PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा,एक वर्ष बित्न लाग्दा पनि ४ आरोपी अझै फरार

    पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा,एक वर्ष बित्न लाग्दा पनि ४ आरोपी अझै फरार

    जनकपुरधामः रौतहटस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत रौतहटले माधवनारायण नगरपालिका–४ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी साहका हत्या आरोपी वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेखलाई अदालत रौतहटको ७…

    विस्तृतमा पढ्नुस्

  • हिलोमा थन्किए ‘प्रदेश परिवहन’, मन्त्री भन्छन्, ‘एक साता भित्रै यसको व्यवस्थापन गर्नेछौँ’

    हिलोमा थन्किए ‘प्रदेश परिवहन’, मन्त्री भन्छन्, ‘एक साता भित्रै यसको व्यवस्थापन गर्नेछौँ’

    जनकपुरधाम : प्रदेश २ सरकारले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो। ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसके पनि बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन। सरकारले खरिद गरेको बसको नाम ‘प्रदेश परिवहन’ राखियो। प्रदेश २ सरकारले…

    विस्तृतमा पढ्नुस्

  • सिपाहीले कन्चटमा गोली हानी लिए आफ्नै प्राण

    सिपाहीले कन्चटमा गोली हानी लिए आफ्नै प्राण

    जनकपुर : जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत एक जना सिपाहीले अफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका छन्। बुधवार बिहान रामेछाप जिल्ला लिखु गाँउपालिका वडा नम्बर ५ घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा ड्युटीमा रहेका सिपाही अमिर तामाङले आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन्। कम्प्युटर कोड नं.२८८८६१ रहेको २३ वर्षीय सिपाही तामाङले आफैले बोकेको…

    विस्तृतमा पढ्नुस्

  • महिना अघिदेखि हराएकी सुजिता सेप्टी ट्याङ्कीभित्र गाडिएको अवस्थामा, अभियुक्तसँगको केरकारबाट शवसम्म पुग्यो प्रहरी

    महिना अघिदेखि हराएकी सुजिता सेप्टी ट्याङ्कीभित्र गाडिएको अवस्थामा, अभियुक्तसँगको केरकारबाट शवसम्म पुग्यो प्रहरी

    जनकपुरधाम : जेठ १९ गते आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ। आज बिहान उनी बस्ने घरबाट करिब ३ सय मिटरको दुरीमा शव भेटिएको हो। उनको आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको जगमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यसअघि असार १३ गते बेपत्ता सुजिताको शवको अवशेष (कपाल, चुरा, डोरी, नुनको…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी कांग्रेसमा किचलो : क्रियाशील सदस्यता विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशन अन्योलमा

    महोत्तरी कांग्रेसमा किचलो : क्रियाशील सदस्यता विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशन अन्योलमा

    जनकपुरधाम: नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेताहरू दौडधुपमा लागेका छन्। केन्द्रमा पार्टीको नेतृत्व आफ्नो हातमा पार्नका लागि नेताहरू दौडधुप गरिरहेका बेला जिल्लामा समेत आकाङ्क्षीहरूले आन्तरिक तयारी सुरु गरेका छन्। महोत्तरीमा जिल्ला सभापतिका लागि ६ भन्दा बढी नेता आकाङ्क्षी देखिएका छन्। महोत्तरीमा जिल्ला सभापतिका लागि वर्तमान जिल्ला कार्यसमितिका सचिव शम्भु पाठक, नेताहरू बजरंग नेपाली, नागेश्वर यादव, सुशील यादवलगायत आकाङ्क्षी रहेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का राज्यमन्त्रीको गुनासोः ‘कुर्सी छ जिम्मेवारी छैन, मन्‍त्रालयको कुनै कामको जानकारी दिइएन’

    प्रदेश २ का राज्यमन्त्रीको गुनासोः ‘कुर्सी छ जिम्मेवारी छैन, मन्‍त्रालयको कुनै कामको जानकारी दिइएन’

    जनकपुरधाम: प्रदेश २ सरकारका राज्यमन्त्रीहरुले मन्त्रालयमा आफूहरुको कुनै काम नरहेको भन्दै सरकारसँग काम माग्न थालेका छन्। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहले आफूलाई हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। मन्त्री ज्ञानेन्द्र यादवसँग उनले असन्तुष्टि जनाएका हुन्।  उनले भने, ‘राज्यमन्त्रीको हैसियतमा मैले जिम्मेवारी पाएको छैन। पाउनुपर्छ भन्ने मेरो भनाइ हो। मन्त्रालयभित्र हुने कुनै पनि कामको मलाई जानकारी हुँदैन। राज्यमन्त्रीलाई कुनै अधिकार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का स्थानीय तहको बजेट : ३१ स्थानीय तहले ल्याउन सकेनन्, राजनीतिक खिचातानीले छिन्नमस्ताको चालु वर्षकै बजेट आएन

    प्रदेश २ का स्थानीय तहको बजेट : ३१ स्थानीय तहले ल्याउन सकेनन्, राजनीतिक खिचातानीले छिन्नमस्ताको चालु वर्षकै बजेट आएन

    जनकपुरधाम : प्रदेश २ का १३६ स्थानीय तहमध्ये ३१ स्थानीय तहले संवैधानिक सीमाभित्र रहेर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन सकेनन्। स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। यस प्रावधानमा रहेका प्रदेशका १०५ स्थानीय तहले मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। प्रमुख/उपप्रमुख तथा अन्य जनप्रतिनिधिबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रदेशको ३१ स्थानीय तहले बजेट ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डा मिलाउन फुटाइए मन्त्रालयः शपथ भएको दुई साता भयो तर मन्त्रीहरुले पाएनन् मन्त्रालय

    भागबन्डा मिलाउन फुटाइए मन्त्रालयः शपथ भएको दुई साता भयो तर मन्त्रीहरुले पाएनन् मन्त्रालय

    जनकपुरधाम: जनता समाजवादी पार्टी, नेपालमा असन्तुष्टि बढ्दै जाँदा प्रदेश २ सरकारको भविष्य खतरामा पर्दै गयो। सरकारको भविष्य नै खतरामा पर्न लागेको देखेर मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर, राजेन्द्र महतो पक्षका आफ्नै पार्टीका मन्त्रीहरुलाई सरकार बाहिरको बाटो देखाए। लगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर आफ्नो नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री लालबाबु राउतले दौडधुप सुरु गरे। मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश २ मा के छ पूर्व तयारी?

    बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश २ मा के छ पूर्व तयारी?

    जनकपुरधाम : नेपालमा मनसुन प्रवेश गरेको साता दिन बित्नै लागेको छ। पछिल्लो केही दिन यता देशै भरी भइरहेको लगातारको वर्षाका कारण आएको बाढीले कयौँ स्थानमा ताण्डव मच्चाई रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औषतभन्दा बढी वर्षा हुने बताएको छ। जसबाट १८ लाखभन्दा बढी प्रभावित हुने जनाइएको छ। नेपालमा सबैभन्दा बढी वर्षाका कारण हुने बाढीबाट प्रत्येक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को बजेट : 'बेटी पढाउ, बेटी बचाउ' देखि नेताको शालिक बनाउनेसम्मको योजना

    प्रदेश २ को बजेट : 'बेटी पढाउ, बेटी बचाउ' देखि नेताको शालिक बनाउनेसम्मको योजना

    जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि लागि बजेट प्रस्तुत गरेको छ। सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेका हु्न्। सोमवार आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले छैठौं अधिवेशनको ९ औँ बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!

    प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!

    जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा पुनः सदस्य थप गरेका छन्। रिक्त मन्त्रालयमा ओलीले बिहीबार ७ नयाँ मन्त्रीको शपथ गराए। कार्यविभाजन अनुसार गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, वनमन्त्रीमा नारदमुनि राणा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, र विना विभागीय मन्त्रीमा मोहन बानियाँले शपथ लिए। शपथ लिएकामध्ये कृषिमन्त्री साह चर्चामा छिन्। खासगरी प्रदेश २ मा। किनकी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिएसंगै प्रदेश २ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारमा कांग्रेस सहभागी हुँदै हो? संसदीय दलका नेता यादव भन्छन्, 'सहमति भइसकेको छैन'

    प्रदेश २ सरकारमा कांग्रेस सहभागी हुँदै हो? संसदीय दलका नेता यादव भन्छन्, 'सहमति भइसकेको छैन'

    जनकपुरधाम : मंगलबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको खबर बाहिरियो। प्रदेश २ सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले समेत दूबै दललाई सरकारमा सामेल गराउन मन्त्रालय टुक्र्याउने तयारी गरिएको जानकारी दिएका थिए। तर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारमा सहभागी हुने…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको लोहारपट्टीमा डकैती, डाँकाले चलाएको गोली लागेर एक जना गम्भीर घाइते

    महोत्तरीको लोहारपट्टीमा डकैती, डाँकाले चलाएको गोली लागेर एक जना गम्भीर घाइते

    जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा गए राति  ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको छ। ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले स्थनीय रामनारायण साहको घरमा लुटपाट गरेका हुन्। लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन्। गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : प्रदेशसभामा विनियोजन विधेयक पेस, मंगलवार विधेयकमाथि छलफल हुने

    प्रदेश २ : प्रदेशसभामा विनियोजन विधेयक पेस, मंगलवार विधेयकमाथि छलफल हुने

    जनकपुरधाम : आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, विधेयक तथा प्राथमिकता प्रस्तुत गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु छलफलका लागि प्रस्तुत गरेका हुन्। सो विनियोजन विधेयकमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन

    कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेका छन्। मन्त्रिमण्डलमा एक मन्त्री र केही राज्यमन्त्रीलाई आजै सहभागी गराएर पुनर्गठन गर्ने तयारी गरिएको हो।  जसपाको महन्थ–राजेन्द्र पक्षका एक मन्त्री सहित ३ राज्यमन्त्रीलाई बर्खास्त गरेपछि  मुख्यमन्त्री राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा जुटेका…

    विस्तृतमा पढ्नुस्

  • पदबाट बर्खास्त सोनलले छाडे मन्त्री निवास, 'प्रदेशमै रहेर काम गर्छु'

    पदबाट बर्खास्त सोनलले छाडे मन्त्री निवास, 'प्रदेशमै रहेर काम गर्छु'

    जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट एक सुटकेस लिएर मोटरसाइकल चढी बिदा भएका छन्। मन्त्रीहरुको क्वार्टर रहेको मधेश भवनबाट बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा गर्दै बिदा भएका हुन्। सोनल…

    विस्तृतमा पढ्नुस्

  • बर्खास्तीमा परेका मन्त्री भन्छन्, 'म त सुतिरहेको थे, सरप्राइज नै भयो'

    बर्खास्तीमा परेका मन्त्री भन्छन्, 'म त सुतिरहेको थे, सरप्राइज नै भयो'

    जनकपुरधाम : बर्खास्त भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले संक्षिप्त कुराकानी गर्दै भने, `म त सुतिरहेको थे। समाचार आएपछि धेरै जनाले फोन गरे। औपचारिक रूपमा कुनै जानकारी आएको छैन।´ उनले यस विषयमा अहिले नै बढी टिप्पणी न गर्नेसमेत बताए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रको विवादले प्रदेशमा पहिरोः महन्थ पक्षका ४ मन्त्रीलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त

    केन्द्रको विवादले प्रदेशमा पहिरोः महन्थ पक्षका ४  मन्त्रीलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त

    काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रको झगडाको असर प्रदेशसम्म स्पष्ट रुपमा पुगेको छ। परिणाम स्वरुप प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका हुन्। चारै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सत्ता विवाद : यादव पक्षले छान्यो मुख्यमन्त्री राउतलाई दलको नेता, महन्थ पक्ष भन्छ : अवैधानिक

    प्रदेश २ सत्ता विवाद : यादव पक्षले छान्यो मुख्यमन्त्री राउतलाई दलको नेता, महन्थ पक्ष भन्छ : अवैधानिक

    जनकपुरधाम : केन्द्रको सत्ता समीकरणको प्रभाव प्रदेश २ मा पनि देखिन थालेको छ। प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीमा केन्द्रमा देखिएको विग्रहको असर प्रदेशमा पनि पर्न थालेको छ। केन्द्रमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी भएसँगै प्रदेश सरकारमा त्यसको असर पर्न थालेको हो। जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell