

    जनकपुरधाम : गत वर्ष महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको हत्यामा संलग्न रहेको अभियोगमा पुर्पक्षमा पठाइएका ३ जनालाई केही दिन अगाडि मात्रै उच्च अदालत जनकपुरले धरौटीमा छोड्ने आदेश दियो। पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको अभियोगमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख धरौटीमा छोड्ने आदेश…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशसभा स्थापनाको ४ वर्ष : नाम र राजधानी तय नै ठूलो उपलब्धि

    मधेश प्रदेशसभा स्थापनाको ४ वर्ष : नाम र राजधानी तय नै ठूलो उपलब्धि

    जनकपुरधाम: मधेश प्रदेशको प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा गरेको छ। ४ वर्षअगाडि माघ २१ गते मधेश प्रदेशको पहिलो प्रदेशसभा बैठक बसेको थियो। सुरुमा दिनमा मधेश प्रदेशको प्रदेशसभामा तीव्र गतिमा कानुन निर्माण भएका थिए। तर, त्यो गति पछिल्लो समयमा विभिन्न विवादहरुका कारण सुस्त भएको छ। पछिल्लो समय  सत्ताधारी दल नै विभाजित भएपछि प्रदेशसभा समेत प्रभावित हुन पुग्यो। फलस्वरुप लामो समयसम्म सभाको बैठक नै…

    विस्तृतमा पढ्नुस्

  • जसले मृत्युदण्डको अगाडि भनेथे : नरोऊ आमा, अब मुलुकमा गणतन्त्र आउँछ

    जसले मृत्युदण्डको अगाडि भनेथे : नरोऊ आमा, अब मुलुकमा गणतन्त्र आउँछ

    जनकपुरधाम : पञ्चायतकालीन समय। राजा महेन्द्रले प्रजातन्त्र मासेर आफै सत्ता संचालन गरिरहेका थिए। राजतन्त्रको भविष्यमाथि कसैले प्रश्न उठाउने विषय कल्पनाभन्दा बाहिर थियो। त्यसैबखत हो दुर्गानन्दले झाले राजा महेन्द्रमाथि बम प्रहार गरेको। राजाको हत्या प्रयास गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइयो। त्यतिखेर कसैले पनि परिकल्पना गरेका थिएनन् होला, नेपाल कुनै दिन गणतान्त्रिक हुन्छ भनेर। तर, मृत्युदण्ड भन्दा ठीक पहिले झाले भविष्यवाणी गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

    मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

    जनकपुर : राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन्। बिहानैबाट मधेश प्रदेशको जनकपुरमा प्रदर्शनमा उत्रेका नेपाल जनमत पार्टीका कार्याकर्ताले प्रहरी नभएको मौका छोपेर हरिवन नगरपालिका सर्लाहीको उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन्। गाडीमा हरिवनका मेयर गणेशप्रसाद प्रसाई, संविधानसभा सदस्य कमलादेवी महतोसमेत सवार थिए। रामचोकमा भएको उक्त घटनापछि प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मतदान शुरु हुनसाथ मधेशमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    मतदान शुरु हुनसाथ मधेशमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    जनकपुरधाम : राष्ट्रिय सभाको मतदान जारी रहेको बेला मधेश प्रदेशमा सिके राउतका कार्यकर्ताले प्रदर्शन गरेको छ। जनकपुरधामको महेन्द्र नारायणनिधि प्रतिष्ठान नजिकै राउतका कार्यकर्ता प्रदर्शनमा उत्रेका हुन्। प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको छ। भिड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ। दंगा नियन्त्रणका लागि अहिले उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • च्यातिएको त्रिपालमुनि छोपेर राखिएको रेल इनर्वाबाट कुर्थासम्म गुड्यो, परीक्षणका लागि भारतीयकै भर

    च्यातिएको त्रिपालमुनि छोपेर राखिएको रेल इनर्वाबाट कुर्थासम्म गुड्यो, परीक्षणका लागि भारतीयकै भर

    जनकपुरधाम : धनुषाको इनर्वामा डेढ वर्षदेखि त्रिपााल मुनि छोपेर राखिएको नेपाली रेलको आज पुनः परीक्षण गरिएको छ। रेल्वे ट्रयाक र इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारी बिनोद ओझाले जानकारी दिए। भारतीय रेल्वे कम्पनी कर्पोरेशन कोंकणबाट असोज ३ गते रेल नेपाल ल्याइएको थियो। सो दिन रेलको परिक्षण गरेर धनुषाको इनर्वामा पाल भित्र राखेर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : नामाकरणमा द्वन्द्व, मिथिला कि मधेश?

    प्रदेश २ : नामाकरणमा द्वन्द्व, मिथिला कि मधेश?

    जनकपुरधाम : प्रदेश २ को नामकरणका लागि पुनः एकपटक प्रदेशसभामा कसरत सुरु भएको छ। राजनीतिक दलहरुले विभिन्न नाम प्रस्ताव गरिसकेका छन्। प्रदेशसभा बैठकमा ‘मधेश’ ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेश’ जस‍्ता नाम प्रस्ताव पेश भएको हो। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेश’ राख्न प्रस्ताव पेश गरेको छ। जसपा र माओवादी केन्द्रले पेश गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा पनि तोडफोडमा उत्रिए सीके राउतका कार्यकर्ता, राजमार्ग रोकेपछि प्रहरीसँग घम्साघम्सी

    निषेधाज्ञामा पनि तोडफोडमा उत्रिए सीके राउतका कार्यकर्ता, राजमार्ग रोकेपछि प्रहरीसँग घम्साघम्सी

    जनकपुरधाम : सिरहाको मिर्चैयामा निषेधाज्ञा तोडेर जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गरेका छन्। सीके राउत नेतृत्व जनमत पार्टीले केही दिनदेखि तोडफोड सहित आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। मिर्चैयामा निषेधाज्ञा उल्लंघन गर्दै जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको छ। प्रदर्शनकारीले टायर बालेर राजमार्ग र अन्य सडक अवरुद्ध गरेका हुन्। प्रहरी भने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश २ अधिवेशन : निधि-कोइराला प्यानलका उम्मेदवार रामसरोजलाई जिताउन मतदातालाई देउवाको नाममा म्यासेज !

    कांग्रेस प्रदेश २ अधिवेशन : निधि-कोइराला प्यानलका उम्मेदवार रामसरोजलाई जिताउन मतदातालाई देउवाको नाममा म्यासेज !

    जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयनका लागि यति बेला जनकपुरको गोपाल धर्मशालामा मतदान जारी छ। मतदान जारी रहेकै समयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानललाई जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज पठाइएको छ। मतदाताको मोबाइलमा 'एलटी–अलर्ट'बाट देउवाको नाममा पठाइएको सन्देशमा रामसरोज यादवको प्यानललाई निर्वाचित गराउन आग्रह गरिएको हो। म्यासेजमा भनिएको छ,‘जय नेपाल! प्रदेश अधिवेशनमा सभापति…

    विस्तृतमा पढ्नुस्

  • हिजो रणभूमि बनेको जनकपुरको गोपाल धर्मशालामा आज मतदानको रौनक

    हिजो रणभूमि बनेको जनकपुरको गोपाल धर्मशालामा आज मतदानको रौनक

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान भइरहेको हो। बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्। बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबिच भएको झडप पछि मतदान स्थगित गरिएको थियो। सम्बन्धित समाचार : कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि :…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसी बिच दिनभर तनाव, झडप र कुटाकुट : प्रदेश २ को मतदान भोलि बिहानसम्म स्थगित, नाराबाजी जारी

    कांग्रेसी बिच दिनभर तनाव, झडप र कुटाकुट : प्रदेश २ को मतदान भोलि बिहानसम्म स्थगित, नाराबाजी जारी

    जनकपुरधाम : प्रदेश २ को कांग्रेस अधिवेशन अन्तर्गतको निर्वाचन स्थगित भएको छ। जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबिच झडप भएपछि निर्वाचन सुरु नहुँदै स्थगित हुन पुगेको हो। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रदेश सभापतिका उम्मेदवार बिच छलफल गराएपछि भोलि बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरिएको हो। प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्ण यादवलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ। संस्थापन पक्षबाट उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की

    कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की

    जनकपुरधाम : मतदान ढिलो भएसँगै असन्तुष्ट बनेका विमलेन्द्र निधि पक्षधर नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएसँगै रणभूमिमा परिणत भयो प्रदेश दुई को कांग्रेस महाधिवेशन। राति मतदान गर्न नहुने भन्दै नाराबाजीमा निधि पक्षधर समूह उत्रिएपछि त्यसको प्रतिवाद गर्दै शेरबहादुर देउवा पक्षधर समूह पनि नाराबाजीमै उत्रिएको थियो। दुवै पक्षबिच झडप भएपछि कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम प्रभावित बनेको छ।  अहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell