PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि : जनकपुरमा शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट

    कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि : जनकपुरमा शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट

    जनकपुरधाम : राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नारावाजी गर्न थालेपछि प्रदेश दुईमा आज सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको छ। प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्को प्यानल प्रतिस्पर्धामा छन्। बिहानदेखि सुरु हुनुपर्ने मतदान ढिलो भएपछि निधि समूहका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए।  निधि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश २ अधिवेशन : सभापति छान्न कालो ट्यांकीलाई बनाइयो मतपेटिका, यस्तो छ माहोल

    कांग्रेस प्रदेश २ अधिवेशन : सभापति छान्न कालो ट्यांकीलाई बनाइयो मतपेटिका, यस्तो छ माहोल

    काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज प्रदेश कार्य समितिका लागि निर्वाचन हुँदैछ। सभापति पदका लागि कृष्णा यादव र रामसरोज यादवले मंगलवार मनोनयन दर्ता गराएका छन्। जनकपुरको रामचौकस्थित गोपाल धर्मशालामा मतदान केन्द्र तोकिएको छ। बिहानैदेखि प्रतिनिधिहरु मतदान केन्द्रमा पुगेका छन्। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि अब दिउँसो २ बजेमात्रै मतदान सुरु हुने बताइएको छ। मतदानका लागि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ अधिवेशन : निधि र शेखरको साझा उम्मेदवार रामसरोज, देउवा समूहबाट कृष्णा यादव प्रतिस्पर्धामा

    प्रदेश २ अधिवेशन : निधि र शेखरको साझा उम्मेदवार रामसरोज, देउवा समूहबाट कृष्णा यादव प्रतिस्पर्धामा

    काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएको छ। सभापति पदका लागि कृष्णा यादव र रामसरोज यादवले गरे मनोनयन दर्ता गराएका छन्। प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै

    प्रदेश २ : अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै

    जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुन लागेको छ। कांग्रेसको १४औं महाधिवेशन समापन भइसक्दा प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो। नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि महाधिवेशनका लागि काठमाडौं पुगेका केन्द्रीय र क्षेत्रिय नेताहरु जनकपुरधाम आइपुगेका छन्। प्रदेशको नेतृत्व लिन शेरबहादुर देउवा समूहबाट कृष्णा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : शेखर कोइराला समूहले सभापतिमा निधिका उम्मेदवार यादवलाई साथ दिँदै, देउवाको दाउ के?

    प्रदेश २ : शेखर कोइराला समूहले सभापतिमा निधिका उम्मेदवार यादवलाई साथ दिँदै, देउवाको दाउ के?

    जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा डा. शेखर कोइराला समूहले उम्मेदवार नउठाउने भएको छ। पदाधिकारीमा भने विमलेन्द्र  निधिको समूहसँग तालमेल मिलाउने तयारी अगाडि बढेको छ। कोइराला समूहले आजै साँझसम्म तालमेलका अन्य उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ। यसअघि संस्थापन पक्षबाट रौतहटका निवर्तमान जिल्ला अध्यक्ष कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले स्वतन्त्र रुपमा उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ अधिवेशनमा शेखर समूहको इन्ट्री! केन्द्रमा एक भएका देउवा र निधिले प्रदेशमा के गर्लान् ?

    प्रदेश २ अधिवेशनमा शेखर समूहको इन्ट्री! केन्द्रमा एक भएका देउवा र निधिले प्रदेशमा के गर्लान् ?

    जनकपुरधाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ। फेरि एकपटक शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन्। कांग्रेस पदाधिकारीहरु पनि महाधिवेशनबाट निर्वाचित भइसकेका छन्। हाल केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना हुँदैछ।  यसबिच प्रदेश २ को प्रथम अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय भएको छ। राष्ट्रिय महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको कांग्रेसले प्रदेश २ को…

    विस्तृतमा पढ्नुस्

  • विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

    विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

    जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा विवाह उत्सव मनाईँदै छ। आज दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको थियो। यसैगरी, जनकपुरको जानकी मन्दिरमा राम-सीता विवाह कार्यक्रम आयोजना  गरिएको छ। वैवाहिक कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

    विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

    जनकपुरधाम : भगवान श्रीराम-सीता विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आएका छन्। आज राम मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन प्रतिनिधिमा किन हारे अमरेश सिंह?

    महाधिवेशन प्रतिनिधिमा किन हारे अमरेश सिंह?

    जनकपुरधाम: सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य सांसद अमरेशकुमार सिंह मंगलबार राति भएको पार्टीको क्षेत्रीय अधिवेशनमा पराजित भएका छन्। उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको प्यानल नै पराजित भएको हो। प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरिक चुनावमा भने गुटबन्दीका कारण महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सिंह शेखर कोइराला पक्षका भएकाले उनलाई चुनाव जित्न नदिन शेरबहादुर देउवा र…

    विस्तृतमा पढ्नुस्

  • विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जनकपुरधाममा यसरी मनाइयो ‘मटकोर’

    विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जनकपुरधाममा यसरी मनाइयो ‘मटकोर’

    जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ मनाइएको छ। जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरमा आज मिथिलाको परम्परा अनुसार भगवान श्रीराम र जानकीको मटकोर गरी मटकोर विधि मनाइएको हो। मटकोरमा प्रसादको रुपमा चना र चामल वितरण गरिन्छ। विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ। त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरुप…

    विस्तृतमा पढ्नुस्

  • विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

    विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

    जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि मनाइएको छ। तिलकोत्सवको अवसरमा २ सय ५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए। राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबीच सम्धी मिलन गरिएको छ। यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतवार जानकी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै!

    प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै!

    जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित हुने सम्भावना बढेको नेताहरुले बताएका छन्। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दा पनि मतदाता नामावली सार्वजनिक हुन नसक्दा अधिवेशन नै पछि सर्ने सम्भावना बढेको हो। प्रदेशका २ को ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन्। जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। सर्लाही जिल्लाको कयौँ वडामा अधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्योलमा, थपिए एक उम्मेद्वार 

    नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्योलमा, थपिए एक उम्मेद्वार 

    जनकपुरधामः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया प्रारम्भ भए पनि प्रदेश २ मा भने अझै अन्योल छ। प्रदेशका ८ जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समिति सदस्य अरुण यादवले बताए।  सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस अधिवेशन : महोत्तरीमा पनि विवाद, क्षेत्र नंम्बर ३ का मतदान अधिकृतले दिए राजीनामा

    कांग्रेस अधिवेशन : महोत्तरीमा पनि विवाद, क्षेत्र नंम्बर ३ का मतदान अधिकृतले दिए राजीनामा

    जनकपुरधाम : नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृतले राजीनामा दिएका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अपहरण गरी प्रमाणपत्र लिएकोले त्यसलाई रद्द गर्न माग गर्दै मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका हुन्। गत मंसिर १५ गते सहमति मार्फत् क्षेत्रीय अधिवेशन गर्ने सहमित भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३…

    विस्तृतमा पढ्नुस्

  • त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

    त्रेतायुग स्मरण गराउने विवाह पञ्चमी, झकिझकाउ बन्यो मिथिला नगरी

    जनकपुरधाम : सप्ताहव्यापी रूपमा मनाइने राम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को कांग्रेस प्रदेश अधिवेशन उद्घाटन तर निर्वाचन प्रक्रिया अझै अनिश्चित : नेतृत्वमा दुई जनाको दाबी

    प्रदेश २ को कांग्रेस प्रदेश अधिवेशन उद्घाटन तर निर्वाचन प्रक्रिया अझै अनिश्चित : नेतृत्वमा दुई जनाको दाबी

    जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीवारदेखि जनकपुरधाममा सुरु भएको छ। अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया भने अनिश्चित छ। प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो। अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने दाबी गरे। जिल्लाहरुमा क्षेत्रीय अधिवेशन सकिएलगत्तै प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश मन्त्रीमाथि सर्लाहीमा आक्रमण, सुरक्षाकर्मीले चलाए गोली

    कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश मन्त्रीमाथि सर्लाहीमा आक्रमण, सुरक्षाकर्मीले चलाए गोली

    सर्लाहीः नेपाली कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्रीमाथि आक्रमण भएको छ। बलरा नगरपालिका ९ मा भइरहेको अधिवेशनमा पुगेका मन्त्री वीरेन्द्र सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्।  अधिवेशन भइरहेको वडा कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो। साँझ करिब ६ बजेतिर घटना भएको हो।  मन्त्रीलाई आक्रमण भएपछि उनका सुरक्षागार्डले गोली चलाएका छन्। सुरक्षागार्डमाथि पनि रड प्रहार…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

    जनकपुरमा छठको रौनक : अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ्य

    जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई आजको विधि सम्पन्न गरिएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्। चार दिनसम्म मनाइने लोकपर्व छठ पर्व मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरु पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाइ अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा जनकपुरको गंगा सागरको छठ, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

    दृश्यमा जनकपुरको गंगा सागरको छठ, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

    जनकपुरधाम : धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरुलाई दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ। मिथिलाञ्चलवासीहरुका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ। छठको तेस्रो दिन आज बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। प्रत्येक वर्ष कातिक र चैत महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको डिलमा भगवान सूर्यदेव र षष्टी देवीलाइ अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ। चार…

    विस्तृतमा पढ्नुस्

  • फोहोरको ट्याक्टर चलाए वडा अध्यक्षले, फोहर डम्पिङ चाहिँ नगर प्रमुखको घर अगाडि!

    फोहोरको ट्याक्टर चलाए वडा अध्यक्षले, फोहर डम्पिङ चाहिँ नगर प्रमुखको घर अगाडि!

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्। दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्। नगर प्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell